एक फलफूल व्यापारी निक्कै चलाख थियो। उसका पसलमा आँप, मेवा, केरा, स्याउ, अनार लगायत धेरै फलफूल पाईन्थो। एक ग्राहक उसको पसलमा फलफूल किन्न गयो र आँखा डुलाउदै छाम्दै यता उति हेर्दै थियो। ग्राहकले मेवा भएतिर हेरेको देखेर मेवा किन्न लागेको होला भनेर व्यापारीले अनुमान गर्यो। व्यापारीले हजुर तपाई साइनो लगाउँदै मेवा भएरतिर गयो। मेवा उचाल्यो, छाम्यो र भन्न थाल्यो। हेर्नुस् मेवा पाकेको छ। मिठो पनि छ। गुलियो छ। राम्रो छ। लैजानुस् फरक पर्दैन। ग्राहकले तुरुन्तै उत्तर दियो। मैले पाकेको होइन काँचो मेवा किन्न खोजेको हो। व्यापारीले त्यही मेवा अर्को हातमा राखेर भन्न थाल्यो । हेर्नुस् यो काँचै मेवा हो। बोक्रो पनि हरियो छ। यो राम्रो छ। सद्दे पनि छ। लैजानुस् भनेछ।
यो के पी ओली एण्ड कम्पनीको सरकाले गरेका काम र दिनदिनै आउने कुरा सुन्दा लाग्छ त्यही कुरा एककै छिन ठीक एककै छिनमा बेठिक। मेवा व्यापारीको जस्तै एउटै मेवा पाकेको भन्न परे पाकेको भनेको छ काँचो भन्न परे काँचो भनेको छ। हैरान पो भइयो। देशका नागरिकको भोटको अपमान नि ज्यादै भयो होउ। अति भयो। दिउसै रात पार्ने ? राजनीतिक स्कुल नै यस्तै भएपछि के लाग्छ।
सकिएन पशुपतिनाथ।
देशका प्रधानमन्त्रीलाई यसरी उडाउनु पर्दा क्षमाप्रार्थी छु।
श्रद्धाले शिर निहुरिने प्रधानमन्त्री कहिले पाइएला खोई।

No comments:
Post a Comment