1/17/12

तिमी प्रकृतिसित तत्रेर उसको गुणगान गाँउछौ


तिमी प्रकृतिलाई पुजेर आरधाना गछौ
किन उसलाई तह लगाएर नियमित नवनाउने ?
तिमी प्रकृतिसित तत्रेर उसको गुणगान गाँउछौ
किन उसलाई नियन्त्रण गरेर प्रयोग नगर्ने ?
तिमी यामहरु वा मौसमलाई पूजा गरेर पर्खन्छौ
किन याम वा मौसम अनुसार काम गरेर सजग नहुने ?
तिमी तत्वहरुमाथि भर परेर छक्क पर्छौ
किन आफ्नो सक्रियताबाट तिनीहरुको रुप नफेर्ने ?
तिमी एउटा तत्वबाट अर्को कसरी भनी गम्छौ
किन तिनीहरुलाई खेर नजाने उपाया नगर्ने ?
तिमी वस्तुहरुको अनर्थमा कारक खोज्छौ
किन ती तत्वहरुको प्रयोग गरेर आनन्द नलिने ?
त्यसैले म भन्छु मानिसको अवहेलना गरेर प्रकतिको अन्दाज गर्नु, सृष्टिको आधारभुत पक्ष नवुझ्नु हो । (हर्क गुरुङको अनुवाद, इसापूर्व चौथो शतान्दीका चिनीयाँ ताव दार्शनिक सुयन जूको भनाइ)


No comments:

Post a Comment