1/16/12

सहर सफा राख्ने उपाय ।


लेखक:- बिकल्प अधिकारी –गोरखापत्र - राजधानीमा वस्ने वातावरणकर्मी भूषण तुलाधरलाई फोहर भएर होइन नभएर सम्स्या छ । केहि वर्ष अघिबाट उनको घरको फोहर “भर्मी कम्पोष्ट” भनीने गड्यौलाले फोहर खाएर मल वनाउने प्रविधि चलीरहेको छ । उपयुक्त वाल्टीमा (भर्मी कम्पोष्ट विन) गड्यौला र उसका लागि कुहिने फोहर राखिदिनाले केहि दिनको अन्तरालमा झन्झटरहित र सस्तो मुल्यमा अर्गानिक मल तयार हुने गर्दछ । घरघरमा अपनाउन सकिने यो प्रविधिले फोहर तहलगाउने समस्यावाट मुक्ती र आम्दानीको स्रोत बन्ने पक्का छ । उनी हाल आफ्नो छरछिमेक र आफन्तको फोहर पनि जम्मा गर्ने गर्दछन र बिसुद्ध अर्गानिक मल तयार पार्दछन । तपाई हामीले पनि अपनाउन सकिने यो प्रविधी उपत्यका सफा वनाउने अभियानमा सहयोगी हुने छ ।
गर्ने होकी ?
सहरी कृषीको कुरा गरौ न ! खेर गएको अण्डाको आधा खवोटो÷खोस्टोमा घरवेटी दिदिले एकपोटी लसुन लगाएर फलाएको देख्दा लाग्छ अव फोहर भन्ने कुरा केही हुदैन । कति सम्मको उपयोग, आधा खवोटोमा माटो राखेर लसुन लगाईन र फल्यो पनि । माटो, खेर गएको खानेकुुरा र भान्साबाट निस्केको कुहिने फोहरले टम्म भरीएको चुहिने भएको पानी राख्ने ड्रम घरको छतमा राखी वरीपरी ससाना प्वाल पारेर रायोको साग तुन्द«ूङ्ग झुण्डीदा नहुने केहि रहेनछ भन्ने लाग्छ । यो सहरी कृषीको अवाधारणाको नमुना हो । महगंो जग्गाभएको उपत्यकाको सानो ठाउँमा घर वनाएर पनि आफै तरकारी उत्पादन गर्न सकिने र स्वस्थ तरकारी उपयोग गर्न पाईने गज्जवको तरीका हो । यसरी घरको फोहर घरमै तहलाग्ने र तरकारी पनि खान पाइने । यसरी काठमान्डौका कति घरपरीवारले वरण्डा, घरका छतमा यस्ता घरमै उपयोग गर्न सकिने गरी तरकारी फलफुल लगाएका देखिन्छन । यो एकदमै उपयुक्त गरीका हो ।

पोलिथीन झोलावारे कुरा गरौ न ! सधै तरकारी पसलबाट पोलिथीन झोलामा तरकारी ल्याउने म हप्ता हप्तामा सवै पोलिथिन खाली भएपछि पुनः तरकारी र कीराना पसलमा लगिदिँदा पसले साउनीले सित्तैमा केहि तरकारी दिदाँ दुई कुरामा गौरव गर्छु । एउटा त २०० खेखि ४०० वर्ष सम्म कुहिन समय लाग्ने प्लास्टिक बाट हुने प्रदुषण घटाउनमा सानो भने पनि सहयोग पुर्याएर र केही तरकारी सित्तैमा पाएर । यो मेरो वषौ देखिको काम हो । तर कपडा वा कागजको झोला वोकेर पसल जान र सवै समानको लागि सजीलो नहुने भएपनि कम्तीमा सामान राखेर ल्याएको पोलीथीन पुनःपसलमा फिर्ता गर्ने वानीले थोरै भएपनि प्रदुषण कम गर्न सहयोग पुर्याएको छु । अत्याधिक पोलिथीन खपत हुने राजधानीमा सवैले यसोगरे ठूलै सहयोग हुने थियो । हाल वढिरहेको प्लाष्टिक कमगर्ने अभियानले यी र आन्य यस्ता उपायहरु सरल र सहज ढंगबाट जनमानसमा पुर्याउनु जरुरी छ ।

हाल फोहर व्यवस्थापनको अवधारणाले त्यती काम नगरीरहेको विश्वभरी र हाम्रो उपत्यकामा पनि प्रष्ट देखिन्छ । त्यसैले वातावरणकर्मीहरु फोहर व्यवस्थापन भन्दा कम फोहर उत्पादनमा नै विशिष्ट ध्यान दिनु पर्ने वताउँछन । विश्वमा कम फोहर उत्पादनमा प्रयोग भएका सफल उदाहरणहरु हाम्रोमा प्रयोग गर्न सकिन्छ । यस्ता धेरै उदाहण र अवधारणाहरु हामीले व्यक्तिगत रुपमा पनि जान्नु उपयुक्त हुन्छन जुन व्यवहारीक र प्रयोग गर्न लायकका हुन्छन ।

साधारणतयः कागज उत्पादन गर्न रुखको वाहिरी भाग र वोक्रा निकालेर ससाना टुक्रा पारी कास्टीकसोडा वा सोडियम हाइड्रोहक्साइड राखेर मेसिनको सहायताले पातलो र नरम वनाइन्छ । पटक पटक पानीले सफा गरेर उक्त लेदोमा सफा र सेतो वनाउन व्लीचीङ÷दभिबअजष्लन प्रयोग गरीन्छ । अन्त्यमा उक्त पदार्थलाई पातलो र सुक्का वनाएर तयारी कागज निकालीन्छ । यसरी तयारी कागज कुनै काममा प्रयोगमा आइसकेपछि पुनःचक्र÷चभअथअभि गरेर फेरी प्रयोगमा पनि ल्याउन सकिन्छ । पुनःचक्र गर्नाले कयौ नयाँ रुख काट्न नपर्ने, त्यती नै नयाँ कागज उत्पादन गर्न ३०—४०% उर्जा खपत कम हुने, कागज मिलबाट निस्कने ७४—९५% वायू प्रदुषण कम हुने, जल प्रदुषण ३५% ले कम हुने गर्दछ । यसको साथै ‘डम्पीङ साइड’को वचत र पाचँ गुना वढीले रोजगार पाउने एक अध्यायनले देखाएको छ । यस्तो किसीमको वातावरण मैत्री कार्य उपत्यकामा धेरैले गर्दै आएका छन् । तपाँई पनि प्रयोगमा आएका कागज पुनःचक्र÷चभअथअभि   गर्न दिएर वातावरणमैत्री क्रियाकलापमा सहयोग गर्नुहोस । यस्तो वानीले प्रदुषण कम गर्न र माथी उल्लेखित फाइदा लिन ठूलो सहयोग पर्याउने छ ।
अव यातायातको कुरा गरौ न ! स्वस्थ मुटु रहनको लागि विश्व स्वास्थ संगठनले हरेक व्यक्तीले गर्नै पर्ने ९ वटा कार्य मध्य दैनिक २ देखि ४ कि.मी हिड्नु पर्ने जनाइएको छ । हिडेरै पाँच दस मिनेटमा पुगीने अथवा छोटो दुरीमा गाडी चड्ने वानीले गाडीको माग वा सङख्या धेरै हुन सघाँउछ र त्यसको प्रभाव सोझै प्रदुषण र ट्राफिक जाममा पर्दछ । अर्थशास्त्रीय सिधान्तलाई प्रयोग गर्ने हो भने उदाहरणको लागि, यदी सवै यात्रुले प्रदुषण रहित सफा ट्याम्पो मात्र चढ्न चाहेमा त्यसको माग वढ्नगई अन्य डीजेलवाट चल्ने सवारी साधन क्रमसः घट्ने र अन्तयमा उक्त ठाँउमा ट्म्पो मात्र गुड्ने हुन्छ । त्यसैले यो यात्रुको कारणले सम्भव हुन सक्छ अनी सफा सहर पनि यसैगरी । उसो त साईकल चढनु अर्को बिकल्प हुन सक्छ । तर यसको लागि प्रोत्साहन र सुरक्षीत सडक हुनु भने जरुरी छ । जस्तै साइकल चढ्ने कर्मचारीलाई पुरस्कृत गर्नु, विधार्थी र कर्मचारीलाई साईकल अनुदान जस्ता कर्यक्रमले उपत्यका सफा गर्न मद्धत पुग्छ । करोडौ पर्ने गाडी एउटै कर्मचारीले चढ्नुमा मितव्यीता ल्याएर तल्लो तहका कर्मचारीलाई साइकल व्यवस्था मात्र गर्ने हो भने पनि धेरै तेलको वचत, ट्राफिक जाम र प्रदुषणमा कमि आउन सक्छ ।
माथी उल्लेखित, यी र यस्तै अन्य वातावरण मैत्री कृयाकलापको प्रचार पसार गर्नाले यसको उपयोग र अनुसरणमा सहजता आँउछ । सरकाकरले पनि यस्ता वातावरण मैत्री सघसस्थालाई कम कर लगाउने र अनुदान दीने खालको निति ल्याउनु पर्छ । सरकार आफैले पनि उसको कार्यससम्पादनमा वातावरण मैत्री कृयाकलापमा ध्यान र वातावरण मैत्री सरसामानको प्रयोगमा प्रोत्साहन दिनु पर्छ । कति यस्ता वातावरण मैत्री क्रियाकलापलाई सरकारले सहज सम्पादन पनि सक्छ तर जुझारु अभियानको खाँचो पर्दछ । र यो आवस्यक पनि छ ।

No comments:

Post a Comment