3/20/20

काठ्मान्डौमा रुख काट्दै वाटो विस्तार।


लेखक:-बिकल्प अधिकारी - यातायात व्यवस्थालाई सहज वनाउ भनेर हाल उपत्यकाको विभिन्न क्षेत्रमा वाटो फराकिलो पार्ने कार्य अघि वढिरहेको छ । वानेश्वर, लैनचौर, माइतीघर मण्डला, नक्साल, सातदोवाटो र अन्य ठाँउको वाँकी भएको हरीयोपरीयो, पार्क र रुख विरुवा पनि यस साथसाथै भत्काउने कार्य तिव्र छ । जुन सहरका गहना हुन । मुअव्जा दिन नपर्ने जग्गा हाल उपयोग गरीएको छ जहाँ उपत्यकको अलिअलि हरीयो वाँकी थियो । सहरमा मानिसहरु धेरै व्यस्त हुने हुदाँ, सहर वातावरणीय हिसावमा शान्त र हरियाली हुनु जरुरी छ । काठमान्डौको वढ्दो सहरी कोलाहलपूर्ण वातावरणमा रुखले प्रभावकारी भुमीका खेल्दछ ।
अमेरीकी फरेस्ट म्यागजीन’ का अनुसार व्यस्त सहरमा एउटा रुख हुनु प्रदुषण सोस्ने हिसावमा घना जंगलको १५ वटा रुख वरावर हुन्छ । ध्वनी प्रदुषण रोक्न एउटै रुखको मात्रै पनि ठूलो महत्व हुन्छ । हाल राजधानीको सडकबिस्तार, सुरक्षा वा यो त्यो नाउँमा वाँकी भएका ससाना ग्रिन वेल्ट, रुखहरु मास्नु र नयाँ रोप्न नजान्नु निन्दनी कार्य हो ।
रुखको महत्व जान्दा जान्दै संरक्षण नगर्नू हाम्रो वाध्यता जस्तो वनेको छ । साँगुरा वाटो र चापाचाप यातायात व्यवस्थालाई कम गर्नू आवश्यक पनि छ । हो बिकास हुनु अनिवार्य छ तर दिगो र व्यवस्थित पनि । केहि अधि चक्रपथका सयौ रुख काटिए, प्रहरी प्रदानकार्यलय वरीपरीका ठूला ठूला रुख काटिए, स्वयम्भू क्षेत्रका पनि, तर एउटै पनि लगाइएन । काठमान्डौका केहि छहारी÷छाँया नभएका ‘हिट आईल्यण्ड’ भनीने व्यस्त ठाउँहरु उस्तै व्यस्त ठाउँहरु तर हरीयाली भएको ठाँउको तुलनामा केही डि.ग्री सेन्ट्रिगेट वढि तापक्रम भएको अध्धयायनले देखाएको छ । यो असन्तुलन हुनु हाम्रो कमजोरी हो ।

वातावरणीय भाषामा वातावरणको क्षयीकरण र पुनस्थापना गर्नु लगानी हिसावमा आकास पातालको फरक छ । क्षयीकरणमा जति हामीले जोगायौ भन्ने लाग्छ त्यसको सयौ गुना पुनस्थापना लाग्ने गर्दछ । यो जगजाएर छ की हामी काठमाण्डौ वासीले घरमा सेफ्टी ट्यांकी नवनाई र उद्योग धन्दाले प्रसोधन प्लान्टको खर्च जोगाएर सोझै वाग्मती बिश्णुमतीमा ढल मीसाउँदा कस्तो हालत छ । वाग्मती गुरुयोजना तयार पार्ने क्रममा २५ भन्दा बिशेषज्ञको टोलीले गरेको अध्यान अनुसार वाग्मतीका नाममा ९३ (त्रियानव्वे) संघसस्था कार्यरत छन र तिनीहरुले अवौ खर्च गरीसके तर हालत उस्तै । यस्तो चेतना आउँदा पनि हामी सजग हुन सकिरहेका छैनौ । त्यसैले आज वाग्मती र विश्णुमतिको जस्तै भोली हाम्रो वायुमणडलको हालत, भुमीगत पानी, हरीयोपना कमी सम्हाल्नै नसक्ने गरी बिग्रनेछ ।
द पावर अफ ट्री’ नामक पत्रिकाको अनुसार घरवरीपरी रुखविरुवा भएका घरमा वस्ने परिवार र वाल बच्चा हिंसामा कम संलग्न भएको पाईयो । र यस्ता परिवारको छिमेकी सँग सुमधुर सम्वन्ध भएको पनि देखायो । तर हामी रुख लगाउनुको सट्टा उल्टो काटीरहेका छौ । कुरा रुख काटेकोमा विरोध पनि होईन । काट्ने मात्र ? लगाउने तर्फ ध्यान जाओस । वातावरण संरक्षण नियमावलीमा कुनै पनि विकास आयोजनाले एउटा वयस्क रुख काट्दा उक्त आयोजनाले २५ वटा रुख रोप्नु पर्ने र ३ देखि ५ वर्ष सम्म हु्र्काउने र रेखदेखको जीम्मा लिनु पर्ने अनिवार्य छ । पक्कै पनि एउटा रुख काट्नु भन्दा २५ वटा रुख हुर्काउनु खचिलो हुदै हो त्यसैले हामीले विचार पुर्याउनु आवस्यक छ ।

जव वनस्पतिमा पनि प्राण हुन्छ भन्ने पत्ता लाग्यो त्यस पछि धेरै अध्यायन थालीयो । हामी मानव र वनस्पतिविच ज्यादै नै अन्योलन्यास्रीत सम्वन्ध रहेको तथ्यहरु सार्वजनीक भए । हामीलाई नभई नहुने प्राणवायु(अक्सीजन) वनस्पतिले फ्याँक्ने कुरा हो भने जुन विकारका रुपमा हामी कार्वन्डाईअक्साईड फाल्छौ त्यो वनस्पतिलाइ नभई नहुने तत्व हो । मानिस हामी आफ्नो मनको रीस, तीतोपना र आवेशहरु अरुसँग पोख्दा होस वा खुसी, उमँग अरुसँग साट्दा शान्त र आनन्द महसुस गछौ । उसैगरी वनस्पतिसँग पनि उनीहरुलाई नचाईने अक्सिजन र हामीलाई नचाहीने कार्वनडाईअक्साइड एकअर्कामा ग्रहण गरेर धन्य हुन्छौ । प्राकृतिक चिकीत्साको पद्धतीमा मानीसहरुलाई रुखसँग आलीङगन गर्न वा वोटवीरुवा जंगल नजीक घुम्न सल्लाह दिईन्छ । त्यो एक प्रकारको हिलीङ पनि हो । अध्यायनहरुले मानिस, जंगली जनावर चराचुरुङीको माया पाएको रुखहरु धेरै वाँच्ने देखाएका छन । नेपाली समाज र गाँउ घरको पहिचानको चौतारो जुगौ वाँच्ने र पुराना भएको हामीले देख्दै आएको हो । जहाँ मानीसको आराम गर्ने थलो वषौ पुरानो परम्परा हो । तर हिजो आज गाउँधरका चौतारो र सहरका रुख मास्ने चलन निन्दनीय छ । गाँउ घरमा हुने झै झगडा घरका कोठामा भन्दा चौतारोमा वसेर गर्नाले साम्य हुने पनि विस्वास गरीन्छ । तर हामीले वल्ल वल्ल हुर्केका रुखहरुलाई एक पटक पनि नसोचीकन मास्ने अभ्यास गर्यौ । सहरका रुखहरुको ज्यादै महत्व हुन्छ । युनीभर्सीटी अफ जर्जीया अमेरीकका अनुसन्धानकर्ता डा. किमले गरेको अध्यायनमा एउटा सुगर म्यापल नामको १२ डि.वि. एच अकार (एक अंगालो भरीको) भएको रुखले एक वर्षको अन्तरालमा अत्यन्तै विशालु धातुहरु जस्तै ६० मिलीग्राम क्याडमीएम, १४० मि.ग्राम, ८२० मि.ग्राम निकेल, ५२०० मि.ग्राम वातावरणबाट शुद्धीकरण गर्छ । रुखको अभावमा पनि यस्ता कार्य नहुने निश्चित छ ।
प्राकृतिक सम्पत्तिलाई कहिल्यै पनि वासलात÷व्यालेन्स सिटमा कसैले पनि राख्न मिल्दैन । वन वा रुख मासेर ठुलो भवन वनाउनु, घर भाडामा लगाएर पैशा हिसाव गर्नु, रुख मासेर पार्क वनाएर पैशा देख्नु मुख्याँयी सिवाए केहि होइन । तथ्य के हो भने हामीले रुख जङगलको मुल्य तोक्नु पनि सहि तरीका त होईन तर वरवाद त हामीले कुनै पनि मुल्य नै तोकेनौ सीत्तैमा वा न्युन मुल्यको आँकलन गर्यौ । के हामीले एउटा २०० वर्ष पुरानो पीपल चौतारो को मुल्य कति भनेर तोक्न सक्छौ ? चत्रपथमा काटीएका, राजदरवार नगीजका रुख हुर्काउन कती लागानी र समय लाग्ला ? सवाल त त्यो रुख हुर्काउन कति खर्च लाग्छ भन्ने हो । कुनै पनि प्राकृतिक स्रोतको मुल्य नतोकी कुनै पनि महत्व नदिई काम गर्नाले प्राकृतिक स्रोतको दोहन वढेको छ । जसरी हाल रुख मास्यौ पहिलेनै वाग्मती विश्णुमती प्रदुषित वनायौ । हाम्रा बाग्मती विश्णूमति नदीको कुनै मुल्य छैन । सीत्तैमा आएको जसरी ढल मीसाएर, फोहर थुपारेर आफ्नो वेईजेत आफै गरेका छौ ।  वास्तवीकता के हो भने पहिल्यैको जस्तो सफा वाग्मती, सफा वायुमण्ल सुधार्न, कन्चन पानी वग्ने विश्णुमति वनाउन र काठमान्डौको विच विचमा जंगल पुनः निर्माण र हाल काटीएका रुख हुर्काउन गर्न कति खर्च लाग्ला विचार गरौ न ! त्यसैले सरोकारवालाको ध्यान जान जरुरी छ ।


1 comment:

  1. धेरै राम्रो पठनिय लेख !!!

    ReplyDelete