Writer:- Usha Kiran
Regmi & Bikalpa Adhikari, Published on https://pahilopost.com/
नेर्बे विश्वकै धनि राष्ट्रहरु मध्य अग्र स्थानमा छ। तर ठिक यस्को उल्टो नेपाल
एसियाको दोस्रो गरिब राष्ट्रमा पर्दछ। म नर्बेको Gardemon Airport मा ओर्लने
बित्तिकै रेल चढेर नर्बेको राजधानी ओस्लो पुँगे। नेपालमा रेल नभएकाले पहिलो पटक
रेल चढ्दै थिँए। रेल कतिबेला आउँदैछ भनेर ‘डिजिटल स्कृनमा’ लेखिएको थियो। रेल १
मिनेटको पनि फरक नपारी आयो र समयमा ओस्लो पुग्यो। पछि
थाहा पाँउदै गँए समयको पालना हरेक ठाउँमा सबैले गर्ने रहेछन। तर मेरो देशमा यस्तो
छैन। यता ‘अग्रेजी टाईम’ भनेको जस्तो हाम्रोमा ‘नेपाली टाईम’ भन्छन र यसको अर्थ
हुन्छ पूर्वनिर्धारित समयमा काम नहुने, प्राय:ढिला
हुने।
यो मेरो विदेश यात्राको पहिलो दिन थियो। म मान्छेका गतिविधि, भवन, बाटो घाटो, सारा कुरा नियाली रहेको थिँए। ओस्लो
राजधिनी भएर पनि मानिसहरुको भिडभाड ज्यादै कम थियो। मुल सडक र सडक पेटिहरु खाली नै
देखिन्थे। पछि बुझ्दै गएँ । नर्बेको जनसङख्या मात्र ५० लाख रहेछ। म यस्तो देशबाट
आएको थिएँ, जहाँ ४५ लाख मानिस राजधानी काठमान्डुमा
मात्र बस्छन।
नेपालमा सडक, चोकहरु, बस बिसौनि, किनमेल गर्ने बजारमा सधैजसो भिडभाड हुन्छ। सार्वजनिक यातायतमा आरामसगँ
चढेर समयमा गन्तब्यमा पुगेको दिन म आफुलाइ भाग्यमानि मान्थे। धेरैजसो सानो युद्ध
जितेको जस्तै कसरत गर्नुपर्छ अनि मात्र गन्तब्यमा पुगिन्छ । यता राजधानी ओस्लोमा
८० % प्रतिसत मानिसले सर्वसुलव रुपमा सार्वजानिक यातायात प्रयोग गर्ने रहेछन । यो
२०१४ तथ्याङ्क हो । विश्वमा दोस्रो तेल उत्पादन गर्ने देश भएर पनि यहाँका जनता
घरमा कार राखेर सार्वजानिक यतायात चढ्न खुसी छन। सरकारले तेलमा धेरै कर लगाएर
अप्रत्यक्ष रुपमा सार्वजानिक यातायात प्रयोग गरुन भन्ने चाहन्छ। यो लागु भएको पनि
छ। सबैले ट्राफिक नियमको पुर्ण पालना गर्दछन भन्दा फरक पर्दैन। यसको माने हुन्छ
यहाँको यात्रा सुरक्षित छ। धेरै मानिसहरु साईकल चढेर यात्रा गर्दछन। हामीकहाँ सडक
ज्यादै थोरै छन। साँगुरा छन अनि जनघनत्व बढि छ। यसको अर्थ हुन्छ सडक, जनसङख्या र सवारीसाधनको अनुपात मिलेको छैन। त्यसमाथी सडक अनुसाशनको कमी छ
र त यात्रा असुरक्षित छ, दुरघटना निरन्तर घटिरहन्छन।
मानिसहरु शान्त, सफासुघ्घर र चिटिक्क परेर हिडेका देखिन्थे। आफ्नो कारणले
अरुलार्इ असजिलो होला भनेर सधै सचेत हुने रहेछन। केहि नजानेको कुरा सोध्यो भने
मनैदेखि सिकाइदिएको घेरै पटक भोगेको छु। भेट हुँदा नचिने पनि हार्इ हेलो भन्छन
त्यो पनि मुसुक्क हाँसेर। मलाई यो कुराले खुबै खुसी बनायो। यहाँका मानिसहरुसगँ
घुलमिल हुदै जाँदा अनुसासित र ईमान्दार भएको पाँए। मानिसहरु आफुलार्इ थाहा नभएको
कुरा गर्वकासाथ थाहा छैन भन्छन। हामीकहाँ नजानेको कुरापनि जानेको झै गर्छन। यो
कुरा साधारण मानिस देखि विश्वबिध्यालयका प्रोफेसरले समेत यसै गर्छन। अरुको अगाडी
नजान्ने पो भईएला, अर्काले यत्तिपनि जानेको रहेनछ, कति सोझो रहेछ भन्ला कि भन्ने मनोबिज्ञानले हामीलाई गाँजेकोले यस्तो भएको
हो जस्तो लाग्छ।
मलार्इ दुई भाषा मात्र बोल्न आँउछ। अग्रेजी र मेरो मातृभाषा नेपाली। नर्बेजिनय
भाषा आफुले नजानेकाले कुराकानी गर्न गाह्रो होला भन्ने ठानेको थिएँ। तर सबैले
अग्रेजी बोलिदिने भएकाले धेरै सजिलो भयो। युरोपमा अग्रेजी जानेर पनि भरसक बोल्दैनन
भनेर सुनेको थिए तर नर्बेमा भने तेस्तो पाईन। तर मेरो अग्रेजी उच्चारण कहिलेकँही
यहाँकाले नबुझेर मलाई झ्वाउ पनि लाग्थो। जति पटक भने पनि उच्चारण नबुझेपछि मैले
लेखेर दिन्थे अनि ओ…ए यो पो भनेर मैले बोलेकै जस्तै उच्चरण गर्थे। अनि कुराकानी
फेरी अगाडी बढ्दथ्यो।
मलाई एउटा कुराले अचम्म बनायो। म आएको बेला यहाँ बर्षा (समर) चलेको थियो।
रातको १० बजे सम्म टन्टलापुर घाम लागेको हुन्थो । मानिसहरु भित्रिवस्त्र मात्र
लगाएर पार्कमा एकतमासले घाम तापेका भेटिन्थे। कतै कतै उत्तानो परेर घोप्टो परेर
निबस्त्र घाम तापेको देख्दा मलाई लाज पनि लाग्यो। धेरै दिनसम्म मेरो ‘स्माट’ फोनमा
सुर्यअस्त रातको ११:३० र बिहान सुर्योदय २:४५ लेखेपछि म चकित परेको थिँए। जाडोमा
भने छिटो अस्ताउने र ढिलो उदाउने रहेछ। कति दिन मैले बिहान काममा गएर साँझ घर
फर्कदा उज्यालो नि देख्न पाइन घाम त कुरै छाडौ। यस्तो बेला मानिसले भिटामिन ‘डी’
खाँदा रहेछ। जुन घामको किरणमा पार्इन्छ र मानिसलार्इ नभई नहुने तत्व हो। भिटामिन
‘डी’को अभावमा दिमागमा सेरोटोनिङ भन्ने रसायन ननिस्कने र तेस्को कारण मानिस उदाश
हुने कार्यक्षमता हराउने, ज्यादै अल्छि लाग्ने, निद्रा
बढि लाग्ने हुँदो रहेछ। यसो हुँदा मानिस डिप्रेसनमा पनि जाने रहेछन। त्यसैले जाडो
याममा भिटामिन डि खानु अनिवार्य रहेछ। नेपाल भने विश्वमै प्रतिदिन धेरै घाम लाग्ने
देशमा पर्दछ। नेपालमा यस्तो समस्या प्राकृतिक रुपमा बेहोर्नु पर्दैन।
नर्वे र नेपालका धेरै कुरा मिल्दछन। दुबै देश उत्तरि गोलार्धमा पर्ने भएकाले
एकै समयमा जाडो र गर्मि मौसम सुरु हुन्छ तर जाडोमा नर्बेमा अत्याधिक चिसो हुन्छ।
नेपालमा हिमाली भेगमा जस्तै यहाँ लगभग ४ मिहना हिउँ पर्छ। अग्ला र न्यानो जुत्ता, बाक्ला जाकेट, गलबन्धि पन्जा टोपी अनिवार्य लागाउनु पर्दछ। तापक्रम सुन्यबाट तल झरेर
माईनस १५, २० डिग्रि प्राय भइनै राखेको हुन्छ। पुरा
नर्बे भरि हिउँनै हिउँ जमेको हुन्छ। सूरु सुरुमा मलाई हिउँ खुब मन पर्दथ्यो।
बाक्लो हिउँ फुरफुर फुरफुर झरिरहेको बेलाको दृश्य ज्यादै रमणिय हुन्छ। मन फुरुङग
हुन्छ। हिमालयको देश, हिमालै हिमालको देश भनेर विश्व
भरि चिनिएपनि यस्तो रमणिय दृश्य मैले कहिले पनि देख्न पाएको थिईन। किनकि म नेपालको
पहाडि भेगमा बस्दथेँ जहाँ हिउँ पर्दैनथ्यो। जलस्रोतमा नेपाल र नर्बे दुबै धनि
देशहरु हुन। यि दुई देशमा जलस्रोतको उपयोगमा कस्ले कति उपयोग गरेको छ भनेर तुलना
गर्न मलाई लाज लगिरहेको छ। किनभने नर्बेले जलस्रोतबाट मात्रै ३२ हजार मेगावाट
विजुलि निकालेको छ तर नेपालमा लगभग १ हजार मेगावाट। यहि उर्जाको उत्पादन र
प्रयोगले देखाउछ को कति सम्पन्न र विपन्न छ।
ओस्लोमा ठूला अग्ला गगनचुम्बी भवन भने देख्न पाईन्न। प्राय विकसीत देशका
सहरहरुमा ५० औ तल्ला भएका भवन, आकासे पुलहरु ठूला ठूला ‘सपिङ सेन्टरहरु’ भौतिक
संरचना हुन्छन। यसलार्इ आलोचकहरु कङक्रिटको सहर पनि भन्छन। तर नर्बेजियनहरु
ओस्लोलाई कङक्रिटको सहर नभई हरित सहर बनाउन चाहन्छन। नर्बे र नेपाल दुबै देशमा
हरियाली प्रशस्तै छ। नेपालमा ४२% जमिन जङलले ढाकेको छ भने नर्बेमा ३३ % जमिन जङलले
ढाकेको छ। सडकका ठाउँठाउँमा हरिया पार्कहरु खुल्ला ठाँउहरु केटाकेटि खेल्ने ठाँउ
हुन्छन।
१८ बर्षको उमेर पार गरेका छोराछोरी बाबुआमासँग बस्दैनन। पारिवारिक सम्पत्तिको
पुस्ता हस्तानतरण नहुने हुनाले १८ बर्ष नाघेका सबै युवायुवतीले मिहिनेत र
परिश्रमकासाथ काम सुरुवात गर्नुपर्ने हुन्छ। त्यसैले यहाँ सबै मानिस मिहिनेतका साथ
काम गर्दछन। तर मैले बुझे अनुसार यहाँ मानिसले बचतगर्ने चलन कम हुदो रहेछ। देशविदेस
घुम्ने छुट्टि मनाउन जाने किनमेल गर्ने खानपिनका लागि रेस्टुरेन्ट जानमा यिनीहरु
सौखिन हुन्छन। नर्बेजियनहरु साँझ परेपछि पिउँछन। हरेक दिन जसो धेरथोर पिउने गर्छन।
चिसो ठाँउ भएर पनि होला भन्ने मलाई लग्छ। उसोत पश्चिमाहरुको सस्कार नै हो। पिउने
क्रम सुक्रबार र सनिबार(विकेन्ड) चरममा पुग्छ। “विकेन्डमा’ यहाँका युवा युवति ‘पब’, ‘बार’ तथा भट्टिहरुमा मस्त पिएर
गफ्फिएका नाचेका झुमेका देखिन्छन। अझ अचम्म के भने यि पबमा बारमा छिर्न लामो
लाईनमा कुरेर बस्नु पर्छ। मलार्इ यि लाईन देखेर हाम्रोमा पास्पोर्स्ट बनाउनेको, कोरिया भाषा परिक्षा दिन लागेको लामो लाइनको याद आउछ। यसरि भित्र पिउन जान
परिचयपत्र पनि देखाउनु पर्दछ। धेरै खाएर मात्तिन थाले सुरक्षाकर्मिले सचेत
गराउँछन।
नर्वे धनि छैन तर यो असाध्यै धनि छ। असाध्यै धनि ! यसमानेमा कि नर्बेको
राज्यको ढुकुटिमा अरबौ डलर सम्पत्ति छ। यति धेरै सम्पत्ति विश्वको कुनै देशसग छैन।
यहाँका मानिसहरु भन्ने गर्दछन “नर्बेसँग अबका २०० वर्ष सम्मका लागि पुग्ने सम्पति
छ”। यो तेलबेचेर प्राप्त भएको सम्पत्ति हो। ‘साल्मन’ प्रजातिको माछाको उत्पदन र
बिक्रिको हिसाबले नर्बे विश्वभरि परिचित छ। तेलपछि यस माछाको ब्यापार देश धनि
हुनुको मुख्य कारण हो।
खानामा हामी नेपाली र नर्बेजियन बिच केही तात्विक भिन्नता पाएँ। हामी
नेपालीहरुको मुख्य खाना भनेको दाल भात हो। तर नर्वेजियनहरु मुख्य खाना पाउरोटि हो।
पश्चिमाहरु गहुँ(पाउरोटि), एसियामा धान(भात) र
अफ्रिकामा मकै मुख्य खाना भएको पाँए। यो विश्वको मोटामोटि तस्बिर हो। पश्चिमाहरु
मासुमा धेरैजसो गाईको मासु ‘बिफ’ खान्छन। मैले सामान्य रुपमा सोच्दा हामी जिब्रोको
लागि यानेकी स्वादको लागि खान्छौ तर यिनीहरु पेटका लागि खान्छन नकि जिब्रोको लागि।
यिनीहरु प्रायजसो ज्यादै कम मात्रामा नुन, पिरो, चिल्लो र मसला भएको खाने गर्दछन। यो मलाई लागेको कुरा हो। मैले हामीकहाँ
सागपात पकाएर खाने गरेको पाएको छु तर यहाँ सागपात सलादको रुपमा काँचै खाने गरेको
पाएँ। हामी विहान बेलुका घरको भान्छामा धेरै समय दिएर आफै पकाएर खानेगर्दछौ। तर
यिनीहरु घर बाहिर रेस्टुरेन्टमा खान रुचाउँछन। यिनीहरु घर बाहिर गएर खानेमा सौखिन
पनि छन।
नर्बेले केहि महत्वाकाङ्छि योजना अगाडि सारेको छ । सन २०२२ सम्ममा यहाँ चल्ने
कार सबै विध्धुतिबाट चल्ने कार हुनेछन । उसोत अहिले पनि सबै रेल र “ट्राम” विधुतिय
छन। नर्बेमा ९०० वटा भन्दा बढि सुरुङमार्गहरु छन। सडक ज्यादै ब्यवस्थित र
सुविधायुक्त छ। नर्बेको प्राय सहरहरुमा विधुतिय रेल पुग्छ। म आएको दोस्रो बर्षमा
२०१६ नर्बेले भुमिगत रेल (मेट्रो) सुरु भएकोमा ६० ओ बर्षगाँठ मनायो। तर नर्बेमा
रेल सुरु भएको सन १८९८ मा रहेछ। झण्डै १२० वर्ष अगाडि । बल्ल हामी सन् २०१७ मा रेल
र मेट्रो चलाउने भनेर गफ गर्दैछौ। देशमा रेल पक्कै बन्ने छ। सबै नेपालीले आसा
गरेका छन। म पनि धेरै आसावादी छु।
उत्तरी युरोपका तिन देश; नर्वे, डेन्मार्क र
स्विडेनलाई ‘स्केन्डिनेभियन’ मुलुक भनेर चिनिन्छ। यि देशहरुमा प्रजातान्त्रिक
समाजबादको मिश्रीत प्रयोग भएको मानिन्छ। ‘स्केन्डिनेभियन’ मुलुकमा नर्वे झनै
सम्पन्न छ । कामदारले जति धेरै कमाउछ उति नै बढि राज्यलाई कर तिर्छ। यसका साथसाथै
राज्य पनि उतिनै कल्याणकारी भएको देखिन्छ। नर्बेमा पढ्ने बिध्यार्थीले पढे बापत
शुल्क बुझाउनु पर्दैन। शिक्षा स्वास्थ निशुल्क प्राय छन। सामाजिक सुरक्षा
अन्तर्गतका बेरोजगार भत्ता विरामी वा सुत्केरी हुँदाका सहयोग, बालबालिकाकालागि, बृद्धबद्धा र असक्तहरुकालागि
राज्यले विशेष सुविधा दिएको हुन्छ। आधारभुत भौतिक सुखसुविधाका लागि सरकारले जिम्मा
लिएको हुन्छ। किनमेल गर्ने खानपिन गर्ने पसल, सार्वजानिक
यतायात, स्कुल, अस्पताल, सडक, विजुली, खानेपानी
सबै नागरिकहरुलाई समान किसिमले उपलब्ध गराइएको हुन्छ। बाटोघाटो सरसफाई
‘पार्क”हरुको ब्यवस्थापन केटाकेटिका लागि खेल्ने ठाँउ लगाएतका सबै सर्वाजानिक
क्षेत्रमा राज्यको प्रत्यक्ष रेखदेख रहन्छ। त्यसैले त धेरै मानव सुचाङक र सामाजिक सुरक्षा सुचाङकहरुमा पनि नर्बे अगाडि छ।
बिकासको दृष्टिले मानव बिकासको उच्चतम चरणमा पुग्दै गरेको यो नर्बे र बिकासको
सुरुवाति चरणमा रहेको मुलुक नेपालले जान्नु र सिक्नु पर्ने धेरै कुराहरु छन।
No comments:
Post a Comment