writer:- Bikalpa Adhikari,
सूर्यबाट आएको ताप र प्रकाश अर्थात् सौर्य ऊर्जा नेपालजस्ता विकासोन्मुख मुलुकका लागि आकाशको फलमै सीमित छ। न यसलाई चाहेजसरी प्रयोग गर्न सकिएको छ, न त ऊर्जा संकटका अन्य विकल्पतर्फ नै ध्यान पुर्याइएको छ। अर्कोतर्फ स्वच्छ ऊर्जा भनिने बायोग्यास, सौर्य, वायु ऊर्जाजस्ता वैकल्पिक उपायको खोज, अध्ययन र प्रयोग भइरहे पनि यिनको व्यापक उपयोग हुन सकेको छैन। जबकि, पृथ्वीको सतहको तापक्रम निरन्तर वृद्धि भइरहँदा त्यसबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट बच्न कम कार्बन उत्सर्जन गर्ने यस्ता वैकल्पिक उपाय सहयोगी हुन्छन्।
सूर्यबाट आएको ताप र प्रकाश अर्थात् सौर्य ऊर्जा नेपालजस्ता विकासोन्मुख मुलुकका लागि आकाशको फलमै सीमित छ। न यसलाई चाहेजसरी प्रयोग गर्न सकिएको छ, न त ऊर्जा संकटका अन्य विकल्पतर्फ नै ध्यान पुर्याइएको छ। अर्कोतर्फ स्वच्छ ऊर्जा भनिने बायोग्यास, सौर्य, वायु ऊर्जाजस्ता वैकल्पिक उपायको खोज, अध्ययन र प्रयोग भइरहे पनि यिनको व्यापक उपयोग हुन सकेको छैन। जबकि, पृथ्वीको सतहको तापक्रम निरन्तर वृद्धि भइरहँदा त्यसबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट बच्न कम कार्बन उत्सर्जन गर्ने यस्ता वैकल्पिक उपाय सहयोगी हुन्छन्।
त्यसो त दुई सय वर्षअघि औद्योगिक क्रान्तिमा नै सहज
भइसकेका कोइला, ग्यास र तेलजस्ता जैविक ऊर्जासँग हाल विकसित हुँदै
गएका सौर्यलगायत वैकल्पिक ऊर्जाले प्रतिस्पर्धा गर्नु चानचुने कुरा होइन। अहिले
विश्वमा ६६ प्रतिशत ऊर्जा यिनै जैविक ऊर्जाबाट परपिूर्ति भइरहेको छ तर लामो
अनुसन्धानपछि भित्रिने नयाँ-नयाँ प्रविधिलाई उपयोगमा ल्याउन सकेको खण्डमा मात्र ती
हाम्रा लागि बरदान साबित हुनेछन्। सामान्यतः त्यस्ता नयाँ प्रविधि व्यापक प्रयोगमा
आएपछि मात्र आमउपभोक्ताका लागि सहज रूपमा प्राप्त हुन्छन्। विगत केही वर्षयता
न्यून विद्युत् ऊर्जा खपत गर्ने भएकाले सीएफएल
(कम्प्याक्ट फ्लोरसिेन्ट ल्याम्प) चिमको प्रयोगले
व्यापकता पाएको थियो। सरकारी तहबाट त्यस्ता चिम प्रयोगका लागि विभिन्न
प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरयिो। सीएफएल चिमको प्रयोगबाट के-कति विद्युत्
ऊर्जा बचत भयो भन्ने यकिन तथ्यांक नभए पनि यसले १८ घन्टासम्मको लोडसेडिङ् बेहोर्न
बाध्य नेपालीलाई थोरै भए पनि राहत दिएको हुनुपर्छ। विद्युत् ऊर्जाको माग र
आपूर्तिबीचको ठूलो खाडलका कारण आगामी १० वर्षसम्म पनि लोडसेडिङ् कायम रहने
देखिन्छ। तसर्थ, उक्त समस्याबाट त्राण पाउन ऊर्जा सुरक्षामा सहयोग
पुर्याउने नयाँ प्रविधिहरूको प्रयोगमा व्यापकता ल्याउँदै जानु बुद्धिमानी हुनेछ।
यसतर्फ 'एलईडी' जडित सोलार प्रविधिको प्रयोगले सकारात्मक योगदान गर्न सक्छ। प्रयोग गर्न पनि
सहज हुने एलईडी भनिने 'लाइट इमिटिङ् डायोड' हाल ऊर्जाका क्षेत्रमा
उच्च किफायती भएका कारण यसको प्रयोग विश्वव्यापी रूपमा बढ्दो छ। एलईडी र सोलार
प्रविधिको संयोजनको यो प्रविधि वातावरण सुरक्षा, दिगोपन र 'इनर्जी डाइभर्सन'का हिसाबले पछिल्लो सफल प्रविधि मानिएको छ। ज्यादै कम
विद्युत् भए पनि बल्ने एलईडी र सोलार प्यानल -सौर्य ऊर्जा)को संयोजन नेपालको चर्को
ऊर्जा संकटको सन्दर्भमा अझ प्रभावकारी हुने देखिन्छ। सुरुआती लगानीका हिसाबले
सोलार र एलईडी महँगो देखिए पनि 'पे ब्याक सिस्टम' अनुसार गणना गर्ने हो भने अन्य प्रविधिको तुलनामा यसबाट सबैभन्दा बढी विद्युत्
बचत भई केही वर्षभित्रै लगानी असुल हुन सक्छ।
हाल नेपालमा खपत भइरहेको विद्युत् ऊर्जामध्ये करबि ६० प्रतिशत उज्यालोका लागि
हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन्। प्रयोगमा आएका साधारण चिम, ट्युबलाइट र सीएफएलभन्दा एलईडी अत्यन्त किफायती र बढी
टिकाउ हुन्छ। एउटा राम्रो एलईडी ल्याम्पले साधारणतः प्रतिवाटमा सीएफएल चिमले भन्दा
दुई गुणा बढी उज्यालो दिन्छ। एलईडी लाइट बल्बले दुईदेखि १७ वाट मात्र विद्युत् खपत
गर्छ, जुन साधारण चिम र
सीएफएलको भन्दा एकतिहाइ कम हो। यदि एलईडी लाइटको मात्र देशभर प्रयोग हुने हो भने
एकतिहाइ बिजुली बचत हुनेछ। सोलार प्यानलमार्फत सूर्यबाट प्राप्त शक्तिको तुलनामा
एलईडी बत्तीले कम ऊर्जा खपत गर्छ। एलईडी र सोलार हाल प्रयोगमा आएका बत्तीभन्दा
महँगा भए पनि प्रविधिको विकासमा भइरहेका सुधारले मूल्य घट्दै पनि गइरहेको छ।
एलईडीसम्बन्धी सामान विभिन्न आकार, प्रकार र क्षमतामा उपलब्ध हुन थालेका छन्, जसलाई घरमा पनि सहज रूपमा प्रयोग गर्न सकिने हुन्छ।
नवीकरणीय ऊर्जाको प्रयोगमा व्यापकता आउँदै गर्दा सौर्य ऊर्जालाई विश्वमै
आकर्षणका रूपमा हेरएिको छ। घामको पर्याप्ततालाई पनि सौर्य ऊर्जामा नेपाल धनी
राष्ट्रको पंक्तिमा पर्छ। यस आधारमा नेपालको 'सनसाइन आवर' ६
दशमलव ८ घन्टा प्रतिदिन छ भने 'एभरेज
सोलार रेडिएसन' प्रतिदिन
प्रतिवर्गमिटर ३.६ देखि ६.२ किलोवाट रहेको छ। नेपालमा पिक सन -चर्को घाम) भने ४.५
घन्टा लाग्ने गर्छ, जुन
पश्चिमा मुलुकमा भन्दा बढी हो।
नेपालका ग्रामीण भेगमा निजी तवरबाट र अनुदान कार्यक्रमका माध्यमबाट वैकल्पिक
ऊर्जा प्रयोगमा केही विस्तार आएको छ। यसलाई अझ व्यापकता दिनु र सहरमुखी बनाउनु
आजको आवश्यकता हो। यसका लागि सरकारको सहयोग भने आवश्यक हुन्छ। नेपालमा विभिन्न
क्षेत्रमा ५ लाख ५० हजारभन्दा बढी घरधुरीमा ठूला र साना सौर्य ऊर्जा प्रयोगमा छन्।
करबि ११ मेगावाट सौर्य बिजुली उपकरण जडान भएका छन्।
जनस्वास्थ्यका हिसाबले पनि एलईडी चिम अन्य चिमका तुलनामा सुरक्षित छ। एलईडी
लाइटमा अन्य चिममा प्रयोग गरएिजस्तो विषालु धातु -सिसा, पीबी, क्याड्मिएम र मर्करी)को प्रयोग गरएिको हुँदैन। त्यसै गरी विद्युतीय फोहरका
हिसाबले एलईडी लाइट वातावरणमैत्री छ। सोलारले पनि डिजेल प्लान्ट र हाइड्रो पावरको
तुलनामा ज्यादै न्यून प्रदूषण गर्ने हुँदा वातावरणमैत्री छ। नयाँ अनुसन्धानहरूले
जलविद्युत्को 'रजिर्भवायर'मा जैविक पदार्थ कुहिएर ठूलो मात्रामा हरति गृह ग्यास
निस्कने र विश्वव्यापी उष्णतालाई बढाई जलवायु परविर्तनमा नकारात्मक भूमिका खेल्ने
देखाएका छन्। तत्कालै जलविद्युत् परयिोजनाको निर्माणका काम युद्धस्तरमा थाले पनि
कम्तीमा आगामी १० वर्षसम्म नेपालले ऊर्जा संकट बेहोर्नुपर्ने भएकाले तत्कालका लागि
यो प्रविधि विद्युत् ऊर्जाको गतिलो विकल्प बन्न सक्छ। यद्यपि, पूरै नेपालका लागि दीर्घकालीन रूपमा हेर्दा
जलविद्युत् निर्विकल्प छ। त्यति हुँदाहुँँदै पनि एलईडी जडित सौर्य ऊर्जाको स्थापना
मुलुकभर गर्न सकिएमा दिगोपनका दृष्टिले समेत क्रान्तिकारी कार्य साबित हुनेछ।
This article was published on Nepali Weekly Kantipur Publication.
This article was published on Nepali Weekly Kantipur Publication.

No comments:
Post a Comment