Writer:-Bikalpa Adhikari
हालसालै चितुवाको दनदनी आगोमा बलेर खरानी हुदै गरेको हिउँ चितुवाको फोटो सामाजिक सन्जालमा देखियो । यो नेपालको मुस्ताङ जिल्लामा भएको घटना हो । विश्वमै दुर्लभ मानिएको हिउँ चितुवा आगोमा खरानी हुदै गरेको तस्विरले म लागायत सबै वातावरणकर्मि र सरक्षणकर्मिलाइ विक्षिप्त वनायो । फोटो हेर्दा नरमाइलो महसुस भयो । स्वाउ बारिमा घाइते अवस्थामा भेटिएको भनिएको हिउँ चितुवा पछि मरेको समाचार आएको थियो । खुट्टामा चोट लगेको उक्त चितुवा जो दुर्लभ जनावरको सुचिमा छ, जस्लाइ वचाउनु पर्दथो त्यो हुन सकेन । तर मरिसकेपछि चितुवालार्इ हामीले जीवन्त राख्न सक्थ्यौ । त्यसो गरिएन, जलाइयो । यसलार्इ सग्रांलयमा राखिनुपर्दथो त्यो गरेनौ यो झन दुखद पक्ष हो ।
चिसो उच्च हिमाली जलवायुमा बस्ने हिउँ चितुवा प्राय ३००० देखि ५४०० मिटरको उचाइमा मध्य एसियामा पाइन्छ । भिरालो र चट्टान भएको हिमाली क्षेत्रमा पाइने यो चितुवाको खुट्टा विषेस प्रकारको हुन्छ जस्ले भिरालो र गिर्खा चट्टानमा हिड्न कुद्न सजिलो वनाउँछ । लामो भुवादार पुच्छरले सरिर सन्तुलनमा राख्ने र जाडोमा न्यानो पार्न सजिलो हुन्छ । नेपाल लगाएत चिन, भुटान, भारत, अफगानिस्तान सहित १२ देसमा हिउँ चितुवा पाइन्छ । आहारको कमी, वास्सतान सङकट, चोरी सिकारीले यसलार्इ सङकटको सुचिमा राखिएको छ । पर्यावरणिय खाध्य चक्रको माथिल्लो स्थानमा पर्ने हुनाले हिउँ चितुवा पर्यावरणिय दृष्टिले अत्यन्तै महत्वपुर्ण भुमिका हुन्छ । जव कुनै पनि प्रजातिको संख्या घट्दछ तव पारिस्थितिक (इकोसिस्टम) प्रणालीमा त्यो प्रजातिले निभाईरहेको भूमिका कमजोर बन्छ । फलतः खाद्यचक्र (फुड चेन) मा असन्तुलन उत्पन्न हुन्छ । पारिस्थितीक प्रणाली र खाद्यचक्र यस्तो प्रकृया हो जसमा हरेक प्रजातीको भुमीका विशिष्ट हुन्छ । हरेक प्रजाति पारिस्थितिक प्रणाली र खाद्यचक्रका लागि अनिवार्य पनि हुन्छन् ।
नोट:- फोटो: हिउँ चितुवा जलाउदै गरेको फोटो तस्विर हरिहर योगिको फेसवुक वाट

“ट्याक्सिडरमि” (Taxidermy) एउटा कला हो ।
सँग्रालयमा राख्न, सजावटको लागि र
अध्यायन अनुसन्धान गर्नेहरुका लागि यो विधी ज्यादै आकर्षक, प्रमाणिक र वैज्ञानिक मानिन्छ । यस विधिमा विभिन्न
ढाड भएका जनावर, घिस्रने जन्तु, चराहरु सर्प लगाएतका जङगली जनावरलार्इ प्रयोग गरिन्छ । भुत्ला र रौ सहितको छालालार्इ
नकुहिने वनार्इ दुरुस्त देखिने गरेर सजाउने गरिन्छ । मृत तर साँच्चैको छाला भित्र
कपास वा अन्य केहि वस्तु कोचेर टमक्क मिलेको सरिर वनाइन्छ । जुन हेर्दा साँचैको
भान हुन्र्छ । सक्कली रौ
सहितको छालामा जनावरको नाक, टाउको, खुट्टा, पुच्चरले साँचैको वा मरेको हेर्दा दुविधामा परिन्छ । कहिँ
कतै देखेमा कता कता डर पनि लागिहाल्छ । कोठा भित्र ठूला जङगली जनावर दुरुतै
देख्न्न पाउनु आफैमा कति आकर्षक हुन्छ हुन्छ । यो नै कलाको मुख्य विषेसता हो ।
यसलाइ "Taxidermy" भनिन्छ ।
यस क्षेत्रमा काम गर्ने प्रसस्तै दक्ष मानिसहरु नेपालमा छन । यस्तो
सामग्री नेपालका विभिन्न संग्रालय तथा पुस्तकालमा देख्न्न सकिन्छ । वाघ, भालु, स्याल, भ्याउरो, चिल, गृद्ध, सुगा, सर्प जस्ता जनावर कमै मनिसहरुले नजिकवाट देख्ने अवसर पाएका हुन्छन । यो कलाले
मानिसलाइ यस्तो अवसर जुटाइदिन्छ जहाँ नजिकवाट नियालेर ठूला, हिस्रक जनावर, आकासमा उड्ने चराचुरुङगि देह्न सकिन्छ । दुर्लभ मध्यको एक जनावर जो नेपालको हिमाली क्षेत्रमा मात्र पाइन्छ । उक्त
जनावर देख्न क्यामेरामा कैद गर्न वैज्ञानिकहरुले २० औ, ३० औ वर्ष मनाङ मुस्ताङ
सगरमाथा अन्नपुर्ण संरक्षण क्षेत्रमा आफ्नो समय मिहिनेत र लगानी खर्चेका छन । ५, ७ वर्षको समयमा
क्यामेरामा एक फोटमात्रै कैद भयो भने अन्तराष्ट्रिय समाचार वन्छ । हामी यस्तो
महत्वपुर्ण जनावर संरक्षण गर्न चाहिरहेको छौ । भनिरहेका पनि छौ, संरक्षण भर्इराखको छ । तर खै यस्तो दुर्लभ हिँउ चितुवा खरानी वन्यो । वन
मन्त्रालय, राष्ट्रिय निकुन्ज, वन विभाग, राष्ट्रिय संग्रालयमा यि
र यस्तै संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरु हुन तर ध्यान दिइएन ।
चिसो उच्च हिमाली जलवायुमा बस्ने हिउँ चितुवा प्राय ३००० देखि ५४०० मिटरको उचाइमा मध्य एसियामा पाइन्छ । भिरालो र चट्टान भएको हिमाली क्षेत्रमा पाइने यो चितुवाको खुट्टा विषेस प्रकारको हुन्छ जस्ले भिरालो र गिर्खा चट्टानमा हिड्न कुद्न सजिलो वनाउँछ । लामो भुवादार पुच्छरले सरिर सन्तुलनमा राख्ने र जाडोमा न्यानो पार्न सजिलो हुन्छ । नेपाल लगाएत चिन, भुटान, भारत, अफगानिस्तान सहित १२ देसमा हिउँ चितुवा पाइन्छ । आहारको कमी, वास्सतान सङकट, चोरी सिकारीले यसलार्इ सङकटको सुचिमा राखिएको छ । पर्यावरणिय खाध्य चक्रको माथिल्लो स्थानमा पर्ने हुनाले हिउँ चितुवा पर्यावरणिय दृष्टिले अत्यन्तै महत्वपुर्ण भुमिका हुन्छ । जव कुनै पनि प्रजातिको संख्या घट्दछ तव पारिस्थितिक (इकोसिस्टम) प्रणालीमा त्यो प्रजातिले निभाईरहेको भूमिका कमजोर बन्छ । फलतः खाद्यचक्र (फुड चेन) मा असन्तुलन उत्पन्न हुन्छ । पारिस्थितीक प्रणाली र खाद्यचक्र यस्तो प्रकृया हो जसमा हरेक प्रजातीको भुमीका विशिष्ट हुन्छ । हरेक प्रजाति पारिस्थितिक प्रणाली र खाद्यचक्रका लागि अनिवार्य पनि हुन्छन् ।
हिजो आज विषेशगरी मन्टेस्वरीमा लोप हुदै गएका, नाग्लो, डोको, खुर्पेटो, ढिकी जाँतो लगात
पुराना घरेलु समान राख्ने गरिन्छ । वालवालिकाहरुले डोको नाम्ले चिनुन । ढिकीले धान
कसरी कुट्छ थाहा पाउन । हातले छोउन । यसको महत्व वुझुन । ज्ञान आर्जन गरुन भन्ने
हो । अनुसन्धान, वातावरण र संरक्षणका
क्षेत्रमा लाग्नेहरुका लागि यस्तो दुर्लभ
जनावरले पनि विभिन्न महत्व राखदछ । दुर्लभ चिजको एउटै नमुना र फोटो पनि ठूलो खोजको विषय वन्छ । यसले अनुसन्धानमा ठूलो
उपलब्धि हाँसील गर्न सहयोग पुग्छ । यस्ता हिउँ चितुवाको रौ, सानो एक टुत्रा
मासु, जुन ‘डिएनए’ ‘जिन’ पत्ता लगाउन ज्यादै मुलयवान सहायक हुन्छ । यि र
यस्तै कुराहरु पत्ता लागाउने कुरामा विकट
ठाँउमा पाइने जनावरको सजिलै अनुसन्धान गर्न गाह्रो हुने गर्दछ । त्यसैले यसको
महत्व छ । त्यसैले यस्तो महत्व वोकेको चिजको जुनै प्रकारको संरक्षण गर्नु हाम्रो
कर्तव्य हो ।
नोट:- फोटो: हिउँ चितुवा जलाउदै गरेको फोटो तस्विर हरिहर योगिको फेसवुक वाट

No comments:
Post a Comment