लेखक:- विकल्प अधिकारी
मानौ तपाइँ घरको छत, वगैचा, वरण्डा वा कौसी कतै वसिरहनु भएको छ । वगैचामा
ढुकुर...कुर...कुर गरेर ढुकुर कराएको छ । एक भगेराका जोडि चल्दै माथिबाट भूँइमा
झरेका छन । विहानै सुतिरहेको कोठाको झ्यालमा चिर्रविर चिर्रविर गरेको चराको आवजले
विउँझिनु भएको छ । तपाइँका लागि यस्तो भब्य मौका हुनसक्छ । एक आनन्दको सुखको क्षण
हुन सक्छ । चाहे तपाइँ जहाँ हुनुहोस । सहर वा गाँउमा । प्रकृतिसित, पशुपन्छिसित साक्षत्कारको
अवसर हो यो । तनाव, ब्यस्त दैनिकि, दिक्क मनलाई यस्ता चराको कृयाकलापले एक क्षण भएपनि
साँचै आनन्दित गराउँछ । चरासित नजिक्याँउछ । ‘हमिङवर्ड’ हावामा फरफराउँदै टक्क
एकनासले अडिएको, चिलले माथि आकासबाट सोझो आहारा ताकेर डाइफ हानेको, दहमा डुब्दै निस्कदै
गरेको हाँसको दृष्य ज्यादै हेर्नलायक हुन्छन । हामी अलि प्रकृतिको सामिप्यमा जानु
पर्छ, यसकालागि
। मानिस सर्वश्रेष्ठ प्राणी हुनुको नाताले यो आनन्द लिरहेका छौ । तर कहिले सम्म ? प्रश्न उठ्न थालिसकेको छ
। किनकी हाम्रै वरपरबाट यस्ता चराहरुको सङख्या कम हुदैछ । कति लोप भईसके । कति
सङकटमा वाँचिरहेका छन ।
साँचै केहि वर्ष यता जनसङख्या बृद्धिका कारण हरिया वन, वुट्यान, झाडि मासिए । खोला, खोल्सा भएका ठाउँमा बाटो, घर, कलकारखानाहरु निर्माण
भइरहेका छन् । हावा, पानी माटो प्रदुषित भएको छ । यसले चराहरुको जीवनयापन
र वासस्थानमा निक्कै असर पारेको छ । चराको प्रजाति अनुसार उनिहरुको वासस्थान एकदमै
भिन्न हुन्छ । केहि यस्ता चरा हुन्छन तिनको जीवन यापन झाडि र ससाना वुट्यानमा
मात्र सिमित हुन्छ । ‘कमन टेलबड’–पातसिउने फिस्टो बगैचाका झाडीहरु र पुड्का वनमा
मात्र पाइन्छ । केहि खोला वा खोल्सामा मात्र वस्दछन त कोहि घना जङगलमा मात्र ।
विश्णुमति र बाग्मति वरिपरी पाइने चराका प्रजातिको उपयुक्त वासस्थान शिवपुरी र
रानी वन होइन । विषेश गरि सेतो टिकटिके ‘ह्वाइन वाग्टेल’ पानीको छेउछाउ खोला नदीमा
मात्र पाइन्छ । ठाउँ अनुसार यिनीहरुको आहाराको प्रकार पनि ज्यादै भिन्न हुन्छ ।
केहि मानिसको सामिप्यमा खेतबारीमा मात्र पाइन्छन । झाडिमा वस्ने र ठुला रुखमा
वस्ने चरा फरक हुन्छन । त्यसैले चरा जङगलमा मात्र वस्छन भन्नु उपयुक्त होइन । जङगल
संरक्षणले मात्र चरालाई पर्याप्त हुदैन । संरक्षणका हिसावले चरा अरु भन्दा भिन्न
भएको हँुदा हामीले ख्याल पु¥याउनु जरुरी छ ।
२० से.मी आकारको । सानो सिउर भएको कालो टाउको, कत्ले छाती र माथिल्लो भाग, पेट र पुच्छर बीचको भाग
रातो भएको चरा ‘रेड–भेन्टेड वुलवुल’ यानेकी जुरेलीे (बैज्ञानिक नाम –पाइकोनोटस
क्याफीर) हो । यसले तपाइँ हामीले सारेका हुर्काएका फुलको रस र किरा फट्याङग्रा
खान्छ । ३३ से.मी आकारको, फुस्रो माथिल्लो भाग र पुच्छरमा खैरो रङ्ग, तल्लो भागमा चौडा तेर्सा
धर्साहरु र पुच्छरमा प्रष्ट देखिने सेता तेर्सा र थोप्लाहरु भएको चरा काफल पाक्यो
‘इन्डियन कुकु’ (बैज्ञानिक नाम–कुकुलस माइक्रोपेटरस) हो । यसले किरा फटयाङग्रा
खाने गर्दछ । जङल र अग्ला रुखले ढाकेका क्षेत्रहरुमा बस्ने गर्दछ । कुकुको वस्ने
रुख नै मास्यौ भने काफल पाक्यो आवाज सुन्न पाउने छैनौ । चराका रङ्ग, पुच्छर, सिउर, कराउने तरिका ज्यादै
मनमोहक हुन्छन । यिनीहरुको भाले पोथिको भिन्न प्रकारका हुनसक्छ । रङ्ग आकार र
आवाजका हिसाबले । कराएको आवाज, रङ्ग, उड्ने तरिकाका आधारमा यिनीहरुको पहिचान गर्न सकिन्छ ।
यसका लागि किताव, क्यामेरा र वाइनोकुलरको सहयोग आवस्यक पर्दछ ।
अनुसन्धान भन्छ, तपाइले घर वगैचामा प्रायः दैनिक २० वटा भन्दा वढी
चराहरु देख्न सक्नुहुन्छ । सिपराजा–वुङ्गेचरा ‘क्रिमसन सनवड’ घरआगनका साना
फुलहरुमा झुम्मिरहने, फुस्रो पेट सुन्तला रातो छाती र घाँटी अनि सिम्रिक
रङ्गको पिठ्यँु हुन्छ । यसले फुलको रच चुस्छ । यस्ता तपाइँकै घर वरिपरि पनि
प्रसस्त चराहरु आउँछन । तराइदेखि हिमाल सम्म । उचाई अनुसार चराका प्रजाति फरक फरक
पाइन्छ । साधरणतया तपाइँका घर खेतमा आउने धोविनी चरी, काग, डाङ्ग्रे रुपी, चिवे, भद्रई, बकुल्ला, लाटोकोसेरो ढुकुर तथा
कुथुर्के लाई जान्न र चिन्न सक्नुहुनेछ । यि र यस्ता चराहरु नेपालमा ८७२ प्रजातिका
पाइन्छन । तपाइँले कुनै न कुनै रुपमा यिनीहरुको संरक्षणमा भाग लिन सक्नुहुन्छ ।
तपाइको वगैचा र खेतवारीमा वोट विरुवा फुल्न फल्न परागसेचनको आवस्यकता हुन्छ ।
चराहरुले यो कार्य गरिरहेका हुन्छन । किरा फट्याङ्गा धरै हुन नदिन यि चराकै महत्व
हुन्छ । किनकी चराको मुख्य आहारा नै किरा हो । वनस्पतिको नयाँ विरुवा हुर्कन विउ
जमिनमा छरिनु जरुरी हुन्छ । प्रकृतिक रुपमा चराले यो कार्य गरिरहेका छन । चराको
भिन्न प्रकारको उडान हेरर मानिसले अनेक किसीमका जहाज वनाए । जलवायु वैज्ञानिक र
मौषमविज्ञलाई यहि चराको वसाइसराइले अनेक कुरा वुझाउँछ । चराको महत्व वुझेर नै
विभिन्न अध्यायन अनुसन्धान भइराखेका छन ।
चरा सम्वन्धि धेरै अनुसन्धानले पानीमा हुने प्रदुषणले चराको सङख्या घटेको
देखाएको छ । तर अन्य कारणहरु पनि छन । प्रदुषित पानी मुख्य कारण वताइएको छ । दुषित
पानीको प्रयोगले प्रत्यक्ष असर गरेको पाइएको छ । सफा पानीको अभावमा चराहरु
प्रदुषित खोला, ताल, पोखरी, खोल्सा तिर जाने गरेका छन । यो हामी मानिसकै कारणले
हो । सुक्का मौसममा झन पानीको अभाव हुने गर्दछ । त्यसैले हामीहरुले घरका छत या
कौसीमा साना पानी जम्ने ठाउँ वनाउ र पानी राखिदिउँ । सुक्का मौसममा चराहरु आएर
पानी खान पाउन । प्रदुषित पानी खान नपरोस चराले । हाम्रो यति सानो सहयोगले धेरै चरा
वाँच्ने छन् । यो चरा विनाको निलो आकास त्यती सुहाउदैन पनि । चराको चिरविर विनाको
रुख, झाडि, वुट्यान, झाङहरु निरस हुन्छन ।
त्यसैले अव सवैले भगवानको लागि छुटाइने पुजा आरधाना गर्ने कोठा, आराम गर्नका लागि वनाइने
वरन्डा वनाउदा सगँसगै एउटा सानो पानी राख्ने प्वाल पनि वनाइदेउ र नियमीत पानी
राखिदेउ । सके अलिकता अन्न पनि छरिदेउ । यो धर्तीमा अर्को सुन्दर प्राणी पनि हामी
सगँसगै वाँचोस । हामी पृथ्वीको सर्वक्षेष्ठ प्राणीका नाताले यति गर्न सक्छौ पनि ।
आजकाल वनिने पारदर्शि सिसाका अग्ला भवन, दुरसंचारका अग्ला टावर चराको लागि प्रतिकुल हने गरेको
छ । उत्तर अमेरिका मात्रै हजारौ चराहरु सिसाका भवनमा ठोकिएर मर्ने गरेका छन ।
नाङगा विद्युतिय तार, तिब्र गतिका यातायात पनि चराको लागि प्रतिकुल भएको छ
। अत्याधिक धुवाँ र धुलो स्वत्रन्त्र
उडानमा वाधक वनेको छ । रातमा सक्रिय हुने चरालाई चर्को वत्ति र उज्यालोले असहज
वनाएको छ । चराहरु झुकिने गरेको पाइएको छ ।
सहरमा मानिसहरु धेरै व्यस्त हुने हुँदा, सहर वातावरणीय हिसावमा शान्त र हरियाली हुनु जरुरी छ
। ‘द पावर अफ ट्री’ नामक पत्रिकाको अनुसार घरवरिपरी रुखविरुवा भएका घरमा वस्ने
परिवार र वाल बच्चा हिंसामा कम संलग्न भएको पाईयो । र, यस्ता परिवारको छिमेकी
सँग सुमधुर सम्वन्ध भएको पनि देखायो । तर हामी रुख लगाउनुको सट्टा उल्टो काटीरहेका
छौ । हरियाली राख्न नयाँ आकर्षक प्रजातिका वोट विरुवाले बगैचा सजाउनुको सट्टा
स्थानीय रुख वोटहरु लगाउनुहोस । अनेक हाँगाविँगा, पात, तिनका फलफुलमा चराहरु रमाउन पाउन । चराहरुले घर
वरिपरिका झाडिमा खेल्न र किरा खान पाउन । वगैचामा कम भन्दा कम विषादीको प्रयोग
गर्नुहोस । सानो प्रयास पनि चरा मैत्रि हुनेछ । थोरै मात्र रुख, सान्त वातावरण पनि चराको
रोजाइमा पर्दछ ।
बढ्दो प्रदुषण, वासस्थान र खानेकुराको कमि चराको सङख्या र प्रजाति
घट्ने कारणहरु हुन । वढिरहेको वायुमण्डलीय तापक्रम र जलवायु परिवर्तनले थप असर
गरेको छ । थप ह्रास हुन नदिन धेरै उपायाहरु हामीले थाहा पाउन जरुरी छ । पर्यावरण
सन्तुलनमा राख्न हरेक प्रजातिको अहम भुमिका रहेको हुन्छ । त्यसमा चराचुरुङिको पनि
विषेश र भिन्न भुमिका रहेको हुन्छ । हाल प्रकृतिका हरेक प्रजातिले समस्या
भोगिरहेको वेला चराहरु पनि अछुतो छैन । रुख विरुवा, वनस्पति, चराचुरुङी, वन्यजन्तु, अन्नवाली जोगाउनु पर्छ, सम्वर्धन गर्नुपर्छ भन्दा संरक्षणमा नलागेकाहरुले
त्यति वास्ता गदैनन । तर हामीले दैनिक प्रयोग गर्ने गरेको खाना, औषधी, लुगा, सरसामाग्री यिनै कुराबाट
आउँछ भन्दा वल्ल दुष्टिगोचर हुन्छ । र, उनिहरुलाई यस्ता प्रजाति पृथ्वीबाट क्रमस घट्दै गएको
र तिनीहरुको संरक्षण अत्याआवस्यक भएको भन्दा बल्ल उनिहरुमा संरक्षणको वोध जाग्छ ।
No comments:
Post a Comment