3/20/20

वागमती सफा एक प्रेरणादाईक उदाहरणवाट


Writer:- विकल्प अधिकारी - विश्वमा ठूला नदी वा जलसम्पदाहरुको सहरवस्तीसीत घनिष्ट सम्वन्ध रहेको पाइन्छ । विश्वमा २० लाख भन्दा वढी जनसङख्या भएका अन्दाजी २०० भन्दा वढि सहरहरु छन । यसमध्ये ५४% ठूला नदी छेउ, ४२% समुन्द« किनार र वाकी ६% ठूला ताल छेउ रहेको पाइन्छ । सो अनुसार वाग्मती जस्तो सानो र खोलाको छेउमा ठूलो सहरको विकास एकदमै अफ्ट्यारो देखिएको छ । कारण, प्रमुख पिउने र फोहर वगाउने पानीको अपर्याप्तता हो, बिज्ञहरु वताउछन । 
सधैजसो आउनलागेको हिउँद र त्यसपछिको गर्मीमा वाग्मती नदीको गन्ध धेरै मिटर पर पर सम्म फैलिने  निश्चित छ । फोहोर सहितको लेदो पानी जमेर कुहिएको गन्ध साह्रै सहन नसक्ने हुन्छ । यस्तै परिस्थीतीमा एक वाग्मती सरसफाई सम्वन्धि कार्यशाला गोष्ठि चल्दै गर्दा एक जना समाजसेवीलाई बाग्मतिको विषयमा केही कुरा भन्न भनेर निमन्त्रण गरियो ।
अचम्मको कुरा उनले
आफ्नो मन्तव्यमा केही राख्न चाहेनन् । कार्यक्रमका अतिथिले यस्तो भनेपछि कार्यक्रममा मुख हेरा हेर र रहस्यमयको स्थिती वन्यो । केहि समयको मौनता पछि उनले मुख फोरे ।
 उनले आफ्नो घरको ढल बाग्मतीमा महानगरपालीकाले लगेर मिसाइदिए वापत हरेक महिनाको पचास रुपैयाँ ट्याक्स वा कर महानगरपालीकालाई वुझाउँछु । आफ्नो घरको ढल मिसाएर आफैले वाग्मती फोहर पारेको छु र वाग्मती फोहोर भो भनेर अरुलाई गाली गर्दीन । म नै वाग्मती फोहर वनाउनमा संगलग्न छु । कार्यक्रममा उपस्थित प्रायः सवै सहभागीको घरको ढल सोझै बाग्मतीमा मिसाइएको थियो । उनीहरु घोसेमुन्टो लगाए । हुन पनि काठमाण्डौका प्रायः सेफ्टिी ट्यांकी वाहेकका घरका ढल सोझै वाग्मती वा बिष्णुमती लगाएतका नदीमा मिसाइन्छन् । आफुले नै दैनिक गरेको फोहर ढल मार्फत बाग्मतीमा मिसाउने र आफै वाग्मती फोहर भो भन्ने ? यस्तो अघिकार कसैलाई नभएको उनको भनाई थियो । र अव गोष्टिको सट्टा काम गरौ उनले भने । मेरो घरमा सेफ्टिी ट्यांकी निर्माण कार्य शुरु भइसकेको छ वरु तपाँइहरु पनि यो अभियानमा साथ दिनूहोस । एक केजी वरावरको गलैचा तयार गर्न ३४५ लिटर पानी चाहिन्छ भने खेर गएको पानीमा ११ थरीका रसायन तत्वले प्रदुषण गरी राखेकै छ यस्ता गलैचा कारखाना काठमाण्डौ मात्र ५०० भन्दा वढि छन । त्यसैले हरेक व्यक्ती व्यक्ती र कलकारखानाले आफ्नो आफ्नो तर्फबाट काम गर्न जरुरी भएको छ । अव पनि नगरे कहिले गर्ने ? उनले भने । घरमा वसेर वा गोष्टि गरेर समय विताउनु भन्दा एक दिन भए पनि सरसफाई अभियानमा लाग्नु उपयुक्त हुन्छ । यसका लागि एउटा बाग्मति जस्तै फोहर भएको नदी ज्यादै नै सफा भएको उदाहरण हेरौ ।
एक मेरीयान नामकि महिला बाग्मति जस्तै वेलायतको नासहुवा नामको नदी गइन । त्यो राष्टकै हेर्दै घिन लाग्दो र फोहर नदी थियो । केहि सताव्दि देखि नासहुवा नदिलाई फोहर फाल्ने डम्पीङ साइड वनाइएको थियो । हाम्रो वाग्मति जस्तै ।  कहिलेकाही त नदीको पानी रातो, हरीयो अथवा निलो हुने गर्दथो विभिन्न कारखानाको फोहर मिसाउनाले । मेरीयानले अरु केहि गरीनन् मात्र सपना देखिन नासहुवा नदीलाई पुर्व अवस्थामा फर्काउने र किनारमा हरियो सार्वजनिक पार्क वनाउने । अव उनले काम सुरु गरिन जसमा उनले प्रदर्शनि गरीनन, न होहल्ला नै गरीन । यसको सट्टा उनले एउटा सरसफाई योजना तयार गरीन र सरोकारवाला राज्यका कर्मचारीसँगको पँहुच वढाइन । अफिसरहरु हाँसे उनको कुरामा तर उनि पछि हटिनन् र उनले पाको राजनितिज्ञसँग गएर एक एक कुरा वताइन । नदी छेउका पकडवाला व्यक्ति लाई समातिन र त्यँहा जागरण ल्याइन र सरसफाइ अभियानमा सहकार्य गर्न सफल भइन । राज्यले खुल्ला डम्पीङ गर्ने गरेको कार्यको विरोध गरीन र उक्त कार्य वन्द गर्न लगाइन र सफल पनि भइन । सँगीय राज्यले पाउनलागेको ट्रीटमेन्ट प्लान्ट स्थापनार्थ रकम रोकिएकोमा पचास हजार मानिसको हस्ताक्षर गराएर राष्टपतिकोमा वुझाइन तत्काल कोष÷फन्ड आयो । उनले अर्को सँगीय कोष प्राप्त गरीन यसले झन सजिलो वनायो सरसफाइ कार्यलाई । स्कूल छाडेका (सडक बालवालिका) वालवालिकालाई फोहरका थुप्रा र डङगुर हटाउनमा प्रयोग गरीन । जव नासहुवा नदी सफा भयो उनले दुवै किनारा तर्फ २४०० हेक्टर जमिनमा रिभर साइड पार्क र जंगल निमाण गर्न स्थानीयलाई उकसाइन । अहिले पाँच दसक पछि पनि नासहुवा नदि सफा छ । धेरै नयाँ ट्रीटमेन्ट प्लान्ट वनाइएका छन । मेरीयानले गठन गरेका नगरवासीका समूहहरु पानीको गुणस्तरमा सक्रिय भई लागी राखेका छन । हिजेआज नदीमा धेरै जातका माछा, अरु जीव जन्तु छन, नदीको पानी क्यनोइङ (एक प्रकारको पानीमा खेलिने खेल) र अरु मनोरंजनमा उपयोग गरीएको छ । हाल आम्दानीको स्रोत वनेको छ नासहुवा नदी ।
यो सफलता ज्यादै अनुकरणीय भएको छ, र के साक्षी भएको छ भने एक जना व्यक्तिको प्रतिबद्धताले पनि तल्लो तहबाट जनतालाई समेटेर सँगसगै काम गर्दा सफल अवश्य हुने रहेछ । तर उनको अथक प्रयास भने सर्हानीय छ । तर हाम्रो देशका लागिापरेका हुत्त राम वैद्य जस्ता लाई सहयोग गर्दै बाग्मती एक्सन प्लान दुई वर्ष अगाडी नै आइसकेको छ ।  यसको निधानको को लागी दुई उपाय छन पहिलो सेफ्टि टेङकी निमार्ण र दोस्रो ढल प्रशोधन केन्द्र स्थापना । हुनत अहिले सम्म १२ मिटर ग्रीन वेल्ट, २२ किमी ढल प्रणाली, ५५० मिटर सुरुङमार्ग र अरु केहि राम्रा काम भएका पनि छन तर पनि अपुग भएका छन ।  सन् २००९ मा एउटा ज्यादै राम्रो बाग्मती एक्सन प्लान घोषणा गरीएको छ । सरकारले वागमतिको संरक्षण र पुर्वाअवस्थामा फर्काउन १६ विलियन को लागतमा कार्ययोजना अगाडि सारेको छ । प्रदुषणका मात्राको आधारमा ५ वर्गमा विभाजन गरी कार्यक्रम गर्न लागिएको छ । यो निकै अध्ययन पछि ल्याइएको कार्यक्रम हो त्यसैले हामी सवैको सहयोगको खाँचो छ । यस्ता कार्यक्रम धेरै सन्चालनमा आए तर हालत उस्तै । गएको वर्ष २८ करोड रुपैयाँ, त्यस अघिका वर्षहरुमा १५ देखि २० करोडका दरले वजेट आयो, पछिल्लो वर्ष पशुपति क्षेत्र विकास कोष र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ३० करोड रुपैयाँ पायो काम पनि भयो गर नतिजा उस्तै ।
प्रकृतिको आफ्नो प्रशोधन गर्ने क्षमता रहेको हुन्छ । जस्तोकी वायुमण्डलले हावामा रहेको प्रदुषण्को आफ्नै प्रक्रिया द्धारा निर्मुल गर्छ, माटोले विभिन्न प्रक्रिया द्धारा विषादी हटाउँछ, पानीको पनि आफ्नै क्षमता हुन्छ । उदाहरणको लागि बागमतिको पानी सुन्दरीजल देखि गोकर्ण सम्म ठिकै छ वाँकी खण्ड चोभार सम्म असाधै धिनलाग्दो देखिन्छ । तर अचम्मको कुरा चोभार देखि केहि दुई तिन किलोमिटरमा नै वाग्मति सफा भएको जो कोहिले पनि देख्न सकिन्छ । कुरा अन्दाजी २५ किलोमिटर को मात्र हो । हामीले केहि गर्न सके नदिले पनि आफ्नो धर्म निर्वाह गर्दछ । विगत १५ वर्ष देखि झन्डै सभा करोड रुपैया खर्च भइसकेको छ, तर पनि उस्तै । चोभार देखी गोकर्ण सम्मका जनतालाई विषेश सरसफाइ अभियानमा लगाएर र सबैको साथ लिएर एक पटक हेर्ने पो हो की ? 
   

No comments:

Post a Comment