3/20/20

कम गरौ विध्धुतिय फोहर।


लेखक:- विकल्प अधिकारी -“साधारण चिमको सट्टा सिफएल प्रयोग गरौ बिजुली वचाँउ, अनी साधारण चिम फेरी जँहा पायो त्यँही फल्नाले च्वास्स घोच्ला नी” मह जोडीले खेलेको बिज्ञापनको आसय हो एउटा बिजुली खपत कम गर्नु र अर्काे काम नलाग्ने चिम बिद्युतिय पोहरको रुपमा परिणत हुने र राम्रो सँग ब्यवस्थापन गर्नू । बिद्युतयी फोहोर प्रदुषण गर्ने हिसाबले अरु फोहर भन्दा भिन्न भएको हुँदा यसलाई बिशेष किसीमले ब्यवस्थापन गर्नुपर्ने हुन्छ  । सिफएलको बिज्ञापनजस्तो च्वास्स नघोच्ने गरी जताततै नफाले पनि अरु फोहर फालेझै फाल्नाले  वातावरणमा च्वास्स भने अवस्य पारीरहेका छ ।   
बर्गीकरणको हिसाबले फोहर मुख्यतय कुहिने र नकुहिने गरी दुई किसीमको भएपनि धरायासी, औधोगीक, अस्पतालजन्य, कृषिजन्य गरी भिन्दा भिन्दै बर्गीकरण गरेको पाइन्छ ।
तर स्थानीय विकास मन्त्रालयले हाल सम्म फोहर मैलाको व्यवस्थापन गर्दै आएको भए पनि  बिद्युतिय फोहोरलाई भने भिन्दै वर्गीकरण गरेको छैन । कम्प्युटर, पेनड्राइभ, क्यामेरा रेडियो, टेलिभिजन, टेलिफोन, मोबाइल, लगाएत समान बिग्रीएर वा म्याद सकिएर काम नलाग्ने भएपछि उत्पादन हुने फोहरलाई बिद्युतयी फोहर भनिन्छ । अन्य समान जस्तै फ्रिज,फोटोकपी मेसिन चार्ज गर्न मिल्ने ब्याट्री, ट्युबलाइट, चिम, लगाएत पनि बिद्युतयी फोहरभित्र पर्दछ । अमेरीकामा हरेक वर्ष ३० मिलियन मोवाइल सेट, १८ मिलियन कम्पुटर र ८ मिलियन टि.भी फ्याकिन्छन १ । जनस्वास्य तथा वातावरण केन्द« ले गरेको अध्ययनअनुसार २०७२÷०७३ सालसम्ममा टेलिभिजनजन्य फोहरमात्रै वार्षिक ४२ लाख ४१ ह्जार ९ सय १३ किलो पुग्ने अनुमान छ ।  नेपालमा यसखालको बृहत तथ्याङ्क नभएपनि हालसालै पोखरा विश्व विध्यालयकी छात्रा सुस्मा आचार्य द्धारा गरिएको सोधकार्य त्जभकष्क मा  घर र कप्र्रो रेट हाउसमा उत्पादन हुने बिद्युतिय फोहरको अध्ययन गरीएको छ । अध्ययनमा नेपालीहरुको घरमा उत्पादन हुने ८० प्रतिशत बिद्युतिय फोहर घरमा नै भण्डार गरेर राख्ने गरेको देखाएको छ  । उदाहरणका लागि अध्ययनमा अधिकांस घरमा दबिअप ७ धजष्तभ टि. भी को सट्टा रंगिन टि. भी हेरेको र उक्त दबिअप ७ धजष्तभ टि. भी घरमा नै स्टोर गरेर राखेको पाईयो । कप्र्रोरेट हाउसको ठुलो मात्राको बिद्युतिय समान खरिद विक्रि भने टेन्डर आवहान गरी ब्यावस्थापन गर्ने गरेको पाइयो ।
बिस्तारै मानिसको ष्खिष्लन कतबलमबचम÷बाँच्ने शैली र टेक्नोेलोजी वढीरहेको हुनाले नँया नँया उत्पादन किन्ने गरेका छन् । प्रबिधि विकास को सगँसगै हामीहरुले प्रयोग गरेको पेजर, फ्लपी, स्टिल क्यामेरा, रेडियो लगायत विभिन्न पुराना समान बिद्युतिय फोहर भएका छन । संयुक्त राष्ट्रसंधीय वातावरण कार्यक्रम (यूनेप) ले सन् २०१० मा गरेको अध्ययन अनुसार प्रत्यक वर्ष विश्वमा तीन अर्ब ५० करोड टन बिद्युतीय फोहार उत्पादन हुने गरेको छ । विश्व ब्यापि बजारमा बर्षेनी ९ प्रतिशतका दरले बिद्युतिय फोहर वढिरहेको छ । उसो त सुचना तथा संचार मन्त्रि कृष्ण बहादुर महरा हुँदा जनतालाई सुचना प्रबिधिको सुबिधा उपलब्ध गराउने उद्देश्यले “घर घरमा ईन्टरनेट हात हातमा मोबाइल” को नारा धोषणा भएको हो, त्यसैले देशमा बिद्युतिय सामान प्रयोग गर्नेको संख्या दैनिक बढिरहेको जनाउँछ । नेपालमा हाल प्राय मानिसहरुले दोस्रो मोवाइल सेट प्रयोग गरीरहेको पाइएको थियो ।
नेपालमा कुल  १ करोड ४९ लाख वटा मोवाइल प्रयोगमा छन ।
अमेरीकाको इन्भाईरोमेन्टल प्रोटेक्सन एक्ट ९भ्एब्० का अनुसार मोबाइल, कम्पुटर र टी.भी जस्ता बिद्युतिय समानको उपयोग र फोहरमैला अत्यन्तै छिटो बढि राखेको हुनाले यो विश्वकै समस्या भईरहेको पनि उल्लेख छ । २१ औ युगको पहिलो दशक पार गर्दै गर्दा सुचना र प्रबिधिको प्रयोग बिना हाम्रो जस्ता राष्टले प्रगती नगर्ने पनि निश्चित प्राय छ । पप्स (दिर्गायु प्रदुषक), लिढ ९ीभबम०, पारो ९ःभचअगचथ०, क्याडमियम, ब्रोमाइन लगाएतका गह्रौ, बिषाक्त, घातक पदार्थहरुको समिश्रण गरीएको हुनाले बिद्युतिय फोहर, बिषालु र खतरनाक फोहोरको स्रोतमा राखिन्छ । यसले वायु, सतहको पानी, भुमीगत पानी र माटोलाई संक्रमणयुक्त वनाउँछ र मानव स्वस्थमा पनि नराम्रो असर गर्दछ । उदाहरणको लागि ड्राई सेल ब्याट्री मा मर्करी र क्याडमियम, कम्प्युटर र टि.भी मा क्याडमियम, लिड, मर्करी र क्लोरीनेटेड र ब्रोमीेनेटेड रसायन, प्रिन्टर टोनर काटेजमा मा मर्करी, कोबाल्ट, र निकेल जस्ता धातु प्रयोग गरिएको हुन्छ । पानीमा बिद्युतिय फोहरको असर छ की भनेर गरीएको आचार्यको अध्ययनले त्यस किसीमको संक्रमण नभएको देखाएको छ । हाल नेपालमा रहेको बिद्युतिय फोहर वाहिर नआएकोले यसको प्रभाव नदेखिएको हुनसक्ने र हाल भण्डार भईरहेको यस बिद्युतिय फोहर सुरक्षित रुपमा व्यवस्थापन गर्न सरकारलाई सजिलो हुने र गर्नै पर्ने सुझाव पनि आचार्यको छ । ८० प्रतिशत कुहिने फोहोर भएको काठमाण्डौको फोहरको ब्यवस्थापन गाह्रो हुँदै गर्दाको अवस्थामा यस्ता बिषेश ब्यवस्थापन गर्नुपर्ने वस्तुहरुलाई आगामी वन्दै गरेको एकिकृत फोहोर मैला व्यवस्थापनमा सरकारले छुट्टै खालको कार्ययोजना बनाउनु बुद्धिमानी हुन्छ । राज्यको तर्फवाट यस्ता फोहोर मैला कम उत्पादन हुने निती नियम लागु गर्ने, उत्पादन भईसकेको सामाग्रीको कम हानी हुने गरी प्रसोधन गर्ने र अन्त्यमा दिगो भण्डारण गर्ने गरेमा यसको नकरात्मक असर कम गर्न सकिन्छ ।
हामीले ब्यक्तिगत तर्फवाट बिद्युतिय समानहरुको पुन प्रयोग गर्ने, बिग्रेका समानको मर्मत गर्ने, चभअथअभि गर्नाले फोहरको मात्रा कम गराउन मद्दत हुन्छ । खुमलटार स्थित नाष्टको प्रयोगशालामा पेनड्राइभ र डाटाकेवलले विस्थापीत गरेको फ्लपीलाई टेवलमा चिया कप राख्ने प्लेट वनाएर बिद्युतिय फोहर कम गर्न गरेको उदाहरण सर्हानीय छ ।  त्यस्तै हामीले पनि कुनै चिज किन्नु भन्दा पहिला, साँचै यो सामान मलाई अत्यावस्क हो वा होइनरु के म सेकेन्ड हेन्ड वा पुरानो किन्न सक्छुरु के म सापट वा भाडामा लिन सक्छुरु यस्ता ससाना कुराले हामी बिद्युतिय फोहर कम गर्र्नको लागि ब्यक्तगत तर्पmबाट पनि सहयोग पुर्याउन सक्छौ ।

No comments:

Post a Comment