उनि कार्तिक २७ गते जन्मिए
म भदौ २७ मा जन्मिएँ
उनि कार्तिकमा जन्मिएर पनि
कार्तिके भएनन्
म भदौमा जन्मिएर कर्तिके, चैते, यस्तै यस्तै भएँ ।
उनले सकृंत पढे, मैले विज्ञान पढेँ
उनले साहित्य पढे, मैले समाज पढेँ
उनले लघुकौमदि पढे, अमरकोष पढे र अमर भए
मैले १२, २७ थोक पढेँ न ति दिमागमा अमर भए न जीवनमा अमर भए ।
उनि टि.सि त्रि-चन्द्रमा ISC पढे
मैले अस्कल अमृत क्यामपसमा ISC पढेँ
उनले साहित्यमा रूची राखे एक
प्रतिश्ठित स्रष्ठा बने
मैले साहित्यमा रुची राखेँ
एक कनिष्ठ पाठक बने ।
उनि साईकल चढ्नमा शौखिन थिए
म मटरसाईकल चढ्नमा शौखिन छु
उनि एक हातले साईकलको
ह्याण्डल समात्दथे
अर्को हातले चुरोट समात्दथे
तर म दुवै हातले मटरसाईकलको
ह्याण्ल समात्छु ।
उनलाई सानोमा डाक्टर बन्ने
ईच्छा थियो
मेरो सानोमा मास्टर वन्ने
ईच्छा थियो
उनको ईच्छा धनको अभावले पुरा
भएन
मेरो ईच्छा धन उन्मादले पुरा
भएन ।
उनि लाउनमा भन्दा खानामा
शौखिन थिए
म खानामा भन्दा लाउनमा शौखिन
छु
ब्राहमण उनि, डिल्ली वजारको लप्टन बाजेको
मिठाई पसलमा मिठाई खान्थे
म उपाध्याय वाहुन, बाग बजारको म:म पसलमा महिस/भैसीको म:म खान्छु ।
उनलाई १९९५ मा
मलाई हरेक वर्ष
उनलाई पागलपनको उपचार गर्न
मलाई सध्धेपनको उपचार गर्न
उनलाई राँचि लागियो
मलाई वेनामको अस्पतालमा
न उनको रोग निको भयो न मेरो
।
उनले " उदेश्य के लिनु, उडि छुनु चन्द्र एक" लेखे
केहि समय पछि रकेट चन्द्रमा
पुग्यो
उनको सपना पुरा भयो
म त्यहि पुर्णिमाको चन्द्रमा
हेरर आफ्नो उदेश्य र सपना वुन्छु
र हरेक औंसीमा ति सपान र उदेश्य
तुहिन्छन ।
उनले कति लेखे कति, उनलाई था भएन
मैले केहि लेखिन, मलाई थाहा छ
उनलाई लेखेका कापी र पाना
भन्दा खाली पानाको महत्व थियो
मलाई न खाली न लेखेका पानाको
महत्व छ ।
उनि एक युगपुरुष
म एक पुरुषार्थहिन
उनि एक लोकप्रिय सष्टा
म एक कनिष्ठ पाठक
बहुचर्चित, युगान्तकारी उनलाई नेपालमा जन्मिनु भौगोलिक गल्ति (Geographical Mistake) भने
म एक लाछि, नमार्द यो धर्तिमा जन्मिनु मानविय गल्ति (Human Mistake) भने ।
देवकोटालाई नेपालमा जन्मिनु
भौगोलिक गल्ति (Geographical
Mistake) भने
मलाई यो धर्तिमा जन्मिनु
मानविय गल्ति (Human
Mistake) भने ।

No comments:
Post a Comment