Writer:- विकल्प अधिकारी -ठाउँ तिन नं गेट वालुवाटार प्रधानमन्त्रिको
कार्यालय । नेपाल राष्ट्र ब्याँक गेट । भर्खरै वनेको विस्तारित सडक छ । बावुराम
सरकारको उत्कृष्ट काम भन्छन वाटो विस्तार । किनारबाट दुई मिटर पर पिच बाटोमा सेतो
घेरो छ । तेहि घेरो भित्र आन्दोलनकारी छन् । माईक छन् । नाराहरु छन् । "अति भयो बलत्कार"-"के हेर्छ नेपाल
सरकार"!!! "महिला हिम्सा वन्द गरौ"-वन्द गरौ, वन्द गरौ!!! भित्तामा विचारहरु
छन् । कार्टुन चित्रहरु छन । राजेस के.सीको कार्टुन मन छुने खालको छ । "महिला रोईरहेकी
छन । आँसु झरिरहेको छ । ति महिलाको वर्षारुपी आँसु मुनि एक कोटधारी पुरुष छाता
ओढेर हिडेका छन"। विचार लेखिएका पोस्टरहरु फ्लेक्स, प्रिन्टहरु छन् । ति नाराहरु जत्तिकै
जोडदार छन् । ब्यङ गरिएका । सरकारलाई । राज्यलाई । ठ्याक्कै भन्नु पर्दा प्रम
भट्टराईलाई । प्लेकार्ड भित्तै भरि टाँगिएका छन् । लेखिएको छ । भित्तो वोल्छ ।
तिमी किन चुप ? नयाँ नयाँ ब्यानर तुल थपिन्छन । योत् क्रम जारी छ । हो आज 'अकुपाई वालुवाटार' वालुवाटार घेरौ ' को ७० औँ दिन हो
। प्रम चिठी वुझ्न पनि मान्दैनन् ।
नाट्यकर्मीको प्रस्तुती पेचिलो छ । चार
पुरुष छन । एउटा मट्टीतेलको जर्किन छ । उ महिला माथि खन्याउन तयार देखिन्छ । अर्को
सलाई कोर्न तम्तयार छ । कोहि उक्त महिलालाई जवर्जस्त समाति रहेकाछन् । ति महिला
छटपटिरहेकी छिन । वरिपरी लाठे पुरुष र प्रहरी मुकदर्शक वनिरहेका । यो १६ ओ दिनको
विहानको नाटकको द्रिश्य हो । यसरी दिनहुँ नेपाल भरि महिला हिम्साका घटना भईराखेका
छन । नाटक यस्तै बोल्छ । यो नाटकको सानो अम्स हो ।
यहाँ दिनहु हुने विरोघ, भत्सर्ना, प्रदर्शनले भनिराखिएको छ । नानि
मैयाँ, सिता राई अरु चेलीलाई न्याय दे । तर राज्यको नभएको जस्तो । राज्य
जनाताको माग सुन्न तयार नभएको जस्तो छनक पाईन्छ । घटनाक्रमबाट वुझिन्छ । राज्य
उल्टो वाटोमा हिडीरहेको छ । घटना पारदर्शि वनाउनुको सट्टा ढाक छोप गर्न खोजिरहेको
छ । त्यसैले आन्दोनकर्मीहरुले आज वालुवाटारबाट उल्टो हिडेर सिंह दरवार पुगे । राज्यले
वुझोस र उ आफैले आफैलाई प्रश्न गरोस । के हामीले सुल्टो हिडेका छैनौ र ? आन्दोलनको स्वरुप भिन्न भिन्न हुदैछ ।
तर राज्य मौन छ । हुनत राज्य भनिरहेको छ । भएका नियम कानुनको पुर्ण पालना हुन्छ ।
जान्ने वुझ्ने भन्छन । यस्ता अत्यतचार रोक्ने उपाय, ऐन, कानुन निर्जीव अक्षरहरुमा मात्र
सिमीत छन । यस्ता फितलो कानुनले कस्लाई रोकेको छ र ? दिनहु घटित छ महिला माथिको अत्याचार ।
जव सम्म राज्यको नियम वलियो र ब्यवस्थित हुदैन यो कुप्रथा चलिनै रहन्छ । वलत्कार
बलियाले निर्धामाथि गर्ने एउटा अत्याचार हो । ति हामी माजकै मानिसहरु हुन् । तर
यिनीहरु असामाजिक प्रवृत्तिका हुन्छन । जस्ले समाजको नियम र मर्यादा तोड्नमा मजा
मान्छन । यस्ता पर पिडक प्रवृतिका हुन्छन । परपिडकले नै वलत्कार गर्न सक्छ ।
अनैतिक काम गर्न सक्छ । अकुपाई वालुवाटार भन्छ, हो यस्तै हिम्स्रकलाई उदण्ड
ब्यक्तिलाई ठिक पार्न कानून ल्याउ ।
आन्दोलनको माग छ राज्यले उल्लेखनिय सम्वोधन
गरोस । विषेस कार्यक्रम ल्याओस । तव नारीहरुले आगामि दिनमा सुरक्षित दैनिकीको सास
फेर्न पाउन । निर्धक्क हिडडुल गर्न पाउन । कतै त्रास नहोस । खुलेर अगाडि वढ्न
सङकोच नहोस । पिडकलाई कडा भन्दा कडा कार्वाही गरियोस । पिडीतले उचित न्याय पाओस ।
तव उभो सिर गरेर हिड्न पाईयोस । आशा छ राज्यले सुन्छ ।
तर अखिर किन राज्य यसो गर्न तत्परता
देखाउदैन । यो प्रश्न सर्वत्र उठिरहेको छ । यस्तो धृणित र वर्वतापुर्ण कुरुप
कार्यलाई हतोस्साईत गर्न कडा भन्दा कडा कानुन र सजायको ब्वस्था हुन जरुरी छ । जो
राज्य जनातालाई न्याय दिन वसेको छ । यो उस्को काम हो । जनताको निर्धक्क र सुरक्षित
वाँच्न पाउने अधिकार वचाई राख्नु । तर खोई । १६ औ दिने आन्दोलनले पनि भनिराखेको छ
। न्याय दे न्याय दे । आन्दोलनकारी भन्छन यो न्याय नपाए सम्म चलिरहन्छ । फलस्वरुप काठमाण्डौको
दिनहरु चिसो हुदै गर्दा वालुवाटरका विहानहरु थप ताता हुदैछन । तातो रापले प्रधान
मन्त्रिको कार्यालयलाई वालुवाटारको भित्तोले छेके पनि राप उपत्यका अनि दशै भरि
फैलँदो छ । राज्यले दण्डहिनताको अन्तरार्ट्रिय दबाव झेल्दै गर्दा धरेलु दवाव पनि
खेपिरहेको छ । समयमै महिला हिम्साको रोगको उपाचार होस र समग्र महिलाले न्याय पाउन ।
पुरुषले न्याय पाउन । र, जनताले न्याय पाउन ।
No comments:
Post a Comment