के तपाई घर बाहिर जादाँ वा सडकमा हिड्दा कुकुरले पछ्याएर भुकेको वा झम्टिन खोजेको छ? साँझमा वा एकान्तमा सडकका कुकुरहरुले तपाई तिर भुकेर टोक्न आउन खोजेका छ? के तपाईलाई सडकका कुकुरले टोक्छ कि वा झम्टिन्छ कि भनेर डर लाग्छ? कतै राति एक्लै हिड्दा कुकुरको आक्रमणमा पर्नु भएको छ?
यदि यस्तो छ भने हामी तपाईलाई कुकुरले कस्तो अवस्थामा आक्रमण गर्छ र आक्रमण गर्न लाग्यो भने के गर्ने के नगर्ने भन्ने कुरा यस भिडियोमा सिकाउँदै छौ। त्यसका लागि तपाईले यो पुरै भिडियो हेर्न पर्ने हुन्छ। यदि यस्तै भिडियोको अरु हेर्न चाहनुहून्छ भने यो च्यानललाई तपाईले सस्स्राईब गर्नु होला है।
पहिला कुकुरले किन भुक्छ वा मानिसलाई किन आक्रमण गर्छ? यसबारे जानौ।
जनावरले कुनै पनि कारण विना तपाईलाई आक्रमण गर्दैन। यसका पछाडि थुप्रै
कारण हुन्छन।
१। अनुसन्धानहरुका अनुसार कुकुरले आफनो क्षेत्र यानेकि Territory मा पकड राख्न वा प्रभुत्व जमाउन भुकेर वा आक्रमण गरेर आफ्नो क्षेत्रको
प्रतिरक्षा गर्न प्रतिक्रिया जनाउँछन। कसैको घरमा कोहि नौलो मानिस गयो वा कुनै
टोलको कुकुरले अन्यत्र कतैको कुकुर आफ्नो क्षेत्रमा पस्यो भने कूकुरले भुकेर
लखेट्न थाल्छ।
२। कुकुर ज्यादै भोकायो भने पनि यस्तो aggressive हुने
गर्छ।
३। अर्को कुकुर आफु डराएको छ भने पनि भुक्ने र टोक्न गर्छ।
४। त्यस्तै कुकुरको छाउरा छाउरिलाई कुनै किसिमको खतरा पर्न लाग्यो भने
आफ्नो बच्चा बचाँउनलाई पनि कुकुर रिसाउने झम्टने भुक्ने गर्न थाल्छ।
यदि कुकुर आक्रमक भएको अवस्थामा कुकुरको कान सरीरमा टाँसिएको छ भने
बुझ्नुस कि कुकूरले तपाईलाई टोक्न खोजिरहेको छ। यस्तो अवस्थामा टाढा रहुन उचित
हुन्छ।
१। कूकुर आक्रमक भएको बेला उसको आँखामा सिधा हेर्न हुदैन। यस हेराईलाई
कुकुरले सत्रुको हिसाबमा बुझ्छ। र झन आक्रमण गर्न तयार हुन्छ।
२। त्यस्तै हाँस्नु पनि हुदैन। यसलाई कुकुरले च्यालेन्ज गरेको सम्झिन्छ।
र झन आक्रमक हुन थाल्छ।
३। झम्टिन लाग्यो भने पछाडि फर्केर भाग्नुहुदैन । कुकुरले लखट्यो भनेर
भाग्नु भनेको तपाँईको लागि ज्यादै खतरा हुन्छ। यो दगुर्नु भनेको कुकुरलाई टोक्न
दिनु सरह हो । किनकि कुकुर तपाईले हारेको सम्झन्छ र अब तपाईको पछि attack गर्न थाल्छ। दकुर्नु किन पनि बुद्धिमानि होईन भने कुकुरलाई दौडेर
जितिदैन। त्यसोभए किन दगुर्ने? अरु सिकार गर्ने
जनावर जस्तै वाघ चितुवाले पनि यस्तै झम्टेर दगुरेर सिकार गर्ने गर्दछ। त्यसैले
नदुकुर्नुहोस।
४। ठुलो स्वरमा कराउनु हुन्न। कुकुरले यस्तो ठूलो आवाजलाई रिसको रुपमा
बुझ्छ। जब हामी ठूलो स्वरमा कराउछौ कुकुर झन उत्तेजित हुन्छ। कोहि वरिपरि छ भने
सहयोग माग्न सक्नुहुन्छ तर सानौद स्वरमा बोलाएर। तपाई जति हाउबाउ गरेर कुकुरलाई तर्साउन
खोज्नु हुन्छ कुकुर झन उत्तेजित हुन्छ।
५। भुकेको वा झम्टिन खोज्ने कुकुरलाई नहेरेको जस्तो गर्नु पर्दछ ।वा
वास्ता गर्नु हुदैन।
६। कुकुर भएको ठाँउमा डराएको जस्तो गर्नु हुँदैन। निडर रहनु वा देखिनु
पर्छ।
अब झम्टियो भने के गर्ने? यदि कुकुरले झम्टियो भने तपाईले आफ्नो जाकेट वा सट वा कोटले कुकुरको मुख ढाक्न सक्नु हुन्छ। यसको कारण कुकुर अल्झिन्छ र टोक्न भ्याँउदैन। अर्को उपाए भनेको तपाई र कुकुरको विचमा केहि त्यस्तो छेकबार हुनु पर्छ। छेकबार भएको त्यस्तो ठाउँ तिर सकेसम्म छिटो जानु पर्छ। जस्तै रुख वा पर्खाल वा भवन घर वा अरु मानिसको छेउ लागिहाल्नु पर्छ। यदि रुख चड्न मिल्छ भने रुख चढ्नु पर्दछ। तपाई र कुकुरको विचमा कोहि अवरोध भयो भने कुकुर अल्झिन्छ र कम आक्रामक हुन्छ।
यदि तपाईसगं त्यस्तो कुनै उपाए भएन भने आफुसगँ भएको केहि कुरा जस्तै झोला
खाने कुरा रुमाल वा यस्तै कुरा छ भने कुकुर तिर फ्याक्नु पर्दछ। यस्तो अवस्थमा
कुकुरले मान्छेलाई आक्रमण गर्न छाडेर त्यो फालेको बस्तु तिर लाग्न सक्छ। साथमा
केहि भएन भने जमिनबाट केहि डुगाँ टिपेर ताकेको जस्तो गरिराखन् पर्छ यस्ले कुकुर
हच्किन्छ।
यदि कुकुरले झम्टिहाल्यो भने तपाईले हातले घाँटी बचाउनु पर्छ र कुकुरलाई पनि
अनुहारक दाया वा बायाँ गोडाले हिर्काउनु पर्छ। प्राय कुकुरले गोडाकव पिडौला मुनि
र हातको नाडिमा टोक्ने प्रयास गर्छ। यहि
बेला हामीले उस्को घाँटिमा जोडजोडले हिर्काउनु पर्छ। हात वा गोडामा टोकि राखेको छ
भने तपाईले जे जे सक्यो त्यहि गर्नु पर्छ तर कहिल्यै पनि गोडा वा हात तान्नु हुन्न
किनकि कुकुरले दाँत गाडेको हुनाले झन धेरै लछारिन सक्छ। यस्तो अवस्थमा कुकुरको
अगाडिको गोडा उचाल्नु पर्छ किनभने कुकुरको वल धेरै त्यसमा अडेको हुन्छ।
सबै भन्दा महत्वपुर्ण कुरा जुन कुकुरले टोकेको त्यसको पहिचान गर्नु पर्दछ
किनकि त्यस कुकुरलाई रेबिज रोग लागेको छ वा छैन भनेर निरिक्षण गर्नु पर्दछ। टोके
पछि जति सक्यो छिटो अस्पताल पुग्नु पर्छ।
भिडियो मन पर्यो भने लाईक र केहि नयाँ जानकारी भए तल कमेन्टमा गएर लेख्नुहोस।
धन्यवाद। टि भि काठमान्डुका अन्य भिडियोहरु पनि हेर्नु होला।

No comments:
Post a Comment