किन ढोग्ने ?
Writer- Bikalpa Adhikari
किन ढोग्ने चलन बस्यो?
के छ यो ढोग्नु पछाडिको रहस्य आउनुहोस बुझौ।
कसैलाई किन ढोग्छन भन्ने बारे प्रस्ट र बैज्ञानिक कारण सहित मैले बुझाउन यो छोटो आलेक लेखेको छु। हाम्रो पुर्विय वा हिन्दु समाजमा खासगरि माता, पिता, गुरु, पृथ्वी, ब्राह्रमण, ज्ञानि वा ऋषिमुनिलाई ढोग्ने चलन छ।
हाम्रो दुई आँखाको विचमा वा आँखिभौ विचको भागलाई हामी भृकुटि भन्छौ। चित्र नम्बर एक। यसलाई हामी तेस्रो नेत्र वा ज्ञान चक्षु भन्छौ। चक्षु भनेको संकृत शब्द हो र यस्को अर्थ आखाँ, दृष्टि वा दर्शन भन्ने हुन्छ। अँग्रेजिमा यसलाई Third Eye भन्छन। यो भाग उर्जाको द्वार हो। मानिसको सरीरमा यो भागबाट Energy Gain हुन्छ। शक्ति ग्रहण हुन्छ। हामीले ध्यान वा साधाना गर्दा Third Eye मा केन्द्रित हुने वा यो Third eye activate गर्ने भनेको सुनेका छौ। दुई देखिएका आँखा बाहिर जगत हेर्न हो भने यो तेस्रो नेत्र भनेको ज्ञानको स्रोत वा भित्र चिन्ने वा आँफुलाई चिन्ने भन्न खोजिएको बुझ्छौ। यो भृकुटिको भागले बाहिरको शक्ति आँफुमा ग्रहण क्षमता राख्दछ। हामी ज्ञान वा शक्ति आर्जन गर्ने ढोका वा द्वार भन्ने बुझ्छौ। Third eye open गर्ने भनेको ज्ञानको बढाउने खुलाउने भनेको हो।
यदि यसरी ज्ञान वा शक्ति आर्जन गर्ने
वा ग्रहण गर्ने Third eye हो भने
मानिसको शरीरबाट उर्जा निस्कने ठाँउ हो गोडा। जोर गोडा हो। यसलाई संकृतमा चरण
भन्छन। पादुका पनि भन्छन। फोटो नम्बर दुई हेर्नुहोस। गोडाबाट Energy Flow हुन्छ। अथवा दुई गोडाबाट उर्जाको वा शक्ति
मानिसको सरीरबाट बाहिर गहिरहेको हुन्छ। समग्रमा भृकुटिबाट वा Third Eye बाट शक्ति/उर्जा वा ज्ञान ग्रहण गर्ने र गोडाबाट बाहिर शक्ति सन्चार हुने गर्दछ।
हामीले ढोग्दा हाम्रो टाउको वा निधार
वा भृकुटिको भाग वा Third Eye को
भाग ब्यक्तिको गोडामा वा चरणमा वा जोर गोडमा निहुरिएर छुन्छौ। यसो गर्दा तपाईले जस्लाई
ढोग्नु भएको छ त्यो ब्यक्तिको ज्ञान अनुभव शक्ति तपाईले आफ्नो भृकुटिबाट आफ्नो शरीरमा
ल्याउने कोसिस गर्नु भएको हो। कोहि गुरु वा ज्ञानिलाईलाई देखेमा हाम्रो हिन्दु
सनातन पर्मपरामा झुकेर चरण वा गोडा छुने चलन छ। जुनियर खेलाडी पनि सिनियर वा
भेट्रान खेलाडिलाई ढोग्ने गर्छन। गाएकहरु पनि आफु भन्दा वरिष्ठ गाएर भेटेमा ढोग्ने
गर्छन। यस् गर्दा सिनियर खेलाडी वा बरिष्ठ गाएकको केहि खुबि वा ज्ञान वा skill
आफुले लनि पाए हुन्थ्यो भन्ने बुझिन्छ।
तपाई गुरुलाई ढोग्नु हुन्छ। ज्ञानिलाई वा तपश्वि वा साधकलाई ढोग्नुहुन्छ। हाम्रो
हिन्दु पर्मपरामा तपाई योगि वा शन्त,
महात्मा वा ऋषि मुनिलाई ढोग्नु हुन्छ। यसो गर्दा उनिहरुको ज्ञान तपाई शिष्यले वा
चेलो वा बिध्यार्थी भएर लिन खोज्नु भएको हो। हिजो आज Professor वा Expert का
अगाडि वा बैज्ञानिकका अगाडी विध्यार्थीहरु Research fellow हरु अलिकति आदर वा नम्र भएर हलिकति निहुरिएर कुरा गरेको हुन्छन। यो
झुक्नु भनेको उर्जा वा ज्ञान शिप गुरु, शिक्षक, बैज्ञानिक वा ज्ञानिबाट लिन खोज्नु हो।
हाम्रोमा माता पितालाई ढोग्ने वा दण्डवत गर्ने प्रचलन छ। तापईलाई यो धर्तिमा माता
पिताले जन्म दिएका हुन। उनिहरुले हामीलाई सबैथोक सिकाए। बोल्न, खान,
हिँड्न, पालनपोषण सबै गरे। पहिले गुरु नै
उनिहरु हुन। उनिहरु विना हामी न जन्मन सक्थ्यौ न हुर्किन। त्यसैले हामी आमा बुबालाई
ढोग्छौ। दण्डवत गर्छौ। उनिहरुको ज्ञान वा आशिर्वात सधै पाईरहु भने।


No comments:
Post a Comment