11/20/20

Veg OR Non-veg ? Usha VS Bikalpa Debate

विकल्प- मानिसले खानेकुराको लागि जनावरको मासु खान्छन। तपाई खानु हुन्न

भन्नु हुन्छ। किन हुँदैन?

उषा- मानिसले खाने भनेको अन्न, फलफुल, दुध, गहुँ, चामल, सागसब्जि हो। हामी त्यहि खान्छौ। अझ भन्ने हो भने अन्न चारचुरुङ्गिले खाने हो। फलफुल चरा लोखर्के जस्ता जनावरले खाने हो। दुध त गाईको वाच्छावाछ्छिले खाने हो। सागपात गाईगोरु बाख्राले खाने हो। हामी पन्च तत्वमा आस्रित हुने हो। हावा खाने। सुर्यबाट सक्ति प्राप्त गर्ने। वायु र पानीमा भर गर्ने हो। आकासबाट cosmic energy वा ब्रह्माणिय शक्तिले वाँच्ने हो। नभए हामी खाने र हग्ने वा सन्तान जन्माउने कुरामा जनावर जस्तै भयौ नि। मान्छे त फरक हो नि जनावर भन्दा। यो हाम्रो शास्त्रीय मान्यता हो। भलै यता नजाउँ। 

विकल्प हामी त अन्न फलफुलको साथ साथै मासु पनि खान्छौ।

उषा- मासु किन खानुहुन्छ? फलफुल मानिसका लागि बनेको हो। बाघले मान्छेका लागि बनेको खानेकुरा, फलफुल त खान आउँदैन नि। केही चराहरु फलफुल खान्छन्, कुनै किरा फट्याङँग्रा खान्छन। जनावरले आ-आफ्नो खानेकुरा खान्छ। हामीलाई प्रकृतिले के खाने भनेको छ त्यहि खानु पर्छ।

विकल्प- हो। बाघले मासु बाहेक अरु खान आउँदैन। हो, चराले पनि आफ्नो बाहेक अरुको खानेकुरा खान जाँदैन।

उषा- बाघले खानाको लागि अर्को जनावर मार्छ किनकी त्यो नगरि बाघ बाँच्दैन। त्यसैले खान्छ। मानिसको खाना भनेको जहिले पनि फलफुल, अन्न, दुध हो। यो खाए मानिस मज्जाले बाँच्छ र यहि खाँदा राम्रो हुन्छ। हामीले अरु प्राणिको हत्या गरेर किन खाने?

विकल्प- ल ल ठिकै छ। तर किन? अन्न, फलफुल, वनस्पति पनि त जीव नै हुन। उनिहरु पनि प्राणी हुन नि। किन खाने त उनिहरुलाई?

उषा- त्यो ठिक छ। त्यो हामी पनि बुझ्छौँ कि वनस्पतिमा प्राण हुन्छ भनेर। तर जसरी बाघले अर्को जनावरको हत्या नगरि बाँच्न सम्भव हुदैन त्यसै गरि हामी अन्न, बनस्पति, सागपात नखाई बाँच्न सक्दैनौ। तर म फलफुल, अन्न, सागपात, दुध खाएर बाँच्छु भने किन अरु जनावरलाई मार्ने? अर्को कुरा, प्रकृतिले मानिसलाई मासु नखाई नबाँच्ने बनाएको भए खानु जायज हुन्थ्यो। तर तपाईँ अर्को जनावर मार्नु पाप हैन भन्ने कुरा कसरी स्विकार्नु हुन्छ।

विकल्पकिन भने त्यहाँ प्रकृतिले नै फरक फरक अस्तित्व बनाएको छ। मानिसको जीवन, जनावरको जीवन र वनस्पतिको जीवन फरक फरक छ। हामी एउटै होइनौँ। हामी मानिस सोच्न सक्ने र चेतनशिल छौ। जनावर कम चेतनशिल छन। किराफट्याङग्रा झन् तल्लो तहका हुन। वनस्पति र जनावरको जीवन साँच्चै चेतना सहितको जीव होईनन्। हामी मानिस मात्र उच्च कोटिका प्राणि हौ। मानिसले आफु बाहेकका अरुकुरालाई प्रयोग गर्न सक्छ। चेतनशिल र चेतना नभएको अर्थमा कुरा गर्ने हो भने हामी सर्वश्रेष्ठ हौँ।  

उषा- ठिक छ। मानौ तपाई यो घरमा बस्नु भएको छ। तपाई यो घर त हैन नि। त्यो सत्य हो। यदि म आएँ र यो तँपाईको घर भत्काएँ भने के तपाईँलाई असुविधा हुँदैन?

विकल्प- हुन्छ। मलाई असहज हुन्छ नि। किन नहुने ?

उषा- यदि मैले तपाइँलाई घर भत्काएर असुविधा उत्पन्न गर्छु भने के यो आपराधिक काम होइन? तँपाईको ढ्ङ्गामाटोको घर क्षति गर्दा त मलाई अपराधि भन्नु हुन्छ भने कुनै प्राणीको हत्या गर्दा अपराध वा पाप हुन्न र?

विकल्प हो। तर यदि कुनै कारणले वा कुन उद्देश्यले गरिएको भन्ने कुराले फरक पर्ला नि त? हामीले त नराम्रो कामको लागि जनावर मारेका हैनौ नि। यदि बालबच्चा भोको छन। महिलाहरु भोको छन भने तिनिहरुलाई खुवाउन जनावर मार्दा त के पाप होला र? यो त वैधानिक नै हैन र? एउटा औषधि वनाउन अर्को वनस्पति मास्नु पर्छ। मकैको बोट उम्रन मकैको विउ आफु सक्किनु पर्छ। सकरात्मक कुराकोलागि त त्याग त कसैले गर्नै पर्छ नि। बालबालिका मासु/गाई मारेर खान दिँदा के फरक पर्ला र?

उषा- हामी गाईको दुध खान्छौ। हामी आमाको पनि दुध खान्छौ। त्यसैले हामी गाईलाई आमा समान मान्छौ। त्यसैले आमा जस्तै चिजलाई मार्नु हामी पाप ठान्छौ।

विकल्प-  ठिक छ। आमा मान्न त पाईयो। तर एउटा कुरा बताउनुस। सबै स्तनधारी जनावर मध्ये अरुले आमाको दुध सानो बच्चमा मात्र खान्छन। हुर्कने बेलामा त खादैनन्। नखाएपनि भयो जीवन चलेको छनि त। धेरै स्तनधारी वयस्क भएपछि दुध खाँदा बिरामी पनि हुन्छन नि।

उषा- गाइको दुध प्रोटिनको एक स्रोत हो। यसलाई ठुलो भएपछि पनि खान हुन्छ। गाईको दुधमा २४ थरिको प्रोटिन पाईन्छ। दुधका अरु धेरै फाईदा छन। मानिसलाई मुख्यतया; कार्ब्रोहाइड्रेड, प्रोटिन, भिटामिन र फ्याट चाहिन्छ। फ्याटको लागि हामी नौनि ध्यु खान्छौ। यो गाईको दुधबाट प्राप्त हुन्छ।

विकल्प- मानिस जवान हुँदा दुध पचाउन सक्ने यानेकि दुधमा हुने ल्याक्टोज पचाउन सक्नेईन्जाईममानिसले निकाल्न सक्दैन नि। जवान मानिसले दुध नखाएपनि हुन्छ। मानिस खेति किसानी युगमा त गाई पालेर दुध दुहेर खाँदैनथे नि त। बच्चावस्थामा आमाको दुध जति खाए खाए त्यसपछि खाँदैनथे।

उषा- त्यसो त सयौँ वर्षमा आजको आधुनिक मानव बन्न मानिसले धेरै विकास (ईभोलुसन) पार गर्दै आएको छ। त्यो विकासको क्रममा मानिस दुध पचाउन सक्ने पनि भएको छ। दुध खानु धेरै राम्रो कुरा हो स्वास्थ्य र पौष्टिक तत्त्वको हिसाबले। आमाको दुध जस्तै पौष्टिक दुध दिने हुनाले हामी गाईको हत्या गर्दैनौ।

विकल्प- हुन सक्छ। त्यो तपाईहरुको विचार हो। तर भैसी, बाख्रा, उँट, चौँरी, भेडाको पनि दुध खाने गर्दछन। तिनिहरुलाई पनि आमा किन नमान्नु?

उषा- वेदका अनुसार आफ्नै आमा, गुरुको पत्नि, ब्रामणको पत्नि, राजाको पत्नि(रानी), गाई(धेनु) र पृथ्वीलाइ हामी आमा मान्छौँ। गाईको दुध खान्छौ। म वेद मान्छु। अब म कसरी भन्न नसकुँ कि गाई माता होईन भनेर? आमालाई मार्ने कुरा कसरी ठिक हो भन्न सक्छौ? फेरी हामी गाई मात्र होईन कुनै पनि जनावरको मासु खाने गर्दैनौँ। हिन्दुहरु माछा मासु खाने गर्दैनन्। सबै सात्विक भोजन गर्दछन। अचेल खान्छन त्यो अलग विषय होला। गाई र अन्य जनावरमा केहि विशेष फरक छ। गाईको धेरै फाईदा भएकाले आमा समान हुन्छिन भनिएको हो। तपाँले माथी उँट आदिको कुरा गर्नु भो। उदारणको लागि उँटको दुध जम्दैन। दही घ्यु बनाउन मिल्दैन। बाख्राको दुधको मात्रा थोरै छ। चौँरी हिमालमा मात्र पाईन्छ। भैसीको गोबर र गहुँत गाईको भन्दा कम महत्वको छ। अरु जनावर भन्दा गाईको महत्व धेरै देखिन्छ। त्यसैले हामीले गाइलाइ माता मानेको हो।

विकल्प ठिक छ तपाई गाइलाइ आमा मान्नु हुन्छ। तर गाइलाई मासुको रुपमा प्रयोग गर्नु हुँदैन भन्ने के छ र? ठीकै छ त। हिन्दु बाहेकका धर्म मान्नेले खाएका छन। तपाँईले माता मान्ने त धार्मिक कुरा भयो।

उषा- होईन, हामीले माता मान्ने हुनाले के आफ्नै आमालाई मार्नु ठिक हो र? फेरि हामीले गाईलाई दुध दिने मात्र भनेर पनि हेरेका छैनौँ नि। गाईको अन्य धेरै फाईदा र महत्व छ। गाईको समग्र गोबर, गहुँत, दुध, दहि, घ्यु र यसले वातावरणमा पार्ने प्रभावको कारण यो अन्य जनावर भन्दा भिन्न छ। यदि मानिस लगायत अन्य जनावरको दिसा छोएमा तुरुन्त नहाउनु पर्छ तर गाईको गोबर आफैमा किटाणु मार्ने शक्ति हुन्छ। गाईको गोबर(गुँईठाँ) बालेमा वायुमण्डल पनि सफा हुन्छ। भारतको र रुसको कतिपय आणविक भट्टिका भित्ताहरुमा गाईको गोबरले पोतिएको छ। हाम्रा भान्छा र घरको भित्ता गोबरले पोत्ने गरिन्थ्यो। गाईको घ्यु हवनमा बालिनुको कारण वायु शुद्ध पार्नु अक्सिजन उत्पादन गर्नु र वातावरण सफा गर्नु हो। यसबारे धेरै अनुसन्धान भएका छन।

वेदमा गाईलाई आमा समान मानेको छ, पाप नास गर्ने र वातावरण स्वच्छ गराउने तत्वको रुपमा हेरिएको छ। गाईको पिसाबमा अन्य घरपालुवा जनावरको भन्दा Antibacterial Property, Pesticides, Insecticides, Fungicides को काम गर्ने गुण हुन्छ। यी गुण अन्य जनावरको पिसाबमा हुदैन। त्यसैले गाईको गहुँत चोखो मानिन्छ। गाईको गहुँतमा पाईने यि तत्व (sodium, sulphur, nitrogen, minerals, vitamins A, B, C, D, E, manganese, silicon, iron, chlorine, enzymes, magnesium, succinic, citric, phosphate, calcium salt, carbolic acid, creatinine, lactose, hormones etc) पाईन्छ। जुन तत्व मानिसलाई नभई नहुने जैविक रसायनहरु हुन। यी तत्वको कमि भएमा गाईको पिसाब खान सकिन्छ।

विकल्प- यदि मानिस भोको छ भने खानको लागि मासु दिनु किन नहुने? गाईको जीवन भन्दा त मान्छेको जीवन ठुलो होइन र?

उषा- हामी र जनावर दुवैको जीवन छ। दुवै प्राणी हौँ। प्रकृतिको लागि बराबर छौँ। हामी हिन्दुहरु यस्तो मान्छौ। एक अर्का दाजुभाई जस्तो छौँ। किन मारेर खाने? दाजुभाईलाई किन मार्ने? जनावरले आफ्नो ज्यान बचाउँन हरपल कोसिस गरेको हुन्छ। जो स्वयं जिउन खोजेको छ, तपाई किन उसको हत्या गर्नु हुन्छ? तपाईँलाई आफ्नो ज्यान प्यारो लाग्छ भने उसलाई पनि त उसको ज्यान प्यारो लाग्छ। कसैको पनि ज्यान मार्नु धर्म होईन। जहाँ सम्म पेट भर्ने कुरा छ मानिस भोको भयो भनेर के तपाई मानिसकै मासु खुवाउनु हुन्छ? भोकको लागि त अरु अन्न फलफुल छ नि। होईन र?

विकल्प- तर विश्वभरिका मान्छेले खाईरहेका छन नि जनावरको वा गाईको मासु। नखानु पर्ने कुनै वैज्ञानिक कारण त छैन२००/५०० वर्ष अगाडि मान्छेले खानेकुरा पाएनन् र मासु खाँदा पनि हुने रहेछ भनेर मासु खाए र बाँचे। तिनै मानिसहरु हाम्रा पुर्खा हुन नि।

उषा- मानव सभ्यताको कुनै कालखण्डमा मानिसले खानेकुरा नपाएर जीवन धान्न खाए भने त्यो अलग होला। तर अहिले त मासु बाहेक प्रशस्त खानेकुरा छन् नि। फेरी हाम्रो शरीर मासु खानको लागि बनेको पनि होइन। अनि किन मासु नै खाने?

विकल्प- बनेको होस वा नहोस। मानिसको रीरले मासु खान सक्छ र पचाउन सक्छ नि। होईन र?

उषा- यदि पकाउन जानेको थिएन वा नपकाईकन खाइन्थ्यो भने त कसरी खान्थ्यो होला र ?

विकल्प- यो पृथ्वीमा मासु मात्र खाएर बाँचेका कति जाति छन् छन् ।

उषा- हेर्नुस, हाम्रो शरीर मासु खानको लागि बनेको होईन। हाम्रो दाँत मासु लुछ्न बनेको होईन। जस्तो कुकुरको वा बाघको दाँत वा दाह्रा छन वा काग वा चिलको जस्तो बलियो चुच्चो पनि छैन। हाम्रो नङ पनि बाघ चितुवाको जस्तो छैन, बिरालोको जस्तो नङग्रा पनि छैन। हामी हतियार नभई शिकार गर्न पनि सक्दैनौँ । प्राकृतिक औजार त छैनन् नि हाम्रो। हाम्रो पेट आन्द्रा पनि लामो छ जुन मासु पचाउनको लागि बनेको होईन।

विकल्प- तर खान र पचाउन कुनै समस्या छैन नि होईन र?

उषा- हो खान सक्छ। पचाउन सक्छ र हामीसँग भएका दाँतले धेरैथोरै लुछ्न पनि सक्छ। तर त्यसको मतलब हामीले मासु नै खानुपर्छ भन्ने पनि त होइन नि।

विकल्प- अनि समस्या के भयो त?

उषा- कुरा त्यस्तो होईन। तपाईलाई हाब्रेको (रेड पाण्डाको) उदाहरण दिऊँ। रेड पाण्डाको दाँत पनि कुकुरको जस्तै हुन्छ मतलब दाह्रा हुन्छ। तर त्यो दाँत/दाह्रा बाँस चपाउनको लागि वा बाँस लुछ्नको लागि हो। भाँच्नको लागि हो। मासु खानको लागि होईन। पाण्डाले बाँस मात्र खान्छ। मासु खाँदैन। मानव शरीर पनि मासु खानको लागि बनेको होईन। पचाउन सक्छ भन्दैमा खानु पर्दैन।

विकल्प- हामी मानिस त चेतनशील र फरक प्राणी हो नि पाण्डा भन्दा। हामी मासु पकाएर खान्छौँ। के कस्तो मासु खानु राम्रो हुन्छ भनेर छुट्याउन सक्छौँ।

उषा- सही हो। हामी चेतनशील छौँ। हेर्नुस्, हामी मानिसको धेरै कुरा बाँदर र चिम्पान्जी(ape) सँग मिल्छ। हामी एकदम नजिकका हौ। प्रजातिका कुरामा हामी मानिस र चिम्पान्जि वा बाँदर दाजुभाई हौँ। यदि प्रकृतिक कुरा गर्ने हो भने हाम्रो खानपान कम्तिमा पनि हाम्रा नजिकका प्राणी वा दाजुभाईको जस्तो हुनु पर्छ। उनिहरुको र हाम्रो पेट वा आन्द्रा उस्तै छ। हात मुख उस्तै छ। उनिहरुले त माछामासु खाँदैनन। प्राणीको हत्या गर्दैनन नि। उनिहरु वनका फलफुल, अन्न, पात वा मुना, सागपात र आक्कलझुक्कल किराफट्यांग्रा खान्छन। मज्जासगँ जीवनयापन गरेका छन्।

विकल्प:- ठिक छ। मासु खानाले मान्छे कुपोषणबाट मुक्त भएका छन। मानसिक समृद्धि वा शारीरिक विकासमा धेरै फाईदा पुर्याएको छ, होईन र? अन्नले मात्र नपुगेर मासु पनि खाएका छन्। पेट त भरेका छन् नि। होईन र?

उषा- हेर्नुस, मनिसलाई मासु खाएको कारण धेरै रोग लागेको छ। यसको नकरात्मक पक्ष पनि उत्तिकै छ। डाक्टरहरुले पनि मानिसहरुलाई मासु सकेसम्म थोरै खान वा नखान सल्लाह दिन्छन्। धेरै मानिसहरु हिजोआज जानेर बुझेर शाकाहारी बनेका छन। जहाँ सम्म जनावर(मासु) पाल्न अन्न र धेरै खर्च चाहिन्छ। त्यो अन्न र खर्चले मासुको सट्टा गैह्रमासु जन्य खानेकुरा खान प्रशस्त पुग्छ।

विकल्प- मासु खानाले नराम्रो भन्दा त राम्रै गरेको छ नि। होईन र?

उषा- मलाई त्यस्तो लाग्दैन। तपाँईलाई मासुको सन्दर्भमा केहि भ्रम छन। तपाईले आफ्नो वा कसैको घरमा हजुरआमा वा कोहि आफन्त वितेको देख्नु भएको छ। तर तपाई त्यस लासलाई छुन तर के हेर्न पनि डराउनुहुन्छ। किन नछुनु भएको उक्त लासलाई? मर्नु अगाडी त्यहि हजुरबुबाको काखमा बस्नु भयो। तर मरेपछि डर वा धेरै प्रकारका भावना उत्पन्न भयो। मानिस जनावर हो। अरु जनावर जस्तै तर चेतनशिल। मानिस मर्दा लास नछुने तपाई अरु जनावर मरेको जनावर खाने गर्नु भएको छ। किन यसो गर्नु हुन्छ? मानिस मर्दा त्यो लासलाई तपाई तुरुन्तै जलाउन लग्नु हुन्छ। घरमा एक दिन पनि राख्न चाहनुहुन्न। तर मासुर भने फ्रिजमा घर भित्र राख्नु भएको छ। किन जनावरको र मान्छेमा फरक भयो? के तपाईले यस्तो महसुस गर्नु भएको छ? त्यसैले आफन्त वा कोहि मान्छे मर्दा लास हुने बोका, खसी, माछा, कुखुरा र रागाँ मर्दा मासु हुने पनि हुन्छ र? यो भ्रम त्याग्नुस।

विकल्प- मासु नखाँदा Vitamin 12 तत्व पाईदैन नि। सरीरलाई यो भिटामिनको अभाव हुन्छ नि। यो शरीरलाई चाहिने महत्वपूर्ण भिटामिन हो। 

उषा- यो पुर्ण सत्य होईन। यो भिटामिनको अभावमा शाकाहारी मानिसको जीवन यापनमा कुनै समस्या छैन। अभाव नै भए माछाको तेल, ओखर वा केहि भिटामीन १२ पाउने खाना खान सकिन्छ। समस्या पर्ने भन्ने होईन। समस्या हुन्छ कि भन्ने सम्भावना मात्र हो। समस्या पर्ने भन्ने होईन।

विकल्प- कुरा ठिकै हो।

उषा- हेर्नुस। मासु खाने मान्छेले धेरै कुरा गुमाएको छ। मासु खानु भनेको जलवायु परिवर्तनमा (Climate Change) ठुलो योगदान पुर्याउनु हो। यो नराम्रो कुरा हो। विश्वमा जति पनि यातायतले (कार, बस, ट्रक, हवाईजहाज ईत्यदि) जलवायु परिवर्तनमा असर पुर्याएको छ। त्यतिनै असर मासु उत्पादनका लागि गरिने उर्जाले/कार्वनले जलवायु परिवर्तन हुन योगदान पुर्याएको छ। भलै त्यो मात्रा सानै किन नहोस। त्यसैले जलवायुको सन्दर्भमा पनि मासु खराब चिज हो। त्यसैले हिन्दुहरुको मासु खाने परम्परा थिएन। आजकल कसैले खान्छन् त्यो अलग कुरा हो। तपाईँ अन्न उत्पादन गर्नुस्। आफु पनि खानुस् गाईवस्तुलाई पनि खुवाउनुस। तर जनावर किन खाने? हामी यो सुझाव दिन्छौँ। सके सम्म सबै मानिस साकाहारी हुनु प्रकृति, जलवायु र स्वास्थ्यको हिसाबले राम्रो पनि हुन्छ।
धन्यवाद !

 

 

2 comments:

  1. शाकाहारि हुनु राम्रो हो तर जनावार हत्या गरेर मासु खाने चलन विस्तारै कम गर्दै जानु राम्रो हो । हाल आरोग्यताा कोरोना जस्तै नयां भाइरसहरु ले प्रतिरोधात्मक क्षमता कम हुंदै जाने र त्यस्तै अवस्था नआइन्जेल संसार शाकाहारि अाहारमा नजाला । मासु खानाले जलवायु परिवर्तनमा पनि मुख्य भुमिका हुने कुरा नया थाहा पाईयो ।

    ReplyDelete
  2. निकै राम्रो स्तरीय संवाद। धेरै धन्यवाद दुवैजना लाई।

    ReplyDelete