3/28/21

म वास्तु मान्छु

 म वास्तु किन मान्छु?

    यो लेख पढ्नु भन्दा पहिले केदार शर्माको लेख पढ्न जरुरी हुन्छ। http://nepalihimal.com/article/3314

 म वास्तुमा प्रयोग भएको हिसाब
 /Mathematics का कारण यो विज्ञान सम्वत् छ भन्ने मान्छु। विज्ञान हिसाबकिताब विना अपुरो हुन्छ। पृथ्वीचन्द्रमासूर्य र अन्य ताराग्रहनक्षत्रको अवस्थिति र यिनले पृथ्वीमा पार्ने प्रभावको बारेमा अङ्क र गणितको जोडघटाउले बनाइएको हुन्छ। यो विशुद्ध विज्ञान सम्वत् छ। वास्तुको आधार भनेको सूर्य हो। सूर्य नै शक्तिको एक र अन्तिम स्रोत हो। यही सूर्यको विस्तारित शक्ति कसरी मनुष्यले ग्रहण गर्न सक्छन् भन्ने प्रश्नको विधिसम्मत समाधान हो वास्तु।

कम्युनिष्ट र पश्चिमाका मानिसहरु कसरी प्रभावित छन ?
    नेपालका केही मानिसहरु अलिअलि जान्नेसुन्ने भएपछि सनातन परम्परा र हिन्दु धर्मसँग जोडिएर आउने सबै कुरा हावादारी भन्छन। यि कुरा रुढिवादि हुन। पण्डित पुरोहितले कमाउने भाँडो बनाएका छन भन्छन। केही शास्त्रका कुरा राम्रा होलान तर यि केही पण्डितले भने धर्मका नाममा यो खानेबाटो बनाएका हुन भन्छन। पुजापाठ होस वा यज्ञ
, मन्त्र होस वा वास्तु यसमा केही तर्क पनि छैन भन्दछन। बैदिक र सनातन धर्म मान्नेलाई गालि गलौज गरेर हेँला गर्छन। वैदिक र सनातनिहरु प्रमाण हैन विश्वासलाई मान्छन भनेर आरोप लगाउँछन। यो त बैज्ञानिक हैन नि भनेर तर्क गरिदिन्छन र अन्त्यमा सबैकुरा ईन्कार गर्ने तर्फ लाग्छन। यस लेखमा उनका सबै प्रश्नको वा कुराको तथ्य र प्रमाण सहित विज्ञानसंवत विश्लेषण गरिएको छ।
  तपाईंको लेखमा भएका मुख्य आरोप

    तपाईंको लेखमा वास्तुको धेरै सकारात्मक पक्षको चर्चा गर्नु भएको छ। मुख्य विमती दक्षिण दिशा र हिन्दु धर्मको कर्मकाण्डमा निर्भर रहेर जीविकोपार्जन गर्ने प्रति विमती र क्रोध छ। तर वास्तु एकदम राम्रो छ पनि भन्नु भएको छ। तर मुख्य उद्देश्य वास्तुको राम्रो पक्षको चर्चा गर्दागर्दै समग्र सनातन परम्परा र हिन्दु धर्मप्रति घृणा फैलाउने यो रूढिवादी छ भन्ने निष्कर्ष निकाल्नु भएको छ। यस्तो किन गर्नु भयो भने हजुर हिन्दु धर्मलाई प्रहार गर्न चाहनुहुन्छ। अचम्म के भने लेखको ९० प्रतिशत भागले वास्तु सकारात्मक भनेको छ र बाँकी १० प्रतिशत नकारात्मक भनेको छ। तर निष्कर्ष लेखको भाव अनुसार सकारात्मक हुनु पर्नेमा नकरात्मक छ।

ज्योतिषलाई नमान्ने वैज्ञानिकलाई किन मान्ने?

    किन तपाई वैज्ञानिकलाई मान्नुहुन्छ ? वा किन आध्यात्मिक गुरु वा ज्योतिष गुरुलाई मान्नु हुन्नतपाई भ्रममा हुनुहुन्छ। तपाईंले कहिले पृथ्वीले सूर्यलाई घुमेको देख्नु भएको छछैन। तर तपाई यो ‘साइन्टिफिक’ हो भनेर सूर्यको वरिपरि पृथ्वी घुम्छ भनेर विश्वस्त हुनुहुन्छ। पृथ्वी घुम्ने कुरा तपाईंले नदेखेको र प्रत्यक्ष अनुभव नगरेको कुरा हो। पृथ्वी घुम्छ भनेर तपाईंले प्रमाणित गर्न सक्नु हुन्छतपाईंले बताउन नसक्ने भएपनि तपाई वैज्ञानिकको भर परेर ढुक्क हुनुहुन्छ कि पृथ्वीले सूर्यलाई घुम्छ। तर त्यस्तै वास्तु शास्त्र पनि पढेकागहन अध्ययन गरेकाहाम्रा ऋषिमुनिलेतपस्वीलेसन्तहरूले पत्ता लगाएका कुरा हुन। यि पूर्व क्षेत्रका वैज्ञानिक हुन। हाम्रा ऋषिमुनि आधुनिक विज्ञानको वा आधुनिक वैज्ञानिककै तुलनामा धेरै माथिका देखिन्छन।

    किनकि आधुनिक वैज्ञानिकले कुनै पनि उपकरणको (क्याल्कुलेटर, कम्प्युटरल्याबमेसीन) प्रयोग नगरी एक पाइलो पनि अगाडि बढ्न सक्दैनन्। हाम्रा वास्तुविद्ले यस्ता आधुनिक उपकरण बिनै धेरै कुरा भन्न सक्छन्। किन हाम्रा पुर्खाले बनाएका वस्तुमा यत्रो अनास्थाकिनकि हजुरको दिमाग नै पश्चिमाहरूले प्रदुषित बनाएका छन्। हिन्दु धर्म मास्ने मार्क्सवादी राजनीति र हाम्रो संस्कृति मास्ने पश्चिमाको षड्यन्त्रको ‘ककटेलले' तपाईँलाई यस्तो बनाएका छन्। आफ्नोलाई घृणा गर्ने अर्कोलाई माया गर्ने बनाएका छन्। तपाईंले आफूले नजानेको कुरा आधुनिक वैज्ञानिकले भनेको भए मान्ने तर तपाईंले नजानेको कुरा पूर्वीया वैज्ञानिकले भनेको किन नमान्नेत्यसैले तपाइएको कुरा मिलेन।



    तपाईंले बुझिरहेको भन्दा बढि क्षमता तपाइसँगै छ। यो नै अध्यात्मले भन्ने कुरा हो। तपाईंले देख्नु भएको कुरा जे हो त्यो मात्र यथार्थ होइन। त्यो भित्र धेरै कुरा छन्। तर तपाइमा त्यो देख्ने वा बुझ्ने क्षमता छैन। त्यो ग्रहण गर्ने क्षमता तपाईँमा छैन। यसको अर्थ यो होइन कि तपाईंले नदेखेको कुरा छैन वा हुदैन। तपाईंलाई लाग्ला कि यहाँ साधारण कुरा मात्र हुन्छ। यो कुरा अर्ध सत्य हो। यहाँ असाधारण कुरा पनि हुन्छ। यसको अर्थ हुन्छ तपाईंले नदेखेको कुरा कोही क्षमतावान मान्छेले देख्न सक्छन्। छपाईलाई थाहा नहुँदैमा वास्तु प्रमाणित नहुने भन्ने हुँदैन। थाहा नपाएको कुरा सार्वजानिक पत्रिकामा छपाएर भ्रम फैलाउने तपाईँलाई कारवाही गर्नु पर्ने हो तर हिन्दु धर्म सहिष्णु भएकाले तपाई सुरक्षित नै हुनुहुन्छ। 

तपाईँ आफू वास्तु मान्ने तर लेख मार्फत भ्रम फैलाउने किन?

    तपाईंको लेखको छैटौँ अनुच्छेदमा एउटा वाक्य छ “बसोबास गर्ने हिसाबले त्यो जग्गा राम्रो थियो। चौकोण मिलेको.. यस्तै यस्तै। तपाईंले देखेको जग्गा राम्रो भएको ४-५ आधार प्रस्तुत गर्नु भएको छ। चौकुना मिलेको। पानी नजम्ने। ढिस्को नलड्ने। दक्षिणको घाम आउने। यो कसरी भन्नु भएको होके यि चार आधारले हेर्दा जग्गा ठिक भए सबैकुरा ठिक हुन्छ रके जग्गा चौकुना मिल्दैमा राम्रो हुन्छचतुर्भुज जस्तो वा त्रिकोण जस्तो जग्गा किन राम्रो हुदैन? ति जग्गा होइन ? “दिउसोको घाम नछेकिने भन्नु भएको छ। बिहानको घाम साँझको पनि घाम लाग्ने भएको भए कति राम्रो हुने थियो। होइन तपाईंले पानी बगेर जाने भन्नु भएको छ। यो बाढीको समस्या नल्याउला भनेर भन्नु भएको हो। भविष्यमा वा पानी नजम्ला भनेर त्यसो भन्नु भएको होला। होइन  ? पहिरो पनि नजाला भनेर “कतैबाट ढिस्को नलड्ने भन्नु भएको छ। 

    यहा तपाईंले भनेका यि ५ आधारले जग्गा राम्रै थियो भन्नु भयो। होसाधारण मान्छेले देख्ने यही हो। यदि ‘आर्किटेक्चर इन्जिनियरलाई देखाएको भए अझ मिहिन तरिकाले हेरेर राम्रो वा नराम्रो हेर्थ्यो होला। तपाईंले देखेका कुरा पनि हेर्दै बाटोले जग्गा कति खान्छमोहडा कति छनक्सा कस्तो छझ्याल राख्न कता मिल्छ मिल्दैनकति फिटको बाटो छ यहाँको माटो कस्तोयि यावत कुरा हेर्थ्यो भन्थ्यो जग्गा ठिक वा छैन। तर तपाईंको ज्ञान इन्जिनियरको भन्दा कम छ। किनकि यो तपाईंको विषय होइन। तपाईंले आफूले भोगेको देखेको ज्ञान अनुसार भनिदिनु भयो यो जग्गा हेर्दा राम्रो छ। तपाई वास्तु मान्दिन भनेर ढोँग गर्नु भएको कुरा यही प्रष्ट भएको छ। किनकी वास्तुले तपाईंले भनेकै जस्तै तर आझ धेरै भन्दा धेरै पक्ष वा कोणबाट हेरेर जग्गा राम्रो वा नराम्रो छ भनेर विवरण दिन्छन्। वास्तुले सूर्यको प्रकाश बिहान उदाएको देखि अस्ताउँदाको क्षण हेर्छ। तपाईँलाई थाहा नै होला सूर्यको प्रकाशमा ७ रङ हुन्छन भन्ने। वास्तुले सूर्यको रङ बिहान देखि साँझ सम्म कसरी बदलिदै जान्छ र यसको आधारमा कस्तो रङ कुन दिशामा भन्ने पनि बताउँछन। पृथ्वी पूर्वी उत्तर दिशामा ढल्केर घुमेको हुनाले हाम्रो घर कता फर्केको हुनु पर्ने वा कता फर्काउने पनि भन्छ। सूर्यबाट बिहान दिउँसो र साँझमा कस्ता रश्मि आउछन त्यो पनि हेर्छ। ति रश्मिले पूर्वको पूजाकोठमा कस्तो असर गर्छ। दक्षिणमा रहेको भान्छामा र पश्चिममा रहेको शौचालयमा पनि कस्तो असर गर्छ पनि भन्छ। जसरी तपाईंले भन्दा इन्जिनियरले धेरै कोणबाट हेर्छ त्यसैगरी वास्तु विज्ञको पनि तपाईंको भन्दा धेरै कोणबाट जग्गा हेर्छ। कुरा यो हो कि तपाईँलाई इन्जिनियरले भनेको ठिक लाग्छ तर वास्तुले भनेको होइन जस्तो लाग्छ। किनकि तपाईँलाई हिन्दु धर्मको विरोध गर्नु छ।

दक्षिण तर्फ फर्केको जग्गा वा घर अशुभ हुन्छ ?
    के कुनै दिशा खराव वा कुनै दिशा राम्रो हुन्छ
 हामीले वनाएका तर प्रकृतिमा रहेका ४ दिशा उस्तै होईनन? कसरी कुनै दिशा खराव वा कुनै राम्रो हुन सक्छ? यि तपाईका प्रश्न छन। हो वास्तुले यो दिशा खराब त्यो दिशा राम्रो कहिले पनि भन्दैन। वास्तुले दक्षिणलाई अशुभ भनेको पनि छैन। वास्तुले कुनै पनि दिशा वा ग्रह वा ठाँउ खराव पनि भन्दैन। तर निश्चित कामको लागि त्यो दिशा वा त्यो ठाँउ वा त्यो ग्रह अशुभ हुन्छ भनेको छ। कतिपय कुरा तत्तत् परिस्थितीमा अशुभ वा अमंगलिक हुन्छ भनेको हुन्छ। वास्तु अनुसार पुर्व फर्केको तुलना दक्षिण फर्केको जग्गा कम राम्रो हो भनेको छ। के तुलनात्मक अध्यायन गर्दा एउटा भन्दा अर्को राम्रो वा नराम्रो हुदैनपक्कै हुन्छ। त्यो पनि निश्चित कार्यको लागि भनेको हो। तपाईको प्रश्न होला। कसरी यस्तो हुन्छ? यस्को के प्रमाण छ? कसरी यस्तो हुन्छआउनुस दक्षिण दिशाको कुरा गरौ।
वास्तुले केको आधारमा कुरा गर्छ?
    वास्तुले प्रकृति /पृथ्वीमा भएको शक्तिलाई कसरी मानिसले ग्रहण गर्न सक्दछन भनेर सिकाउँछ। वास्तु मुख्यतः पाँच कुरामा आधारित हुन्छ। पाँच प्राकृतिक शक्तिमा पृथ्वीको चुम्बकीय क्षेत्र/शक्ति (Earth Magnetic Field), पानीको गुरुत्वाकर्षण (Gravitation), अग्नी/सौर्य शक्ति (Solar Energy) वायु शक्ति (Wind Energy)  आकास/ब्रहमाण्डिय /Cosmic radiation शक्ति  पर्दछन। तलको हरफमा बुझौँ पृथ्वीको चरित्र कस्तो छ।

पृथ्वीमा कस्तो शक्ति छ?
    पृथ्वीको विकास क्रममा यसमा भएको लाभा र अन्य धातुको कारण पृथ्वीले एक चुम्बकीय शक्ति उत्पादन गरिरहेको छ। पृथ्वीको उत्तरी धूर्वको विन्दु नजिकै उत्तरी चुम्बकीय धूर्व (North Magnetic Pole) छ। त्यसै गरि दक्षिणी धूर्व नजिक दक्षिणी चुम्बकीय धूर्व छ। यो सबैलाई थाहा भएको कुरा हो। उत्तरी धूर्वले positive र दक्षिणी धूर्वले Negative धूर्वको काम गरेको हुन्छ। यसै अनुरूप पृथ्वीको उत्तरी र दक्षिणी धूर्वले पृथ्वीको भित्री तह देखि बाहिरी वायुमण्डलको धेरै परसम्म आफ्नो Magnetic field विस्तार गरेको हुन्छ। समग्रमा पृथ्वीको Magnetic field ले पृथ्वी घेरिएको हुन्छ। चित्र १ दायाँ। जुन कुरा हामीले प्रयोग गर्ने चुम्बनसँग तुलना गर्न सकिन्छ। तपाईँलाई थाहा होला नैहरेक चुम्बकको उत्तरी र दक्षिणी धूर्व हुन्छ। चुम्बकको Magnetic Energy हुनाले उसले आफ्नो चुम्बकीय क्षेत्र (Magnetic Field) बनाएको हुन्छ। यसले वरिपरि रहेको चुम्बकीय गुण भएको बस्तुलाई आकर्षण गर्छ। यदि यसलाई पनि टुक्रा पार्नु भयो भने पनि त्यो सानो टुक्रामा पनि North & South Pole रहन्छ।


यसै गरि पृथ्वीलाई पनि टुक्रा पार्नुस। तपाईंले लेखमा बताएको टुक्रा परेको जग्गा सम्झनुस्। त्यो जग्गा यो पृथ्वीको एक टुक्रा हो। जसरी यो सग्लो पृथ्वीको Magnetic Field हुन्छ र त्यसले समग्र पृथ्वीमा प्रभाव पार्छ त्यसरी नै तपाईंले हेरेको सानो टुक्रा जग्गाको पनि Magnetic Field हुन्छ र प्रभाव पार्छ। जसरी सानो टुक्रा पारिएको चुम्बकको उत्तरी र दक्षिणी धूर्व हुन्छ त्यसरी त्यो तपाईंले हेरेको जग्गाको टुक्राको पनि उत्तरी र दक्षिणी धूर्व हुन्छ। यो प्राकृतिक कुरा हो। मान्छेले उत्तर दक्षिण धूर्व बनाएको होइन तर दिशा भने मानिसले आफ्नो सजिलोको लागि बनाएका हुन। कुरा साधारण छ।


पृथ्वीमा भएको शक्ति ४ आना जग्गामा कसरी पर्छ
?



 पृथ्वी हरेक क्षण घुमिरहेको छ। पृथ्वी १६७० किमि प्रति घण्टाका दरले उत्तरपूर्वी (NE) दिशातिर अगाडि बढेर निरन्तर घुमिरहेको छ। यसो हुँदा यस माथि बनाइएका संरचना पृथ्वीको गतिको विरुद्ध बनाइनु हुँदैन भन्ने वास्तुको अनुरोध हो। तलको चित्रमा एउटा घर (रातो) देखाइएको छ । चित्र २ वायाँ तल।
त्यो घर पनि पृथ्वीसँगै घुमिरहेको छ। यदि त्यो घर वा जग्गा पृथ्वीको axis सग समानान्तर भएर रहेको छ भने पृथ्वीको घुमाईसँगै त्यो जग्गामा बन्ने घर पनि एउटै लयमा घुम्ने भयो। यदि त्यो घर समानान्तर भएर बनेको छैन भने पृथ्वी घूम्दा यो एउटै तालमा नघुम्ने भयो। यसलाई बुझ्न मोटरसाइकलको सहारा दिउँ। मोटरसाइकलको पछाडि राखेको पोको दायाँ वा वायाँ ढल्कदा गुडाउनु ब्यालेन्स गर्न गाह्रो भए जस्तै पृथ्वीको घुमाईँसँगै घरको घुमाई पनि मिल्नु पर्ने हुन्छ। पृथ्वी ढल्केर घुमेको हुँदा त्यो जग्गाको उत्तरपूर्वी दिशा तर्फको टुँढो (Corner) पहिले घुम्छ। चित्रमा हेर्नुस्। यसको माने के हो भने पृथ्वी घुम्दा जतिपनि energy छ त्यो पहिले त्यही उत्तरपूर्वी (NE) टुँढोबाट(Corner) पहिले पस्ने भयो। यदि पृथ्वी ढल्केर नघुमेको भए यो कुरा गर्न पर्दैनथ्यो। वास्तु शास्त्रले यही NE Corner लाई धेरै महत्व दिएको छ। यस NE लाई खुला सफा र पुजा कोठा बनाउनु पर्छ भनेको छ। मान्नुस् जति पनि Energy पृथ्वी घुम्ने क्रममा आउँछ त्यो NE corner बाट पहिले तपाईंको जग्गामा र घरमा छिर्ने भयो। यदि त्यो ठाउँ सफा वा खुला भयो भने राम्रो र सजिलो सँग घरभित्र energy flow हुने निश्चित छ। बाटो जति फोहर भयो हिड्ने मान्छेले धेरै फोहर लिएर घर पस्ने भयो भन्न सकिन्छ। त्यो भित्रिएको शक्ति SW corner बाट बाहिर जाने गर्दछ। त्यसैले त्यो energy घरमा नै राख्नको लागि पश्चिम तिर वा SW corner मा खुला राख्नु हुदैन वा छेक्ने बस्तु वा भित्ता हुनु पर्दछ। चित्रमा देखिएको रातो चतुर्भुजको SE corner लाई हेरौँ। यो सूर्य उदाएसँगै नअस्ताएसम्म यसले सूर्यसँग अरु दिशाको तुलनामा बडी सन्मुख हुने भयो। सूर्य भनेको अग्नि वा ताप वा राप वा आगो को विस्तारित रूप हो। त्यसैले यो SE दिशामा भान्छा वा विजुली वा आगो संवन्धित कार्य गर्नु भनेको हो। यदि दक्षिण फर्केको जग्गा र त्यतै फर्कको घर बनाइएको खण्डमा यि शक्ति सन्तुलनमा कमी आउने हुन्छ। त्यसैले दक्षिणी फर्केको जग्गा र घर पूर्व फर्केको तुलनामा कम राम्रो मानिन्छ।

 दक्षिण दिशा र सूर्य/घाम

    बिहानको घाम भिटामिन र उर्जाको लागि उत्कृष्ट हो। तर तपाईंको तर्क हुन्छ। घाम त त्यही हो नि कहाँ बिहानको र दिउसो विच फरक हुन्छ रकुरा त्यसो होइन। दिउँसो र साँझको तुलनामा बिहानको घाम धेरै अर्थमा उत्कृष्ट हुन्छ। यो प्रमाणित कुरा हो। बिहानको घाममा बस्नाले ५-३० मिनेटमा भित्र शरीरले भिटामिन ‘डी’ बनाउन थाल्छ। भिटामिन डि’को एक प्रमुख र सीमित स्रोत मध्य पारिलो घाम हो।  दिउसो ११ बजे देखि ३ बजेको घाममा हानिकारक किरण UVB-Radiation धेरै आउँछ। के तपाईँलाई लाग्दैन दक्षिण फर्केको जग्गामा र पूर्व फर्केको जग्गामा कुनमा बिहानको उत्कृष्ट घाम ताप्न पाइएला? वा दिउँसोको UVB-Radiation दक्षिणी मोहोडाको जग्गामा ठिक होला। हो दिउसोको घाम पनि चाहिन्छ। तर बिहान र दिउसो दुवै किन नरोज्ने। वास्तु शास्त्र लगभग सम्पूर्ण रुपमा सूर्यमा निर्भर रहन्छ। यसबारे अलिकति माथि पनि लेखेको छु। सेतो प्रकाशमा ७ रङ छिपेको हुन्छ। सूर्यले यिनै सात रङ बिहान देखि साँझ सम्म पृथ्वीमा पारेको हुन्छ। उषाको किरण र सन्ध्याको किरण को wavelength फरक हुन्छ। कुन रङको wavelength कति राम्रो वा हानिकारक छ भन्ने कुरा पनि फरक पर्दछ। रङ अनुसार बिहान उषा कालमा पूर्वी उत्तर भागको घरको कोठामा पर्ने प्रकाश मध्यान्हमा दक्षिण पूर्वी कुनामा राख्ने भनिएको भान्छामा सूर्यको किरणको प्रभाव भिन्न पर्दछ। मध्यान्न पछि पर्ने घामको पश्चिम दिशामा राख्ने शौचालयमै किरणको प्रभाव भिन्दै हुन्छ। यसै अनुसार कुन दिशाको कोठामा कस्तो रङ उचित हुन्छ भन्ने पनि यही सूर्यको प्रकाशको रङसँग सम्बन्धित छ। यस विज्ञानलाई नमान्नुस् ठिक छ तर वास्तुमा प्रमाण छैन भनेर भ्रम नछर्नुहोस।

पन्चतत्वको पृथ्वीमा प्रभाव
    ब्रह्माण्ड र पृथ्वीको विकास सृष्टिको क्रममा ५ कुरा महत्वपूर्ण छन्। वैदिक वाङ्मय होस वा विग ब्याँग थ्योरी’ होस दुवैले यि कुरा स्वीकार गर्दछन्। हाम्रो जीवनको महत्वपूर्ण आधार भनेको पनि पृथ्वीजलतेजवायु र आकास हुन। पृथ्वीको हरेक कृयाकलापमा यिनीहरूको भूमिका हुन्छ। पृथ्वीमा जलकोअग्निको र हावाको के महत्व छ सबैलाई थाहा छसूर्यको ताप वा अग्नि विना पृथ्वीमा २ दिन पनि जीवन रहन सम्भव छैन। के हावा विना जल चक्र सम्भव छैन र हुदैन पनि। पृथ्वी भनेको सिङ्गो डल्लो मात्र हो रएक मुठ्ठी माटो वा एक एक टुक्रा चट्टान वा एकएक आना जमिन वा एक एक भूगोल मिलेर समग्र पृथ्वीको अस्तित्व बनेको छ नि। होइन रअग्निको, जलकोवायुको समग्र पृथ्वीमा असर पर्ने तर थोरै भूभागमा वा नेपालमा वा अमेरिकामा नपर्ने वा एक आना जग्गामा नपर्ने भन्ने पनि हुन्छ रतपाईंले हेरेको दक्षिण फर्केको जग्गामा अग्निको प्रभावजलको प्रभाववायु प्रभाव नपर्ने भन्ने हुदैन। किनकि पृथ्वीमा पहिले आकास तत्त्व थियो पछि हावा बन्यो त्यसपछि अग्नि बन्यो त्यसपछि जल बन्यो र जमिन वा ठोस बन्यो। र त्यसपछि यो सारा ब्रह्माण्ड सृष्टि भयो। यही होइन र विकास क्रमजुन तत्त्वले यो पृथ्वी ग्रह बन्यो। तिनै तत्त्वले तपाइको शरीर बनेको छ। तपाई कहिलेकाँही दौडनु भएको होला। शान्त शरीर दौडदै गर्दा एकाएक स्वाँस्वाँ गरेर वायु निस्कन्छ। अझै दौडनु भयो भने चिटचिट पसिना निस्कन्छ। अझै दौडनुस ताप र राप निस्कन्छ। अझै दौडिनुहोला तपाईको शरीरमा नुन वा मैला निस्कन्छ। तपाईँमा पृथ्वीमा भएकै शान्त हुँदाको आकास तत्त्व स्वाँस्वाँ गर्दाको वायु छपसिनारुपि जल तत्त्व  मैलो नुनिलोरुपि ठोस तत्त्व छ। वास्तु पनि यिनै भूमि, अग्निवायुजल र आकासको आधारमा रचिएको शास्त्र हो। यि तत्त्वले प्रभाव विभिन्न कोणबाट पृथ्वीको हरेक कुरामा नपर्ने भन्ने हुदैन। यही हो वास्तुको आधार।

चन्द्रमाको पृथ्वीमा प्रभाव
    तपाईंको शरीर ६०% भन्दा बढि पानी हो। मानिसको मस्तिष्कमा ७० प्रतिशत भन्दा बढि पानी छ। चन्द्रमाले पृथ्वीमा यानेकी समुन्द्रमा ज्वारभाटा  ल्याउँछ। चन्द्रमाले पृथ्वीमा रहेको पानीमा हलचल ल्याउँछ भने के तपाईंको शरीरमा र मस्तिष्कमा पनि हलचल नल्याउलासमुन्द्रमा पानी धेरै भएको हुनाले ठूलो हलचल ल्याउला तर थोरै पानी भएको मष्तिष्कमा पनि हलचल अवस्था ल्याउँछ। मानिसको शरीरमा त चन्द्रमाको प्रभाव छ भने तपाईँले राम्रो मानेको जग्गामा चन्द्रमाको प्रभाव हुदैन? हामी त अझ एक ठाँउमा बस्दैनौघुमिरहन्छौ। चन्द्रमाले पृथ्वीमा यसै गरि रातमा उज्यालोको माध्यमबाट पनि प्रभाव पार्छ। अर्को महत्वपूर्ण कुरा चन्द्रमाले पृथ्वीको समयमा ठूलो प्रभाव पार्छ कनिकी हाम्रो पञ्चाङ्ग पात्रो यसको आधारमा बनाइएको छ। चन्द्रमाको मिहिन भन्दा मिहिन प्रभाव हाम्रो पात्रोमा राखिएको छ। ज्योतिष र वास्तु एक अर्कामा निर्भर रहन्छन्। यसै गरि अन्य ग्रहको प्रभाव समग्र पृथ्वी र पृथ्वीवासीमा पर्दछ। तपाईंले नकारे पनि प्रभाव त परिरहन्छ।
हावाको पृथ्वीमा प्रभाव
    विमानस्थलमा हावा कताबाट आइरहेको छ भन्ने जानकारी दिन विन्डसक्स’ किन राखिन्छके हावाको दिशाले विमानस्थलमा केही महत्व राख्छकिन नेपालमा उच्च पहाडी र हिमाली विमानस्थलमा जहाजहरू बिहान मात्र उडाइन्छकिन गाडी गुड्न राजमार्गको लागि हावाको गतिको वास्ता गरिन्न। तर किन  विमान उड्ने आकासमा वायुको जानकारी नभई हुदैन? घाम लाग्ने वा नलाग्ने कुरा विमानस्थलको लागि महत्व नराख्ला तर हावाको त प्रभाव धेरै हुन्छ। के यस्तो हावाको सकारात्मक वा नकरात्मक प्रभाव घरको लागि नहोलाकुनै दक्षिण फर्केको वा उत्तर फर्केको घरकोलागि नहोलानेपालका पहाड कुनै उत्तर वा कुनै दक्षिण वा पूर्व फर्केका छन। के यि सबै पहाडमा बराबर पानी पर्छके सबै पहाडमा बराबर घाम लाग्छके सबै पहाडमा बराबर हावा चल्छ। हावाताप र पानीको मात्राले जनजीवनमा वा जीविकोपार्जनमा कुनै फरक नपर्लातिनै भौगोलिक अवस्थितिले तपाई बसेको पूर्वको इलाम र पश्चिमाको बाजुराको हैसियत आज एउटै छके पूर्वमा पनि उत्तर फर्केको दक्षिण फर्केको जमिनले फरक नपार्लाअवश्य पार्छ।

 

Mountain Breeze  Valley Breeze
    बिहान हरेक उपत्यकामा उत्तरबाट दक्षिण तर्फ हावा बहन्छ। मध्यान्हदेखि पृथ्वीको हरेक ठाँउमा दक्षिणबाट उत्तर तर्फ हावा बहन्छ। म वातावरण विज्ञानको विद्यार्थी भएको हुनाले मैले Mountain Breeze  Valley Breeze भन्ने कुरा त्रिभुवन विश्वविद्यालयमा पढेको छु। यसको असर हावाको चापसँग सम्बन्धित छ। यसको सम्बन्ध प्रदुषणसँग पनि छ। यो Mountain Breeze  Valley Breeze पनि स्थानीय जग्गा कस्तो छ भन्ने कुरामा निर्भर पर्दछ। उत्तर र दक्षिण फर्केको जग्गामा यसको असर भिन्न भिन्न हुन्छ। तपाईंले जग्गा हेरेको काठमान्डौ उपत्यकाको बुढानिलकण्ठ कपन क्षेत्र र ललितपुर-चन्द्रगीरि क्षेत्रमा यस प्रकृयाले भिन्न भिन्न असर पर्छ। यो प्रभाव वायुमण्डलको हरेक इन्च र फिटमा फरक पर्दछ। यही हावाको चापको फरकले पानी पर्ने नपर्नेचिसो हावा बहने कि तातो हावा वहनेकुरामा फरक पार्दछ।  

    वायुमण्डलको ट्रोप्रोस्पियर'  जमिनको सतहमा तातो हावा माथि जाने र चिसो हावा सतहमा आउने प्रकृया निरन्तर जारी हुन्छ। यही प्रकृयाले हावा चल्दछ। यही चापीय हावाको ठुलो मात्रामा हुने संरचनाले विश्वको र क्षेत्रिय हावामा फरक पार्दछ। पृथ्वीको उत्तरी गोलार्द्धमा ( जहाँ नेपाल पनि पर्दछ) Valley Wind दक्षिणी फर्केको भूगोलमा (south-facing slopes) वेग वढी र उत्तर फर्कको भूगोलमा जग्गामा नगन्य हुन्छ।  अनुमान गर्नुस् दक्षिणमा फर्केको जग्गा र उत्तरी मोहडा भएको जग्गामा हावाको के फरक हुन्छ। जग्गाको अवस्थितिमोहोडा ढल्काइले पनि धेरै असर पार्छ। तपाईंले स्वच्छ हावा कति छिटो प्राप्त गर्ने भन्ने कुरा जग्गाको उत्तर दक्षिण मोहडाले फरक पार्छ। स्वच्छ हावाले शरीर र मस्तिष्कमा कस्तो असर पर्दछन् सबैलाई थाह नै छ।

मान्छे अत्याउने पुरोहितहरूलाई सीधै ईश्वरलाई भ्रष्टिकरण गरेको अभियोग लगाए हुन्छ 

    पनि भन्नु भएको छ। आजसम्म अस्पतालमा डाक्टरले उपचारको नाउमा धेरै बिरामी मारेका छन्। तिनलाई कारवाही गर्न पर्दैन? “धामीझाँक्रीले मान्छे मारे समाचार बनाउनु हुन्छ तर डाक्टरले मारे समाचार बन्दैन। आजसम्म धामीले भन्दा हजारौं गुणा बिरामी डाक्टरले मारेका छन्। तिनलाई अभियोग किन नलगाउनेऔषधिको side effect ले कति मान्छे मरेका छन्तपाईंले तिनीहरूलाई अभियोग लगाउनु पर्छ किन नभन्नु भएको होपुल भाँचिएर वा भवन भत्केर सयौँ मान्छे मरेका छन। यिनको दोष कसले लिन्छदिनहुँ गाडीले हुने दुर्घटनाले मान्छे मर्छन। यिनको आविष्कार गर्नेलाई मुद्दा लगाउन पर्दैनआधुनिक हतियार मान्छे बचाउन बनाइन्छन् कि मार्न। यि आधुनिक हतियार प्रयोग गर्नेलाई अभियोग लगाउनु पर्दैनजलवायु परिवर्तन कसले गरायोहाम्रा हिमाल कसको कारण पग्लिएको होयिनीहरूलाई चिन्नु पर्दैन। प्लाष्टिकको आविश्कार कसले गरेको होहिजोआज प्लास्टिक प्रदुषणको महामारी छ। यो कसले सृजना गरेको होआज pesticide ले किराफट्याङ्ग्रा सूक्ष्म जीव मासिए। यो कसले आविष्कार गरेको हो। यिनलाई जेल हाल्न पर्दैन। हाम्रा ऋषिमुनीले होपृथ्वी मानव बस्न अयोग्य हुदैछ भनेर ‘स्टेफन हकिङग’ले भनेका छन। विगत २०० सय वर्षमा मानिसले गरेका प्रदुषणलेनयाँ आविष्कारलेदोहनलेप्रकृतिको माथिको आक्रमणले यस धर्तीमा बस्न सकस हुदैछ। के यो हामीले गरेका हुनयिनलाई कसले अभियोग लगाउँछ। पुरोहितलाई भन्दा वैज्ञानिकलाई पहिले कारवाही गर्नु पर्छ।

 भ्रम नछर्नुस्

   मानिसलाई हेर्नुस्। नाकबाट सिगान बग्छ। दिशा गर्ने ठाउँ छ। कस्तो फोहर! कानबाट फोहर निस्कन्छ। पिसाब गर्दा गनाउँछ। यसरी मान्छेलाई पनि नराम्रो वर्णन गर्न सकिन्छ। त्यसैगरी वाह क्या सुन्दर आँखा। कस्तो राम्रो कपाल। वा कति सुन्दर अनुहार। कस्तो राम्रो शरीर। यसरी पनि वर्णन गर्न सकिन्छ। किन शरीरको कुनै ठाउँ सफा भयो। किन कुनै ठाउँ फोहर भयो। किन कुनै छ्‌या भए वा किन कुनै वाह भए। तर सबै समान र महत्वपूर्ण छन्। त्यसैले कुनै ठाउँलाई नराम्रो वा खराब भन्न मिल्दैन। त्यसैले निश्चित क्रियाकलाप गर्न त्यो राम्रो वा नराम्रो हुन्छ। कुनै कार्य कहाँ गर्दा धेरै फाइदा वा बेफाइदा भन्ने कुरा भने व्यवहारिक छ। कुन ठाउँमा के कस्ता काम गर्न हुने नहुने भन्ने कुरा भने सामान्य सत्य हो। यसलाई वास्तु नै चाहिन्न। जब तपाई विशेष वा सघन अवस्थामा प्रवेश गर्नु हुन्छ तपाईँलाई मिहिन भन्दा मिहिन कुराको ज्ञान हुन जरुरी हुन्छ। भवन निर्माणमा वास्तुले यस्तै मिहिन कुरा गर्दछ। जुन कुरा तपाई नमान्नु तर भ्रम छर्दै पत्रपत्रिकामा लेख छपाउनु बौद्धिक दलाली हो ।
लेखक विकल्प अधिकारी

No comments:

Post a Comment