5/19/21

कुन कुरा बलात्कार होईन ?

SEX के हो?

Sex हुन वा गर्न दुवै महिला र पुरुष शारीरिक र मानसिक रुपमा तयार हुनु पर्छ। कुनै एक जना तयार भएन भने त्यो sex हुदैन। यदि एक जना partner तयार नभएपनि sex हुन खोज्यो भने त्यो sex नभई rape हुन जान्छ। 

यौन हिंसा के हो?

यौन हिंसा वा आक्रमणमा यौनिकताका आधारमा हुने हिंसाजन्य गतिविधि जस्तै चुम्मन गर्न खोज्नु, सरीरका अंग छुनु, अँचेट्नु, टाँसिनु र सरीर सुम्सुम्याउनु जस्ता कृयाकलाप पर्दछन।

यौन उत्पीडनमा के हो?

यौन उत्पीडनमा देखिने गरेर वा स्पस्ट रुपमा यौनका कुरालाई लिएर सताउने, बोल्ने, हैरानी दिने, कर गर्ने पर्दछन। उदाहरणका लागि महिलाको रुपको, सरीरको नचाँईदो तारिफ गर्ने, लाक्षणिक श्रङ्गारिक शब्द प्रयोग गरेर जिस्काउने, सरीरको अङ्गमा फरक तरिकाले हेर्ने, मौखिक दवाव दिने आदि पर्छन।

यौन दुरुपयोग के हो?

बच्चा, बालबालिका, बुढाबुढी, मानसिक र शारीरिक रुपमा असक्तसँग गर्न खोजिएको वा गरिएको यौन सम्पर्क तथा यौनजन्य ब्यवहार यौन दुरुपयोग भित्र पर्दछ।

अनिच्छित यौन सम्पर्क के हो?

श्रीमतीको टाउको दुखेको वा ज्वरो आएको बेला श्रीमान कामवासनाले युक्त भएको हुन सक्छ। श्रीमतीले नचाहिरहेको यस्तो अवस्थामा गरिएको यौन सम्पर्क अनिच्छित यौन सम्पर्क हुन जान्छ। त्यस्तै कुनै महिलाले जबरजस्ती यौन सम्पर्क गर्न पुरुषलाई आग्रह गरिन र पुरुष बाध्य भएर गर्ने यौन सम्पर्कलाई अनिच्छित यौन सम्पर्क भन्ने गरिन्छ। ईच्छा बिनाको सम्पर्कमा मानसिक क्षति बढि हुन्छ भने सारीरिक क्षति कम हुन्छ। अनिच्छित यौन सम्पर्क कार्यालयको सहकर्मी, बैवाहिक वा अविवाहित जोडी, साथी र आफन्तजनबाट बढि हुने गर्दछ। डर धम्कि देखाएर, फकाईफुलाई गरेर, परिवन्धमा पारेर गरिने यौन सम्पर्क अनिच्छित यौन संपर्क हो।

यौन शोषण के हो?

ईष्टमित्र साथीभाई वा परिवारका सदस्यले गर्ने लगातारको यौन सम्पर्क यसको उदाहरण हो। पिडितलाई यौन सम्पर्क गर्ने ईच्छा हुदैन तर वाध्य भएर सहिदिनु पर्छ। पीडितलाई परिबन्धमा परेर यौन सम्पर्क गर्न बाध्य हुने अवस्था पुरुषहरुले तयार पार्छन। यो यौन शोषण लागतार वा नियमित हुने गर्दछ।

बलात्कार (Rape) के हो?

बलजफती योनिमा लिंग घुसाउने कार्यलाई बलात्कार भनिन्छ। परिभाषाको कुरा गर्ने हो भने “अनिच्छित यौन सम्पर्कलाई” बलात्कार भन्ने गरिएको छ वा “ईच्छा विपरितको यौन सम्पर्क”लाई बलात्कार भन्ने गरिन्छ। सारीरिक क्षति जस्तै कोपार्ने, चिथोर्ने, घाउ हुने, कराउने, दुख्ने बलात्कार भित्र पर्दछ। यसमा पिडकले बलको अत्याधिक प्रयोग गर्छ। अधिकांस अवस्थामा बलात्कृत हुने महिलाले भौतिक प्रतिकार गरिरहेकि हुन्छिन। तर अनिच्छित सम्पर्कमा पिडितले बलात्कृत भईरहदाको जस्तो प्रतिकार गर्दिनन । बलात्कारमा सारीरिक र मानसिक क्षति धेरै हुन्छ। अनिच्छित यौन सम्पर्कमा सारीरिक कम मानसिक क्षति बढि हुन्छ।

May be an image of text that says 'ST "P RAPE'

No comments:

Post a Comment