विकल्प अधिकारी:- पुर्विय दर्शनमा समयको व्याख्या वैदिक ज्योतिष शास्त्रमा लिखित छ। यसै अनुसार हाम्रो वर्ष, ऋतु, महिना, दिन, घडि, पला आदि सम्पुर्ण निर्मित छन र प्रयोगमा पनि आईरहेका छन। पृथ्वी र चन्द्रमा सुर्यको अधिनमा रहेर घुम्ने चक्र र चरणलाई विभिन्न समयमा ढालिएको हो। पृथ्वीले आफ्नो कक्ष एक पटक घुम्नुलाई दिन/रात भनिन्छ। पृथ्वीले सुर्यलाई एक फन्को लागाउने समयलाई एक वर्ष भनिन्छ। यस क्रममा विभिन्न ऋतु परिवर्तन हुँदै जान्छन।
त्यसै गरि चन्द्रमाले पृथ्वीलाई एक फन्को गाउने समयलाई महिना भनिन्छ। २७ दिनमा एक फन्को लगाए पनि यसलाई अधिकमास र मलमासले मिलाउने उत्कृष्ट विधि छ। यसमा पक्ष १५ दिनको र शुक्लपक्ष १५ दिनको हुन्छ। यसै गरि हाम्रो वैदिक शास्त्रमा वर्ष, महिना, हप्ता, दिन, अहोरात्र, प्रहर, मुहुर्त, घडि, पला, काष्टा, निमेष, तत्पर र त्रुटि गरि समयलाई शुक्ष्म भन्दा शुक्ष्म भागमा विभाजन गरिएको छ।
साधारण मानिसले दिन रात र विभिन्न ऋतुहरु प्रत्यक्ष अनुभव गर्दछन। तिक्ष्णता र गहन क्षमताले दिन र रात बाहेक अरु समयको अनुभव गर्न सकिन्छ भन्ने कुरा हाम्रो पुर्विय मान्यतामा छ। Year, Month, Day, Night, Hour and Second बुझेपनि यि वाहेकका समयको खण्ड ज्योतिष शास्त्रमा वैज्ञानिक ढंगले गरिएको पाइन्छ। हाम्रो पात्रो धेरै वैज्ञानिक छ पश्चिमी पात्रोको तुलनामा।
अहोरात्रम्। १ दिन र रातको (२४ घण्टा) समयलाई अहोरात्र भन्ने जनाउँदछ। अह: भन्नाले दिन र रात्रम् भन्नाले रात जनाउँछ। १ दिनमा (२४ घण्टा) ८ प्रहर हुन्छन। हरेक प्रहर ३ घण्टाको हुन्छ। यसै गरि हरेक अहोरात्रमा ३० मुहुर्त हुन्छ। हरेक मुहुर्तको आफ्नै नाम छन। र यि प्रत्येक मुहुर्त अनुसार के गर्नु राम्रो वा शुभ हुन्छ भन्ने निश्चित गरि छुट्टाईएको हुन्छ। उदारहणका लागि ब्रह्म मुहुर्तमा उठ्ने वा जागा हुनु पर्दछ भन्ने वैदिक मान्यता छ। यि हरेक मुहुर्तलाई २ घडिमा विभाजन गरिएको छ। हरेक घडिलाई ३० कलामा विभाजन गरिएको हुन्छ। यसैगरि काष्टा, निमेष, तत्पर र त्रुटिमा विभाजन पनि गरिएको छ। यसै गरि पुर्विया मान्यतामा समयको सबै भन्दा सानो ईकाईलाई त्रुटि भनिन्छ। २९.६ माईक्रो सेकेन्डलाई एक त्रुटि भनिन्छ।
यो भन्दा बृहत र शुक्ष्म समयको व्याख्या पनि ज्योतिष शास्त्रमा वर्णन गरिएको छ।
उदाहरणका लागि देवहरुको ३६५ दिनको एक १ देव-अहोरात्र (१ दिन) निश्चित गरिएको छ। देवताहरुको लागि २६० वर्षको १ देव-वर्ष बताईएको छ। यसै अनुसार सत्य युग (१७२८००० पृथ्वी वर्ष), त्रेता युग (१२९६००० पृथ्वी वर्ष) द्वापर (८६४००० पृथ्वी वर्ष) कलि युग (४३२००० पृथ्वी वर्ष) चतुर्युग (४३२०००० पृथ्वी वर्ष) कल्प (४३२००००००० पृथ्वी वर्ष) निर्धारण गरिएको छ। यो कल्प सकिएपछी बह्मको समय सुरुहुने बताईएको छ। यसै गरि १ कल्प बराबर ब्रह्मको १ दिन हुने भनिएको छ। यसकालागि पृथ्वी चन्द्रमा र सुर्य मात्र नभएर तारा नक्षत्र र ब्रह्माण्डको समयको मापन गरेर रचिएको छ।
यसमा ब्रह्माण्डको उत्पतिको समयचक्र देखि सुर्य र पृथ्वीको उत्पति र अन्त्यको सबै अकाट्य विस्तार गरिएको छ। हाम्रो ऋषिमुनि, सन्त, महात्मा र द्रस्टाहरुको ज्ञानले गन्न मात्र जानेका होईनन यसको अर्थ र महत्व सहितको वैज्ञानिक विश्लेषण पनि गरेका छन। बृहत समयको मापन सगै शुक्ष्म भन्दा पनि शुक्ष्म समयको मापन पनि पुर्विय ज्योतिष शास्त्रमा वर्णन गरिएको छ। चाखलाग्दो कुरा के छ भने यि हरेक समय चाहे अणुचक्र (Atomic Cycle) होस वा ब्रह्माण्ड (Cosmos Cycle) यि सबैको व्याख्या गरिएको छ। पश्चिममा पात्रोमा यस्तो पाइँदैन।
त्यसैले पृथ्वी, चन्द्रमा, तारा नक्षत्र र सुर्यको अन्तर्सम्बन्धको ठुलो महत्व छ। तिथि महिना र मुहुर्तका आधारमा पृथ्वीमा भएका चाडपर्व, चालचलन, पुजाआराधना, धार्मिक अनुष्ठान गर्ने हिन्दु परम्परा छ। हाम्रो ज्योतिष विज्ञान अत्यन्तै परिष्कृत तथ्यपरक र अकाट्य छ।
हाम्रो जोगाऊँ।
आफ्नोमा गर्व गरौँ।
मौलिकता जोगाऊँ।
हाम्रोलाई अन्तराष्ट्रियकरण गरौँ।
अरुको दास नबनौँ।
स्रोत:- मैले हिन्दु ग्रन्थ, वैदिक पात्रो, पन्चाङग पात्रो, विभिन्न वेभसाईट र आफुले जानेका कुराहरु मिलाएर लेखेको हो।

No comments:
Post a Comment