तर यहाँ उल्लेख गर्न खोजिएको शब्द फण्डित हो। फण्डित किन भनियो ? फण्डित शब्दले कसलाई ईङ्गित गर्छ ? खासमा फण्डितहरुले के कस्ता कृयाकलाप गर्छन भन्ने कुरा यस लेखमा बुझाउने प्रयन्त गरिएको छ।
यो शब्दको उच्चारणबाट सुरु गरौ। पश्चिमाले नेपाललाई नेपाल नभनेर उच्चारण गर्दा ‘नेफोल’ भन्छन। उनीहरुले तपाईलाई उच्चारण गर्दा ‘तफाई’ भन्छन। त्यस्तै गरि उनीहरु पण्डितलाई उच्चारण गर्दा पण्डित नभनेर फण्डित भन्छन। टुईटर जस्ता सामाजिक सन्जालमा पनि पश्चिमाले उच्चारण गर्ने शब्दलाई जस्ताको तस्तै लेख्य भाषामा फण्डित भनेर लेख्न थालिएको छ। कस्तालई पण्डित भन्ने र कस्तालाई फण्डित भन्ने जानौ। पण्डित कस्तालाई भन्ने र को पण्डित हुन र यसको माने वा डिफिनेसन माथी नै भनियो।
फण्डित को हुन जानौ। यस्ता ब्यक्ति फण्डति हुन जसलाई हिन्दु ईत्तरका विषेश गरि पश्चिमा दर्शन कण्ठस्थ छ। यस्ता ब्यक्ति जस्ले नेपाली भएर पश्चिमा केन्द्रित विश्व दृष्टिकोण राख्छन। यस्ता ब्यक्ति जसले आफ्नो मौलिक, धार्मिक, सांस्कृतिक प्रचलनलाई धृणा गर्दछन र आधुनिक, अधार्मिक र पश्चिमा जीवनशैलीको वकालत गर्दछन। यस्ता ब्यक्ति जसको दानापानीको स्रोत नेपाल र नेपाली नभएर विदेशी हुन्छ। यस्ता ब्यक्ति जो समाजशास्त्र, राजनीतिशास्त्रमा, जातीयता, महिला, विभेद र असमानता सम्बन्धी मात्रको तर्कवितर्क गर्ने गर्दछन र यिनमा यिनिहरुको विज्ञता रहेको पाईन्छ। यिनै कुराहरु फण्डितहरुको चरित्र हुन भनेर बुझिन्छ। यस्ता ब्यक्ति जस्को दिमाग कम्युनिष्ट विचारधारा र पश्चिमाको वैचारिक प्रदुषणको कक्टेलले भरिएको छ भनेर बुझ्न सकिन्छ।
फण्डितको Fund
फण्डितको अर्को विशिष्ट पहिचान छ। त्यो हो फण्ड। फण्डितको शब्दको ’फण्ड’ले के इङित गर्छ भने फण्डितहरु Fund बाट स्नचालित हुने गरेका छन। टुईटरमा रमाईलो पाराले लेखेपनि अर्थमा सहि लाग्ने "फण्डित" शब्द अंग्रेजीको "Fund eat" बाट आएको आगन्तुक शब्द हो भनेर मुल्ला नसरुद्धिन नामक टुइट प्रयोग कर्ताले लेखेका छन। "फण्ड इट" बाट अपभ्रंश भै कालान्तरमा "फण्डित" भएको हो भनेर भाषाविदहरु सुझाउंछन् । यस्ता फण्डहरु आइएन्जियो, एनजीयो, स्वदेशी तथा विदेशी छात्रवृत्ति, ट्रान्सलेसन, अनुदान, अनुसन्धानका नाममा आउने पैशा प्रायोजित रुपमा उनीहरुलाई उपलब्ध हुने गरेको भेटिन्छ। यि फन्ड नेपाल सरकारको हुदैन। सरकार मार्फत आएपनि दाताहरु पश्चिमा नै हुन्छन। फण्डितहरु पत्रकार, लेखक, स्तम्भकार, प्राध्यपक, साहित्यकार, अभियान्ता र अधिकारकर्मिका रुपमा बढि परिचित छन भनेर सहजै अनुमान गर्न सकिन्छ। टर्रो शब्दमा वा गाली गर्ने भाषामा उनीहरुले प्राप्त गर्ने फण्डलाई विदेशीको ‘हण्डी खाने’ वा ‘डलरे’ भनेर भनेको र लेखेको पाईन्छ। विदेशिले यि फण्डितहरुलाई साम, दाम, दण्ड र भेदको आधारमा नियन्त्रण गर्ने परिपाटी छ। साम र दाममा नै धेरै फण्डित विकेका हुन्छन। यो ‘विदेशिको हण्डी खानेमा’ नेपालका ४ हजार जती गन्यमान्य मानिसहरु छन भनेर दाबि गरिन्छ।
मोहन बन्जाने लेख्छन, फण्डितहरुले मुख्य गरेर नेपालीको धर्म (religion), संस्कृति (culture), चाडपर्व र परम्परा (Festival and Traditions) जीवनशैली (Lifestyle), मुल्य (Values), सामाजिक सदभाव, धार्मिक सहिष्णुता र मान्यतामा (belief system) आक्रमण गर्दछन। तर नेपाली समाजको सम्पत्ती भनेको, राज्यको आधार भनेको र नेपालीको अपनत्वको आधार नै यिनै माथि उल्लेख गरेका कुराहरु हुन। फण्डितहरुले भौतिक पुर्वाधार, खेलकुँद, वैज्ञानिक अनुसन्धान, चिकित्सा, बिकास निर्माणमा कम काम गर्दछन। नेपाली समाजको आधारशीला मास्नु उनीहरुको पहिलो लक्ष्य हो। सोझो भाषामा भन्नु पर्दा नेपालीलाई आफुले मानिआएको परम्परामा भ्रम खडा गराएर उनीहरुलाई नै आफै विरुद्ध लाग्ने बनाउनु पहिलो लक्ष्य हो।
यस्तो किन हुन्छ भन्ने प्रश्नमा विश्लेषक विनोद न्यौपाने भन्छन, पश्चिमाले योरोप केन्द्रित भनिने ज्ञानपद्धतिको कारण आफ्नो सभ्यता, संस्कृति, जीवनशैली आदिलाई विश्वको सर्वश्रेष्ठ सभ्यता, सर्वश्रेष्ठ संस्कृति, सर्वश्रेष्ठ जीवनशैलीका रूपमा परिभाषित गर्ने गर्दछन। विश्वका अन्य सभ्यतामाथी यही योरोप केन्द्रित दर्शन लाद्न चाहन्छन। उनिहरुको के ठान्दछन भने नेपालीले आफ्नोपनलाई त्यागे भने उक्त खाली ठाँउमा आफ्नो कुरा लाद्न ठाउँ पाईन्छ। उदाहरणका लागि उनीहरु काँधमा भिर्ने जनैको विरोध गर्दछन र घाँटिमा लगाउने टाईको समर्थन गर्दछन। उनीहरु नेपाली भाषाले अरु भाषा मास्यो भन्छन तर अंग्रेजीको प्रभाव बारे बोल्दैनन। उनीहरु बाघचाल खेललाई भन्दा चेसलाई बढि महत्व दिन्छन। उनीहरु अंग्रेजी बोल्नलाई प्राथमिकता दिन्छन संस्कृत वोल्नलाई असजिलो मान्छन ।
राजनीतिक अभियन्ता निर्मलमणी अधिकारी भन्छन विशेष गरि फण्डितहरुको अन्तर्वार्ता, लेख, रचना र अन्य जागरण वा अभियान भनिने कार्यक्रम मार्फत बाक्लो चाहलपहल गर्छन। यसका उदाहरण स्वरुप नेपालका अग्रणी मानिएका पत्रपत्रिका, अनलाईनमा, उनिहरुको गतिबिधिको सहजै देख्न पाईन्छ। फण्डितहरुको पक्षपोषणका लागि उनीहरुलाई विदेशि भ्रमण गराईन्छ, आइएन्जियोको परामर्श राखिन्छ, फण्डितहरु संलग्न एनजीयोमा योजना र पैशा पारिन्छ, फण्डितहरुलाई छात्रवृत्ति उपलब्ध गराईन्छ, अनुदान दिईन्छ, अनुसन्धानका लागि रकम जुटाईन्छ र निरन्तर सभा, गोष्टि, बैठक छलफल गराईन्छ। टिभिमा टक सो र कुरा गर्न, पुस्तकका वार्तामा छनौट गर्ने, कुनै विषयमा मन्तब्य दिन, पत्रपत्रीकामा लेख छपाउने जस्ता कार्यमा यिनीहरुलाई पहिलो प्राथमिकता दिईन्छ। राष्टि्य र अन्तराष्ट्रिय पुरस्कार दिन, अवार्ड बाँड्न, सम्मानित गर्न यिनीहरुलाई नै छानिन्छ। यस्तो भ्रम छरिन्छ कि मानौ यि ब्यक्तिहरु नेपालका ठूला मान्छे हुन। गन्यमान्य हुन। यिनका कुरा शिरोधार्य गर्नु पर्छ भन्ने वातावरण बनाईन्छ। यसरी लगातार चर्चा गरिदा सर्वसाधारण र बौद्धिक तहमा पनि फण्डितहरु विज्ञ हुन जस्तो भ्रम पर्न जान्छ।
जस्को गीता उसकै सिता
फण्डितहरुले काम गर्ने निश्चित क्षेत्र हुन्छ। विभिन्न प्रकारका फण्ड उपलब्ध गराउने संस्थाले तोकेको निश्चित कार्यक्षेत्रमा उनिहरुले काम गर्दछन। ति काम गर्ने क्षेत्र पनि तोकिएको हुन्छ। उदाहरुणका लागि मार्टिन नामका विदेशीको नाममा खोलेको अनुसन्धान गर्ने संस्थाले नेपालमा मनाईने चाडपर्वको महत्व यसका सकारात्मक प्रभाव भन्ने बारेमा कहिले पनि अनुसन्धान गर्दैन। बोद्ध, वोन र किरात धर्मको लोप हुनुका कारण बारे कहिले पनि अनुसन्धान गर्दैन। तराईका थारुको खानपिनबारे कहिले पनि अनुसन्धान गर्दैन। नेपाली बीचको सांस्कृतिक एकता र धार्मिक सहिष्णुताबारे कहिले आफ्नो अनुसन्धानको विषय बनाउदैन।
यसका अलवा उसले ईशाईको नेपालमा प्रभाव र फैलिनुका कारणबारे अनुसन्धान गर्छ। ‘नेपालमा लैङिग विभेदको जरो हिन्दुत्व किन र कसरी’ भन्ने शिर्षकमा अनुसन्धान गर्छ। नेपाली समाजका कुप्रथा र रुढिवादि चालचलन भन्ने बारे अनुसन्धान गर्छ। यिनै अनुसन्धानलाई आधार मानेर प्रमुख मिडियामा लेख रचना छापिन्छन। गोष्टि र छलफल गराईन्छन। लैङिक समानता, जातीय भेदभाव, भाषिक उत्पिडन, धार्मिक चलन, जनजातीको अधिकार र पहिचान जस्ता निश्चित घेरामा रहेर अध्ययन गर्ने गराउने प्रचार प्रसार गर्ने यिनीहरुको मुल काम हो। महिला, जनजाति, आदिबासी, भाषा, मानवाधिकार, न्याय, पहुँच, कुरिति, चालचलनमा फण्डितहरुको मुल कार्यक्षेत्र हो। प्राध्यापक पिताम्बर शर्मा लेख्छन खासगरी २०६२-६३ पछि नाम चलेका दुई तिन वटा अनुस्नधान गर्ने र ‘पियर रिभ्यु’ गरेर ‘जर्नल’ छाप्ने संस्थाहरुले धेरै जसो विदेशि अनुदानमा काम गरे। यि संस्थाले समाजशास्त्र, राजनीतिशास्त्रमा, जातीयता, विभेद र असमानतासम्बन्धी अध्ययनमा मात्र काम गरे। अरु क्षेत्रमा भने अध्ययन अनुसन्धन हुन पाएन। उनी भन्छन अन्य क्षेत्रमा कसैले रकम दिदैन न दाताले न नेपाल सरकारले। यस्तो किन हुन्छ त भन्दा विदेशीहरु यही निश्चित क्षेत्रमा काम निर्देशन गर्दछन र यसै अनुरुप पैशा दिने गर्दछन। यस्तै कामको लागि फण्ड आउँछ। यस्तै अनुसन्धान त्रिभुवन विश्वबिध्यालका विभिन्न विभागबाट गराउन फण्ड जुटाईन्छ र छात्रबृत्ति दिलाईन्छ। यि सबै दाताकै पैशाले हुन्छ। हाल त्रिवि र केयुको केहि विभागको चहलपहल यसको उदाहरण हो।
फण्डितको कुकर्म
गरीब मुलकमा भष्टाचार एक रोग हो। त्यो पनि क्यान्सर जस्तो कहिले निको नहुन बरु फैलिरहने रोग। यि भष्टाचारीले देश भित्रै साँठगाठ गरेर नेपालीकै पैशा लामाहात गरेर खाने गरेका छन। यो सबैले थाहा पाएकै छन। यस भष्टाचारमा उनीहरुले पैशामात्र खाएका हुन्छन। तर फण्डितहरुले यि भष्टाचारी भन्दा पनि खराब काम देशद्रोह गरिरहेका हुन्छन। राष्ट्रको पहिचान भनेको कला र संस्कृतिलाई लिईन्छ। फण्डितहरुले विदेशिको पैशामा आफ्नो समाज र देशको मुल तत्व संस्कृतिलाई (कल्चरलाई) भित्रभित्रै सिध्याउने काममा लागिरहेका हुन्छन। हाम्रो संस्कृतिलाई आलोचना गर्ने, भ्रम फैलाउने, दुस्प्रचार गर्ने र अन्देखा गर्ने उनिहरुले गरिराखेका छन। हाम्रो संस्कृतिको सकारात्मक कुरामा मौन बस्ने नकरात्मक कुराको तिललाई पहाड बनाउने कार्य गर्दछन। फण्डितहरुको यस्तो कार्य एक देशद्रोहिले गर्ने समानको काम हो। डाक्टर जगमान गुरुङ भन्छन, कुनै देशले युद्धमा पराजित भई भूमि गुमाए अर्को पुस्ताले युद्ध गरेर पनि फिर्ता लिन सक्छ। तर कुनै मुलुक सांस्कृतिक रूपमा समाप्त गरिए त्यो पराजय सधैंका लागि हुने खतरा हुन्छ। विदेशिले फण्डितहरुलाई नेपाली पहिचान र संस्कृति मास्न ‘सफ्ट पावर’को रुपमा प्रयोग गरेका छन।
यि फण्डितहरु विदशिको पैशा वा तलब खान्छन। मोहन बन्जाडे भन्छन आईएनजियोको पैशा विदेशि हुन्छ। यि पैशा र सस्था नेपाली होईनन। विदेशिको पैशा खाने विदेशिको सेवा गर्ने यिनीहरुको मुल काम हो। यस्ता आइएनजीयो नेपाली नागरिकले खोलेका होईनन। यो विदेशिले खोल्छन। विदेशिले कार्यक्रम बनाउँछन। आइएनजिओहरू त्यस्ता अन्तर्राष्ट्रिय संगठनहरू हुन्, जो कुनै पनि राज्यबाट सन्धि गरिएका या निर्माण गरिएका हुँदैनन्। यस आईएनजियोको उच्चतहमा विदेशि नै काम गर्छन। साँचो भन्नु पर्दा यिनीहरुको बाहिरी उदेश्य नेपाली समाजको सेवा गर्नु हो। तर न तिनीहरु देशको सेवा गर्छन न समाजको सेवा। यिनीहरु आफ्नो भित्री उदेश्य नेपाली संस्कृति मास्नु हो। यही कुरा मास्न फण्डितहरुलाई काममा लगाउछन। यसको केन्द्रिय जिम्मेवारी आईएन्जियोले लिएका छन।
कृष्ण सुवेदी भन्छन विश्वमा आइएनजिओहरूको संख्या दोस्रो विश्वयुद्ध अर्थात् सन् १९५० सम्ममा ३२० को हाराहारीमा रहेको पाइएको थियो। उक्त सङ्ख्या बढेर सन् २०२० मा आउँदा यो करिब ५१ हजार पुगेको अनुमान गरिन्छ। नेपालमा हालसम्म ५५ हजार ३४७ वटा गैसस समाज परिषद्मा आबद्ध भएको देखिन्छ । नेपालमा सर्वप्रथम सन् १९६१ मा पिसकोर नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) भित्रिएको पाइन्छ। त्यसपछि खोलिएको दोस्रो ठूलो आइएनजिओ चाहिँ एकेडेमी फर एजुकेसनल डेभलपमेन्ट (EAD) हो। यसको मुख्य उद्देश्यचाहिँ शिक्षालाई आधुनिकीकरण गर्नु थियो । त्यस अगि नेपालमा गुरुकुल शिक्षा पद्धति चलिरहेको थियो। समाज कल्याण परिषका अनुसार नेपालमा २०२० सम्ममा २६० वटा आइएनजिओहरू सञ्चालनमा छन् ।
विश्लेषक विनोद न्यौपाने दाबि गर्छन आइएनजिओहरूले नेपालका हरेक सरकारी कार्यालयदेखि अड्डा अदालतसम्म आफ्नो पकड जमाएका छन्। उनिहरुको प्रभाव जताततै छर्लङ्ग देखिन्छ। भनिन्छ हाल विभिन्न मन्त्रालय र सर्वोच्च अदालतमा गरी १६ तथा अन्य चार निकायमा विदेशी प्रोजेक्ट सञ्चालनमा छन् । नेपालमा अहिले गैससहरूले अनुमानित ९१ अर्बका विभिन्न प्रोजेक्ट चलिरहेका छन् । फण्डितहरुको दालभात भनेपनि सिता भनेपनि यिनै मार्फत चल्दछ। त्यसैले उनिहरुले नुनको सोझो गर्दछन। ठूला रकम भने धेरै विदेशि संस्थाले हाल स्कुल, अस्पताल, बालबालिका र आश्रममका नाममा लगानी गर्दछन। यसको रकम हत्तिको देखाउने र लुकाउने दुई दात जस्तो हुन। यि संस्था भनेका फण्डितहरु खुट्टा अड्याउने ठाउँ हुन ।
कृष्ण सुवेदीको भनाईमा भन्ने हो भने दोस्रो विश्वयुद्धपश्चात् विशेष गरेर पश्चिमा देशहरुले आफ्नो भाषा संस्कृति विचार र अवधारणा विश्वाभरि फैलाउन संयुक्त राष्ट्रसंघ, विश्व ब्याङ्क तथा अन्तराष्ट्रिय मुद्रा कोष आदि संस्थाहरूको स्थापना गरे। उनीहरुले सफ्ट पावर नीतिबाट आफ्नो संस्कृति विश्वभरि फैलाए। यीनै कुरा प्रवर्धन गर्न हजारौ आइएनजीयोहरु खोलिए र तिनले सम्वन्धित देशका नागरिकलाई पक्षपोषण आजको दिन सम्म निरन्तर गरिराखेको छ। अहिले देशभर एक हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था सक्रिय रहेको समाज कल्याण परिषद्को तथ्यांकले देखाउँछ । उनीहरूको वार्षिक बजेट १८ अर्ब रुपैयाँ हाराहारी छ । त्यस्तै, २३० अन्तर्राष्ट्रिय गैससको बजेट १९ अर्बभन्दा बढी छ ।
वैचारिका जालो (Ideological trap)
फण्डितहरुले पश्चिमाको वैचारिक जालोमा परेर आफ्नै मुलुकमा मन्द विष रोपेका हुन्छन। उनीहरुले यस्ता भाष्य बनाईदिन्छन सोहि भाष्य फण्डितहरुले निरन्तर दोहोराई रहन्छन। उनीहरुलाई वैचारिक जालोमा यानेकी (Ideological Trap) मा पारिन्छ। डाक्टर तथा प्राध्यपक निर्मलमणी अधिकारी भन्छन उनीहरुलाई के सिकाईन्छ भने पश्चिमाले भनेको जस्तो मान्यो र गर्यो भने देशमा विकास हुन्छ। संमृद्धि आउछ र देश सम्पन्न हुन्छ। हालको गरीबी र उन्नतीको वाधक तिमिहरुको गलत परम्परा, सोच र प्रणालीको उपज हो। यदी यसलाई सुधार गर्यौ भने तिमीहरुको राम्रो हुन्छ भनेर सिकाईन्छ। उनीहरु यही कुरा लादिरहन्छन र नेपालका फण्डितहरु पुर्ण विश्वास गर्छन कि यो उनीहरुले भनेकै कुरा ठिक हो यसमा कुनै दायाबाया हुदैन।
यस्ता भाषा र कुरा फण्डितहरुलाई गुरु मन्त्र जस्तो हो। चेन अफ कमाण्डमा राख्न जसरी सेना वा पुलिसमा तालिम हुन्छ हो त्यसरी फण्डितहरुलाई तालिम दिएर वैचारिक जालोमा पारिन्छ। यसका लागि पैशा र विचार आधाआधा दिन्छन। एक हातमा पैशा अर्को हातमा विचार। लगातार दिईने सुचना, विश्लेषण र धारणाले उनीहरुले आफु पनि र अरुलाई पनि यही विचार ठीक हो भन्ने पारेका हुन्छन। लगातार दोहोराउँदा यो कुरा जनताको भष्य बनेको हुन्छ र मानिसको दिमागमा रहिरहन्छ। चिनका माओले भनेजस्तै यदि असत्य १००० पटक दोहोराईयो भनेपनि त्यो सत्य हुन जान्छ। यो नै पश्चिमाको नरम युद्ध गर्ने हतियार हो।
भनिन्छ “तपाई भिड्मा अग्लो हुनु छ भने आफु भन्दा अग्लो मानिसको खुट्टा काट्नु”। त्यसपछि तपाई स्वत: अग्लो हुनुहुनेछ। यहि सिद्धान अनुकुल पश्चिमाहरुले आफुसँग विमति राख्ने देश वा सभ्यता वा समाज वा मानिस प्रति यही अर्काको संस्कृति मास्ने र आफ्नो हैकम जमाउने कार्यमा लागिरहेका छन। लेखक तथा अध्यता शौरभ लेख्छन मुलुकलाई सांस्कृतिक रूपमा आक्रमण गर्दा त्यो मुलुकको शिक्षा, धर्म, परम्परा, संस्कार, प्रचलन, व्यवहार, भाषा, गीत, संगीत, कला, सामाजिक सद्भावका सूत्रलाई विस्थापित गर्न नै आक्रमण गरिन्छ। उनिहरुले सभ्यता भत्काउने, कमजोर पार्ने भ्रमित गर्ने वा कुण्ठित बनाउने मध्ये जे र जति सक्यो त्यति गर्दछन।
नेपालमा पहिले सडकमा हिन्ने कुकुरलाई भुस्याहा कुकुर भन्ने गरिन्थो। यिनीहरु सडकमा चोकमा बस्दथे। यो भुस्याहा भन्ने भाषाले समेत अपमान गर्यो भनेर भुस्याहा भन्न नपाईने यसको सट्टा सामुदायिक कुकुर भन्न पर्ने वकालत गरे। यो ६२, ६३को जनआन्दोलन पछि भएको हो। पहिले लोग्ने मरेका महिलालाई विधवा महिला भनिन्थो। यो शब्दले महिलालाई हेप्यो भनेर एकल महिला भन्ने बनाईयो। एकल महिला भनेको एक्लो भएको साहारा नभएको भन्ने जनाउँछ। के मानिस पनि एक्लो हुन्छ? यो एनजियो र फण्डितले लादेका भाष्य हुन। यति मसिनो सानो सानो कुरामा नेपाली भाषा समेत मार्ने गरेर फण्डितहरु सक्रिय छन। स्वास्नी भनेको सुवासीनी हो भन्ने कुरा लेखक विनु पोखरेलले लेखेपछि धेरैले थाहा पाए। घरमा सुवास छर्ने भएकाले सुवासिनी भएको र पछि अपभ्रंस भएर स्वास्नी भएको कुरा थाहा भयो। स्वास्नी भनेको हेपाहा सम्वोधन भयो भनेर भन्न भन्न् थालियो। हिजोआज महिला अधिकारकर्मिले भन्न दिदैनन्। यस्ता साना साना कुरामा फण्डितहरु निरन्तर लागेका हुन्छन।
फण्डितहरु के गर्छन के गर्दैनन।
फण्डितहरु काम गर्ने संस्थाले हाम्रो सभ्यता, धर्म र संस्कृतिलाई असभ्य र विनासयोग्य ठान्छन् । कुनै पनि कुराको राम्रो र नराम्रो प्रक्ष हुन्छ। फण्डितहरु काम गर्ने कुनै पनि संस्थाले नेपालको यो कुरा राम्रो छ यसको प्रोमोट गरौ भनेको सुन्नु भाको छ? उदाहरुण जस्तै नेपालमा धार्मिक सहिष्णु राज्य हो मुश्लिम, बौद्ध, बोन, किरात झगडा नगरि आपसमा मिलेर बसेका छन भनेर यसलाई कसरी बढाउने भन्ने वारे कुनै कार्यक्रम ल्याउदैनन। यस्ता राम्रा पक्षका बारेमा कहिँ देख्नु भएको छ? किनकि यसलाई दाताहरुले फण्ड नै उपलब्ध गराउदैनन। नेपालका मुलधारका पत्रपत्रिका र अनलाईनमा नेपालीको पनि राम्रो पक्ष धेरै छ। हिन्दुहरुका धेरै कुरा राम्रा पनि छन। यो पुर्विय सभ्यताका पनि सकारात्मक पाटो छ। यसको प्रचार प्रसार गरौ । यसलाई बढाउँ। यो राम्रो कुरा सबैले थाहा पाउनु पर्छ भन्ने बारे लेख रचना १०० मा १० वटा पनि बल्ल बल्ल आउँछन। तर नेपाली समाजमा खराब मात्र छ भनेर १०० मध्य ९० वटा लेख आउँछन। यसरी फण्डितहरुले फेसबुक टुईटर मा बोलिरह्नछन। के नेपालमा नराम्रो मात्रै छ? फण्डितहरु यसमा बुझ पचाउँछन कि मौन बस्छन। नेपालीको देशभक्ति कसरी बढ्छ र राष्ट्रवाद प्रवर्धन कसरी हुन्छ, मुलुकको राष्ट्रिय एकता बसरी बढ्छ भनेर उनीहरुले कहिले पनि काम गर्दैनन। जुटाउन कुनै काम गर्दैनन फुटाउने लडाँउने भिडाने मात्र गर्छन।
जय पशुपतिनाथ!
पशुपतिनाथ सबैको रक्षा गरुन।

No comments:
Post a Comment