1/20/22

हजुरआमालाई भेटेपछि

विकल्प अधिकारी:- कोरोनाको कारण पृथ्वीवासीलाई सारै अफ्ट्यारो पर्यो। विशेष गरि हिडडुलमा। म पनि नेपाल जानबाट रोकिए। जसोतसो डिसेम्बर २० का दिन नेपाल जाने साईत जुर्यो। यो पटक म ६ वर्ष पछि म घर गएको थिएँ। दिउसो ३ बजेको होला बुबा र म सुन्दबजार घरमा पुग्यौ। बुबा मलाई लिन काठमान्डु जानु भएको थियो। यसैले हामी सगै फर्किएका थियौ। पिडिमा झोला राख्ने वित्तिकै हजुरआमालाई गएर हात छामेर सोधे। चिन्नु भयो? चिनिन भनेर मुन्टो हल्लाउनु भयो। पिडिमा सुतिरहनु भएको रहेछ। पुषका धाम न्यनो गरि लागेका थिए। मैले म विकु भनेपछि अब त चिने भन्नु भयो।


आखाँ देख्दिन र कान सुन्दिन भन्नुभयो। सरीर नियालेर हेँरे। मलाई लाग्यो हजुरआमाको काया बुढो भयो। जीउ सुकेर सानो भएछ। हाड छाला मात्रै। छाला भित्रका नशा निला र प्रष्ट देखिएका। बोली भने अझै उस्तै टाठो थियो। लामो कुराकानी गर्न छाड्नु भएछ। छोटो कुरा गर्ने अनि रोकिने। केहि कुरा विर्सन पनि थाल्नु भएछ। भर्खरै भनेको कुरा फेरि दोहोराएर भन्नु पर्ने। तर पनि धेरै कुरा भने सम्झनु हुन्छ। मानिस जीवनमा यस्ता दुईवटा क्षण यस्तो आउने रहेछ जहा ईच्छा छैन। लोभ छैन। केहि गर्न न मन छ न शरीर। अलिकति खायो पुग्ने। एक जोर लगायो, भयो। हिडडुल गर्न सकिदैन। नया केहि गर्न सकिदैन। हजुरआमाकै भाषामा मात्र काल पर्खने वस्ने। बाटोमा के खायौ भनेर २ ३ पटक सोध्नु भयो। खाना खाईएन भने पछि। खाएर हिडेका कि नखाई भन्नु भयो।

काठ्मान्डु बाट जाँदा यो प्रश्न जहिले सोध्नु हुन्थ्यो। धोति र पेटिको उभो उभो सरेर एक्कै ठाउँमा पोको परेका। लुगा भने बाक्लै लाउनु भएको थियो। विहान उठेर बाहिर पिडिमा आएपछि साझ खाना खाएर मात्र भित्र जानु हुन्थो। दिनभरी एकै ठाउँमा कहिले टुक्रुक्क कहिले सुत्नु हुन्थो। टाउको घुडामाथी अड्याएर घोसे मुन्टो लगाएर बस्दा किन होला त्यो गर्नु भा जस्तो लागेको थियो मनमा मलाई। एक पटक घाँटि गल्छ त्यसैले भन्नु भयो। मेरो मन अमिलो भयो। आँखा रसायो। कति राखेको मलाई। खोई लाँदैन। कति हो कति बाँच्ने भनिरहनु भयो। म परमात्माको खटन भनिदिन्थे। हजुरआमाले लादैलादैन। लादैलादैन भन्नु भयो ।

विहान आफै उठ्ने। विस्तारै भित्ता समात्दै समात्दै वाहिर आउने। आगनको डिलमा धारो र ट्वाईलेट छ। ट्वाईलेट गएपछि हात मुख धुने। आफै पिडिमा आएर बस्ने हजुरआमाको दैनिकी हो।
बाकी केहि भिडियोमा। 

भिडियो १। हजुर बाका प्रसंग हजुरआमाको मुखबाट। 


भिडियो २। घरायसी कुराकानी ।

भिडियो ३। 



भिडियो ४ ।


No comments:

Post a Comment