1/27/22

लक्ष्मी नारायणको मन्दिर:- A case study of History of Laximi Narayan Temple

मेरो घर सुन्दरबजार स्थित एक प्राचीन नारायणको मन्दिर छ। यसलाई लक्ष्मी नारायणको नामले पनि चिनिन्छ। हामी नारायण थान पनि भन्छौ। मैले यो मन्दिर कसले र कहिले बनाएको होला भनेर केही ऐतिहासिक सामाग्री खोजबिन गरे। इतिहासको बारेमा अध्ययन गर्ने विभिन्न विधिहरू हुन्छन। यस मन्दिरमा प्रयोग भएका इट्टा एक अध्ययन गर्ने विषय हुन सक्छ जस्तो लाग्यो। यस मन्दिरका बारेमा आज सम्म उल्लेख भएका वा जानकारी भएका सामग्रीहरु पनि हेरे। मैले गरेको प्रारम्भिक चरणको अध्ययनबाट यस्तो थाहा लाग्यो ।
पहिलो भागमा मैले मन्दिरमा प्रयोग भएका इँट्टाको बारेमा केही खोज पनि गरे। अध्ययनका क्रममा हाल सम्म पाएको जानकारी अनुसार

१......... यस मन्दिरमा आकार हिसाबले १० भन्दा बढि र प्रकारका हिसाबले ५० भन्दा बढि थरीका ईँट्टा प्रयोग भएको पाइन्छ। तल देखाइएको तस्विर। स्रोत म आफै। समग्रमा बाहिर र भित्र गरे ५०० (अनुमानित) जति ईट्टा प्रयोग भएको देखिन्छ।
२...... यस्ता ईट्टा प्राचीनकालमा कुन समयमा गरिन्थ्यो भन्ने हिसाबमा भन्ने हो भने मल्लकालीन र लिच्छवीकालीन समयमा पुगिन्छ। त्यसबेला बुट्टेदार ईट्टा प्रयोग भएको पाइन्छ। यस किसिमका बुट्टेदार ईट्टा काठमाण्डु उपत्यकामा प्रयोग भएका देखिन्छन। यस नारायण मन्दिरको ईट्टा पनि लिच्छवीकालीन ईट्टा हुन कि भनेर अनुमान लगाउन सकिन्छ। नेपाल उपत्यकामा प्रयोग भएका बुट्टेदार मूर्ति कुदिएका ईट्टा त्यसै समयमा प्रयोग भएको पाईयो। किनकी लिच्छवीकालीन समयलाई नेपालको स्वर्ण काल मानिन्छ। नेपालको इतिहासमा ईश्वी २०० देखि ८७९ को समयलाई लिच्छवीकालीन समय मानिन्छ। तर एक प्रश्न आउँछ त्यसबेला उपत्यकामा प्रयोग भएका ईट्टा कसरी लमजुङ लगियो। लान नसकिने त होईन तर काठ्मान्डुबाटै लगियो वा स्थानीय तहमा बनाईएको हो भनेर भन्न थप अनुसन्धान गर्नु पर्ने हुन्छ।
३........ संसोधन मण्डलले देशै भरिका पुरातत्व महत्वका सामाग्री तथ्य र प्रामाणिक कुराहरू मात्र प्रकाशित गर्दछ। उनीहरुले पूर्णीमा अङ्कमा छाप्ने गरेका थिए। यसै क्रममा यस लक्ष्मी नारायण मन्दिरमा प्रयोग भएका ईट्टा ९०० वर्ष अगाडिको भएको उल्लेख गरेको कुरा संसोधन मण्डलले प्रकाशित गर्ने गरेको पूर्णिका अङ्कमा छापिएको छ। यस अङ्कमा छापिएको तथ्य र प्रमाणमा आधारित हुने हुनाले अकाट्य मानिन्छ।
४........ केही ईट्टामा प्रयोग भएको बुद्धको जस्तो देखिने अनुहार र अर्को मङ्गोल अनुहार (आर्यवर्तको हैन) ले त्यसबेला हिन्दुको प्रभाव घट्दै र बुद्ध धर्मको भारतवर्षमा प्रभाव परेको कालखण्ड थियो कि भन्न सकिन्छ। भारत वर्षमा छैटौ शताब्दी पछि शंकराचार्य र आर्य भट्ट उदयपछि मात्र विस्तारै हिन्दुको पुनर्जागरण हुँदै गएको अवस्था थियो भन्ने इतिहास पाइन्छ। ईट्टामा किन त्यस्ता आकृति प्रयोगमा आयो भनेर यो मेरो तर्क मात्र हो। अनुमान मात्र हो।
५...... ईट्टाको कलाकृति हेर्दा विभिन्न जनावरको स्वरुप (जस्तै मुसो, चरा, बराह) मानव आकृति र विभिन्न भगवानको अनेक स्वरुप जस्तो देखिन्छ।
६...... राजा यशोब्रह्म शाह १५५० आषाढ १५ गते लमजुङको राजा भएका थिए। त्यस बखत तुर्लुङकोट र पुरानकोटमा राज मुकाम थियो तर उनले दाजु कालु शाह मारिए झै मारिने डरले गाउँसहरमा मुकाम बसाले। ५०० वर्ष अगाडिको त्यो दरबार अझै लमजुङमा सुरक्षित छँदैछ। उनका दुई छोरा थिए । नरहरि शाह र द्रव्य शाह। द्रव्य शाह गोरखाका र नरहरि शाह लमजुङका राजा भए। नरहरि शाहले बेसीसहरको राजकुलो, कर्पुटार राजकुलो, भोर्लेटारको राजकुलो र भोटेवडारको कुलो निर्माण गराएका थिए। लमजुङमा कचहरी घर, पूजाकोठा,
अखण्डदिप कोठा, दसैँघर पनि नरहरि शाहले निर्माण गरेका थिए। उनले लमजुङका कालीकामा बडादसैँ र चैतेदशैँमा पूजा गर्न राँगा, बोका, भेडाथुमे, सुँगुर, बोकाको बलिको ब्यवस्था गरेका थिए। त्यहाँ पर्व पर्वमा वेद, चण्डी, दुर्गाकवच, रुद्री पाठ गर्ने, पूजा आरतीको पनि व्यवस्था गरिदिएका थिए। यसै क्रममा उनले लक्ष्मीनारायण मन्दिर तार्कु (हाल सुन्दरबजार, पहिले तार्कु भनिन्थो), त्रिपुरेश्वर, कपुरेश्वर, ईशानेश्वर लगायतका मन्दिरको पुनर्निर्माण गराएर गुठीको ब्यवस्था गरेका थिए। यो कुरा वि स १६१६ - १६३० आसपासको कुरा हो। यो कुरा आज भन्दा लगभग ४५० सय वर्ष अगाडिको कुरा हुन आउँछ। हुन त राजा यशोब्रह्म शाहले विभिन्न सुधारका कामका सुरु पहिले नै गरिसकेका थिए। यस कुरा प्राचीन नेपाल नामक जर्नल प्रकाशित भएको छ।
७..... १७६८ मा चन्द्रशेखर पण्डित र लिलाधर पण्डितले यो लक्ष्मीनारायण गुठी स्थापना गरे भनिन्छ। यो कुरा उनीहरूले छाडेको धर्म पत्रमा छ भनिएको छ। तर यस नारायणको मन्दिर पहिले देखिनै रहिआएको र समय क्रममा स्थानीयले आफ्ना जग्गालाई लक्ष्मी नारायण गुठी दिएर अगाडी बढाउदै आएको चलिआएको देखिन्छ। यसरी नारायण मन्दिरलाई निरन्तरता दिएको देखिन्छ। मन्दिरलाई लमजुङको राजाले पनि गुठी स्थापना गरेको र पुनर्निर्माण गरेर निरन्तरता दिएको दिएको माथी नै भनियो। तर ८० वर्ष अगाडि जति मन्दिर र गुठी सञ्चालनमा यहाँका अधिकारी र पण्डित बिच विवाद हुँदा अब उप्रान्त विवाद नगरी मिलेर गुठी सञ्चालन गर्ने गरि सम्झौता भएको कागजपत्र फेला परेको भनिएको छ। पण्डितहरू तनहुँबाट र अधिकारीहरू दुराडाँडाबाट बसाइ सरेर त्यही तार्कुमा आवादी गर्दै समयक्रममा बस्दै गएका हुन। त्यो ४००, ५०० वर्ष अगाडीको कुरा हो।
दोस्रो भाग... अनुसन्धान पछि।
यस क्रममा खिचिएको भिडीयो र ईट्टाको फोटो यहाँ राखिएको छ।




















+3


No comments:

Post a Comment