प्रसङ्ग १-
खेचरी मुद्रा योग साधनाको एक मुद्रा हो। यस मुद्रामा मन र जिब्रो दुवै आकाशतिर केन्द्रित हुने भएकाले यसलाई ‘खेचरी’ (ख भनेको आकाश, चार=चल्नु, सर्नु) नाम दिइएको हो। यस मुद्राको अभ्यासका लागि पद्मासनमा बसेर दुई भौंको बीचमा दृष्टि मिलाएर जिब्रोलाई उल्टाएर तालुलाई छोएर पछाडिको प्वालमा हाल्ने प्रयास गर्नुपर्छ । हठयोग अन्तरगतको खेचरी मुद्रा एक शक्तिशाली मुद्रा हो। मुख्यतः जिब्रोले तालुमा छोएर यो साधना गरिन्छ। यो मुद्रा गर्न सकेमा आकास मार्गबाट जान सकिने शक्ति पैदा हुन्छ। खेचरी मुद्रा अभ्यासको लागि जिब्रो केही लामो हुनुपर्दछ। साधनामा पोख्त भएका र लामो अभ्यास गरेका सिद्धि प्राप्त साधकले यो गर्न क्षमता राख्दछन् र गगन मार्गमा विचरण गर्ने सक्ने क्षमता राख्दछन्।
प्रसङ्ग २- योगी नरहरिनाथ। उनी भारतमा कुनै गन्तव्य तिर जाँदै थिए। योगीको साथमा अन्य केही नेपाली अनुयायी पनि रहेछन्। रेल चढेर जानु पर्ने र रेल छुट्न लाग्दा पनि योगी ध्यानमा रहेकाले उठेनन्। वरपर बस्नेहरू मुखामुख गर्न लागे किनकी उनीहरूलाई योगीले जाने सुरसार गर्दैनन्, तर रेल भने छुट्न लागिसक्यो भनेर बडो पिर परिराखेको थियो। यत्तिकैमा रेल छुट्यो। बल्ल योगी उठे र सबैलाई आँखा चिम्लन भने । सबैले आँखा चिम्लिए र पछि आँखा खोल्न भने। आँखा खोल्दा त १० घण्टा लाग्ने ठाउँमा उनीहरु सबै एक्कैसाथ पुगे। त्यो पनि छोटो समयमा। सुन्दा विश्वास नलाग्न सक्छ र पत्याउन पनि सकिन्न। तर विश्वास नलागेपनि घटना भएर कुरा बाहिर आएको हो। र कुरा सत्य साँचो हो। यो कुनै सिमसिमे राजाको पालाको कहानी पनि होइन्। यो कुनै सत्य युगको पालाको कृष्णको कथा पनि होइन्। यो उहिले उहिले यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भनेर भनिने कथा होइन। यो समुहमा जाने, र यो अद्भूत कुरा सुनाउने मान्छे अझै जीवित नै छन्। थप बुझ्न भिडियो हेर्नुहोस्।
प्रसङ्ग ३- पलान्चोक भगवतीको मन्दिर काभ्रेपलान्चोकमा पर्दछ। त्यहाँ हरेक बिहान र बेलुका नित्य पूजाआजा हुन्छ। तर नित्य पुजा गर्ने काटमाण्डौँ मखन बहालका वज्राचार्य थिए। उनको घर काठमाण्डुमै नै थियो र उनी काठमाण्डुमा नै वस्दथे। तर दैनिक पुजा गर्न काभ्रेपलान्चोक पुग्दथे न कुनै गाडी थियो न कुनै हवाई साधन। उनी नियमित पुजा गर्न जान्थे र फर्कन्थे। काटमाण्डौँ तन्त्रको भूमि हो। बज्राचार्यहरूले तन्त्र मार्फत धेरै अविश्वसनीय कार्य गरेको छन्। भनिन्छ उनै पुजारी बज्राचार्यले खेचर मुद्रा साधना मार्फत आकाशमार्ग प्रयोग गरि नियमित जाने आउने गर्दथे।
पलान्चोक भगवतीको आज पनि नित्य पुजा हुन्छ। नित्य आरति हुन्छ। पुजा गर्ने क्याटमान्डु मखन बहालका बज्राचार्य हुन। तर फरक के भने उनी मन्दिरमा नै बस्छन् किनकि उनमा त्यो खेचरी मुद्रा गर्न असमर्थ छन्।
प्रसङ्ग ४- किन हरायो यस्तो विद्या ? किनकि नेपालमा नयाँ शिक्षा लागू भएपछि विदेशी पाठ्यक्रममा पठाउन थालियो। विदेशी पाठ्यक्रममा हाम्रो पूर्वीय साहित्य, दर्शन, शास्त्र, ज्योतिष योग वेदान्त उपनिषत् र अनेकौं विद्या पढाउन रोक लगाइयो । सबै प्रकारले हाम्रो मौलिक गुरुकुल मास्दै लगियो। हाम्रा परम्परागत शिक्षा ज्ञान विज्ञान मास्दै लगियो।
कति सम्म भने मेरो घरमा ग्रह शान्ति पुजा गर्दैगर्दा म भने ग्यालिलियोले दुर्बिन आविश्कार गरे र ग्रहहरू पत्ता लगाए भनेर स्कुलको विज्ञान किताबमा पढिरहेको हुन्थे। घरमा नव ग्रह बारेको दोष पुजा हुने तर म भने स्कुलमा नव ग्रह ग्यालिलियो लगायत अरु वैज्ञानिकले पत्ता लगाए भनेर घोक्नु पर्ने। छैन त अचम्म ? कसले पत्ता लगाएको ग्रह पहिले ? ९ वटा ग्रह छन्। यिनको अवस्था आकार यस्तो यस्तो छ, सूर्यलाई घुम्न यति दिन लाग्छ, लगायत यावत कुरा जानेर सुरक्षित गरे हाम्रा पुर्खाहरूले। यो ग्यालिलियो लगायतका वैज्ञानिक जन्मन भन्दा हजारौं वर्ष पहिले भएका कुरा हुन र हामीले अभ्यास गर्दै आएका कुरा हुन।
यति मात्र होइन यि ग्रहले पृथ्वीमा कस्तो असर पार्छ? सकारात्मक वा नकारात्मक के पार्छ भनेर पनि हामीले जान्यौ। त्यति मात्र होइन। तपाई एक जनालाई यि ग्रहले कस्तो असर गर्छ भनेर समेत जानेर लिपिवद्ध गर्यौ। विज्ञानले सायद अबको ३०० वर्ष पछि गर्ला कि ? तर हामीलाई ग्यालिलियो पढाइयो तर हाम्रो नव ग्रह उल्लेख भएका ग्रन्थ पढाइएन। हामीलाई हाम्रो इतिहास लुकाइयो र अरुकै पढाइयौ। हामीले हाम्रो पिता पुर्खाले पत्ता लगाएको ज्ञान पढ्न पाएनौ। जान्न पाएनौ। फिरङ्गीले जे भन्छ त्यही मान्यौ र त्यही पढ्यौ। यस्ता सयौँ हजारौं उदाहरण छन। मैले माथि नवग्रहको एक मात्र उदाहरण दिएको हो।
पढाउदै नबढाएपछि नयाँ पुस्तालाई हाम्रा पुर्खाले के कस्ता कुरा लेखे, के कस्ता कुरा प्रयोग गरे? राम्रा कुरा के के छन ? समय सान्दर्भिक छन कि छैनन्? भन्ने कुरा जान्न सुन्न र पढ्न पाउँदै पाएनौ। हामीलाई अध्ययन अध्यापन गराउन सुनियोजित ढङ्गले वञ्चित गरियो। स्कुल तथा अध्ययन हुने ठाउँमा हाम्रा शास्त्र, ग्रन्थ, वेद, उपनिषत्, पाठ्यक्रममा राखिएन । सिकाउने पढाउने गरिएन । र त्यसै हराउँदै गयो। ऋषि मुनिको अनुसन्धान के हो ? कस्तो छ? योग के हो ? आयुर्वेद के हो ? ज्योतिष के हो? दर्शन के हो ? वेदान्त के हो ? १६ विद्या र ६४ कला के हो ? कर्मकाण्ड के हो ? त्यहाँ के के छ भनेर जान्ने बुझ्ने सबै कुरा ओइलाउँदै गयो।
निष्कर्ष एकातिर विज्ञानको आविश्कारको कारण अबको ८० -१०० वर्षमा कुनै मान्छे काठमाण्डुमा बिलायो एकछिनमा लण्डन जान सक्छ वा भविष्यमा सम्भावना छ भन्दैछन् एक प्राध्यापक अर्कोतिर प्राज्ञ डा जगमान गुरुङ हामीकहाँ यस्तो कुरा हुँदै आएको सामान्य हो भन्दै मानिसलाई बुझाउँदै छन्। उनी भन्छन्, यो विद्या हराउँदै गयो पुनर्जागरण गरौँ। सिकाऊँ, पढाऊँ, के रहेछ जानौँ, चर्चा गरौँ, उनी यस्तै भन्दै विचार फैलाईरहेका छन्।
एकातिर उनै उप्रेती विदेशमा अंज्रेजी साहित्य पढेर, पश्चिमा जीवनशैलीको वकालत गर्दै, पश्चिमा दर्शन पढाउदै, पश्चिमा साहित्य घोकाउँदै, पश्चिमा वाद पढाउँदै हिडेका छन र ठिक उल्टो नेपाली सभ्यता, नेपाली दर्शन, वैदिक दर्शन लगायत समग्र ईतिहासलाई गालि गर्दै हिडेको छन । अर्कोतर्फ ज्योतिष र पुर्विय दर्शनमा पिएचडी गरेका प्राज्ञ जगमान गुरुङ नेपालीको दर्शन, नेपालीको वैदिक सभ्यता नेपालको जीवन्त संस्कृति र ज्ञान प्रचार गर्दै हिडेका छन।
भिडीयो हेर्नुस र गम्नहोस।
त्यसैले भनिन्छ वेद अगि अगि विज्ञान पछिपछि।

दुई कक्षा पढे पछि ब्रह्माण्ड नै बुझें भन्ने अहंकार ले भरिदै गएको पछिल्लाे पुस्तालाई आँखा खुलाउने लेख🙏❤️🕉️🇳🇵
ReplyDelete