प्राचिन हिमवत् खण्ड र नेपालका ऋषिमूनिहरु
----------------------------------------------------
हिमवतखण्डको प्राचीन भूभाग भएकोले नेपालले नेपाल नाउँ पाएको थियो , किनभने स्कन्दपुराणको हिमवत्खण्ड भन्दछ -
कृते सत्यपुरी ज्ञेया त्रेतायाम् च तपोवनी
द्वापरे मुक्तिकानामा कलौनेपालीकापुरी
नेनाम्ना मुनिनायस्मात् पालितम् पुण्यकर्मणा
क्षेत्रं हिमवत: कुक्षौ ततो नेपाल संज्ञकम् ( -स्कन्द पुराण, हिमवत् खण्ड )
यस वचनअनुसार , नेपाल सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र वर्तमान कलियुगमा नेपाल नामले प्रसिद्ध हुनपुगेको हो | नेपाल , यस काश्यपि शृष्टिको उषाकालदेखिनै यस विश्वमा विख्यात रहेको मुलुक हो | यो मुलुकको जग ने मुनिले कोरे , उनैले वस्ती बसालेको कारण नेपाल कहलिन पुगेको भनाई छ र " नयेन पाल्यते इति नयपाल : " अर्थात न्याय पूर्वक धर्मको रक्षा गर्दै जहाँ राज्य संचालन हुने गर्दथ्यो त्यो मुलुक नेपाल भनिएको हो | ( अहिलेका तिघ्रे ढटार ,आतंकि ,हत्यारा ,भ्रष्टाचारी ,धर्ममारा कमनिष्ट्ले शासन गरेर निरपेक्ष भनि चिह्नाएको मुलुक नेपाल होईन |) त्यै नयपाल अपभ्रंश भएर नेपाल हुनपुग्यो | यस शृष्टिको उषाकालमा नेपाल शिव र पार्वतीको वासस्थल रहेको थियो | स्कन्दपुराणको हिमवत् खण्ड अध्याय १०६ अनुसार (भारतीय पुराणमा छैन ) प्राचीन मर्कटाचल पर्वत ,अहिलेको फर्पिंगको गोपालेश्वर मन्दिर ने मुनि र विरुपाक्षको संवाद पश्चात निर्माण गरिएको थियो र त्यो मन्दिर पछि गोपालवंशी शासकहरुको कुलदेवको रुपमा रहनपुग्यो जहाँ भगवान विष्णु समुन्द्र मन्थनबाट प्राप्त भएको अमृत पिलाउन गरिएको छलकपटको दोष शान्तगर्न गोपाल तीर्थमाआई तपस्यारत रहेका थिए | सोहि पुराण अनुसार त्यतिखेर भगवान विष्णुले तपस्या गरेकोस्थल मर्कटाचल पर्वत हो, जुन काठमाण्डौ ,फर्पिंगको शिर्षभागमा रहेको छ |
अब भुझौँ ! यस हिमवत खण्डको महत्व किन छ ?
-----------------------------------------------------
हिमको घर हिमालय, हिमवर्षा भएर अच्छादित हुनपुग्ने ठाउँ हिमवत्खण्ड | अर्कोरुपमा भन्दा, हिमालको वरिपरि फैलिएको वृहदक्षेत्र | पूर्वीय दर्शन, चिन्तन, तप र पवित्रताको मौलिक थलो | भारोपेली र भोट्वर्मेली भाषा, संगीत, नृत्य, व्याकरण, योग आदिको उत्पत्तिस्थल | कैलाश, धवलागिरि, अन्नपूर्ण, गोसाईस्थान, गौरीशंकर, सगरमाथा, मकालु, कञ्चनजंगा, चोमोल्हारी इत्यादि गगनचुम्वी हिमालहरु रहेको क्षेत्र | प्रत्येक सनातन हिन्दू वैदिक ग्रन्थमा थोरवहूत उल्लेख भएको क्षेत्र | विश्वलाई वेद, पुराण, उपनिषद्, ब्राह्मणग्रन्थ र त्यसको उपदेश दिने क्षेत्र | पूर्वीय दर्शनको मूल क्षेत्र, जसले मानवसभ्यतालाई मूलाधार दिनसक्यो | यहाँको कलासाहित्य र संस्कृतिले सिंगो मानवजगत् लाई दिशानिर्देश गर्नसक्यो , कारण यसै क्षेत्रलाई शिव, वेदव्यास, वाल्मीकि, कालिदास, तुल्सीदास, कपिल, ब्रह्म ज्ञानी शुकदेव, अष्टावक्र, जनक, सीता, वशिष्ठ, वाल्मीकि ,महर्षि गर्ग, पाणिनि , श्रिङ्गी , याज्ञवल्क्य , विश्वामित्र, कपिल, कणाद , बुद्धहरुले यहाँको माटोमा सुगन्ध थपेका थिए | यस ठाउँले विभिन्न हिमशृंखलादेखि समुद्रसम्मका जाति, भाषा, संस्कृति, सभ्यता औ जनजीवनलाई जोड्न सकेको थियो | त्यसैले नेपाल बहुभाषिक, बहुसांस्कृतिक प्राज्ञिक समृद्ध ज्ञानभण्डारको रुपमा रहन सकेको थियो | नेपालको प्राकृतिक , पर्यावरणीय आकर्षण, मानव समाजकालागि उदाहरण बनेको थियो | यस विश्वको सवैभन्दा पुरानो करोडौंबर्ष अघिको मानव कंकाल " रामापिथेकस " नेपालकै बुटवलमा फेला परेको कारण यसले नेपालमा मानव वसोवासको इतिहास कति पुरानो छ ? विश्व सामु प्रष्ट्याएको छ | नेपाल संसारकै केन्द्रविन्दु हो भन्नेकुरा जनाएको छ | हिमवत् खण्ड शुद्ध पानीको भण्डार मात्र होईन, यस संसारको महँगो खनिज युरेनियमको भण्डारपनि हो | उहिले सोमवंशी रुचिराश्वका छोराको राजधानी नेपालकै पार्कोट हो |(गण्डकी महात्म्य २०५५ पेज ११६) | यहाँका चार मुख्य सभ्यताहरू गण्डकी सभ्यता, वाग्मती सभ्यता ,कौशिकी सभ्यता ,कर्णाली सभ्यता हिमवत्खण्डकै देन थियो | गण्डकीतटको पुलहाश्रम र मिथिलाञ्चलको जनकपुर दुवै उपनिषद् युगका प्रसिद्ध ठाउंहरुको रुपमा प्रख्यात थिए | सनातनी संसारका प्रथम सप्तर्षि गण सहित पुलह, क्रतु, पुलस्त्य, याज्ञवल्क्य, पराशर, विदुषी गार्गी, वेदवादिनी ऋतम्भरा, परमहंस शुकदेव, राजर्षि जनक र महर्षि अष्टावक्र आदिको आध्यात्मिक चिन्तनभूमि नेपालको गण्डकि क्षेत्र , कौशिकी क्षेत्र र मिथिला क्षेत्र रहेको थियो |
आजको दिनमा हिमवत् खण्डसँग सम्बन्धित सभ्यताहरुको इतिहास नेपालसंग मात्र सुरक्षित छ | हामीसंग रहेका तमाम कुराहरु संगाल्न सके यस विश्वकै प्राचीन सम्पत्ति हुनसक्तछ | यहिकुरो बुझेर जनकपुरको जानकी मन्दिर आजभन्दा १२० बर्ष पहिले भारत टीकमगढकी महारानी वृषभानुले पुत्र प्राप्तिको अवशर पारेर ततकालिन नौ लाख रुपैयाँ खर्चगरी श्री ५ पृथ्वी वीरविक्रमको स्वकृति लिएर निर्माण गरीदिएकी थिइन (वि.स. १९५२ -वि.स. १९६४ र प्रा.प्र. १९६७ ) | हिंजोको नेपाल वैदिक ज्ञान र विदिक श्रोतको अव्वलभूमि थियो | नेपालमै जन्मिएर यसैलाई कर्मभूमि र तपोभूमि बनाउने असंख्य ऋषिमूनिहरु यहाँ रहेका थिए | यहाँको कन्दरा ,पाखा ,नदिनाला ,हिमाल , सरोवरहरु बैदिक मन्त्रहरुले गुन्जायमान हुनेगर्दथ्यो | तत्कालिन विश्व परिवेशमा नेपालले जम्बूद्वीप, भारतवर्ष र भरतखण्ड ,हिमवतक्षेत्र ,हिमवतखण्डको प्रतिनिधित्व गर्दथ्यो | शैव, वोन (वन झाँक्री ), मुन्धुम र बुद्धधर्मको जन्म नेपालमै भएको थियो | वेद, महाभारत र आदि महाकाव्य रामायणपनि नेपालमै लेखिएका ऐतिहासिक ग्रन्थहरु हुन | गुह्य वैदिक ज्ञानका रहस्यहरु नेपालमा मात्र जीवित रहेको थियो | नेपालको राष्ट्रिय झण्डा विश्वको सबैभन्दा प्राचीनतम् झण्डा थियो , जसले वैदिक सनातन भूमिको प्रतिनिधित्व हुनुको परतिनिधित्व गर्दथ्यो | त्रेतायुगमै पनि भगवान रामको राज्याभिषेक हुँदा नेपालका राजा सुधन्वा मिथिलाको विहेमा सरिक हुनपुगेका थिए | सनातन हिन्दू संस्कार ,संस्कृति र दर्शनका जीवन्त कुराहरु नेपालको कोशी - गण्डकी -मिथिला र कर्णाली प्रदेशमा जीवीत रहेको थियो | यो विश्वलाई ब्रह्म ज्ञानको जानकारी गराउने स्थल जनकपुरनै रहेको थियो | वैदिक दर्शनका प्रणेताहरु , पूर्व मीमांसा: महिर्ष जैमिनी ( जैमिनिघाट,ठेउला खोला बागलुङ्ग ) , २ वेदान्त (उत्तर मीमांसा): महिर्ष बादरायण (दमौली,तनहुँ ,वा अछाम ) ३ सांख्य: महिर्ष कपिल (कपिलवस्तु ) ,४ वैशेषिक: महिर्ष कणाद( यिनको नेपालमा कुनै चिनो भेटिन्न ) ५ न्याय: महिर्ष अक्षपाद गौतम (गोतम)( विदेह्स्थान ,जनकपुर " विदेहोऽथ माधवोऽग्निवैश्वानरमुखे बभार। तस्य गोतमो राहुगण ऋषि: पुरोहित आस। (श.ब्रा.. ४ .) ६ योग: महर्षि पतंजली (यिनको पनि नेपालमा चिनो भेटिन्न ) मध्ये ४ जाना नेपालकै कन्दराका उत्पादन रहेका थिए |हिमवत् खण्डकै शिर सगरमाथाको वरीपरी भारोपेली र तिब्बतबर्मेली सभ्यता निर्माण भएको थियो |
गण्डकी क्षेत्र
-------------
नेपाल,बैदिक सनातन धर्मको उद्गमस्थल,मानवधर्मका उपासक एवं प्रणेता आदिमनुको भूमि , महर्षि याज्ञवल्क्य एवं विदेह जनक जस्ता महापुरुषको तपोभूमि तथा कर्मभूमि भएकोले कर्म, ज्ञान एवं भक्तिको संगमस्थल बनेको थियो | यहाँका प्रत्येक ठाउँमा तीर्थस्थलहरु रहेका छन् | यहाँको गण्डकी प्रदेशको रुरुक्षेत्र, कारिकोट ,चण्डिभज्याङ अनेकानेक तीर्थहरुको संगमक्षेत्र हो | महर्षि और्व ऋषिकोे तपस्थली और्वाश्रम अर्गली र भगवान् रुद्रले और्वऋषिको श्रापबाट मुक्ति पाएको गोनिष्क्रमणघाट ( गाईघाट) यसै क्षेत्रमा पर्दछ | ब्रहमाजीका मानस पुत्र मृगु ऋषिको तपस्थली भृगुतुङ्गेश्वर एवं रुद्रवेणी आदि प्रसिद्ध तीर्थ स्थल गण्डकी प्रदेशको रुरु नै हो | हरिक्षेत्र क्षेत्र यहीं पर्दछ | बाराह पुराणले गण्डकी र भागीरथीको संगमबाट उत्तरतिरको भूभाग र गण्डकी नदीको उद्गमस्थल सम्मको शतयोजन विस्तृत क्षेत्र हरिहर क्षेत्र हो भनेको छ | ‘रुरु’ जातको मृगद्वारा पालिएकी कन्याले तपस्या गरी भगवान् विष्णुको साक्षात्कार गरेको हुनाले उनै कन्याको नामबाट यस क्षेत्रको नाम रुरुक्षेत्र रहन पुगेपनि अर्गलीको और्वाश्रम,गोनिष्क्रमणधाट ( गाईघाट) देखि यता हृषीकेश मन्दिर क्षेत्र, भृगुतुङ्गआश्रम, अचम्मेश्वर गुफा र ईशान तर्फको रुद्रावती गण्डकी संगमस्थल सम्मको क्षेत्रलाई रुरु क्षेत्र मानिएको छ | भगवान् विष्णुको गण्ड (गाला)बाट बगेको पसिनाको प्रवाह नै गण्डकीको उत्पत्तिको श्रोत भएको पौराणिक वर्णन समेत रहेको छ | स्कन्धपुराणको आधारमा रचित स्वस्थानीमा वृन्दाको श्रापबाट भगवान विष्णुले शीला हुनुपर्ने श्रापलाई स्वीकार गरी शालग्रामको रुपमा गण्डकी नदीमा रहेको कथा प्रसिद्ध छ | मानवका देव,पितृ र ऋषि गरी तीन ऋणहरु यस ऋडी र गण्डकीको सङ्गममा स्नान गर्नाले तिर्न सकिन्छ | यही नदीमा भगवान् हृषीकेशको बास रहेको र यसको तीर्थाटन र स्नानले कलियुगमा मुक्तिप्राप्त गर्न सकिने कुरा विभिन्न पुराणमा बताइएको छ | रुरुक्षेत्रको पूर्वभागमा और्वाश्रम रहेको थियो ,जहाँ ऋषि और्वले आश्रम बनाई तपस्या गरेका थिए | ( बाराहपुराणको १४७ अध्याय ) भृगुऋषिले तपस्या गरेको स्थल नै वर्तमानमा भृगुतुङ्गेश्वर हो -" ऐरावतो गजेन्द्राणां महर्षिणां भृगुर्यथा’ (बाराहपुराण )" पुराणले भृगुतुङ्गलाई परमपावन श्रेष्ठ तीर्थको रुपमा वर्णन गरेको छ – “ भैरवम् भृगुतुङ्गं च गौरीतीर्थं अनुत्तमम् ” ( पद्मपुराण)“ भृगुतुङ्ग समासाध वाजिमेधफलं लभेत् ।” भृभृगुतुङ्गमा महर्षि भृगुको तप साधनापछि अनेकौं राजर्षि,ब्रह्मर्षि सन्तहरु तपस्यार्थ आएका थिए (श्रोत -प्रा.मुरली मोहन वाँस्तोला) | रुद्रगङ्गा र कालीगण्डकीको सङ्गमस्थललाई रुद्रवेणी भनिएको छ | यहींको रुद्रगङ्गा वाग्लुङ्ग जिल्लाको ढोरपाटन नजिकै रहेको रुद्रतालबाट निस्किएको हो | हिमवत खण्डको प्रसिद्ध चार धार्मिक क्षेत्रहरु १. मुक्तिक्षेत्र , २. रुरुक्षेत्र, ३. पाशुपन क्षेत्र , ४. वराह क्षेत्र प्रथम दुई यसै क्षेत्रमा पर्दछ | ब्रह्माजीले गरेको प्रथम बैदिक यज्ञ काली र सेतीको दोभान अर्थात " यत्र सितासिते सरिते संगते " देबघाट मै भएको थियो | त्यसैले ऋग्वेदले " सितासिते सरिच्छेष्ठे देवानाम अपि दूर्लभे " भन्ने वाक्य उदघोष गरीरहेको छ | ‘यस्येमे हिमवन्तो महित्वा’ अर्थात् ई हिमाली पर्वत र इनका गगनचुम्बी शिखरहरु हाम्रा गौरव त्यसैले मानिन पुगेका हुन |पुलह ऋषिको पुलाहाश्रम कृष्ण गण्डकीको तटमा थियो |
सप्तगण्डकी (नारायणी) सङ्गमस्थल, पवित्र तीर्थस्थल देवाट/देवघट्ट/देवघाटधाम स्कन्दपुराणअन्तर्गतको हिमवत्खण्ड र गण्डकीमाहात्म्यले चिह्नाएको स्थल हो | यो भूमि हिमबत्खण्ड अनुसार महर्षि वशिष्ठको तपोभूमि, महर्षि भृगुको तपोभूमि, भगवान् शङ्करको तपोभूमि, सप्तषिर्हरूको तपोभूमि र सीतासहित भगवान श्रीरामचन्द्रले गण्डकी संगम (नारायणी) मा आई स्नानगरी पूजा, ध्यान, दर्शन गरेर नेपालका आराध्यदेव पशुपतिलाई दर्शनगरी पुनः यस क्षेत्रको भ्रमण गर्दै अयोध्या फर्केको कुरो आनन्दरामायणको सर्ग-६ श्लोक-४ मा उल्लेख गरिएको छ | कौशिकी र गण्डकीको मध्यभागको मिथिलापुरी जनकपुरधामको अन्तिम सीमामा परेको यो देवक्षेत्र (देवघाटधाम) हो | शेषावतार बलरामजी विभिन्न तीर्थस्थलहरूको भ्रमणको क्रममा देवपितृहरूलाई तर्पण दिँदै पुलहाश्रम पुगि त्यहाँबाट गण्डकीसङ्गम (देवघाटधाम) मा स्नानगरेर गोमती, विपाशा शोण (सोनपुर) क्षेत्रमा पुगेका थिए | (श्रीमद्भागवत महापुराण दशमस्कन्ध उत्तरार्द्ध) सत्ययुगमा मनुले यहाँ राज्य गरे ,त्रेतायुगमा यो क्षेत्र तपोवनका रूपमा चिह्नियो ,कलियुग आरम्भ भएपछि वराहपुराणअनुसार यस क्षेत्रलाई 'देवाट' 'देवह्रद' 'देवनदी' 'सिद्धाश्रम' 'शालग्राम क्षेत्र' आदिले परिचय दिईयो | यहाँको पञ्चदेवलहरू मणि मुकुन्दसेन प्रथमले निर्माण गरेका थिए | (श्रोत:देवघाट मुख पुस्तिका )मुक्ति क्षेत्र त्रिवेणी महात्म्य श्लोक १६५ अनुसार "देवानामटच्चैव देवाट इति " र यहाँ देव तथा ऋषिगणहरु घुमफिर गर्न आउंथे ,सो कारण देवाटवी रहन पुगेको र त्यै नाउँ अपभ्रंश हुँदै देवघाट हुनपुगेको कुरो वताईएको छ | वराहपुराणको त्यस महात्म्यमा श्लोक १६३,१६४ अनुसार यसैस्थान नजिक उत्तरतिर रुरुक्षेत्रको पादखण्डमा नन्दीकेश्वर (नन्दी वृषम राज)ले गोधनलाई बढाएको , गण्डकीनदी उत्पत्ति भएकी र मुक्तिनाथ क्षेत्र, रुरु शालिग्राम आदिको वर्णन स्कन्दपुराण हिमवत्खण्डमा वर्णन रहेको छ | वराहपुराण खण्डको मूल भागमा मुक्तिक्षेत्र, त्रिवेणी, शालिग्राम क्षेत्र र रुरु (रिडी) क्षेत्रको वर्णन छ | देवघाटको मुकुन्देश्वर मन्दिरमा करिब एक मिटर लामो ६०,७० सेमि चौडाइ भएको र ॐ र चक्र अंकित समुद्री कछुवाको जीवाष्म रहेको छ | यसको कार्बन डेटिङ परीक्षण गरी अन्तर्राष्ट्रियस्तरको प्रचार गरीए यो क्षेत्र विश्वव्यापी आकर्षणको केन्द्र बन्नेछ | देवघाटमै सीताकोलागि धर्ती फाटेको गुफा अझै रहेको जसमा पसी सीताजी स्वर्गारोहण भएकी थिईन |त्यस सँगैको रहेको वशिष्ठ ऋषिले तपस्या गरेको गुफा श्रीराम र उनका भाइहरुले शिक्षा प्राप्तगरेको गुफा मानिएको छ | रामसहित चारै भाईको व्रतबन्ध भएको गुरुकुलका भग्नावशेषहरु , श्रीरामले अश्वमेध यज्ञ यज्ञ गरेको यज्ञशाला ,करिब ३०,४० किलोमिटर मुन्तिरको नारायणीको त्रिवेणी ,जहाँ वाल्मीकि आश्रम रहेको थियो र लवकुशको पालनपोषण एवं शिक्षादीक्षा भएको मानिएको छ | गजेन्द्रमोक्ष वर्णन भएको ठाउँ,भगवान् श्रीहरि विष्णुले हात्तीहरुका राजाको उद्धार गरेको हरिहर क्षेत्रको दक्षिणी भाग हो | जेरुसलमको माटो र जोर्डन नदीको पानी करोडौं पर्यटकहरुले किनेर लाने गरेझैं देवघाटका शालिग्राम मात्र हैन, ससाना अत्यन्त सुन्दर ढुङ्गोहरुपनि सुमिनायरको रुपमा बिक्री हुनसक्नेछन् | (-श्रोत शिवराज मल्ल )
त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाट नैमिश्यारण्यको पूर्वी सीमा र गण्डकी पूर्वको बृहदारण्य क्षेत्रको पश्चिम क्षेत्रको संगमस्थल भएकोले देवघाट हरिहर क्षेत्रको आधारभूमि हो | प्राचीन हरिहर क्षेत्रको सिमाना दक्षिणमा नवलपरासीको त्रिवेणी वाल्मीकि आश्रम देवघाटदेखि उत्तर क्षेत्रमापर्ने अत्रि ऋषिको आश्रम रहेको त्रिशूली (धर्मधाराको) मुहान ,पश्चिमतर्फ मारिचिवंशी ऋषिको आश्रम यशोधारा (बूढी गण्डकी)को मुहान, नारदवंशी ऋषिहरुको तपस्थली दरौंदी (विश्वधारा)को मुहान, पुलश्य ऋषिको आश्रम मादी (माद्री) अर्थात् रत्नधाराको मुहान अन्नपूर्ण २ को ग्लोहोमर क्षेत्र,पुलह ऋषिको तपस्थली, सुवर्ण श्वेत गण्डकीको मुहान माछा पुच्छ्रे र अन्नपूर्ण ४ तिरको क्षेत्र र धौलागिरी श्रृंखलाको दामोदरकुण्ड (कृष्ण गण्डकीको उद्गम स्थल नगीचको क्षेत्र) समेत मिसिएको सप्तगण्डकीको जलाधार क्षेत्रलाई हरिहर क्षेत्रको पूर्व पश्चिमी सीमाना भएको कुरो वराह पुराणमा भेटिन्छ | देवघाटको नजिक उत्तरमा ऋषि रहुगणको आश्रमलाई राजा रहुगणको मन्दिर भन्ने गरिएको छ | यै नारायणी किनारको देवघाट वशिष्ठवंशीहरुको गुरुकुल स्थल रहेको थियो यही भगवान राम र उनका भाईहरुले शिक्षा पाएका थिए |अहिलेको वाल्मीकि आश्रम नजिकै लवकुशले श्रीरामको अश्वमेध यज्ञको घोडा कब्जामा लिएको र सीताको लागि धर्ती फाटेको स्थलपनि त्यसै क्षेत्र रहेको अनुमान गर्न सकिन्छ सीताको गुफा भनिने गुफाबाट नारायणी नदीमै पुग्ने भनिने गुफा वशिष्ठ ऋषिको गुफा अहिलेपनि देख्न सकिन्छ |साथै यसै क्षेत्रमा शंख र चक्र चिह्नयुक्त शालिग्राम पाउने गरिएको छ |कश्यप ऋषिकै नामबाट काश्यपी पर्वत चिनिएको थियो र तेहि काश्यपी पर्वतको कारण नेपालको काश्की (जिल्ला) नाम रहेको थियो | महात्मा कश्यप (विभाण्डक)को आश्रम कास्की जिल्लामा रहेको र महर्षि विभाण्डककै छोरा ऋष्यश्रृंग ऋषिले भगवान राम सहित चारै भाईहरुको उपनयन संस्कार गराइदिएको कुरो वालमीकि रामायणले अझै भन्दैआएको छ | वायुपुराण अनुसार कण्व ऋषिले याज्ञवल्क्यसँग यजुर्वेद नेपालमै पढेका थिए | सायणले भाष्य गरेको एउटा वैदिक ग्रन्थले काण्वशाखा नाम नेपालकै भूमिमा जन्मिएको थियो (- मल्ल) |
पाणिनिको " हिंड" धातुले हिन्दू शब्द बन्यो र हिन्दू शब्दका प्रणेता पाणिनि अर्घाखाँची जिल्लाको पणेना गाउँका थिए | नेपालमा ब्रह्माले पहिलो मानव शृष्टि गरे त्यसको श्रोत आजको दिनमापनि कालिकोट जिल्लाको मान्मा हो र मनाङ्ग जिल्ला पहिलो मानव मनुको उत्पत्तिस्थल हो भन्ने कुरो मान्ने थुप्रै छन | व्याकरणका १४ सूत्र (माहेश्वरसूत्र ) र सनकादी ऋषि महर्षि को सिद्धिस्थल नेपाल नै रहेको थियो |पौराणिक सुम्निमा र पार्वती एउटै मानिएकी छन | तंडू ऋषिले ताण्डव नृत्य सिकेको ठाउँ हालको मकवानपुर जिल्लाको महादेव गाविस हो | सिन्धूलीको नेपालथोक गाउँमै रोशी र कोशीको संगमस्थल हो | नवलपरासीको भैंसालोटन महर्षि वाल्मीकिको तपस्थल हो जहाँ लव र कुशको जन्म र उनीहरुलाई शिक्षा दीक्षा दिइएको थियो | कपिल मुनिको कपिलवस्तु , पाल्पा माडीको माण्डव्य ऋषिको आश्रम , रिडीको देवदत्त ऋषिको आश्रम , राम्दीको वशिष्ठ र अगस्त्य ऋषिको आश्रम , गौतम बुद्धलाई असीत ऋषिले कपिलवस्तु पुगेर भगवान घोषित गरेका ठाउँ वर्तमान नेपालकै भूभाग हो | कश्यप ऋषिको नाउँबाट कास्की र काभ्रे , रामायणको कुम्भ कर्ण तपस्थली कुम्भकर्ण हिमाल , धादिङ्ग जिल्लाको गणेश हिमाल , दोलखाको गौरी शंकर हिमाल , संखुवा जिल्लाको सभा पोखरी , गोरखा जिल्लाको नारद पोखरी , च्यवन ऋषिको गुफा र साधनास्थल भएको गोरखा र लमजुङ्गको दोसाँध स्थल , तनहुँ जिल्ला दमौलीको व्यास र पराशर गुफा , मौद्गल्य ऋषिको आश्रमस्थल भएको मुग्लिङ्गको डांड़ो , ऋष्यश्रिङ्ग ऋषिको तपोस्थल गुल्मीको रेसुङ्गा प्राचिन ज्ञान र विज्ञानको उर्बराभूमि रहेको थियो |महर्षि बाल्मीकि (नवलपरासी) , महर्षि पाणिनि (अर्घाखाँची) ,महर्षि श्रृंगी (गुल्मी) , महायोगी गोरखनाथ (गोरखा) का थिए |
महर्षि कपिलले नेपालको कपिलवस्तुको बाणगंगाको किनारमा बसी यसलाई कर्मभूमि बनाएका थिए | यो विश्वलाई सांख्यदर्शन दिने मुलुक नेपालनै हुन पुगेको थियो | मीमांसाका प्रणेता प्रसिद्ध ऋषि जैमिनीको जन्मभूमि र तपोभूमि जैमिनिघाट काली र ठेउलेखोलाको दोभानमै थियो | महाभारतका रचयिता महर्षि बेदव्यास नेपालको तनहुँ , लमजुङमा जन्मेका थिए | लमजुङको मर्स्याङ्दी नदी किनारको माझी परिवारमा मत्स्यगन्धा जन्मिएकी थिइन् | नेपालको कोशी, गण्डकी र कर्णाली नदीमा ऋषि विश्वामित्र, वसिष्ठ र वामदेव तपस्या गर्ने गर्दथे | ॐ अक्षरको प्रयोग र विश्वलाईनै शान्तिको मार्ग देखाउने गौतम बुद्ध लुम्विनी मै जन्मिएका थिए | माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका छोरा दुर्वाशाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिले महादेवबाट १४ वटा सूत्रहरू (अइउण, ऋलृक, ...) प्राप्तगरेको क्षेत्र पणेना दह, ऋष्य शृङ्गको तपोभूमि शृङ्गा, रुरु कन्याको तपोभूमि रिडी, भृगु वंशीय महर्षिहरू वाल्मिकि र कपिलमुनिले ज्ञानको खोजि यही बसेर गरेका थिए | पवित्र श्रीकृष्णगण्डकी सेती गण्डकी क्षेत्र वैदिककालदेखि आजसम्म धरोहरको रुपमा रहँदै आएको छ |
कर्णाली क्षेत्र
---------------
नेपालको मुस्ताङ्ग जिल्लामा शालिग्राम नामको बिशाल पर्वत अझै छ त्यहींबाट काली गण्डकीले शालिग्राम अझै समुन्द्रतिर ओसार्दै छिन | ऋगवेदमा उल्लेख गरिएको ९० % वनस्पति नेपालमा मात्र पाईन्छ भन्थे राष्ट्रगुरु योगी नरहरिनाथ | महर्षि कुशिकले कुश वनस्पतिको खोजी गरेको र तेसलाई धार्मिक कृत्यहरुमा प्रयोग गर्ने चलन चलाएको हुंदा र ती कुशिक ऋषि , महर्षि विश्वामित्रकै हजूरबा भएको हुनाले र हिमवत्खण्डमा दामोदर उपत्यका नगीचै कुशावर्त भन्ने भूभाग इनको कर्मभूमि भएकाले यी सबै ऋषिहरू नेपालकै रैथाने थिए भन्नेकुरा बुझिन्छ (योगी नरहरिनाथ )| नेपाल शृष्टिकालदेखि नै ऋषिमूनिहरुको तपोभूमि र तीर्थस्थल रहेको हुँदा महर्षि वेदव्यासले तपस्या गरेको व्यासगुफा , पाँचपाण्डव पर्वत, नागनागिनीपर्वत, ब्रह्मापर्वत, पाण्डव कुटी आदि पवित्र ठाउँहरु दार्चूलामा रहेको छ | वेदव्यासको तपोभूमि भएकै कारण नेपालमा व्यास उपत्यका भन्ने ठाउँ अद्द्याबधी रहन गएको हो | भारतले बिगत ५३ बर्षदेखि अधिग्रहण गरि बसेको कुटी क्षेत्रमा पाण्डवहरुले कुटी बनाइ बास बसेको हुँदा त्यसलाई " कुटी क्षेत्र " भनिएको हो | श्रीकृष्ण द्वैपायन अर्थात वेदव्यासले महाकाली (श्यामा ) नदीको विषयमा स्कन्द पुराणको मानसखण्डमा उल्लेख गरेका छन | नेपाली क्षेत्र भएर कैलाश मानसरोवर तीर्थयात्राकालागि जाने पैदल बाटो वैदिक कालदेखिनै वर्तमान दार्चूला रहेको थियो | पौराणिक प्रसङ्ग अनुसार व्यास गुफा, व्यास मन्दिर, व्यास गर्खा, व्यास हिमाल र व्यासी थरका मानिसहरुको बसोबास रहनुको अर्थ महर्षि व्यास दार्चुला जिल्लामा बस्थे भन्नेकुराको प्रमाण हो |मानव विकासको उत्पत्तिस्थल कैलाश पर्वत रहेको थियो भन्नेकुरा मा धार्मिक ग्रन्थहरुको मतैक्यता छ | संसारकै प्रथम मानव स्वायाम्भुव मनु वर्तमान नेपालको कालिकोट जिल्लाको मान्माका थिए | कर्णाली नदीतिर्मै अयोध्यावाशीहरु बस्थे भन्ने प्रमाण अझै जिउँदो रहेको छ |पाण्डव र कौरवहरूको पांडूशैनी दरवार वर्तमान अछाम जिल्लामा रहेको छ जुम्लाको सिञ्जाभेली र कालिकोटको सन्निराज्कोट्मा दशैँ हजार बर्ष पहिले धान फ़लाईएको इतिहास भेटिन्छ |(योगी नरहरिनाथ ) |
कौशिकी क्षेत्र
---------------
राजा परिक्षितलाई श्राप दिने समीक ऋषिको आश्रम बराह क्षेत्रमा रहेको थियो | ब्यासका छोरा शुकदेवले राजा परिक्षितलाइ ज्ञान मार्गको उपदेश बराह क्षेत्र ,कौशिकी तटमै दिएका थिए |महर्षि बिश्वामित्रको तपोभूमि भएर वगेकिले कोशीनदी नामाकरण गरिएकी थिईन | विश्वामित्रले आफ्नो शौच सन्ध्याकोलागि कोशीनदी उत्पत्ति गरेका थिए | कौशिकी तटमै ध्यानमा बस्दा बिश्वामित्रले ऋगवेदको गायत्री मन्त्र भेटेका थिए | ॐकार र त्रिव्याहृति (भूर् भुवः स्वः)कौशिकीको मुहानमा प्रकट भएको थियो | हिरण्यक्ष दैत्यले पृथ्वीलाई पातालमा लगेपछि भगवान् विष्णुले बराहको अवतार लिएको र सो दैत्यसंग युद्ध गरी पृथ्वीको उद्धार गरेको प्रसंग सहितको कौशिकी(कोशी) नदीतिरमा रहेको बराहको क्षेत्र कोका र काशीको संगमस्थल हो | यो क्षेत्र औलिया बाबाको तपस्थली, ऋर्षिमहर्षिहरुको तपोभूमि , आदिबराह, छिन्नमस्ता, सूर्यकुण्ड जस्ता देवदेवीहरु तपोस्थल हो | यो क्षेत्र नेपालको पवीत्र चार क्षेत्रमध्ये एक पवित्र तीर्थस्थल हो | महर्षि ऋचिक पत्नी सत्यवतीले यहाँको कालिञ्चोक पर्वतमा बसी तपस्या गरेको प्रभावले कौशिकी नदीलाई प्रवाहयुक्त बनाएको हो | यो क्षेत्र दुर्वासा ,श्रिंगी ,समीक ,विश्वामित्र ,आदिको तपस्थल रहेको थियो |
मिथिला क्षेत्र
------------
शतपथ ब्राह्मण (१।४।१।१०–१९) अनुसार सरस्वती नदी सुकेको कारण विदेहमा यव र सेनापति वैश्वानर ,पुरोहित ऋषि रहुगण सप्तगण्डकी, नारायणी नदी तरी मिथिला पुगेर विदेह (मिथिला) राज्य स्थापना गरेका थिए | प्राचीन विदेहराज्य ब्रह्मविद्याको प्रसिद्ध केन्द्र रहेको थियो | महर्षि व्यासले आफ्ना छोरा शुकदेवलाई ब्रह्माज्ञान र गृहस्थाश्रमको सम्बन्ध राजा जनकबाट दिलाउन विदेह राज्य अर्थात जनकपुर /मिथिला पठाएका थिए |ब्रह्म र यज्ञविधाका प्रकाण्ड विद्वान महर्षि याज्ञवल्क्यको अध्यात्मिक केन्द्र जनकपुरनै रहेको थियो | षड् दर्शन मध्ये न्यायदर्शनका प्रणेता महर्षि गौतम विदेह्कै थिए | ऋषि बशिष्ठ र अष्टाबक्रको पहिलो वेदान्त प्रवचनस्थल जनकपुरमा भएको थियो | जनकपुरकै सारंगा नदीमा नुहाएर अष्टाबक्र सोझो भएका थिए | कुलगुरु वशिष्ठ प्रलोभनमा फंसी देवराज ईन्द्रकोमा यज्ञ गर्न पुग्दा क्रुद्ध हुन पुगेका राजा निमिले आफ्नो क्षण भंगुर शरीर विचार्दै महर्षि गौतमादि होताहरु वरण गरि , त्यो यज्ञ गराएपछि वशिष्ठले निमिलाई तुरुन्त शरीर रहित भै जाउ भनेर श्रापदिएपछि राजा निमिले पनि त्यस्ता श्राप दिंदा दुवै जाना भष्म भएपछि निमि मान्छेको परेलामा बस्न पुगे र आँखोको परेला झर्ने समयलाई एक निमिष भन्न थालियो | ऋषिहरुले अरणिद्वारा उनको शरीर मन्थन गरेर एउटा पुरुष सन्तान निकाले ,जसको नाउँ राखियो मिथी र ती मिथी आमाको भूँडीबाट नजन्मिएको हुँदा उनलाई विदेह भनियो | यसैकुलमा जन्मिएका शीरध्वज जनककहाँ आद्दशक्ति सीताको अवतार हुनपुगेको थियो | निमि जैन धर्मका २१ औं तीर्थाङ्करपनि मानिएका छन | निमि नै यहाँको शासक हुनपुगेपछि नेपालको नाउँ " निमिपाल " रहेको हो पनि भन्ने गरिएको छ |(वाल्मीकि रामायण ) | महर्षि याज्ञवल्क्यले राजर्षि जनकलाई भनेका छन ''हे राजन्, क्षेत्रज्ञलाई चिह्नेर , जानेरमात्र तिमीले ज्ञानको उपासना गर्यौ भने तिमी देवर्षि हुन पुग्नेछ्यौ | कर्मपरक यज्ञ जस्तै ज्ञानपनि श्रेष्ठ हो (ज्ञानं विशिष्टं न तथाहि यज्ञा:, ज्ञानेन दुर्ग तरते न यज्ञै:, शांति. ३०६ ।१०५ ) याज्ञवल्क्य थिए | याज्ञवल्क्य , ब्रह्मरात , वैशंपायन ,उद्दालक ,आरुणि आदि ऋषिहरू यहींका थिए |जनकपुर धामको पश्चिममा गलेश्वरनाथ महादेव एवं माण्डेश्वरनाथ महादेव मंदिर , उत्तरमा क्षीरेश्वरनाथ एवं पर्वतेश्वरनाथ , पूर्वमा सिंघेश्वरनाथ एवं महेश्वरनाथ महादेव , दक्षिणमा कल्याणेश्वरनाथ एवं विश्वनाथ तीर्थस्थल हो | जनकपुर धामको पश्चिममा बनिमची ऋषिको आश्रम ,उत्तरमा याज्ञवल्क्य ऋषिको आश्रम, पूर्वमा महर्षि विश्वामित्रको मंदिर तथा दक्षिणमा विभाण्डक ऋषिको आश्रम रहेको छ |ऋग्वेदमा रहेका झन्डै ४१४ ऋषि र ३० ओटी ऋषिकाहरु मध्ये महर्षि गर्गकि छोरी गार्गी ,याज्ञवल्क्यकि पत्नी मैत्रेयी ,महर्षि अगस्त्यकि पत्नी लोपमूद्रा, ऋषि दीर्धतमाकि नातिनी घोषा , सूर्यकि आमा अदिति, जुहू, इन्द्राणी, सरमा, रात्रि, सूर्या, उर्वशी, अपाला, गोधा, शाश्वती, रोमशा, सुलभा, विदुरा , विश्ववारा ,रोमाला, विलोमी, सावित्री, यमी, श्रद्धा, कामायनी, विश्वम्भरा, देवयानी आदि वैदिककालिन विदुषीहरुले विदेह वा मिथिला क्षेत्र सुशोभित रहेको थियो | उनीहरुले पाएको ब्रह्मज्ञान नै आजको सनातन हिंदू संस्कार ,संस्कृति र चालचलनको उद्गमस्थल हो | त्यस्तै , त्यसयुगकी अपाला, सरस्वती, सर्पराज्ञी, सूर्या, सावित्री, अदिति , दाक्षायनी, लोपामुद्रा, विश्ववारा, आत्रेयी आदि अनेकौं ऋषिकाहरु वेदमंत्रका द्रष्टार:को रुपमा वेदहरुमा चिह्निन पुगेका हुन | त्यसैकारणले ऋग्वेदको १० औं मण्डलमा व्रह्मवादिनी सूर्याको , ऋग्वेदको प्रथम मण्डलमा रोमाषाको , ऋग्वेदको अष्टम मण्डल व्रह्मवादिनी अपाला र शाश्वतीको , ऋग्वेदको दशम मण्डलमै रहेको देवीसूक्त ब्रह्म बादिनी वाकको र ऋग्वेदको पाचौं मण्डलमा विश्ववाराको देन रहन सक्यो | उनीहरुले प्राप्त गरेको सूक्त र ऋचाहरु यत्रतत्र छ | त्यतिखेरका मैत्रेयी, गार्गी ,अपाला ,घोषा , त्यस्ता ऋषिकाहरुका रुपमा चिह्निन्थे , जसले आफ़ुलेमात्र वेदको पठन पाठन गरेनन , वरु अरुलाईपनि वेद अध्ययन गर्न उत्प्रेरित गरे | यसैकारण वेदमा नारीहरु देवी, विदुषी, सरस्वती, इन्द्राणी, उषा जस्ता अनेकौं अनेकौ आदर सूचक नाउँले पुकारिन पुगे | त्यसपछि उपनिषदकालमा सृष्टिको सम्पूर्ण रिक्तता पूर्ति गर्न,मानव जीवनको सर्वतोमुखि विकास गर्न नारीको भूमिका अझ महत्वपूर्ण मान्न थालियो | उदाहरणको रुपमा , वाचक्नवी गार्गीले राजा जनकको विद्वत सभामा शास्त्रार्थ गर्दा महर्षि याज्ञवल्क्य थर्किने गर्दथे | महर्षि याज्ञवल्क्य निकै रिशाहा प्रवृत्तिका थिए भनेर ग्रंथीय वर्णन रहेपनि व्रह्मज्ञान परम्परा , यज्ञीय परम्परा र दर्शन विषयका नेपालका निकै ठूला प्रकाण्ड विद्वान रहेका थिए | तत्कालिन व्रह्मा वादिनी विदुषी वाचक्नवी गार्गीको प्रश्नसंग आजित भएका उनले गार्गीलाई , म संग धेरै वहस नगर , नत्र तिम्रो शिर पतन हुनेछ भनेर हप्काएको शतपथ व्रह्मणमा उल्लेख छ | यसवाहेक वेदमा नारीहरु यज्ञीय पात्रको रुपमा वर्णन गरिएका पनि छन अर्थात् उनीहरु यज्ञ समान पूजनीय छन भनेर वर्णन गरिएको छ |
अस्तु -प्रवीण अधिकारी
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
प्राचीन मानसखण्ड र नेपालको भूभाग
------------------------------------------
मानसखण्डलाई महर्षि वाल्मीकि र वेदव्यासले तिनका ग्रन्थहरु वाल्मीकि रामायण र महाभारतमा उत्तरकौशल नगरी , उत्तरपाञ्चाल भनेर चिह्नाएका छनभने , पाणिनी र कौटिल्यले यसलाई उत्तरपत्ति , किरातहरुकोलागि किरातमंडल , खसहरुकोलागि खस प्रदेश , कत्युरहरुकोलागि कर्तिपुर , नव इतिहासकारकोलागि उत्तरांचल ,उत्तराखंड ,र गिर्यावाली ,खशहरुको सपादलक्ष्य , ब्रह्मपुर , रुद्रहिमालय , शिवालिक, कुर्मांचल , कमाउगढ कामदेश , कुमाऊं , गढ़वाल भनेर चिह्निएको क्षेत्र समेत हो | शासन प्रदेशको रुपमा यो क्षेत्र मौर्य साम्राज्यको भूभाग रहेको थियो भन्नेकुरा Huen त्सांगको यात्रा विवरणले बताएको छ |वाल्मिकी रामायणको कथा प्रसंग अनुसार ,उहिले ब्रह्माजीले मेरु कैलाश नजिक सरोवरको निर्माण गरे, त्यो सरोवरको निर्माण मानस रचित थियो अर्थात मनले चिताएको हुँदा त्यसलाई मानस सरोवर भन्न थालियो | त्यै क्षेत्र पछि पुराणमा लघु सागरका रुपमा वर्णित हुनपुग्दा नन्दागिरीदेखि काकान्द्री हिमाल तथा कैलाश हिमालदेखि ब्रह्मगिरीसम्म फैलिन पुग्यो र यस क्षेत्रकै ठूलासाना नदी, ताल, सरोवर तथा कुण्डहरूको मूल श्रोत हुन पुग्यो | स्कन्द पुराणले त्यसलाई पाँच भौगोलिक क्षेत्रमा वर्गीकरण गर्यो र आ आफ्नो विशेषता अनुरुप ती क्षेत्रहरु नेपाल, कूर्मांचल (कुमाऊँ), केदारखण्ड (गढ़वाल), जालन्धर (हिमाचल प्रदेश) र कश्मीर क्षेत्र भनेर चिह्निंन पुगे | उतिखेर वर्तमान नेपालको पश्चिमी भूभाग सहित कूर्मांचल क्षेत्र मानसखण्ड भनेर चिह्निन्थ्यो ( केदारखण्ड , वर्तमान गढ़वालमा पर्थ्यो ) अर्थात मानसखण्डमा (वर्तमान कुमांऊँ चर्चित क्षेत्र र पश्चिम नेपालको खस क्षेत्र पर्दथे | यो समग्र क्षेत्र “देवभूमि” को रुपमा वर्णन गर्नुपर्ने कारणमा यो क्षेत्र धार्मिक , दैवशक्तिहरुको क्रीड़ाभूमि तथा हिन्दू धर्मको उद्भव र महिमा समेटिएको क्षेत्र हुनु हो | यहाँ कालान्तरमा क्षेत्रानुसार पौरव, कुशान, गुप्त, कत्यूरी, रायक, पाल, खश, चन्द,परमार व पयाल राजवंशहरुले राज्य गरेका थिए | ब्रिटिश इतिहासकारहरु अनुसार हूण, शक, नाग, खश आदि जाति यस क्षेत्रमा बसेको बताईएपनि यो केदार र मानसखण्ड देवभूमि ,तपोभूमि भनेर श्रद्धाले हेर्ने गरिएको छ |
मानसखण्ड क्षेत्र देवभूमि , मानस अर्थात् ब्रह्माजीको मानिसको आदि पूर्खा स्वायम्भूव मनुको उत्पत्तिको थलो अर्थात मानव उत्पत्तिको थलोपनि हो | यस क्षेत्रको लंका सरोवर राक्षसहरूको तपस्थली अर्थात् उद्गम स्थल हो | मानस सरोवर क्षेत्रको जल नै पूर्वमा ब्रह्मपुत्र, पश्चिममा सिन्धु, उत्तरमा सतलज र दक्षिणमा कर्णाली नदीका रुपमा वगेका हुन | गंगा, जमुना, सुरयू, सरस्वती, काली, सेती, भेरी, अलखनन्दा, मन्दाकिनी, गौरीधौली, गंगा लगायतका सम्पूर्ण नदीहरूको मूल मानसरोवर नै हो | यहाँबाट पूर्वतिर बग्ने ब्रह्मपुत्रलाई पुरुष नदी र बाँकी सम्पूर्ण नदीहरूलाई स्त्री स्वरुप मानिएको छ | कैलास मानसरोवरबाट मूल भएर बग्ने नदीहरुमा काली (महाकाली), कर्णाली नदीहरु हुन भनेर स्कन्द पुराण मानस खण्डको २०/१४ मा उल्लेख गर्दै भनिएको छ -
यस्माद्वि सुमहापुण्या सरित सम्भवाकिल |
यनेदं मानसं नाम खण्डं तत् समुदाहतम् ||
त्यस्तै महाभारत, वनपर्वमा धर्मराज युधिष्ठरले मानस क्षेत्रका तीर्थस्थल गएर स्नान गरेको कुरा उल्लेख गरिएको छ -
ततो तद्धेत राजेन्द्र मानसं तीर्थमुत्तमम् |
तत्रस्नात्वा नरोराजन् रुद्रलोके महीयते ||
यस क्षेत्रमा सिद्ध गन्धर्व, यक्ष, किन्नर जाति हरु बस्दथे र यस क्षेत्रका राजा रावणका दाजु कुवेर रहेका थिए | ती कुबेरको राजधानी अलकापुरी (बद्रीनाथदेखि मास्तिर ) पर्दथ्यो | अंग्रेज़ इतिहासकारहरुले हुण, सकास, नाग, खश आदि जाति हिमालय क्षेत्रमा बस्थे भनेर बताएका छन् | पौराणिक ग्रन्थहरुमा यसलाई केदार खण्ड वा मानस खण्ड भनेर उल्लेख गरिएको छ | पछिल्लोकालमा अर्थात , वि.स१८४७देखि १८७२ सम्म यो सम्पूर्ण नेपालको भूभाग रहेको थियो |
स्कन्द पुराणमा हिमालय क्षेत्रलाई -
खण्डाः पञ्च हिमालयस्य कथिताः नैपालकूर्माञ्चलौ |
केदारोऽथ जालन्धरोऽथ रूचिर काश्मीर संज्ञोऽन्तिमः ||
नन्दपर्वतमारभ्य यावत् काकगिरिः स्मृतः |
तावद् वै मानसः खण्डःख्यायते नृपसत्तम: || स्कन्द पुराण मानस खण्ड २०/२१ अध्याय )
माथिको श्लोक अनुसार नन्द पर्वतबाट शुरुभएर काकगिरिसम्म , यहाँ काकगिरि पर्वत भनेको कर्णाली प्रदेशमा रहेको नेपालको पर्वत हो ,त्यो मानस खण्ड हो | यै क्षेत्रमा मानसरोवर रहेकोले यस क्षेत्रलाई मानस क्षेत्र भनिएको बुझ्न सकिन्छ | यो खण्ड उत्तरमा कैलाश मानसरोवर , तारक पर्वत , गौरी पर्वत , खेचर तीर्थ अर्थात खप्तड क्षेत्र , वैद्यनाथ, दुल्लु, बर्दीया आदि पर्दछ अर्थात नेपालको महाकाली नदी सहितको कर्णाली हुँदै कैलाली कञ्चनपुरको लिगलगापात र सेरोफेरो सबै प्राचीन मानस खण्डको रुपमा रहेकोछ | भन्नुको अर्थ कुमाऊ (भारत)को नन्द पर्वत देखिन् लिएर काकगिरि (कर्णाली) सम्मको सम्पूर्ण हिमाल, पहाड र तराईको भूभागलाई मानसखण्डमा आण्टाईएको छ | स्कन्दपुराण केदारखण्ड (२०४/५६,५७) मा मानसखण्डको महिमा र गरिमाको वर्णन गर्दै भनिएको छ -
तीर्थानि प्रवराष्यैव श्वेताख्ये पर्वतोत्तमे |
अग्रे मानस प्रस्तावे तथा नेपालकेमुनि ||
काश्मिरे चैव प्रस्तावे जालन्ध्रे वै तथा मुनिः |
तथा केदारप्रस्तावे कथितानि मयाद्यते ||
सेताम्य पर्वत (कैलास) सबैभन्दा उत्तम पर्वत हो ,त्यसको अघि रहेको उत्तमक्षेत्र मानसखण्ड पहिलो खण्ड हो | त्यो उत्तम मेरु पर्वत अर्थात कैलाश र त्यसको वरिपरी परिवेष्ठित क्षेत्र मानसखण्ड भनेर चिह्निंन पुगेको हो | दोश्रो , हिमवत खण्ड हो ,जसमा वर्तमान नेपालको पूर्वी र मध्यभाग रहेको छ | यस क्षेत्रमा गण्डकी, कौशिकी, त्रिशुली नदी तथा पशुपति, मुक्तिनाथ, गुहेश्वरीदेवी अनेकानेक तीर्थहरु रहेका छन | तेस्रो खण्ड , कश्मीर खण्ड हो , जसमा वैष्णवदेवी, अमरनाथ पर्दछन | चौथो, जालन्धरखण्ड हो जसमा ज्वाला, नैनादेवी, हिगंला भगवति आदि र पञ्जाव औ हिमाञ्चल प्रदेश पर्दछन् | पाँचौ खण्ड , केदारखण्ड हो जसमा बद्रिनाथ, र केदारनाथ आदि पर्दछन | निलकण्ठ यस क्षेत्रका मुख्य देउता हुन | यी पाँचै खण्ड क्षेत्र देवभूमिका रुपमा रहेका छन | विश्वको आदिम ग्रन्थ ऋग्वेदमा मेरुमानसको वर्णन छ | यो मानसखण्डको खण्डलाई वेदले हिमवतमेरु , केदारखण्ड (वर्तमान गढवाल) ,मानसखण्ड वर्तमान भारतको कुमाऊँ र उत्तराखण्ड राज्य तथा नेपालको महाकाली, सेती र कर्णाली नदीसम्मको भूभाग भनेर चिह्नाईएको छ | त्यहाँ दारुगिरि भनेर हालको दार्चुला, लिपिपर्वत भनेको लिपुलेक, चर्मवति भनेको चौनाली (चमेलिया), बायुतड- बैतडी, श्यामा वा काली वा वैयसिका- महाकाली, देवतट-डोटी, सीता नदी- सेती नदी, दिल्पेश्वर- दिपायल, चन्दनगिरि- शिलगढी, खेचराद्रि- खप्तड, आश्रम- अछाम, बज्राङ्क- बझाङ्ग, बाजिरा वा बाजु- बाजुरा, बृद्धगंगा- बुढीगङ्गा, शितलोदका- चिसापानी, ब्रह्मपुर- ब्रह्मदेव, कुर्म पर्वत- डडेलधुरा, काञ्चन नगर- कञ्चनपुर, मुद्गल- मुगु, हुम् (ओम) हुम्ला, युगला- जुम्ला, कालिका- कालिकोट, दोहावली भनेर डोल्पालाई भनिएको छ |
कैलाश पर्वत् यस खण्डको शिरको टोपी हो । मानस सरोवर तथा लंका सरोवर यस क्षेत्रका २ आँखा हुन् ,गौरीकुण्ड निधारको टिको हो | कैलाश मानससरोवरको दर्शन तथा परिक्रमा गर्दा पहिले महाकाली तटका तीर्थस्थलको दर्शन र स्नान गरेपछि मात्र मानससरोवर स्नान र कैलाश दर्शन गर्ने पौराणिक वर्णन रहेको छ | त्यसपछि परिक्रमा गरेर कर्णाली तटका तीर्थस्थलहरूको दर्शनपछि ज्वालातीर्थमा पूर्णाहुतीको मेधा दर्शन गरी ब्रह्मकुण्ड महाकाली नदीमा अवधूत स्नान गरेपछि कैलाश मानस सरोवर यात्रा पूरा हुँदा यस क्षेत्रको ४० हजार तीर्थको परिक्रमा हुने ठानिएको छ | मानसखण्ड क्षेत्र भनेको उत्तरमा कैलाश पर्वत्, मानस सरोवर, लंकादह, गौरीकुण्ड , पश्चिममा नन्दागिरी, लोहाघाट, देश चम्पावत् अर्थात् महाकाली पश्चिम तटीय क्षेत्र ,पूर्वमा कर्णालीको पूर्वी तटीय इलाका र दक्षिणमा संज्ञातीर्थ, ब्रह्मगिरी लगायत वर्तमानको कैलाली कञ्चनपुर जिल्लाको सम्पूर्ण भूभाग मानिएको छ |
यस क्षेत्रको कुमांऊँ शब्द मूलतः संस्कृतको कूर्मबाट बनेको हो | भगवान विष्णुको दोश्रो अवतार (कूर्मावतार) भएपछि यहीं आएर बसे | त्यसपछि त्यहाँको कान्तेश्वर पर्वत कूर्मअंचल (कूर्मांचल) भनिन थालियो | अहिलेको अल्मोड़ा ,गढ़वाल ,नैनीताल ,सतीदेवीको आँखो पतन भएको ठाउँ मानिन्छ ,त्यहाँ नैनादेवी अर्थात् नन्दादेवीको स्थान हो जहाँ सतीदेवीको नयन झरेको थियो | त्यै आँखोको अश्रु धाराले वृहद रुपलिंदा तालमा परिणत भएर नैनीताल भनिएको वर्णन भेटिन्छ | यसवाहेक ,
मानसखण्डमा मानसरोवर, लंकादह, गौरीकुण्ड, रामसर अर्थात् रारा ताल, संज्ञातीर्थ अर्थात् घोडाघोडी, बुलबुल ताल, तिलिचो ताल, सुरमा, झिलमिला ताल, रानीताल, आलिताल पर्दछ | मालिकार्जुन (दार्चुला), बैजनाथ (अछाम), नागेश (कुमाउँ), केदार (पहाड), सोमनाथ (बैतडी स्वराड) तथा त्रिपुरासुन्दरी, उग्रतारा, शैलेश्वरी, नन्दादेवी, मालिकादेवी, सुर्मेश्वरी, परशुराम, भागेश्वर पाताल, भुवनेश्वर, गोदावरी, ज्वालादेवी, घटाल, कार्तिकेय, छायानाथ आदि तीर्थस्थलहरूले मानसखण्डको पौराणिक तीर्थस्थल हो | कैलाली जिल्लाको घोडाघोडी क्षेत्रमा सूर्यपत्नी संज्ञाले तपस्या गरेको र त्यहीँ घोडी (आश्विनी) रुपधारण गरेकी थिइन् भने सूर्यले घोडा (अश्व) रुप धारण गरेका थिए | घोडाघोडी रुपमै अश्विनीकुमार जन्मिएको मानिएको छ | मानसखण्ड क्षेत्रमा ४० हजार तीर्थ रहेका छन | यसै क्षेत्रमा मानस सभ्यताको नेतृत्व कुरुकौशल, जुम्लासिंजा राज्यले गरेको थियो | जो पछि सिंजा सभ्यता भनेर चिह्नियो | मानसखण्ड श्रीखण्ड वा श्रीक्षेत्रपनि हो | यहाँकी मुख्य देवी श्री अर्थात लक्ष्मी हुन जसलाई मानसी गौरा भन्ने गरिएको छ | गौराको उत्पत्ति गौरीकुण्डबाट भएको थियो | गौरा अर्थात् श्रीको भूमि भएको हुनाले यहाँ महिलालाईपनि जनै लगाउने र वेद पढ्ने अधिकार दिइएको छ | यहाँका पहाडहरू सुन र नूनकालागि प्रसिद्ध रहेका छन् | उहिले यहाँका नदीहरुमा सुन बग्थ्यो | यहाँ रामपातल, रामकी वरायल, सिताकी वरायल, रामसिला, रामारोशन, रामसर (रारा ताल), पाण्डवगुफा, भीमचुला, पाण्डवनदी, परशुराम, गोपीवन जस्ता पौराणिक देवीदेउताको नाउँमा स्थापित तीर्थस्थल रहेका | यस क्षेत्रमा सिंजाली, खस, नेपाली अनेक भाषिकाहरू प्रयोग गरिएका थिए | आजलाई यत्तिनै ,अरुपछि क्रमशः -प्रवीण अधिकारी
मानस खण्ड
स्कन्द पुराण अन्तर्गत पाँच खण्डहरू रहेको ब्यहोरा विद्वान्हरूको भनाइबाट थाहा पाउन सकिन्छ । जसमा हिम्वत खण्ड, मानस खण्ड, केदार खण्ड, जालन्धर खण्ड, काशी खण्ड छन् । हिम्वत खण्डमा नेपालको पौराणिक भूगोलका बारेमा वर्णन गरिएको छ भने केदारखण्डमा केदार र बद्री क्षेत्रको भौगोलिक एवं सांस्कृतिक वर्णन छ । गोपालदत्त पाण्डेका अनुसार जालान्दर खण्ड आजसम्म पनि पाइएको छैन । पाण्डेका अनुसार काशी खण्ड पनि स्कन्द पुराण अन्तर्गत देखिएको छैन तैपनि नीलमत पुराण नामक ग्रन्थमा त्यो काशी अर्थात कश्मीर खण्डको वर्णन छ।
मानस खण्डको एक्काइसौ अध्यायमा भनिएको छ :
नन्दपर्वतमारभ्य यावत् काकगिरिः स्मृतः ।
तावद् वै मानसः खण्डःख्यायते नृपसत्तम ।।
नन्द पर्वतबाट आरम्भ भएर काकगिरिसम्मको भूभाग मानस खण्डकै सीमा क्षेत्र रहेको कुरा प्रष्ट पारिएको छ । काकगिरि पर्वत पश्चिम नेपालमै पर्दछ । यहाँ मानसरोवरलाई मानस क्षेत्र भनिएको हो भन्ने तर्क छ विद्वानहरूको । पूर्व दिशामा गण्डकी पर्यन्तको वर्णन गरिएको छ भने दक्षिण दिशामा उपत्यकास्थित मध्य भागलाई सीमा मानिएको छ । उत्तरमा कैलाश मानसरोवरको बिस्तृत भूभागको वर्णनका साथै त्यहाँ पुग्ने बाटाहरूको बारेमा समेत बर्णन छ । जस्तैः तारक पर्वत हुँदै गौरी पर्वतबाट तल झरेर मानसरोवरमा नुहाउने र फर्किदा राक्षस ताल हुँदै खेचर तीर्थ अर्थात खप्तड क्षेत्र हुँदै अछामको वैद्यनाथ, दुल्लु, बर्दीया, भारतको लखनउ र अयोध्या यात्राको वर्णन छ।
बिभिन्न पाहाडहरू, नदीहरू, ताल तलाउहरू, वन, तीर्थस्थान, मन्दिर जडिबुटी, खनिजपदार्थ, चराचुरुगी, पशु, गुफा, ऋषिका कुटी, विशेषखालका बस्ती, हिमालयका स्वरुपहरूको बारेमा समेत उल्लेख छ । सुरुदेखि नै मानस खण्डको प्रसिध्दि रहेको मानिए तापनि प्रचारप्रसार र छपाउने कार्य भएको थिएन । हस्तलिखितप्रति बस्तीहरूमा, पवित्रस्थलहरूमा र राजकीय संग्रहालयमा सुरक्षित थिए । १३÷१४ सय वर्ष पुरानो मानिने प्राचीन लेखन (मानस खण्डको) नेपालकै राष्ट्रिय पुस्तकालयमा रहेको शिवराज श्रेष्ठ मल्लले आफ्नो भनाइ राख्ने क्रममा ब्यक्त गरेका छन् । बिसं ०४६ सालमा भारतमा पहिलोपटक आचार्य गोपालदत्त पाण्डेको सम्पादनमा मानस खण्ड प्रकाशित थियो । नेपाली भाषामा अनुवाद गरी (२०७५) प्रकाशनमा ल्याइएको यो पहिलो कृति मानिएको छ।
हिमालयको गौरवमय आख्यान बोकेको मानसखण्डभित्र भारतको कुमाऊँ क्षेत्रदेखि मध्य तथा सुदूरपश्चिमका कयौं प्राकृतिक र सांस्कृतिक सम्पदाहरूका बारेमा प्रष्ट्याइएको छ । आयुर्वेद विज्ञान र इतिहासका क्षेत्रमा होस या धार्मिक पर्यटनका क्षेत्रहरूको चिनारी गराउने क्रममा नै किन नहोस् यो पुस्तक निकै उपयोगी र ज्ञानवर्धक छ । सांस्कृतिक धार्मिक र प्रागैतिहासिक अन्वेषकका लागि समेत तथ्यपरक सूचनाको आधार बनेको छ मानस खण्ड।
प्राचिन हिमवत् खण्ड र नेपालका ऋषिमूनिहरु
----------------------------------------------------
हिमवतखण्डको प्राचीन भूभाग भएकोले नेपालले नेपाल नाउँ पाएको थियो , किनभने स्कन्दपुराणको हिमवत्खण्ड भन्दछ -
कृते सत्यपुरी ज्ञेया त्रेतायाम् च तपोवनी
द्वापरे मुक्तिकानामा कलौनेपालीकापुरी
नेनाम्ना मुनिनायस्मात् पालितम् पुण्यकर्मणा
क्षेत्रं हिमवत: कुक्षौ ततो नेपाल संज्ञकम् ( -स्कन्द पुराण, हिमवत् खण्ड )
यस वचनअनुसार , नेपाल सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र वर्तमान कलियुगमा नेपाल नामले प्रसिद्ध हुनपुगेको हो | नेपाल , यस काश्यपि शृष्टिको उषाकालदेखिनै यस विश्वमा विख्यात रहेको मुलुक हो | यो मुलुकको जग ने मुनिले कोरे , उनैले वस्ती बसालेको कारण नेपाल कहलिन पुगेको भनाई छ र " नयेन पाल्यते इति नयपाल : " अर्थात न्याय पूर्वक धर्मको रक्षा गर्दै जहाँ राज्य संचालन हुने गर्दथ्यो त्यो मुलुक नेपाल भनिएको हो | ( अहिलेका तिघ्रे ढटार ,आतंकि ,हत्यारा ,भ्रष्टाचारी ,धर्ममारा कमनिष्ट्ले शासन गरेर निरपेक्ष भनि चिह्नाएको मुलुक नेपाल होईन |) त्यै नयपाल अपभ्रंश भएर नेपाल हुनपुग्यो | यस शृष्टिको उषाकालमा नेपाल शिव र पार्वतीको वासस्थल रहेको थियो | स्कन्दपुराणको हिमवत् खण्ड अध्याय १०६ अनुसार (भारतीय पुराणमा छैन ) प्राचीन मर्कटाचल पर्वत ,अहिलेको फर्पिंगको गोपालेश्वर मन्दिर ने मुनि र विरुपाक्षको संवाद पश्चात निर्माण गरिएको थियो र त्यो मन्दिर पछि गोपालवंशी शासकहरुको कुलदेवको रुपमा रहनपुग्यो जहाँ भगवान विष्णु समुन्द्र मन्थनबाट प्राप्त भएको अमृत पिलाउन गरिएको छलकपटको दोष शान्तगर्न गोपाल तीर्थमाआई तपस्यारत रहेका थिए | सोहि पुराण अनुसार त्यतिखेर भगवान विष्णुले तपस्या गरेकोस्थल मर्कटाचल पर्वत हो, जुन काठमाण्डौ ,फर्पिंगको शिर्षभागमा रहेको छ |
अब भुझौँ ! यस हिमवत खण्डको महत्व किन छ ?
-----------------------------------------------------
हिमको घर हिमालय, हिमवर्षा भएर अच्छादित हुनपुग्ने ठाउँ हिमवत्खण्ड | अर्कोरुपमा भन्दा, हिमालको वरिपरि फैलिएको वृहदक्षेत्र | पूर्वीय दर्शन, चिन्तन, तप र पवित्रताको मौलिक थलो | भारोपेली र भोट्वर्मेली भाषा, संगीत, नृत्य, व्याकरण, योग आदिको उत्पत्तिस्थल | कैलाश, धवलागिरि, अन्नपूर्ण, गोसाईस्थान, गौरीशंकर, सगरमाथा, मकालु, कञ्चनजंगा, चोमोल्हारी इत्यादि गगनचुम्वी हिमालहरु रहेको क्षेत्र | प्रत्येक सनातन हिन्दू वैदिक ग्रन्थमा थोरवहूत उल्लेख भएको क्षेत्र | विश्वलाई वेद, पुराण, उपनिषद्, ब्राह्मणग्रन्थ र त्यसको उपदेश दिने क्षेत्र | पूर्वीय दर्शनको मूल क्षेत्र, जसले मानवसभ्यतालाई मूलाधार दिनसक्यो | यहाँको कलासाहित्य र संस्कृतिले सिंगो मानवजगत् लाई दिशानिर्देश गर्नसक्यो , कारण यसै क्षेत्रलाई शिव, वेदव्यास, वाल्मीकि, कालिदास, तुल्सीदास, कपिल, ब्रह्म ज्ञानी शुकदेव, अष्टावक्र, जनक, सीता, वशिष्ठ, वाल्मीकि ,महर्षि गर्ग, पाणिनि , श्रिङ्गी , याज्ञवल्क्य , विश्वामित्र, कपिल, कणाद , बुद्धहरुले यहाँको माटोमा सुगन्ध थपेका थिए | यस ठाउँले विभिन्न हिमशृंखलादेखि समुद्रसम्मका जाति, भाषा, संस्कृति, सभ्यता औ जनजीवनलाई जोड्न सकेको थियो | त्यसैले नेपाल बहुभाषिक, बहुसांस्कृतिक प्राज्ञिक समृद्ध ज्ञानभण्डारको रुपमा रहन सकेको थियो | नेपालको प्राकृतिक , पर्यावरणीय आकर्षण, मानव समाजकालागि उदाहरण बनेको थियो | यस विश्वको सवैभन्दा पुरानो करोडौंबर्ष अघिको मानव कंकाल " रामापिथेकस " नेपालकै बुटवलमा फेला परेको कारण यसले नेपालमा मानव वसोवासको इतिहास कति पुरानो छ ? विश्व सामु प्रष्ट्याएको छ | नेपाल संसारकै केन्द्रविन्दु हो भन्नेकुरा जनाएको छ | हिमवत् खण्ड शुद्ध पानीको भण्डार मात्र होईन, यस संसारको महँगो खनिज युरेनियमको भण्डारपनि हो | उहिले सोमवंशी रुचिराश्वका छोराको राजधानी नेपालकै पार्कोट हो |(गण्डकी महात्म्य २०५५ पेज ११६) | यहाँका चार मुख्य सभ्यताहरू गण्डकी सभ्यता, वाग्मती सभ्यता ,कौशिकी सभ्यता ,कर्णाली सभ्यता हिमवत्खण्डकै देन थियो | गण्डकीतटको पुलहाश्रम र मिथिलाञ्चलको जनकपुर दुवै उपनिषद् युगका प्रसिद्ध ठाउंहरुको रुपमा प्रख्यात थिए | सनातनी संसारका प्रथम सप्तर्षि गण सहित पुलह, क्रतु, पुलस्त्य, याज्ञवल्क्य, पराशर, विदुषी गार्गी, वेदवादिनी ऋतम्भरा, परमहंस शुकदेव, राजर्षि जनक र महर्षि अष्टावक्र आदिको आध्यात्मिक चिन्तनभूमि नेपालको गण्डकि क्षेत्र , कौशिकी क्षेत्र र मिथिला क्षेत्र रहेको थियो |
आजको दिनमा हिमवत् खण्डसँग सम्बन्धित सभ्यताहरुको इतिहास नेपालसंग मात्र सुरक्षित छ | हामीसंग रहेका तमाम कुराहरु संगाल्न सके यस विश्वकै प्राचीन सम्पत्ति हुनसक्तछ | यहिकुरो बुझेर जनकपुरको जानकी मन्दिर आजभन्दा १२० बर्ष पहिले भारत टीकमगढकी महारानी वृषभानुले पुत्र प्राप्तिको अवशर पारेर ततकालिन नौ लाख रुपैयाँ खर्चगरी श्री ५ पृथ्वी वीरविक्रमको स्वकृति लिएर निर्माण गरीदिएकी थिइन (वि.स. १९५२ -वि.स. १९६४ र प्रा.प्र. १९६७ ) | हिंजोको नेपाल वैदिक ज्ञान र विदिक श्रोतको अव्वलभूमि थियो | नेपालमै जन्मिएर यसैलाई कर्मभूमि र तपोभूमि बनाउने असंख्य ऋषिमूनिहरु यहाँ रहेका थिए | यहाँको कन्दरा ,पाखा ,नदिनाला ,हिमाल , सरोवरहरु बैदिक मन्त्रहरुले गुन्जायमान हुनेगर्दथ्यो | तत्कालिन विश्व परिवेशमा नेपालले जम्बूद्वीप, भारतवर्ष र भरतखण्ड ,हिमवतक्षेत्र ,हिमवतखण्डको प्रतिनिधित्व गर्दथ्यो | शैव, वोन (वन झाँक्री ), मुन्धुम र बुद्धधर्मको जन्म नेपालमै भएको थियो | वेद, महाभारत र आदि महाकाव्य रामायणपनि नेपालमै लेखिएका ऐतिहासिक ग्रन्थहरु हुन | गुह्य वैदिक ज्ञानका रहस्यहरु नेपालमा मात्र जीवित रहेको थियो | नेपालको राष्ट्रिय झण्डा विश्वको सबैभन्दा प्राचीनतम् झण्डा थियो , जसले वैदिक सनातन भूमिको प्रतिनिधित्व हुनुको परतिनिधित्व गर्दथ्यो | त्रेतायुगमै पनि भगवान रामको राज्याभिषेक हुँदा नेपालका राजा सुधन्वा मिथिलाको विहेमा सरिक हुनपुगेका थिए | सनातन हिन्दू संस्कार ,संस्कृति र दर्शनका जीवन्त कुराहरु नेपालको कोशी - गण्डकी -मिथिला र कर्णाली प्रदेशमा जीवीत रहेको थियो | यो विश्वलाई ब्रह्म ज्ञानको जानकारी गराउने स्थल जनकपुरनै रहेको थियो | वैदिक दर्शनका प्रणेताहरु , पूर्व मीमांसा: महिर्ष जैमिनी ( जैमिनिघाट,ठेउला खोला बागलुङ्ग ) , २ वेदान्त (उत्तर मीमांसा): महिर्ष बादरायण (दमौली,तनहुँ ,वा अछाम ) ३ सांख्य: महिर्ष कपिल (कपिलवस्तु ) ,४ वैशेषिक: महिर्ष कणाद( यिनको नेपालमा कुनै चिनो भेटिन्न ) ५ न्याय: महिर्ष अक्षपाद गौतम (गोतम)( विदेह्स्थान ,जनकपुर " विदेहोऽथ माधवोऽग्निवैश्वानरमुखे बभार। तस्य गोतमो राहुगण ऋषि: पुरोहित आस। (श.ब्रा.. ४ .) ६ योग: महर्षि पतंजली (यिनको पनि नेपालमा चिनो भेटिन्न ) मध्ये ४ जाना नेपालकै कन्दराका उत्पादन रहेका थिए |हिमवत् खण्डकै शिर सगरमाथाको वरीपरी भारोपेली र तिब्बतबर्मेली सभ्यता निर्माण भएको थियो |
गण्डकी क्षेत्र
-------------
नेपाल,बैदिक सनातन धर्मको उद्गमस्थल,मानवधर्मका उपासक एवं प्रणेता आदिमनुको भूमि , महर्षि याज्ञवल्क्य एवं विदेह जनक जस्ता महापुरुषको तपोभूमि तथा कर्मभूमि भएकोले कर्म, ज्ञान एवं भक्तिको संगमस्थल बनेको थियो | यहाँका प्रत्येक ठाउँमा तीर्थस्थलहरु रहेका छन् | यहाँको गण्डकी प्रदेशको रुरुक्षेत्र, कारिकोट ,चण्डिभज्याङ अनेकानेक तीर्थहरुको संगमक्षेत्र हो | महर्षि और्व ऋषिकोे तपस्थली और्वाश्रम अर्गली र भगवान् रुद्रले और्वऋषिको श्रापबाट मुक्ति पाएको गोनिष्क्रमणघाट ( गाईघाट) यसै क्षेत्रमा पर्दछ | ब्रहमाजीका मानस पुत्र मृगु ऋषिको तपस्थली भृगुतुङ्गेश्वर एवं रुद्रवेणी आदि प्रसिद्ध तीर्थ स्थल गण्डकी प्रदेशको रुरु नै हो | हरिक्षेत्र क्षेत्र यहीं पर्दछ | बाराह पुराणले गण्डकी र भागीरथीको संगमबाट उत्तरतिरको भूभाग र गण्डकी नदीको उद्गमस्थल सम्मको शतयोजन विस्तृत क्षेत्र हरिहर क्षेत्र हो भनेको छ | ‘रुरु’ जातको मृगद्वारा पालिएकी कन्याले तपस्या गरी भगवान् विष्णुको साक्षात्कार गरेको हुनाले उनै कन्याको नामबाट यस क्षेत्रको नाम रुरुक्षेत्र रहन पुगेपनि अर्गलीको और्वाश्रम,गोनिष्क्रमणधाट ( गाईघाट) देखि यता हृषीकेश मन्दिर क्षेत्र, भृगुतुङ्गआश्रम, अचम्मेश्वर गुफा र ईशान तर्फको रुद्रावती गण्डकी संगमस्थल सम्मको क्षेत्रलाई रुरु क्षेत्र मानिएको छ | भगवान् विष्णुको गण्ड (गाला)बाट बगेको पसिनाको प्रवाह नै गण्डकीको उत्पत्तिको श्रोत भएको पौराणिक वर्णन समेत रहेको छ | स्कन्धपुराणको आधारमा रचित स्वस्थानीमा वृन्दाको श्रापबाट भगवान विष्णुले शीला हुनुपर्ने श्रापलाई स्वीकार गरी शालग्रामको रुपमा गण्डकी नदीमा रहेको कथा प्रसिद्ध छ | मानवका देव,पितृ र ऋषि गरी तीन ऋणहरु यस ऋडी र गण्डकीको सङ्गममा स्नान गर्नाले तिर्न सकिन्छ | यही नदीमा भगवान् हृषीकेशको बास रहेको र यसको तीर्थाटन र स्नानले कलियुगमा मुक्तिप्राप्त गर्न सकिने कुरा विभिन्न पुराणमा बताइएको छ | रुरुक्षेत्रको पूर्वभागमा और्वाश्रम रहेको थियो ,जहाँ ऋषि और्वले आश्रम बनाई तपस्या गरेका थिए | ( बाराहपुराणको १४७ अध्याय ) भृगुऋषिले तपस्या गरेको स्थल नै वर्तमानमा भृगुतुङ्गेश्वर हो -" ऐरावतो गजेन्द्राणां महर्षिणां भृगुर्यथा’ (बाराहपुराण )" पुराणले भृगुतुङ्गलाई परमपावन श्रेष्ठ तीर्थको रुपमा वर्णन गरेको छ – “ भैरवम् भृगुतुङ्गं च गौरीतीर्थं अनुत्तमम् ” ( पद्मपुराण)“ भृगुतुङ्ग समासाध वाजिमेधफलं लभेत् ।” भृभृगुतुङ्गमा महर्षि भृगुको तप साधनापछि अनेकौं राजर्षि,ब्रह्मर्षि सन्तहरु तपस्यार्थ आएका थिए (श्रोत -प्रा.मुरली मोहन वाँस्तोला) | रुद्रगङ्गा र कालीगण्डकीको सङ्गमस्थललाई रुद्रवेणी भनिएको छ | यहींको रुद्रगङ्गा वाग्लुङ्ग जिल्लाको ढोरपाटन नजिकै रहेको रुद्रतालबाट निस्किएको हो | हिमवत खण्डको प्रसिद्ध चार धार्मिक क्षेत्रहरु १. मुक्तिक्षेत्र , २. रुरुक्षेत्र, ३. पाशुपन क्षेत्र , ४. वराह क्षेत्र प्रथम दुई यसै क्षेत्रमा पर्दछ | ब्रह्माजीले गरेको प्रथम बैदिक यज्ञ काली र सेतीको दोभान अर्थात " यत्र सितासिते सरिते संगते " देबघाट मै भएको थियो | त्यसैले ऋग्वेदले " सितासिते सरिच्छेष्ठे देवानाम अपि दूर्लभे " भन्ने वाक्य उदघोष गरीरहेको छ | ‘यस्येमे हिमवन्तो महित्वा’ अर्थात् ई हिमाली पर्वत र इनका गगनचुम्बी शिखरहरु हाम्रा गौरव त्यसैले मानिन पुगेका हुन |पुलह ऋषिको पुलाहाश्रम कृष्ण गण्डकीको तटमा थियो |
सप्तगण्डकी (नारायणी) सङ्गमस्थल, पवित्र तीर्थस्थल देवाट/देवघट्ट/देवघाटधाम स्कन्दपुराणअन्तर्गतको हिमवत्खण्ड र गण्डकीमाहात्म्यले चिह्नाएको स्थल हो | यो भूमि हिमबत्खण्ड अनुसार महर्षि वशिष्ठको तपोभूमि, महर्षि भृगुको तपोभूमि, भगवान् शङ्करको तपोभूमि, सप्तषिर्हरूको तपोभूमि र सीतासहित भगवान श्रीरामचन्द्रले गण्डकी संगम (नारायणी) मा आई स्नानगरी पूजा, ध्यान, दर्शन गरेर नेपालका आराध्यदेव पशुपतिलाई दर्शनगरी पुनः यस क्षेत्रको भ्रमण गर्दै अयोध्या फर्केको कुरो आनन्दरामायणको सर्ग-६ श्लोक-४ मा उल्लेख गरिएको छ | कौशिकी र गण्डकीको मध्यभागको मिथिलापुरी जनकपुरधामको अन्तिम सीमामा परेको यो देवक्षेत्र (देवघाटधाम) हो | शेषावतार बलरामजी विभिन्न तीर्थस्थलहरूको भ्रमणको क्रममा देवपितृहरूलाई तर्पण दिँदै पुलहाश्रम पुगि त्यहाँबाट गण्डकीसङ्गम (देवघाटधाम) मा स्नानगरेर गोमती, विपाशा शोण (सोनपुर) क्षेत्रमा पुगेका थिए | (श्रीमद्भागवत महापुराण दशमस्कन्ध उत्तरार्द्ध) सत्ययुगमा मनुले यहाँ राज्य गरे ,त्रेतायुगमा यो क्षेत्र तपोवनका रूपमा चिह्नियो ,कलियुग आरम्भ भएपछि वराहपुराणअनुसार यस क्षेत्रलाई 'देवाट' 'देवह्रद' 'देवनदी' 'सिद्धाश्रम' 'शालग्राम क्षेत्र' आदिले परिचय दिईयो | यहाँको पञ्चदेवलहरू मणि मुकुन्दसेन प्रथमले निर्माण गरेका थिए | (श्रोत:देवघाट मुख पुस्तिका )मुक्ति क्षेत्र त्रिवेणी महात्म्य श्लोक १६५ अनुसार "देवानामटच्चैव देवाट इति " र यहाँ देव तथा ऋषिगणहरु घुमफिर गर्न आउंथे ,सो कारण देवाटवी रहन पुगेको र त्यै नाउँ अपभ्रंश हुँदै देवघाट हुनपुगेको कुरो वताईएको छ | वराहपुराणको त्यस महात्म्यमा श्लोक १६३,१६४ अनुसार यसैस्थान नजिक उत्तरतिर रुरुक्षेत्रको पादखण्डमा नन्दीकेश्वर (नन्दी वृषम राज)ले गोधनलाई बढाएको , गण्डकीनदी उत्पत्ति भएकी र मुक्तिनाथ क्षेत्र, रुरु शालिग्राम आदिको वर्णन स्कन्दपुराण हिमवत्खण्डमा वर्णन रहेको छ | वराहपुराण खण्डको मूल भागमा मुक्तिक्षेत्र, त्रिवेणी, शालिग्राम क्षेत्र र रुरु (रिडी) क्षेत्रको वर्णन छ | देवघाटको मुकुन्देश्वर मन्दिरमा करिब एक मिटर लामो ६०,७० सेमि चौडाइ भएको र ॐ र चक्र अंकित समुद्री कछुवाको जीवाष्म रहेको छ | यसको कार्बन डेटिङ परीक्षण गरी अन्तर्राष्ट्रियस्तरको प्रचार गरीए यो क्षेत्र विश्वव्यापी आकर्षणको केन्द्र बन्नेछ | देवघाटमै सीताकोलागि धर्ती फाटेको गुफा अझै रहेको जसमा पसी सीताजी स्वर्गारोहण भएकी थिईन |त्यस सँगैको रहेको वशिष्ठ ऋषिले तपस्या गरेको गुफा श्रीराम र उनका भाइहरुले शिक्षा प्राप्तगरेको गुफा मानिएको छ | रामसहित चारै भाईको व्रतबन्ध भएको गुरुकुलका भग्नावशेषहरु , श्रीरामले अश्वमेध यज्ञ यज्ञ गरेको यज्ञशाला ,करिब ३०,४० किलोमिटर मुन्तिरको नारायणीको त्रिवेणी ,जहाँ वाल्मीकि आश्रम रहेको थियो र लवकुशको पालनपोषण एवं शिक्षादीक्षा भएको मानिएको छ | गजेन्द्रमोक्ष वर्णन भएको ठाउँ,भगवान् श्रीहरि विष्णुले हात्तीहरुका राजाको उद्धार गरेको हरिहर क्षेत्रको दक्षिणी भाग हो | जेरुसलमको माटो र जोर्डन नदीको पानी करोडौं पर्यटकहरुले किनेर लाने गरेझैं देवघाटका शालिग्राम मात्र हैन, ससाना अत्यन्त सुन्दर ढुङ्गोहरुपनि सुमिनायरको रुपमा बिक्री हुनसक्नेछन् | (-श्रोत शिवराज मल्ल )
त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाट नैमिश्यारण्यको पूर्वी सीमा र गण्डकी पूर्वको बृहदारण्य क्षेत्रको पश्चिम क्षेत्रको संगमस्थल भएकोले देवघाट हरिहर क्षेत्रको आधारभूमि हो | प्राचीन हरिहर क्षेत्रको सिमाना दक्षिणमा नवलपरासीको त्रिवेणी वाल्मीकि आश्रम देवघाटदेखि उत्तर क्षेत्रमापर्ने अत्रि ऋषिको आश्रम रहेको त्रिशूली (धर्मधाराको) मुहान ,पश्चिमतर्फ मारिचिवंशी ऋषिको आश्रम यशोधारा (बूढी गण्डकी)को मुहान, नारदवंशी ऋषिहरुको तपस्थली दरौंदी (विश्वधारा)को मुहान, पुलश्य ऋषिको आश्रम मादी (माद्री) अर्थात् रत्नधाराको मुहान अन्नपूर्ण २ को ग्लोहोमर क्षेत्र,पुलह ऋषिको तपस्थली, सुवर्ण श्वेत गण्डकीको मुहान माछा पुच्छ्रे र अन्नपूर्ण ४ तिरको क्षेत्र र धौलागिरी श्रृंखलाको दामोदरकुण्ड (कृष्ण गण्डकीको उद्गम स्थल नगीचको क्षेत्र) समेत मिसिएको सप्तगण्डकीको जलाधार क्षेत्रलाई हरिहर क्षेत्रको पूर्व पश्चिमी सीमाना भएको कुरो वराह पुराणमा भेटिन्छ | देवघाटको नजिक उत्तरमा ऋषि रहुगणको आश्रमलाई राजा रहुगणको मन्दिर भन्ने गरिएको छ | यै नारायणी किनारको देवघाट वशिष्ठवंशीहरुको गुरुकुल स्थल रहेको थियो यही भगवान राम र उनका भाईहरुले शिक्षा पाएका थिए |अहिलेको वाल्मीकि आश्रम नजिकै लवकुशले श्रीरामको अश्वमेध यज्ञको घोडा कब्जामा लिएको र सीताको लागि धर्ती फाटेको स्थलपनि त्यसै क्षेत्र रहेको अनुमान गर्न सकिन्छ सीताको गुफा भनिने गुफाबाट नारायणी नदीमै पुग्ने भनिने गुफा वशिष्ठ ऋषिको गुफा अहिलेपनि देख्न सकिन्छ |साथै यसै क्षेत्रमा शंख र चक्र चिह्नयुक्त शालिग्राम पाउने गरिएको छ |कश्यप ऋषिकै नामबाट काश्यपी पर्वत चिनिएको थियो र तेहि काश्यपी पर्वतको कारण नेपालको काश्की (जिल्ला) नाम रहेको थियो | महात्मा कश्यप (विभाण्डक)को आश्रम कास्की जिल्लामा रहेको र महर्षि विभाण्डककै छोरा ऋष्यश्रृंग ऋषिले भगवान राम सहित चारै भाईहरुको उपनयन संस्कार गराइदिएको कुरो वालमीकि रामायणले अझै भन्दैआएको छ | वायुपुराण अनुसार कण्व ऋषिले याज्ञवल्क्यसँग यजुर्वेद नेपालमै पढेका थिए | सायणले भाष्य गरेको एउटा वैदिक ग्रन्थले काण्वशाखा नाम नेपालकै भूमिमा जन्मिएको थियो (- मल्ल) |
पाणिनिको " हिंड" धातुले हिन्दू शब्द बन्यो र हिन्दू शब्दका प्रणेता पाणिनि अर्घाखाँची जिल्लाको पणेना गाउँका थिए | नेपालमा ब्रह्माले पहिलो मानव शृष्टि गरे त्यसको श्रोत आजको दिनमापनि कालिकोट जिल्लाको मान्मा हो र मनाङ्ग जिल्ला पहिलो मानव मनुको उत्पत्तिस्थल हो भन्ने कुरो मान्ने थुप्रै छन | व्याकरणका १४ सूत्र (माहेश्वरसूत्र ) र सनकादी ऋषि महर्षि को सिद्धिस्थल नेपाल नै रहेको थियो |पौराणिक सुम्निमा र पार्वती एउटै मानिएकी छन | तंडू ऋषिले ताण्डव नृत्य सिकेको ठाउँ हालको मकवानपुर जिल्लाको महादेव गाविस हो | सिन्धूलीको नेपालथोक गाउँमै रोशी र कोशीको संगमस्थल हो | नवलपरासीको भैंसालोटन महर्षि वाल्मीकिको तपस्थल हो जहाँ लव र कुशको जन्म र उनीहरुलाई शिक्षा दीक्षा दिइएको थियो | कपिल मुनिको कपिलवस्तु , पाल्पा माडीको माण्डव्य ऋषिको आश्रम , रिडीको देवदत्त ऋषिको आश्रम , राम्दीको वशिष्ठ र अगस्त्य ऋषिको आश्रम , गौतम बुद्धलाई असीत ऋषिले कपिलवस्तु पुगेर भगवान घोषित गरेका ठाउँ वर्तमान नेपालकै भूभाग हो | कश्यप ऋषिको नाउँबाट कास्की र काभ्रे , रामायणको कुम्भ कर्ण तपस्थली कुम्भकर्ण हिमाल , धादिङ्ग जिल्लाको गणेश हिमाल , दोलखाको गौरी शंकर हिमाल , संखुवा जिल्लाको सभा पोखरी , गोरखा जिल्लाको नारद पोखरी , च्यवन ऋषिको गुफा र साधनास्थल भएको गोरखा र लमजुङ्गको दोसाँध स्थल , तनहुँ जिल्ला दमौलीको व्यास र पराशर गुफा , मौद्गल्य ऋषिको आश्रमस्थल भएको मुग्लिङ्गको डांड़ो , ऋष्यश्रिङ्ग ऋषिको तपोस्थल गुल्मीको रेसुङ्गा प्राचिन ज्ञान र विज्ञानको उर्बराभूमि रहेको थियो |महर्षि बाल्मीकि (नवलपरासी) , महर्षि पाणिनि (अर्घाखाँची) ,महर्षि श्रृंगी (गुल्मी) , महायोगी गोरखनाथ (गोरखा) का थिए |
महर्षि कपिलले नेपालको कपिलवस्तुको बाणगंगाको किनारमा बसी यसलाई कर्मभूमि बनाएका थिए | यो विश्वलाई सांख्यदर्शन दिने मुलुक नेपालनै हुन पुगेको थियो | मीमांसाका प्रणेता प्रसिद्ध ऋषि जैमिनीको जन्मभूमि र तपोभूमि जैमिनिघाट काली र ठेउलेखोलाको दोभानमै थियो | महाभारतका रचयिता महर्षि बेदव्यास नेपालको तनहुँ , लमजुङमा जन्मेका थिए | लमजुङको मर्स्याङ्दी नदी किनारको माझी परिवारमा मत्स्यगन्धा जन्मिएकी थिइन् | नेपालको कोशी, गण्डकी र कर्णाली नदीमा ऋषि विश्वामित्र, वसिष्ठ र वामदेव तपस्या गर्ने गर्दथे | ॐ अक्षरको प्रयोग र विश्वलाईनै शान्तिको मार्ग देखाउने गौतम बुद्ध लुम्विनी मै जन्मिएका थिए | माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका छोरा दुर्वाशाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिले महादेवबाट १४ वटा सूत्रहरू (अइउण, ऋलृक, ...) प्राप्तगरेको क्षेत्र पणेना दह, ऋष्य शृङ्गको तपोभूमि शृङ्गा, रुरु कन्याको तपोभूमि रिडी, भृगु वंशीय महर्षिहरू वाल्मिकि र कपिलमुनिले ज्ञानको खोजि यही बसेर गरेका थिए | पवित्र श्रीकृष्णगण्डकी सेती गण्डकी क्षेत्र वैदिककालदेखि आजसम्म धरोहरको रुपमा रहँदै आएको छ |
कर्णाली क्षेत्र
---------------
नेपालको मुस्ताङ्ग जिल्लामा शालिग्राम नामको बिशाल पर्वत अझै छ त्यहींबाट काली गण्डकीले शालिग्राम अझै समुन्द्रतिर ओसार्दै छिन | ऋगवेदमा उल्लेख गरिएको ९० % वनस्पति नेपालमा मात्र पाईन्छ भन्थे राष्ट्रगुरु योगी नरहरिनाथ | महर्षि कुशिकले कुश वनस्पतिको खोजी गरेको र तेसलाई धार्मिक कृत्यहरुमा प्रयोग गर्ने चलन चलाएको हुंदा र ती कुशिक ऋषि , महर्षि विश्वामित्रकै हजूरबा भएको हुनाले र हिमवत्खण्डमा दामोदर उपत्यका नगीचै कुशावर्त भन्ने भूभाग इनको कर्मभूमि भएकाले यी सबै ऋषिहरू नेपालकै रैथाने थिए भन्नेकुरा बुझिन्छ (योगी नरहरिनाथ )| नेपाल शृष्टिकालदेखि नै ऋषिमूनिहरुको तपोभूमि र तीर्थस्थल रहेको हुँदा महर्षि वेदव्यासले तपस्या गरेको व्यासगुफा , पाँचपाण्डव पर्वत, नागनागिनीपर्वत, ब्रह्मापर्वत, पाण्डव कुटी आदि पवित्र ठाउँहरु दार्चूलामा रहेको छ | वेदव्यासको तपोभूमि भएकै कारण नेपालमा व्यास उपत्यका भन्ने ठाउँ अद्द्याबधी रहन गएको हो | भारतले बिगत ५३ बर्षदेखि अधिग्रहण गरि बसेको कुटी क्षेत्रमा पाण्डवहरुले कुटी बनाइ बास बसेको हुँदा त्यसलाई " कुटी क्षेत्र " भनिएको हो | श्रीकृष्ण द्वैपायन अर्थात वेदव्यासले महाकाली (श्यामा ) नदीको विषयमा स्कन्द पुराणको मानसखण्डमा उल्लेख गरेका छन | नेपाली क्षेत्र भएर कैलाश मानसरोवर तीर्थयात्राकालागि जाने पैदल बाटो वैदिक कालदेखिनै वर्तमान दार्चूला रहेको थियो | पौराणिक प्रसङ्ग अनुसार व्यास गुफा, व्यास मन्दिर, व्यास गर्खा, व्यास हिमाल र व्यासी थरका मानिसहरुको बसोबास रहनुको अर्थ महर्षि व्यास दार्चुला जिल्लामा बस्थे भन्नेकुराको प्रमाण हो |मानव विकासको उत्पत्तिस्थल कैलाश पर्वत रहेको थियो भन्नेकुरा मा धार्मिक ग्रन्थहरुको मतैक्यता छ | संसारकै प्रथम मानव स्वायाम्भुव मनु वर्तमान नेपालको कालिकोट जिल्लाको मान्माका थिए | कर्णाली नदीतिर्मै अयोध्यावाशीहरु बस्थे भन्ने प्रमाण अझै जिउँदो रहेको छ |पाण्डव र कौरवहरूको पांडूशैनी दरवार वर्तमान अछाम जिल्लामा रहेको छ जुम्लाको सिञ्जाभेली र कालिकोटको सन्निराज्कोट्मा दशैँ हजार बर्ष पहिले धान फ़लाईएको इतिहास भेटिन्छ |(योगी नरहरिनाथ ) |
कौशिकी क्षेत्र
---------------
राजा परिक्षितलाई श्राप दिने समीक ऋषिको आश्रम बराह क्षेत्रमा रहेको थियो | ब्यासका छोरा शुकदेवले राजा परिक्षितलाइ ज्ञान मार्गको उपदेश बराह क्षेत्र ,कौशिकी तटमै दिएका थिए |महर्षि बिश्वामित्रको तपोभूमि भएर वगेकिले कोशीनदी नामाकरण गरिएकी थिईन | विश्वामित्रले आफ्नो शौच सन्ध्याकोलागि कोशीनदी उत्पत्ति गरेका थिए | कौशिकी तटमै ध्यानमा बस्दा बिश्वामित्रले ऋगवेदको गायत्री मन्त्र भेटेका थिए | ॐकार र त्रिव्याहृति (भूर् भुवः स्वः)कौशिकीको मुहानमा प्रकट भएको थियो | हिरण्यक्ष दैत्यले पृथ्वीलाई पातालमा लगेपछि भगवान् विष्णुले बराहको अवतार लिएको र सो दैत्यसंग युद्ध गरी पृथ्वीको उद्धार गरेको प्रसंग सहितको कौशिकी(कोशी) नदीतिरमा रहेको बराहको क्षेत्र कोका र काशीको संगमस्थल हो | यो क्षेत्र औलिया बाबाको तपस्थली, ऋर्षिमहर्षिहरुको तपोभूमि , आदिबराह, छिन्नमस्ता, सूर्यकुण्ड जस्ता देवदेवीहरु तपोस्थल हो | यो क्षेत्र नेपालको पवीत्र चार क्षेत्रमध्ये एक पवित्र तीर्थस्थल हो | महर्षि ऋचिक पत्नी सत्यवतीले यहाँको कालिञ्चोक पर्वतमा बसी तपस्या गरेको प्रभावले कौशिकी नदीलाई प्रवाहयुक्त बनाएको हो | यो क्षेत्र दुर्वासा ,श्रिंगी ,समीक ,विश्वामित्र ,आदिको तपस्थल रहेको थियो |
मिथिला क्षेत्र
------------
शतपथ ब्राह्मण (१।४।१।१०–१९) अनुसार सरस्वती नदी सुकेको कारण विदेहमा यव र सेनापति वैश्वानर ,पुरोहित ऋषि रहुगण सप्तगण्डकी, नारायणी नदी तरी मिथिला पुगेर विदेह (मिथिला) राज्य स्थापना गरेका थिए | प्राचीन विदेहराज्य ब्रह्मविद्याको प्रसिद्ध केन्द्र रहेको थियो | महर्षि व्यासले आफ्ना छोरा शुकदेवलाई ब्रह्माज्ञान र गृहस्थाश्रमको सम्बन्ध राजा जनकबाट दिलाउन विदेह राज्य अर्थात जनकपुर /मिथिला पठाएका थिए |ब्रह्म र यज्ञविधाका प्रकाण्ड विद्वान महर्षि याज्ञवल्क्यको अध्यात्मिक केन्द्र जनकपुरनै रहेको थियो | षड् दर्शन मध्ये न्यायदर्शनका प्रणेता महर्षि गौतम विदेह्कै थिए | ऋषि बशिष्ठ र अष्टाबक्रको पहिलो वेदान्त प्रवचनस्थल जनकपुरमा भएको थियो | जनकपुरकै सारंगा नदीमा नुहाएर अष्टाबक्र सोझो भएका थिए | कुलगुरु वशिष्ठ प्रलोभनमा फंसी देवराज ईन्द्रकोमा यज्ञ गर्न पुग्दा क्रुद्ध हुन पुगेका राजा निमिले आफ्नो क्षण भंगुर शरीर विचार्दै महर्षि गौतमादि होताहरु वरण गरि , त्यो यज्ञ गराएपछि वशिष्ठले निमिलाई तुरुन्त शरीर रहित भै जाउ भनेर श्रापदिएपछि राजा निमिले पनि त्यस्ता श्राप दिंदा दुवै जाना भष्म भएपछि निमि मान्छेको परेलामा बस्न पुगे र आँखोको परेला झर्ने समयलाई एक निमिष भन्न थालियो | ऋषिहरुले अरणिद्वारा उनको शरीर मन्थन गरेर एउटा पुरुष सन्तान निकाले ,जसको नाउँ राखियो मिथी र ती मिथी आमाको भूँडीबाट नजन्मिएको हुँदा उनलाई विदेह भनियो | यसैकुलमा जन्मिएका शीरध्वज जनककहाँ आद्दशक्ति सीताको अवतार हुनपुगेको थियो | निमि जैन धर्मका २१ औं तीर्थाङ्करपनि मानिएका छन | निमि नै यहाँको शासक हुनपुगेपछि नेपालको नाउँ " निमिपाल " रहेको हो पनि भन्ने गरिएको छ |(वाल्मीकि रामायण ) | महर्षि याज्ञवल्क्यले राजर्षि जनकलाई भनेका छन ''हे राजन्, क्षेत्रज्ञलाई चिह्नेर , जानेरमात्र तिमीले ज्ञानको उपासना गर्यौ भने तिमी देवर्षि हुन पुग्नेछ्यौ | कर्मपरक यज्ञ जस्तै ज्ञानपनि श्रेष्ठ हो (ज्ञानं विशिष्टं न तथाहि यज्ञा:, ज्ञानेन दुर्ग तरते न यज्ञै:, शांति. ३०६ ।१०५ ) याज्ञवल्क्य थिए | याज्ञवल्क्य , ब्रह्मरात , वैशंपायन ,उद्दालक ,आरुणि आदि ऋषिहरू यहींका थिए |जनकपुर धामको पश्चिममा गलेश्वरनाथ महादेव एवं माण्डेश्वरनाथ महादेव मंदिर , उत्तरमा क्षीरेश्वरनाथ एवं पर्वतेश्वरनाथ , पूर्वमा सिंघेश्वरनाथ एवं महेश्वरनाथ महादेव , दक्षिणमा कल्याणेश्वरनाथ एवं विश्वनाथ तीर्थस्थल हो | जनकपुर धामको पश्चिममा बनिमची ऋषिको आश्रम ,उत्तरमा याज्ञवल्क्य ऋषिको आश्रम, पूर्वमा महर्षि विश्वामित्रको मंदिर तथा दक्षिणमा विभाण्डक ऋषिको आश्रम रहेको छ |ऋग्वेदमा रहेका झन्डै ४१४ ऋषि र ३० ओटी ऋषिकाहरु मध्ये महर्षि गर्गकि छोरी गार्गी ,याज्ञवल्क्यकि पत्नी मैत्रेयी ,महर्षि अगस्त्यकि पत्नी लोपमूद्रा, ऋषि दीर्धतमाकि नातिनी घोषा , सूर्यकि आमा अदिति, जुहू, इन्द्राणी, सरमा, रात्रि, सूर्या, उर्वशी, अपाला, गोधा, शाश्वती, रोमशा, सुलभा, विदुरा , विश्ववारा ,रोमाला, विलोमी, सावित्री, यमी, श्रद्धा, कामायनी, विश्वम्भरा, देवयानी आदि वैदिककालिन विदुषीहरुले विदेह वा मिथिला क्षेत्र सुशोभित रहेको थियो | उनीहरुले पाएको ब्रह्मज्ञान नै आजको सनातन हिंदू संस्कार ,संस्कृति र चालचलनको उद्गमस्थल हो | त्यस्तै , त्यसयुगकी अपाला, सरस्वती, सर्पराज्ञी, सूर्या, सावित्री, अदिति , दाक्षायनी, लोपामुद्रा, विश्ववारा, आत्रेयी आदि अनेकौं ऋषिकाहरु वेदमंत्रका द्रष्टार:को रुपमा वेदहरुमा चिह्निन पुगेका हुन | त्यसैकारणले ऋग्वेदको १० औं मण्डलमा व्रह्मवादिनी सूर्याको , ऋग्वेदको प्रथम मण्डलमा रोमाषाको , ऋग्वेदको अष्टम मण्डल व्रह्मवादिनी अपाला र शाश्वतीको , ऋग्वेदको दशम मण्डलमै रहेको देवीसूक्त ब्रह्म बादिनी वाकको र ऋग्वेदको पाचौं मण्डलमा विश्ववाराको देन रहन सक्यो | उनीहरुले प्राप्त गरेको सूक्त र ऋचाहरु यत्रतत्र छ | त्यतिखेरका मैत्रेयी, गार्गी ,अपाला ,घोषा , त्यस्ता ऋषिकाहरुका रुपमा चिह्निन्थे , जसले आफ़ुलेमात्र वेदको पठन पाठन गरेनन , वरु अरुलाईपनि वेद अध्ययन गर्न उत्प्रेरित गरे | यसैकारण वेदमा नारीहरु देवी, विदुषी, सरस्वती, इन्द्राणी, उषा जस्ता अनेकौं अनेकौ आदर सूचक नाउँले पुकारिन पुगे | त्यसपछि उपनिषदकालमा सृष्टिको सम्पूर्ण रिक्तता पूर्ति गर्न,मानव जीवनको सर्वतोमुखि विकास गर्न नारीको भूमिका अझ महत्वपूर्ण मान्न थालियो | उदाहरणको रुपमा , वाचक्नवी गार्गीले राजा जनकको विद्वत सभामा शास्त्रार्थ गर्दा महर्षि याज्ञवल्क्य थर्किने गर्दथे | महर्षि याज्ञवल्क्य निकै रिशाहा प्रवृत्तिका थिए भनेर ग्रंथीय वर्णन रहेपनि व्रह्मज्ञान परम्परा , यज्ञीय परम्परा र दर्शन विषयका नेपालका निकै ठूला प्रकाण्ड विद्वान रहेका थिए | तत्कालिन व्रह्मा वादिनी विदुषी वाचक्नवी गार्गीको प्रश्नसंग आजित भएका उनले गार्गीलाई , म संग धेरै वहस नगर , नत्र तिम्रो शिर पतन हुनेछ भनेर हप्काएको शतपथ व्रह्मणमा उल्लेख छ | यसवाहेक वेदमा नारीहरु यज्ञीय पात्रको रुपमा वर्णन गरिएका पनि छन अर्थात् उनीहरु यज्ञ समान पूजनीय छन भनेर वर्णन गरिएको छ |
जाँगर चले फेरीपछि .... अस्तु -प्रवीण अधिकारी

No comments:
Post a Comment