आखिर जलवायु परिवर्तन विश्वव्यापी छ । प्राकृतिक प्रकोप र जलवायु परिवर्तन भिन्न विषय हुन । तर जलवायु परिवर्तनले प्रकृतिक प्रकोपलाई भने वढाउँछ । तर हालको जलवायु परिवर्तन नहुदा पनि प्रकृतिक प्रकोप भने पृथ्वीमा चलीरहेको थियो । विज्ञानले मानेको डार्विनको विकासक्रम होस वा हिन्दु धर्मको अवतार देखि कलि युगको समय आखिर विभिन्न समयको अन्तरालमा भएका प्रकृतिक परिवर्तन होस पृथ्वीको विकास क्रममा आधारीत छन् । त्यसैले तलको भनाई सान्दर्भीक छ भन्ने ठान्छु ।तिमी प्रकृतिलाई पुजेर आरधाना गछौ
किन उसलाई तह लगाएर नियमित नवनाउने ?
तिमी प्रकृतिसित तत्रेर उसको गुणगान गाँउछौ
किन उसलाई नियन्त्रण गरेर प्रयोग नगर्ने ?
तिमी यामहरु वा मौसमलाई पूजा गरेर पर्खन्छौ
किन याम वा मौसम अनुसार काम गरेर सजग नहुने ?
तिमी तत्वहरुमाथि भर परेर छक्क पर्छौ
किन आफ्नो सक्रियताबाट तिनीहरुको रुप नफेर्ने ?
तिमी एउटा तत्वबाट अर्को कसरी भनी गम्छौ
किन तिनीहरुलाई खेर नजाने उपाया नगर्ने ?
तिमी वस्तुहरुको अनर्थमा कारक खोज्छौ
किन ती तत्वहरुको प्रयोग गरेर आनन्द नलिने ?
त्यसैले म भन्छु मानिसको अवहेलना गरेर प्रकतिको अन्दाज
गर्नु, सृष्टिको आधारभुत पक्ष नवुझ्नु हो ।
(हर्क गुरुङको अनुवाद, इसापूर्व
चौथो शतान्दीका चिनीयाँ ताव दार्शनिक सुयन जूको भनाइ) ।
माथि प्रस्तुत भनाई किन सान्दर्भीक छ भने सरकारले जलवायु
परिवर्तनले ल्याएको समस्यासँग जुध्न नेसनल एडेप्टेसन प्रोग्राम फर एक्सन NAPA
विकास गरेको छ । यसले जलवायु परिवर्तन पत्ता लगाउने र जोखिम
न्युनीकरण गर्न मुख्य भुमिका खेल्ने छ । यो प्रकृतिसँग जुध्ने एक लाचारी पन हो ।
विश्वमा जलवायु परिवर्तनका विरुद्ध प्रयोग गरीएका अवधारणा तथा कार्यक्रमहरु
न्युनिकरण, अनुकुलन, प्रविधि परिवर्तन
र वित्त लगानी ९ाष्लबलअष्लन० मध्य अधिल्ला दुई अवधारणा हाम्रो राष्ट सुहाउँदो
छैनन् । न्युनीकरण भनेको जलवायु परिवर्तन कम गर्नु हो त्यो हाम्रो पहुच वाहिरको
कुरा हो किनकी हामी जलवायुपरिवर्तन गर्नमा जयादै कम प्रतिसत मात्र दोषि छौ ।
दोस्रो अनुकुलन भनेको प्रकृतिमा के के परिवर्तन हुन्छ त्यही त्यही अनुरुप जिवनशैली
परिवर्तन गर्नु हो । त्यो गरीब राष्टको लागि झन्झटीलो र सुस्त तरीका हो । प्रकृति
तथा वातावरण सुहाउदो जीवनशैलि परिवर्तन हाम्रो जस्तो देशमा विकासबाट मात्र सम्भव छ
। प्राकृतीक प्रकोप निरन्तर हुने प्रकृया हो यो नभइ पृथ्वीको हालको अवस्था सृजना
नै असम्भव थियो । सदियौदेखि वाढी, पहिरो भुक्षय, खोलाले गर्ने कटान, वनको आकारमा परिवर्तन जारी नै
रहन्छ । यी मानिस भएका वा नभएका दुवै ठाउँमा भइराखेकै छन ।
No comments:
Post a Comment