3/20/20

गुन्द्रुक, आइरन र खाध्यसुरक्षा


बिकल्प अधिकारी
नेपालमा सस्तो र हँेला गर्ने तरकारीमा चिनीएको गुन्द«कमा सबैभन्दा वढि आइरन ४५% सम्म (तौल अनुसार) पाइन्छ भन्दा अचम्म मान्नु पदैन । तयारी खानेकुराको वट्टामा क्लोरीन यती प्रतिशत, आइरन यती, काव्रोहाइड्रेट, प्रोटीन यस्तै यस्तै लेखेको हेर्ने हामीलाई कसैले गुन्द«कमा यस्तो लेखिदियोस र थाहा हुने ? सन् २००३ मा ‘ईन्डीयन जर्नल अफ माईक्रोवायोलोजी’ मा प्रकाशित भएको जे.पी. तमाङको अनुसन्धानले प्रति सय ग्राम सुक्का गुन्द«ूकमा ४४३.१ मि.ग्राम आइरन, १२०.५ मि.ग्राम क्याल्सीयम, १४.६ मि.ग्राम प्रोटीन र २ं.५ ग्राम धुलो जस्ता पदार्थ हुने देखाएको छ । उच्चमात्रामा अर्गानीक एसीड र कम पीएच हुनाले यसले अत्याधिक भोक जगाउने र धेरै समयसम्म सुरक्षित राखेर उपयोग गर्न पनि सकिन्छ ।
हामीले दाल र तरकारीको रुपमा खाने गरेको राज्मामा यति धेरै प्रोटीन पाईन्छकी यो १ के.जी खाँदा ५० के.जी जनावरको मासु खाएर पाएको प्रोटिन वरावर हुन्छ । को जानोस यस्तो कुरा ! तर राष्टव्यापी रुपमा ढुसीलाएको आइरन चक्की वाड्नेमा संलग्न हुनेहरुलाई गुन्द«ूकमा एउटा आइरन चक्कीमा पाइने जतीनै आइरन पाईन्छ भनेर अध्यायन अनुसन्धान गर्ने फुर्सद नै कँहा छ न प्रचार प्रसार गर्न नै । आइरन प्रायः दाना तथा अन्नमा, हरिया सागपात, र मासु पाईन्छ ।
आइन कम भएमा रक्तअल्पता हुने गर्दछ र महिलाहरुको गर्भवती अवस्थमै मृत्यु हुन सक्ने, वच्चाको दिमागको बिकासको कमीले प्राथमीक शिक्षामा वुझ्ने क्षमतामा कमी, वच्चाको पहिलो जन्मवर्षमै मृत्यु, छिटो अन्य संक्रमणको असर जस्ता समस्याबाट ग्रसित हुन्छन ।
यो आइरनको मात्र कुरा भयो । नेपालमा खोला तथा खोल्सा खोल्सामा पाईने झिङे माछामा (प्राउन÷स्रिम्प) यस्तो अमुल्य तत्व हुन्छ भनेर अनुसन्धान कसले गर्ने । हामीले तीनीहरुको संरक्षण गरेर दिनँहु खाँदा हजारौ मुल्य वारावरको प्रोटीन पाईन्छ । युरोपमा फुटबल खेलाडीहरुलाई मध्यान्तरमा दिइने सक्तीवर्धक जुस हाम्रो गाँउका कान्लामा पाइने तरुलबाट वनाइएको हो, यो सब हामीलाई सिकाइनु पर्ने भएको छ । कुरा के हो भने हामीले जानेर वा नजानेर गुन्द«ूक तीउन खाएर त विताएको हो । तर कति खाँदा सरीरलाई चाहिने तत्व पुरा हुन्छ त्यो कुनै साधारण जनाताले जान्न सक्दैन, जसको परिवारका सदस्य अनि महिलाहरु त्यही आईरनको कमिले विरामी परिराखेकै छन । अनुसन्धानको खाँचो परेको छ । हामीसँग प्रयाप्त खानेकुराहरु छन तर मात्र खाँचो सन्तुलीत तरीकाले खान जान्नु र त्यसका लागि अध्यायन गर्नु । यस्त अध्यायनबाट आएका कुराहरु संरचनात्मक रुपमा नागरीकलाई सुचित गराईनु पर्दछ । यो राज्यको दायित्व भित्र पर्दछ ।
स्वस्थ रहन र रोगसगँ लड्न मानिसलाई वढिमात्रामा मुख्य पौष्टिक तत्व मध्य प्रोटिन, कार्वोहाईड्रट र चिल्लो पदार्थ अनि कम मात्रामा सहायक पौष्टिक तत्व जस्तै भिटामीन (ए, सी, ई) र मीनीरल÷खनिज पदार्थहरु आइरन, आयोडिन र क्याल्सियम अनिवार्य चाहिन्छ । जुन मानीसले पर्याप्त मात्रामा उत्पादन गर्न र किन्न सक्दैन उ कुपोषण सिकार हुने निश्चित छ । ‘डब्लु एच ओ’को अनुसार नेपालमा कम प्रोटिन र धेरै मात्रामा कार्वोहाईड्रेट पाउने अन्न चामल, मकै र गहँु मात्र खाएर वस्ने कुपोषण र न्युनपोषणको सिकार भएका, कीनकी उनीहरुसँग प्रोटिन र अन्य मुख्य पौष्टिक तत्व पाउने खानाको अभाव रहेको जनाएको छ । नेपालमा गरीव जनता, त्यसमाथी वच्चा र महिला कुपोषणबाट वढि ग्रसीत छन् ।
आायुर्वेद भन्छ “रसासृङ्मासः मेदोस्थि मज्जा शुत्राणि धावतः”– अर्थात हामीले खाएको खानाले नै रगत र क्रमसः मासु, मेद, हाड, मज्जा र विर्य वन्छ) खानाले नै रोग सँग लढ्ने, सोच्ने र कस्तो क्रियाकलाप गर्ने भन्ने निर्धारण गर्ने हुँदा खानपिनमा विषेष ध्यान दिनु निश्चित छ । हो, हामीसँग प्रयाप्त अन्न, मासु र फलफुल नभएपनि भएकाको समुचित प्रयोग आजको आवस्यकता हुन आयो । समस्या अपर्याप्तता भन्दापनि व्यवस्थापनमा हो । सयुक्त राष्टसँगका अनुसार १९९० को दशकमा झण्डै ८०% कुपोषण भएका वच्चाहरु त्यस्ता देशामा वस्दथे जुन देशामा आफ्नो देशलाई पुग्ने भन्दा अतिरीक्त खाध्यन्न उत्पादन हुने गर्दथ्योे । त्यसैले गरीव हुनुमात्र पनि कुपोषणबाट ग्रसित हुनु होइन । पश्चिमा र अमेरीकीहरुको अगाडी ख्याउटे र साना देखिने हामीलाई सन्तुलीत खानाको नारा दिइयो र खानुपर्छ भनीयो तर खाना नभएकाहरुलाई यस भनाइको के अर्थ ! नेपालका गाँउ गाँउमा उपलव्ध भएका खाना कसरी मीलाएर खाने भनेर कहिलेपनि पाठयक्रममा राखिएन न कहिल्यै सिक्षित गराइयो । माओवादी नेता मोहन बैधले भनेझै सातसाल, ०४६ साल अनि ०६२÷३६ को आन्दोलनले स्वतन्त्रता त दियो, हिड्डुल गर्न पाइयो, वोल्न जत्तीपनि पाइयो तर खान पाइएन ।
के प्रोटीनको कमीको कारणले शरीर असन्तुलन हुनु, दुव्लो हुनु, हिडडूल गर्न नसक्नु, काम गर्न असमर्थ हुनु भन्दा वैकल्पीक रुपमा मुसा, वाँदर, गड्यौला, गँगटा खान उचित हुन्न ? यी तत्वमा अत्याधिक प्रोटिन पाइन्छ (५८—७८% सम्म तौल अनुसार) जुन खसी, कुखुरा, राँगा, अण्डा माछामा (३—५ % तौल अनुसार) पनि पाईदैन । तराईका केहि जाती, राउटे लगाएतकाले खाने गरेको हामीले देखेसुनेकै हो । साउथ अफ्रिकामा खाने गरेको लार्भा झुसिलकीरा, कालाहारी मरभुमीमा खाइने साङलो, कोलम्वीयाको वोगोटेमा खाने ‘फ्राइड एन्ट’ जातको कमीला, कोरीयामा खाने गंगटा र गड्यौला के हाम्रो भान्सामा राख्न सकिन्छ ? के उपोक्ताहरु यी नँया खानेकुरामा सहमत होलान ! अव खाने ढँग फेर्ने हो की ?
१९९६ को ‘विश्व खाध्य सम्मेलनले’ कुपोषणलाई सन् २०१५ सम्ममा ४०० मिलीयन (द्धण्ण् mष्ििष्यल) मा झार्ने लक्ष लियो तर उसले यो १५ वर्षपछि सन् २०३० मा मात्र पुरा हुने जनाएको छ । यसलाई ‘फुड एण्ड एग्रिकल्चर अर्गनाइजेशन’ (फएओ)ले  व्याङग्यात्मक टिप्पणी गर्दै भन्यो १५ वर्षसम्म भोका मानिसहरुले पर्खन सक्दैनन् । नेपाल पनि भोकमरीवाट प्रभावीत एक देश हो । त्यसैले समस्या समाधान गर्दा अनेकौ अफठ्यारा आइरहेका छन । अव हामीले कि त भएका खानेकुरा व्यापक अध्धयन गरेर सन्तुलीत भोजनको रुपमा खान जान्नु पर्यो, की नयाँ खानेकुराको खोजीमा लाग्नु पर्यो । यो खाध्यसुरक्षाको गहन पाटो हो । केहि दशक अगाडी सम्म खाध्यान्न निर्यात गर्ने हाम्रो देशमा हाल अपुग हुने कृषि उत्पादनमा रसायनीक मोलको अभाव, जलवायु परिवर्तनको मार, वर्षाको अनियमीता जस्ता कारणले समग्रमा झन ह्रास गराएको छ । छिट्टै यसवाट उन्मुक्ति पनि नपाईने निष्चित छ । अव भिन्न ढङ्गले सोच्ने वेला आएको छ ।
हप्ताको एक दिन गुन्द«कको तरकारी खानुस आइरन तत्वको कमीबाट हुने रोगबाट वच्नुहोस भनेर के हमी नारा वनाउन सक्छौ । गर्भवती महिला जँचाउन आउँदा डाक्टरसावहरुले औषधीको साथमा गुन्द«ूक जस्ता चिज खाँदा पनि हुन्छ भनेर कहिले भन्ने गरी खाध्यानमा वृहत अध्ययन कहिले गर्ने ?


No comments:

Post a Comment