11/15/20

यदि भगवानले यो संसार बनाएका हुन भने भगवानलाई कस्ले बनाएको हो?

If God create this world, who created God?
यदि भगवानले संसार सृष्टि गरेका हुन भने भगवानलाई कसले सृष्टि गर्यो ?
अनुवादक :- Bikalpa Adhikari, @adh_bi 
गुरु:- म यस्को उत्तर दिन्छु नै। एक्कैछिन सोच्नुहोस तपाईको हातमा टेनिस बल छ। पहिला मलाई बताउ। टेनिस बलको कताबाट सुरु भएर कता टुङगिएको छ? बलको सुरुवात कहाँ छ? अन्त कहाँ हो? त्यो गोलो बल छ। के त्यसको सुरुवात वा अन्त छ त? हो हाम्रो सोचाई Linear छ। यानेकि रेखाङ्किय छ। तपाईलाई लाग्छ। यसको सुरुवात छ र अन्त पनि छ। हरेक चिज कँहिबाट सुरु हुन्छ र कँहि गएर अन्त हुन्छ। तपाई सोच्नु हुन्छ यसरी। यसै गरि एक दिन यो संसार सृष्टि भयो र अर्को दिन समाप्त हुन्छ। हरेक चिज समाप्त हुन्छ भन्ने तपाईलाई लाग्ला। यो पश्चिमा बुझाई हो। 


हामी पूर्विया/हिन्दु यस्तो सोच्दैनौ। हामी यस्लाई मान्दैनौ। हामी हरेक चिज गोलो (Spherical) वा चक्रयि (cyclic) छ भन्ने बुझ्छौँ। मलाई पनि यो ठिक हो भन्ने लाग्छ। हाम्रो पुर्विय दर्शनमा तिन वटा चिज ‘Never Created‘ यानेकि कहिल्यै बनेन् भनेर हामी मान्दछौ। ति तिन चिज कहिल्यै मर्दैनन। तिनिहरुको सुरुवात पनि छैन र अन्त पनि छैन भन्छौ। यि के हुन?
 एउटा हो उर्जा (Energy)। यो दैविय शक्ति हो। तपाई यसलाई भगवान भन्न सक्नुहुन्छ। वा प्रकृति वा अरु जे भन्नुस। भगवानको सृष्टि कहिल्यै भएन पनि र यस्को अन्त पनि छैन। वा मर्दैनन पनि। जस्तै आकाश। आकाशको न सुरु छ न अन्त छ। कहाँबाट आकास सुरुहुन्छ कहाँ अन्त हुन्छ तपाई भन्न सक्नुहुन्छ? सक्नु हुन्न।

त्यस्तै अर्को छ। त्यो हो ब्रह्रमाण्ड (Universe)। हामीहरु यसलाई अनादि भन्छौ। अनादि भनेको सुरुवात नभएको भन्ने हो। त्यसै गरि यस ब्रमाण्डलाई हामी अनन्त पनि भन्छौ। यसको कुनै अन्त छैन। अनन्त भनेको अन्त नभएको। 

त्यसै गरि अर्को छ। त्यो हो आत्मा (Souls)। जीवनको न शुरुवात छ। न अन्त छ। यो शरीरको मृत्यु भएको जस्तो देखिन्छ तर यसको फेरि सुरुवात भईसकेको हुन्छ। जस्तै समुन्द्रमा छाल आउँछ नि। एउटा छाल आउँछ सकिन्छ तर त्यहि पानीको अर्को छाल बनिसक्छ। त्यहि पानी जाने आउने भईराखेको हुन्छ। बास्तवमा सुरुपनि हुदैन अन्तपनि हुदैन। त्यसैले भगवानको, ब्रह्रमाण्डको र आत्माको सुरु पनि हुदैन र अन्त पनि हुदैन। हामी यो दर्शनमा विश्वास गर्छौ। साचै भन्ने हो भने यि तिनै चिज भगवान, ब्रह्रमाण्ड र आत्मा एकै हो। त्यो हो परमात्मा। हामी चैतन्य वा शिव पनि भन्छौ। तर पश्चिमाहरुले यहाँ सम्मको ब्याख्या गर्न सकेका छैनन। पश्चिमा र आधुनिक बिज्ञान अलग अलग हुन। तर आधुनिक बिज्ञानको ब्याख्या यस्तो छ।

मान्नुहोस एउटा गुलाबको फुल छ। हेर्दा त्यो रातो गुलावका पत्र छन। हरिया पात छन। सानो डाँठ पनि छ। तर भित्र खोतल्दै जाने हो भने। सेल आउँछ। झन टुक्रा पर्दैन जाने हो भने न्युक्लियस, ईलोक्ट्रोन, प्रोटोन हुदै अणु वा एटम बाहेक केहि हुन्न। यो Quantum Physics ले भनेको कुरा हो। पात, फुल र डाँठ बास्तवमा केहि होईन त्यो सबै अणु हो। त्यो अणु(Atom) हो। तर बाहिर हेर्दा त पात भिन्दै हरियो छ। फुल गुलावी छ। डाँठ अर्कै छ।

यदि तपाई जीव बिज्ञान बाट हेर्नु हुन्छ भने गुलाव भनेको जम्मा DNA हो। पात वा डाँठ वा फुलको कुनै भाग लिनुस। त्यसको सुक्ष्म अध्ययन गर्नुस त्यो DNA मात्र हो। तर अर्को तरिकाबाट कुरा गर्नै हो भने फुल भनेको पात होईन। डाँठ भनेको फुल होईन। पात डाँठ होईन। यि भिन्दा भिन्दै छन। यि भिन्दै भाग हुन। अलग अस्तित्व छ। तर फेरी सारमा एउटै हो। त्यो अतित्वलाई हामी भगवान भन्छौ। यो संसारमा जति पनि बस्तु छन। बास्तवमा ति सबै चिज एउटै हुन। अलग अलग अस्तित्वमा प्रकट भएका छन। रुप फरक छ। त्यो अस्तित्व के हो त भनेर चिन्ने बुझ्ने र त्यहाँ सम्म पुग्ने बाटोको पहिचान पुर्विय वा हिन्दु दर्शनमा छ। र लामो समयदेखि यो अभ्यासमा छ। पश्चिममा यो अभ्यास पनि छैन र उनिहरुले यसको पहिचान पनि गरेका छैनन। उनिहरु यस्लाई नकार्छन। अब भगवान कसले बनायो भन्ने बारे केहि बुझाउन सकेँ तपाईहरुलाई ?
 अनुवादक :- Bikalpa Adhikari, @adh_bi

No comments:

Post a Comment