11/3/20

शौच गर्दा किन राखिन्छ कानमा जनै ?


सामान्यतया जनैलाई यज्ञोपवित समेत भनिन्छ । यही यज्ञोपवितलाई शौच गर्दा कुन् कानमा राख्ने
, कसरी राख्ने र किन राख्ने ? भन्ने विषयमा चर्चा भएको पाइन्छ । शास्त्रहरुका अनुसार ब्राहृमणहरुको दाहिने कानमा आदित्य, वासु, रुऽ, वायु र अग्निको वास रहेको हुन्छ । पराशरले पनि गंगा आदि नदीहरु र तीर्थयात्राहरुलाई मानिसले दाहिने कानमा धारण गर्ने गरेको विषयलाई स्वीकार गरेका छन् । 
कर्मपुराणले यो विषयलाई उल्लेख गरेको छ । जसमा भनिएको छ ।
निधाय दक्षिणे कर्णे ब्रहृमासूत्रमुदङ्मुखः ।
अग्नि कुर्याच्छन्कृन्मूत्रं रात्रौ चेद् दक्षिणान्मुखः ।
यसको अर्थ दाहिने कानमा जनै चढाएर दिनमा उत्तरतर्फ मुख गरेर तथा रात्रिमा दक्षिणामुख गरेर मल मुत्र त्याग गर्नुपर्छ । पहिलो कुरा त यो हो कि मलमुत्र त्यगमा अशुद्धता धेरै हुन्छ । अपवित्रता धेरै हुने भएकोले यसबाट बचाउनको लागि कानमा जनै राख्ने परम्परा रहेको भन्ने पनि धेरै मत पाइन्छ । यसलाई कम्मरभन्दा माथि आउने भएकोले त्यसैबाट जोगाउनको लागि समेत यस्तो गर्ने गरेको उल्लेख पाइन्छ ।
शास्त्रमा भनिएको छ :
मुत्रे तु दक्षिणे कर्णे पुरीषे वामकर्णके
उपवीतं सदाधार्यं मैथुनेतूपवीतिवत्
अर्थात्, मुत्र त्यागको समयमा दाहिने कामना जनै लगाउनु पर्छ । तर, मैथुनको समय भने जनै जस्ताको त्यस्तै पहिरिने गरिन्छ । आचार्य मनुले पनि शौचालय जाँदा जनैलाई कानमा नै राख्नको लागि भनेका छन् ।
उध्र्वं नाभेमेध्यतरः पुरुषः परिकीर्तितः
तस्मान्मेध्यतमं त्वस्य मुखमुक्तं स्वयम्भुवा – मनुस्मृति
विभिन्न धर्मशास्त्रहरुले दाहिने कानको शुद्धताको बारेमा भन्छ ।
मरुतः सोम इन्द्राग्नी मित्रा वरुणौ तथैव च
एते सर्वे च विप्रस्य श्रोते तिष्ठन्ति दक्षिणे
अर्थात्, वायु, चन्द्र, इन्द्र , अग्नि, मित्र, र वरुण यी सबै देवताहरू दि्वजहरुको दक्षिण कानमा बस्छन् ।

यसको वैज्ञानिक कारण
    माथि उल्लेख गरिएको शास्त्रीय आधारलाई भने विज्ञानले पनि पुष्टि गरेको छ । विज्ञानले पनि शौचको समयमा जनैलाई कानमा राख्ने विषयमा अध्ययन गरेको पाइन्छ । लन्डनको क्वीन एलिजाबेथ चिल्ड्रेन्स अस्पतालका चिकित्सक एस. आर सक्सेनाका अनुसार हिन्दुहरूले शौचालय जाँदा जनै काँधमा राख्नुको वैज्ञानिक आधार रहेको छ । कानमा रहेको एउटा नसाले आन्दासँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्छ । कानमा जनै राख्दा त्यसले आन्द्राको संकुचन र फैलावटमा धेरै प्रभाव पार्ने गर्छ । जसले मलद्वार शीघ्र खुलेर कब्जियत जस्ता समस्याहरु दुर गर्नेगर्छ । साथै मुत्राशयको मांशपेशीहरुको संकुचन र फैलावट समेत शीघ्र रुपमा हुने भएकोले यसले मुत्र त्याग प्रक्रियालाई शीघ्र रुपमा गर्न मद्दत गर्छ ।
    यसका साथै हामी बढेको रक्तचाप नियन्त्रणका लागि कान नजिक रहेका नशाहरू थिचेर पनि यसको नियन्त्रण गर्न सक्छौं । इटालीको बाटी विश्वविद्यालयका न्यूरो सर्जन प्रोफेसर एनारीब पीताजेलीले पत्ता लगाएका छन् कि कानको वरिपरी दबाब दिँदा यसले मुटुलाई सुदृढ बनाइएको अध्ययनद्वारा प्राप्त रिपोर्टमा उल्लेख छ ।
यो आयुर्वेदमा उल्लेख छ कि विशेषगरी दाहिने कानबाट पार गर्दै एउटा नशा मल र मूत्रद्वारको ढोकासम्म पुग्छ । जसमा उनीहरूको कान मुनीको नशामा दबाब दिँदा शौच गर्न सजिलो हुन्छ । प्रत्येक पटक पिशाब गर्दा दाहिने कानमा जनै बेर्नु मधुमेह जस्ता रोगहरूका लागि समेत लाभदायक हुन्छ ।
    त्यस्तैगरी, बायाँ कान धागोमा लपेटेर र शौचालयमा जाँदा पाइल्स जस्ता रोगहरूको सम्भावना पनि कम हुन्छ । पिसाब उत्सर्जन मुत्र उत्सर्जनको समयमा पनि हुने भएकोले दिसापिसाब गर्नु अघि नियम अनुसार हामीले दुबै दायाँ र बाँया कानमा जनै राख्ने गरिएको हो । अर्काे मुत्र उत्सर्जनको समयमा पुरुषको शरीरबाट सानो मात्रामा भएपनि शुक्रकीटहरु खेर गइरहेको हुन्छ । त्यसैले त्यसलाई नियन्त्रण गर्नको लागि समेत जनै कानमा राख्ने गरिन्छ ।
जनै लगाउनुका कारण र महत्व
फलित ज्योतिषाचार्य पं ऋषिराम कुइकेल
।।ब्राह्मणो ब्रह्मवर्चसी जायताम।। अर्थात ब्राह्मण ब्रह्म (ईश्वर) तेजले युक्‍त हुन्छ।
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥ -पार. गृ.सू. २.२.११।
    जनैलार्इ उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध, मोनीबन्ध तथा ब्रह्मसूत्रका नामले चिनिन्छ। यसलार्इ उपनयन संस्कार पनि भनिन्छ। ‘उपनयन’ काे अर्थ हुन्छ, ‘सँगै वा सन्निकट लिएर अाउनु।’अब प्रश्न अाउँछ कसकाे सन्निकट त ? ब्रह्म (ईश्वर) र ज्ञानकाे सन्निकट पुग्नु नै उपनयनकाे प्रमुख अर्थ हुन अाउँछ। हिन्दू समाजका हरेक वर्ग जनै धारण गर्न सक्छन्। जनै धारण गरेपछि मात्रै द्विज बालकलार्इ यज्ञ तथा स्वाध्याय गर्ने अधिकार प्राप्त हुन्छ। द्विजकाे अर्थ हुन अाउँछ अर्काे जन्म। कालान्तरमा यस संस्कारलार्इ अन्य धर्मका मानिसहरूले धर्मान्तरित गरी अाफ्नाे धर्ममा प्रवेश गराउने माध्यमका रूपमा उपयोग गर्ने चलन बनाए। हिन्दू धर्ममा प्रत्येक हिन्दूकाे कर्तव्य के हुन अाउँछ भने जनै धारण गर्नु र त्यसका नियमह्ररूकाे पालना गर्नु। हरेक हिन्दू धर्मावलम्बीले जनै धारण गर्न र त्यसका नियमहरूकाे पालना गर्न सक्छ । यसमा महत्वपूर्ण कुरा के छ भने जनै धारण गरिसकेपछि त्यसका नियमहरूकाे पालना अनिवार्य पूर्वसर्त हाे ।
        जनै किन धारण गरिन्छ : सनातन धर्मका २४ संस्कारहरूमध्ये एक ‘उपनयन संस्कार’ अन्तर्गत नै जनै धारण गरिन्छ । यसलार्इ ‘यज्ञोपवीत संस्कार’ पनि भनिनछ। मुण्डन गर्नु र पवित्र जलमा स्नान गर्नु पनि यस संस्कारका महत्वपूर्ण अंग हो।प्राचीनकालमा पहिले शिष्य, सन्त तथा ब्राह्मण बनाउनका लागि दीक्षा दिने प्रचलन थियाे। यही दीक्षा क्रममा नै एक जनै धारण गर्नु पनि अनिवार्य नै थियाे। प्राचीनकालमा गुरुकुलमा दीक्षा लिने वा संन्यास ग्रहण गर्नु पूर्व याे संस्कार गर्ने पराम्परा थियाे ।
    यज्ञोपवीतलार्इ व्रतबन्ध पनि भनिन्छ। व्रतहरूले नबाँधीकन मनुष्यकाे उत्थान सम्भव हुँदैन। यज्ञोपवीतलार्इ व्रतशीलताकाे प्रतीक मानिन्छ। त्यसैले यसलार्इ सूत्र (फर्मूला, सहारा) पनि भन्न सकिन्छ। धर्मशास्त्रहरूमा यम-नियमलार्इ पनि व्रत मानिएकाे छ। बालककाे आयुवृद्धि हेतु गायत्री तथा वेदपाठकाे अधिकारी बनाउनका लागि पनि उपनयन (जनै) संस्कार अत्यन्त आवश्यक छ।
    दीक्षा दिनु : दीक्षा दिने प्रचलन वैदिक ऋषिहरूले प्रारम्भ गरेका थिए। प्राचीनकालमा पहिले शिष्य र ब्राह्मण बनाउनका लागि दीक्षा दिइन्थ्याे। माता-पिता जब अाफ्ना सन्तानलार्इ शिक्षा ग्रहण गर्न पठाउँथे तब उनीहरूलार्इ दीक्षा गराइन्थ्याे । सनातन धर्म अनुसार दिशाहीन जीवनलार्इ दिशा दिन पनि दीक्षा अावश्यक छ । दीक्षा एक शपथ, एक अनुबन्ध तथा एक संकल्प हाे। दीक्षापछि मात्रै व्यक्ति द्विज बन्दछ। द्विजकाे अर्थ अर्काे जन्म एवं अर्काे व्यक्तित्व हाे ।
        अन्य धर्ममा याे संस्कार : हिन्दू धर्मद्वारा प्रेरित याे उपनयन संस्कार अन्य सबै धर्ममा पाइन्छ।
याे दीक्षा दिने परम्परा प्राचीनकालदेखि नै छँदै थियाे तथापि कालान्तरमा अन्य धर्ममा दीक्षालार्इ अाफ्नाे धर्ममा धर्मान्तरण गर्नका लागि प्रयुक्त गरिन लाग्याे। याे सनातन आर्य संस्कारलार्इ प्रायः सबै धर्ममा कुनै न कुनै कारणवश भिन्न-भिन्न रूपमा अपनाएकाे पाइन्छ। जस्ताे भनूँ मक्कामा काबाकाे परिक्रमा पूर्व याे संस्कार गर्ने चलन पाइन्छ।
    सारनाथमा अवस्थित अति प्राचीन बुद्धकाे प्रतिमालार्इ सूक्ष्म निरीक्षण गर्दाखेरि बुद्धकाे छातीमा यज्ञोपवीतकाे सूक्ष्म रेखा देखिन्छ। जैन धर्ममा पनि यस संस्कारलार्इ ग्रहण गरिएकाे छ। वित्र मेखला अधोवसन (लुंगी) काे सम्बन्ध पारसीहरूसँग पनि छ। सिख धर्ममा यसलार्इ अमृत सञ्चार भन्दछन्। बौद्ध धर्मबाट यस परम्परालार्इ इसाई धर्मले अपनाय जसलार्इ उनीहरू बपस्तिमा भन्दछन्। यहुदी र इस्लाम धर्ममा खतना गरेर दीक्षा दिइन्छ।

जनै धारण गर्नाका ९ फाइदाहरू
    मदिरा र मासु परित्याग गरेर सादा जीवन व्यतीत गर्न चाहने हरेक सनातन धर्मावलम्बीले जनै धारण गर्नपर्छ । अब अाउनुहाेस् जनै धारण गर्दाका ९ फाइदाहरू के के हुन् त्यस सम्बन्धमा विस्तृत जानकारी हासिल गराैँ । जनैका नियमहरू पालना गर्नाले तपाइँ निराेगी बन्न सक्नुहुनेछ ।
        १.जीवाणु-कीटाणुबाट बचावट : जुन मानिस जनै धारण गर्दछ र यससँग जाेडिएका नियमहरू पालन गर्दछ उक्त मानिस मल-मूत्र त्याग गर्ने बेलमा अाफूनाे मुख बन्द गर्छन् । यसाे गर्नाले मानिसहरू फाेहाेर स्थानमा पाइने जीवाणु र कीटाणुहरूकाे प्रकोपबाट सजिलै बच्न सक्छन् ।
        २.किड्नीकाे सुरक्षा : जनै धारण गरेसँगै बसेर नै जलपान गर्नुपर्छ अर्थात् उभिएर पानी खानु हुँदैन । यसरी नै बसेर नै मूत्र त्याग गर्नुपर्ने भन्ने नियम पाइन्छ। यी दुइटा नियमहरूकाे पालन गर्नाले किड्नीमा प्रेसर पर्दैन । जनै धारण गर्दा यी दुबै नियमहरू अनिवार्य हुन्छन् ।
        ३.हृदय रोग तथा ब्लडप्रेसरबाट बचाउ : शोधानुसार मेडिकल साइन्सले पनि के पत्ता लगाएकाे छ भने जनै धारणहरूलार्इ हृदय रोग र ब्लडप्रेसरकाे आशंका अन्य मानिसहरूकाे तुलनामा कम हुन्छ । जनैले शरीरमा रक्त प्रवाहलार्इ पनि नियन्त्रण गर्न मद्दत गर्दछ । ‍चिकित्सकका अनुसार जनै हृदय हुँद्रे तलतिर धारण गरिने हुनाले यसले हृदय रोगकाे सम्भावना कम गर्दछ किनभने यसले रक्त सञ्चार सुचारू रूपबाट सञ्चालित गर्न सहयाेग पुर्याउँछ
        ४.घुर्ने बानीकाे अन्त्य : जनै धारण गर्ने मानिसकाे घुर्ने सम्भावना अत्यन्त कम हुन्छ किनभने जनै लगाउने मानिसले लघुशंका अर्थात् पिसाब फेर्दा दाह्रा किटेर फेर्नुपर्छ । यसाे तात्पर्य के हाे भने मल मूत्र त्याग गर्ने बेलामा दाह्रा किटेर गर्ने मानिसकाे घुर्ने काम गर्दैन ।
        ५.कब्जियतबाट छुटकारा : जनैलार्इ कानमाथि कसेर बाँध्ने नियम छ । यसाे गर्नाले कान हुँदै गुज्रिने ती नसामाथि पनि दबाव पर्दछ, जसकाे संबंध साेझै आन्द्रासँग हुन्छ। यी नसामा दबाव पर्नाले कब्जियत हुँदैन। पेट सफा भयाे भने शरीर र मन दुबै स्वस्थ हुन्छ ।
        ६.शुक्राकीटकाे रक्षा : दाँया कान हुँदै जाने नसाहरूकाे सम्बन्ध अंडकोष र गुप्तेंद्रियसचँग हुन्छ । मूत्र त्याग गर्ने बेला दाँया कानमा जनै सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ। यस्ताे ज्ञात अज्ञात शुक्राकीटहरूकाे रक्षा हुन्छ। यसबाट मानिसकाे बल तथा तेज वृद्ध‍ि हुन्छ।
        ७.स्मरण शक्ति‍काे रक्षा : कानमाथि प्रत्येक दिन जनै राख्ने र कस्ने गर्नाले स्मरण शक्त‍िकाे क्षय हुँदैन। यसबाट स्मृति कोष बढ्दछ। कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसकाे सम्बन्ध स्मरण शक्तिसँग हुन्छ। वास्तवमा गल्ती गर्दा बच्चाहरूकाे कान निमाेठ्ने कारण यही भएर नै हाे ।
        ८.आचरणकाे शुद्धताले बढ्छ मानसिक बल : काँधमा जनै छ भन्ने कुराकाे एहसास मात्रैले पनि मानिस खराब अाचरण गर्नबाट हच्किन्छ । पवित्रताकाे एहसास भएमा आचरण शुद्ध हुनेछ। आचरणकाे शुद्धताले मानसिक बल बढ्दछ।
    ९.दुष्ट आत्माहरूबाट रक्षा : हाम्राे मान्यता के छ भने जनै धारण गर्ने मानिसका वरिपरि खराब आत्माहरू भड्किन अाउँदैनन्। यसकाे कारण के हाे भने जनै धारण गर्ने मानिस अाफैँ पवित्र आत्म रूप बनेकाे हुन्छ र त्यसमा स्वत: आध्यात्म‍िक ऊर्जाकाे विकास भएकाे पाइन्छ।

 विष्णु प्रसाद पोखरेल
    जनैपूर्णिमा तागाधारी र ओमकार परिवारको विशेष पर्व हो। सबैर उठेर विधिपूर्वक श्रावणी स्नान गर्नु, सप्तऋषिलाई तर्पण गर्नु, विधिपूर्वक तयार पारिएको जनै र रक्षाबन्धन धारण गर्नु यस पर्वका मुख्य विशेषता हुन्। पूर्वजहरूले यो पद्धतिको विकास त्यतिकै गरेका हैनन्, यसमा केही न केही वैज्ञानिक पक्ष लुकेकै छ। हरेक समुदायका आफ्ना मौलिकता हुन्छन्। 
    जनैपूर्णिमा पनि तागाधारीको मौलिक पर्व हो। तर अचेल यो सम्पूर्ण नेपालीको पर्व बनेको छ। सरकारले जनैपूर्णिमाका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ। यहाँ जनै निर्माणदेखि धारणसम्मका केही शास्त्रीय विधिको चर्चा गरिएको छ।
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।। (पारस्करगृहसूत्र)
    अर्थात् प्रजापतिद्वारा प्रतिपादित यज्ञद्वारा पवित्र पारिएको परिधानीय धागो र सूत्र विशेष धारणा गर्नाले आयु, बल, तेज, प्रज्ञा, मेधाजस्ता गुण प्राप्त हुन सकून्। 
जनैलाई यज्ञोपवीत, ब्रह्मसूत्र, सावित्रीसूत्र भन्ने गरिन्छ। विधिवत् कातिएको काँचो धागो दाहिने हातको चारवटा अंगुलीको मूल भागमा छयानब्बे पटक बेरी उक्त सूत्रलाई तेब्बर बनाएर जनै बनाइन्छ। जनै बनाउँदा धागोलाई ९६ पटक फन्को मार्नुको कारण यस्तो छ :
तिथिर्वारश्च नक्षत्रं तत्त्ववेदगुणान्वितम्।
कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम्।। 
    प्रथम पक्ष : तिथि– १५, बार– ७,  नक्षत्र –२७,  तत्त्व – २५,   वेद– ४, गुण– ३, काल– १२ गरी ९६। द्वितीय पक्ष : २४ अक्षरले युक्त गायत्री छन्दको संख्यालाई ऋग्यजुरसामाथर्व ४ वेदले गुना गर्दा आउने ९६ संख्याको फन्कालाई ब्रह्मतन्तु भनिन्छ।
    यसरी तयार पारिएको तीन सूते धागोलाई कतुवाले बाटी पुनः तेब्बर पारी बाटेर नौ डोरा बनाइन्छ। उक्त सूत्रलाई ओम्कार, अग्नि, नाग, सोम, पितृ, प्रजापति, वायु, सूर्य र सर्व आदि गरिएका नौवटा देवता स्थापित गरिन्छ। हात र घुँडाको माध्यमबाट पाँचवटा शिखाले युक्त जनैलाई तीन डोरामा परिणत गर्दै ब्रह्मा, विष्णु र ईश्वरलाई स्थापित गरिन्छ। यसरी विभिन्न रीत पुर्‍याई बनाइएको जनै नै शुद्ध हुन पुग्छ।
        ३, ६ वा ९ डोराले युक्त जनै र एउटा काँचो धागो निकाली तीन आँख्ला पारी तीन डोराले युक्त रक्षासूत्रलाई निम्नानुसार परिभाषित गरिएको छ। त्रिवेद (ऋक, यजुः र साम। त्रिदेव (ब्रह्मा, विष्णु र महेश्वर), त्रिगुण (सत्व, रज र तम), त्रिशक्ति (महाकाली, महालक्ष्मी, महासरस्वती आदिको प्रतीक)। तीनवटा ऋण (ब्रह्मऋण, पितृऋण र देवऋण।) तीन अवस्था (जाग्रत, सुस्वप्न, सुषुप्त।)
        यसरी विधिविधानसहित तयार पारिएको जनै र रक्षाबन्धन डोरो श्रावणी स्नानपूर्वक ऋषिपत्नी अरुन्धतीसहित कश्यप आदि गरिएका सप्त ऋषिहरूको पूजाका साथ अभिमन्त्रण गरी गुरुपुरोहितबाट समन्त्र ग्रहण गरिन्छ। 
        सरी नारीका लागि ऋषिपञ्चमी महत्त्वपूर्ण छ। पुरुषका लागि जनैपूर्णिमा त्यति नै महत्त्वपूर्ण छ। शरीर, बोली, मन, इन्द्रिय, बुद्धि, आत्मा र प्रकृतिजन्य स्वभावका कारण गरिएका नराम्रा कार्यको वार्षिक प्रायश्चित्तको पर्व हो पूर्णिमा। आफ्ना पूर्वजका रुपमा ऋषिपत्नीसहित सप्तर्षिहरूको पूजा गर्नु नै क्षमापूजा हो।

जनै लगाउनुअघि ख्याल गर्नुहोस् :

१. बजारमा उपलब्ध हुने जनै कस्तो छ? 
२. गुरुपुरोहितले उपलब्ध गराउने शुद्ध छ कि छैन ? 
३. लगाइदिने पात्रको जानकारी लिनु आवश्यक। 
४. मठमन्दिरमा बास बसी १–२ बजेबाट डोरो (जनै लगाइदिनेले प्रक्रिया पुर्‍याएका छन् वा छैनन् ? )
५, जनै, डोरो र राखी शास्त्र सम्मत हुन् कि होइनन् ? 
        यी विषयका आधारमा तयार पारिएको रक्षासूत्र रक्षाबन्धनले जसरी दानवीर र बलशाली बलि राजा बाँधिई यशस्वी भए तिमी पनि त्यसरी नै सुरक्षित र यशस्वी हुनु। यहाँ प्रयुक्त डोरो, सूत्र र धागोको काम देशवासीलाई जोड्नु, पर्वका माध्यमबाट एकाकार गराउनु, बितेको वर्षको प्रायश्चित्तका साथ आगामी वर्षका लागि शक्ति सञ्चय गर्नु हो। 
        प्रायश्चितका लागि अरुन्धतीसहित आफ्ना वंश प्रवर्तक ऋषिहरूको पूजाका साथ रक्षासूत्रसहित यज्ञोपवीत फेर्ने फेराउने गरिन्छ। सात्विक पर्व भएकाले खानपिन पनि सोहीअनुसारको हुनुपर्ने देखिन्छ। लौकिक रूपमा नौवटा गेडागुडीबाट तयार पारिएको क्वाँटी खाने प्रचलन छ। 
    गुरुकूलमा पढ्ने विद्यार्थीहरुलाई धेरै जानकारी हुनसक्छ कुनैपनि दि्वजले शौच गर्न जानुपूर्व जनैलाई किन कानमा राख्नै पर्छ ? यो कानमा नराख्दाको सजाय पनि कतिपय गुरुकूलमा भोग्नुपर्ने हुन्छ । धेरै ठाउँमा यसको शास्त्रीय पक्षको विषयमा चर्चा गरिने भएकोले यसलाई धेरैले गम्भीर रुपमा लिने गर्दैनन् । तर, यो केवल शास्त्रीय हिसाबले मात्रै नभएर व्यवहारिक रुपले पनि महत्वपूर्ण मानिन्छ ।

    यो मन्त्रले भन्छ कि मानिस नाभीको माथि पवित्र छ, नाभीको मुनि अशुद्ध । मानिस मलमूत्र धारक भएको कारण शौचको समयमा नाभीको तल्लो भाग प्रदूषित हुन्छ । त्यसकारण, त्यस समयमा पवित्र धागोको रुपमा रहेको जनै कानको टाउको वरिपरि लपेटिएको हुन्छ । 
    किन कानमाथि जनै सिउरिने : मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलार्इ कानमाथि कसेर दुर्इचाेटी बाँध्नुपर्दछ ।यसबाट कानका पछाडिका दुर्इ नसा जसकाे सम्बन्ध पेटका अान्द्रासँग हुन्छ र यसरी अान्द्रामा दबाब पारेर त्यसलार्इ पूरा खाेली दिन्छ । यसबाट मल विसर्जन सजिलाेसँग हुन्छ । तथा कानसँगै रहेकाे एउटा नसबाट मल-मूत्र विसर्जनकाे बेलामा केही द्रव्य विसर्जित हुन्छ। जनैले त्यसकाे वेग राेकिदिन्छ जसबाट कब्जियत, एसीडीटी, पेट रोग, मूत्रन्द्रीय रोग, रक्तचाप, हृदय रोगसहित अन्य संक्रामक रोग लाग्न पाउँदैन।

   जनै र व्रतबन्ध

    हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ । धार्मिक शास्त्रअनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म बिन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् । यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ । 

शरीरलाई ऊर्जाशक्ति र रक्तसञ्चारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालिएको हो । शास्त्रअनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ । यसको अर्को काम मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील बनाउने पनि रहेको छ । नकारात्मक भावना र ऊर्जालाई निस्तेज बनाउने जनै प्रयोग गर्दा मन, बुद्धि, चित्त स्वस्थ रहने विश्वास गरिन्छ । यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्। आयुष्यमग्रयं प्रति मुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज:।। जय हिन्दु जय शिव ।

जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन

     

हिन्दू हरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ। 

जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगान्छ, 

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः। 

तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।। 

-अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईँको हातमा पनि बाँधिदिएको छु, तपाईँको रक्षा होस्। एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन्। नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ। सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ। चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवनावधि ९६ वर्ष रहेको कुरा जनाउँछ। यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ। जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन्। यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन्। त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो। हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। 

    हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तीकोलागी अन्य व्याक्तीलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ। जस्तै:- जनै धारण गरेको व्याक्ती हिन्दू हो भन्ने जनाउने गर्छ, दिशा पिसाब गरेर हात मुख न धोउन्जेल सम्म जनै कानमा राख्ने गरिन्छ यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्याक्ति हात मुख धोएर शुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ, जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र पर्वर अनुसारको गाँठो दिईन्छ यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र पर्वरको जानकारी जनैले दिन्छ। यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणीक कालमा सुनको बनाउने गरिन्थ्यो कालांतरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ। शुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी ब्राह्मणको पत्नीले कातेको धागोको जनै बनाएर जनै पुर्णिमाको दिन वैदिक मन्त्र द्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ।


No comments:

Post a Comment