4/19/12

लक्डाउनमा के गर्ने ?



विकल्प अधिकारी

१)     सिनेमा हेर्न सक्नु हुन्छ

      तपाईले ईन्टर्नेटमा सित्तैमा धेरै सिनेमा हेर्न सक्नु हुन्छ। धेरै भन्दा धेरै सिनेमाहरु
ओपनकल्चर, अमेजन प्राईम, युटुबमा लगाएतका बेव ठैगानमा सित्तैमा हेर्न मिल्ने गरि 
राखिएका छन। घरमै एक्लै वा परिवारका साथ आफुलाई मन पर्ने विधाका सिनेमा हेर्न सकिन्छ।


२)     कसरत र योग गर्नुहोस
जिम, योग, ध्यान, कसरत र दौडिने जस्ता गतिविधि गर्न पाउनु भएको छैन? युटुब र अन्य धेरै वेब सन्जालमा धेरै ध्यान, योग र कसरत गर्ने सहि र उपयुक्त विधिहरु सजिलो र बुझ्ने गरि राखिएका छन। मोटो पना घटाउने, तनाव कम गर्ने, उर्जा दिने, ध्यान विधि, मांसपेशि बलियो बनाउने, तन्दुरुस्त बनाउने लगायतका मानसिक र शरीरिक स्वास्थ सन्तुलित राख्न आधिकारिक अनलाईन ठेगाना हेरेर फाईदा लिन सक्नु हुन्छ।

३)     डकुमेन्ट्री हेर्न सक्नुहुन्छ
यदि तपाई सिनेमाबाट दिक्क भईसक्नु भएको हो र अलि भिन्न केहि हेर्न चाहनुहुन्छ? ईन्टरनेटमा केहि वेबसाईटहरु छन जँहा सित्तैमा हेर्न मिल्ने गरि धेरै डकुमेन्ट्री राखिएका छन। वन्यजन्तु संवन्धि होस वा समुन्दी जीवन, क्रान्ति होस वा मानिसको संघर्ष धेरै विधाका डकुमेन्ट्री यो लकडाउनको समयमा हेर्न सक्नुहुन्छ। केहि डकुमेन्ट्री पाईने यि डकुमेर्नट्री टिउव, टप डकुमेन्ट्री फ्लिम, डकुमेन्ट्री हेभेन चर्चित ठेगाना हुन।

४)     केहि नयाँ परिकार पकाउनुहोस
सधै एउटै खानेकुरा (जस्तै दाल-भात-तर्कारी) खाँदा खाँदा कति एकै खाना खाने भन्ने लागेको छ? वा तपाईलाई कसरी खानेकुरा पकाउने भन्ने कुरा थाहा नै छैन? यदि यसो हो भने यो लकडाउनको समय सुनौलो मौका हो तपाईको लागि। तँपाईले मन पराउने खानेकुरा कसरी वनाउने भन्ने पाकविधिका बारेमा अनलाईनमा थुप्रै सामग्री पाईन्छ। केहि नेपाली खाना बनाउन सिकाउने चलेका युटुब च्यानल नाम यँहा राखिएको छ; योमि फुड वर्ल्ड यमि नेपाली किचन’, सेफ सुनि। यिनमा पुलाउ, मासु, छ्यला, कचेला, जेरि, सेल रोटि, लालमोहन, खिर, मम देखि थुप्पा लगायत लगभग सबै खानेकुरा बनाउने विधि सस्तो र सजिलो हुनेगरि पकाउन सिकाईएको छ।

५)     लेख्न सक्नु हुन्छ
यो समय उपभोग गर्ने भन्दा पनि रचनात्मक काम गर्ने समय हो। केहि विषयमा लेख्न खोज्नु भएको थियो? नियात्रा वा उपन्यास लेख्छु भन्ने लागेको थियो तर फुर्सद नभएर लेख्न सक्नु भएको थिएन भने यो हजुरको लागि उपयुक्त समय हो। लेख्न मन लागेको छ तर कसरी लेख्ने थाहा छैन भने पनि यो शरच्चन्द्र वस्ती लेख पढेर कसरी लेख्ने सिक्न सकिन्छ। वि.पी ले पनि उनका धेरै रचना सुन्दरीजलको जेल जीवनको एकान्तवासमा लेखेका थिए। त्यस्तै सेक्सपियरले पनि प्लेगको महामारीका वेला किंग लियर लेखेका हुन। तपाई पनि कविता, कथा, निबन्ध, नियात्रा, उपन्यास वा आलेख लेख्न सक्नु हुन्छ। यि रचनाहरु आफनो निजि वेबसाईट यानेकि ब्लग सित्तैमा बनाएर राख्न पनि सकिन्छ। जसका कारण सबैले हेर्न सक्छन र रचनाहरु पछिसम्म संग्रह गर्न पनि सकिन्छ।   

६)     घरमै बसेर विश्वका संग्राहलय, चिडियाखाना र सहर घुम्नुहोस
यो समय विज्ञान प्रविधिको हो। आज घरघरमा उपलब्ध प्रविधि र ईन्टरनेटको पहुँचको कारण विश्वका धेरै ठाँउ र चिजहरु घरमै बसेर जस्ताको तस्तै देख्न पाईन्छ। यहाँ केहि संग्राहलय, सहर, आर्ट ग्यालरी, चिडियाखाना, पर्यटकिय स्थल थ्रिडी भ्यु मा हेर्न मिल्ने गरि राखिएका छन। कतिपय यस्ता कुराहरु हामी प्रत्यक्ष (लाईभ) पनि देख्न सक्छौ। ताज महल होस वा स्यंभु, लण्डन सहर होस वा चिनको ग्रेट वाल, रोम सहर होस वा मगंल ग्रह सबै ठाँउका दृश्य प्राय: सबै घरमै बसेर हेर्न सकिन्छ।

७)     आफ्नो बुद्दि तिखार्नुहोस
यदि तपाई बौदिक र प्राज्ञिक हुनुहुन्छ भने यो लकडाउनको समय हजुरका लागि आफ्नो रुचिका पछिल्ला सोध र अनुसन्धान पढ्ने उपयुक्त समय हुन सक्छ। आफ्नो विषयमा भएका पछिल्ला विकासक्रम नयाँ गतिविधि थाहा पाउने फुर्सदिलो समय हो यो। जेस्टर नामक जर्नलले लकडाउनको अवधिका लागि धेरै जर्नल आर्टिकल सित्तैमा हेर्न मिल्ने वनाएको छ। त्यसै गरि आख्यान र गैह्र आख्यान रुचाउनेको लागि नेपाली (पढ्ने सुन्ने) र अंग्रेजी भाषाका (पढ्ने सुन्ने) पुस्तक पनि सित्तैमा अध्यन गर्न सक्नु हुन्छ।

८)     घर सरसफाई गर्नुहोस
हामी घर संधै सफा गर्छौं। तर दैनिक गरिने वाहेक घरमा सफा गर्नु पर्ने धेरै ठाँउहरु हुन्छन। खाट मुनि, सोफा पछाडि, झ्याल, मैलो भएका भित्ता वा चर्पी हामीले सधै सफा गर्न नसकेको हुन सक्छौं। यस्ता ठाउँहरु यो फुर्सदको समयमा राम्रोसँग सफा गर्न सकिन्छ। घरका सबै सदस्यले काम भाग लगाएर गर्नाले सजिलो र सफा पनि हुन्छ। यससंगै कहिल्यै प्रयोग नभएका समान हटाउने, विग्रेका सामान मर्मत गर्ने, पुराना लुगा पुन:प्रयोग गर्ने जस्ता काम गर्न सकिन्छ।

९)     स्वंम सेवा गर्नुहोस
आफ्नो वरिपरि कोहि कैसैलाई सहयोग चाहिएको छ भने सुरक्षित भएर सहयोग गर्न सक्नु हुन्छ। स्थानिय ससाना समुहहरु हाल खाना नपाएका मानिसलाई खाना खुवाएर सहयोग गरिरहेका छन। तपाई ति समुहमा सामेल भएर सहयोग गर्न सक्नु हुन्छ। कोहि रोगि वा असाय छन र किनमेल गर्न सकिराखेका छैनन भने तिनिहरुलाई सहयोग गर्न सकिन्छ। सामाजिक दुरि कायम गरेर २, ४ जनाको समुहमा आफ्नो टोल र चोक सफा गर्न पनि सकिन्छ।

१०)   फस्ट एड तालिम लिनुहोस
यो हरेक ब्यक्तिलाई दैनिक काम लाग्ने विषय हो। फस्ट एड तालिमको ज्ञानले परिवार, छरछिमेक वा यात्रामा रहको बेला वा दुर्घटनाको बखत कसरी प्रारम्भिक उपचार गर्ने भन्ने सिकाउँछ। मानौं कोहि अकस्मात लड्यो वा घाईते भयो भने तपाईलाई कसरी सहयोग गर्ने भन्ने कुरा थाहा नहुन सक्छ। कतिपय अवस्थामा अरुको सानो सहयोग नपाएर विरामीको ज्यान जान सक्छ। ति सहयोग साना साना हुन सक्छन। कतिपय विरामीलाई मुखमा मुख जोडेर कृतिम स्वास दिएर वचाउन सकिन्छ। केहि विरामीलाई २, ३ मिनेट मात्र छिटो अस्पताल पुर्याउनाले ज्यान बच्न सक्छ। बगिरहेक रगत बन्द गर्न सकेमा विरामी बचाँउन सहयोग पुग्छ। एम्वुलेन्स नभएको ठाँउमा कसरि हतारमा स्ट्रेचर बनाएर काम चलाउन सकिन्छ भन्ने साना तर ज्यादै महत्वपुर्ण ज्ञान फस्ट एड तालिम मार्फत लिन सकिन्छ। तपाई यस तालिमा सित्तैमा सिक्न सक्नु हुन्छ। डाक्टर नभएमा के गर्ने जस्ता घरेलु उपचारविधि भएको  सामाग्री पनि ईपुस्तकालयको वेब ठेगानामा हेर्न र सिक्न सक्नु हुन्छ।

११)   घर वरिपरिका औषधिजन्य वनस्पति, चराचुरुङि र जनावरको बारे थाहा पाउनसहोस
तपाईले दैनिक गुजारा गर्ने घर र वरपरको वातावरणमा रमाउने र यसको महत्व बुझेर प्रकृतिसँग नजिक हुने वेला हो यो। आफ्नो बगैचामा रहेको कुन वनस्पतिको के कस्तो औषधिजन्य प्रयोग हुन्छ, थाहा पाउनु उत्तम हुन्छ। जस्तै तुलसि पत्ताको के फाईदा छ। ध्युकुमारि कस्तो अवस्थामा खान सकिन्छ। धनिया र पुदिनाको महत्व के हो जान्न सक्नुहुन्छ। त्यस्तै वरण्डा र छतबाट बर्ड वाचिङ  भनिने चराचुरुङिको अवलोकन र यिनको आवाज वानी व्यहोरा थाहा पाउन सक्नु हुन्छ। त्यस्तै पुतलि, कमिला मौरी जसले हाम्रो जीवनमा ठूलो महत्व राख्दछन यसको वारेमा जान्न सक्नु हुनेछ। यि गतिविधिले प्रकृतिसित नजिक हुन र मन शान्त रहन सहयोग पुर्याउँछ।


5 comments: