यदि केही कार्य वा कुनै काम स्वत: हुदैनन् भने के गर्ने ? उदाहरणको लागि साउनमा पानी परेन भने के गर्ने ? यसको उत्तर हो वेदमा भएको कर्म काण्ड। यदि कुनै जोडीको सन्तान भएनन् भने के गर्ने? यसको उत्तर हो वेदको कर्मकाण्ड। प्रकृतिमा स्वचालित रुपमा जब कुनै काम हुदैन जब मानिसले कर्मद्वारा त्यो काम कसरी गर्ने भन्ने कुरा विस्तृतमा वेदको कर्मकाण्ड भागमा बताइएको छ। यही नै कर्मकाण्डको मुख्य विशेषता हो।
यदि साउनमा पानी परेन भने के गर्ने? पानी पर्नु पर्ने हो यो प्रकृतिको स्वाभाविक धर्म हो। यसका लागि ऋषि भन्छन् यज्ञ गर्नुहोस्। यज्ञ भन्नाले कार्य भन्ने अर्थ हुन्छ संस्कृतमा। यज्ञ भन्नाले होम भन्ने पनि अर्थ हुन्छ। निश्चित मन्त्र द्वारा निश्चित कुराको हवन गरेर तोकिएको विधिमा काम गर्नुहोस् पानी पर्छ। वेद यही भन्छ। कसैलाई पुत्र वा पुत्री चाहिएको छ भने तोकिएको विधि प्रयोग गरेर पुत्र-यज्ञ गर्नुहोस् पुत्र वा पुत्री प्राप्त हुन्छ। कोही निसन्तान छन भने सन्तान प्राप्तिको यज्ञ गर्नुहोस् सन्तान प्राप्त हुन्छ। प्रकृतिको विकासक्रम अनुसार मनुश्य जुनि प्राप्त गरेपछी प्राणीले मोक्ष प्राप्त गर्नु पर्ने हो तर मरेपछि आत्मा नभड्कियोस भनेर श्राद्ध गर्नु परेको हो। यो इभोलुसनको कुरा हो। यसको लागि श्राद्धको विधि छ। मोक्ष प्राप्त गरेका मानिसको श्राद्ध गरिदैन। परेवाको जोडीले भाले पोथीले मिलेर जीवन चलाउँछ त्यसै गरि बयस्क युवा युवतीले पनि जीवन चलाउनु पर्ने हो। तर एक अर्कामा विश्वास टिकाई राख्न एक अर्कोमा प्रतिवद्ध भईराख्न विवहाको कर्मकाण्ड विधि अपनाईएको हो।
धेरै पुराण ग्रन्थमा हामीले राजारानीले यज्ञ लगाएको र यस्ता कुरा प्राप्त गरेको पढ्छौ। उमेर पुगेको वयश्क जोडीले सन्तान पाउने त प्रकृतिको सतह: प्रकृया हो नि ! हैन ? जब स्वत: प्रकृतिले कुनै कार्य आफै गर्दैन त्यो मनुष्यले कर्म गरेर उक्त प्राप्त गर्छन। यस्तै कुरा वेदमा बताइएको छ। यस्ता प्रकृतिले स्वत: गर्नु पर्ने र मानिसका इच्छा भएको हजारौं कार्य छन् । जन्म देखि मृत्यु सम्म अनेक कर्मका विधि छन। चाढपर्व छन। ति सबै कुरा वेदमा समावेश छन्। यहि कर्म गर्ने विधिलाई कर्म काण्ड भनिएको छ। त्यसैले धेरै भन्दा धेरै कर्म यानेकि कार्य समेटिएको हुनाले यो कर्मकाण्ड भाग ठुलो हुन गएको छ।
यसमा एक गम्भिर प्रश्न खडा हुन्छ ‘यदि स्वत: कुनै काम हुँदैन भने हामी किन त्यो काम गर्छौ वा गर्न कोसिस गर्छौ त? यही कुरा बुझेर आज भन्दा हजारौं वर्ष पहिले वैदिक ऋषिमुनिले यो कुरा बताएका छन्। हो यो इच्छा। मानिसको इच्छा हुन्छ साउनमा पानी परोस। मानिसका इच्छा हुन्छ सन्तान प्राप्त होस वा पुत्र पाप्त्र होस। मानिसको इच्छा हुन् धन प्राप्त गरौ। मेरा ग्रह शान्त हुन। म निरोगी बनौ। लाखौ मानिसका अलग अलग चाहना हुन्छन। भिन्न भिन्न चाहना हुन्छन। भिन्न भिन्न इच्छा हुन्छन। जब इच्छा यति धेरै छन भने कर्मकाण्ड पनि धेरै हुने भयो। त्यसैले वेदमा ज्ञान काण्डको तुलनामा कर्मकाण्ड भाग ठूलो छ। जसले माथी भनिएका जस्ता हजारौ इच्छालाई आफ्नो बसमा राख्न सक्छ उ ब्यक्ति ज्ञानि हो। उसलाई ज्ञानको मार्ग बताइएको छ। जस्का इच्छा छन उ कर्मकाण्डमा लागोस नभए ज्ञान प्राप्त गर्न लागोस। यही कुरा हो वेदमा भनिएको।
ज्ञान काण्ड भने छोटो छ। यसमा जम्मा दुई कुरालाई लिएर समाधान दिईएको छ। एक व्रह्म विध्या र अर्को आत्मज्ञान प्राप्ति। ज्ञानकाण्ड विशेष गरि उपनिषद्मा वर्ग भित्र पर्छन।
नेपालमा केही मानिसहरू यहि कर्मकाण्डलाई लिएर आलोचना गर्ने गर्दछन। यिनलाई सद्बुद्धि आओस। वेदमा यज्ञलाई सर्वश्रेष्ठ मानेको छ। हिन्दुहरुले प्रकृतिलाई नियमित हिडाउन वा सृष्टिको निरन्तरता दिन प्राय विभिन्न यज्ञ गर्छन। नेपालमा केहि बुज्रुकहरु विहे गर्दा, घर सर्ने, न्वारन, पुजपाठ गर्नेलाई मात्र यज्ञ हो भन्ने ठान्छन यो उनीहरु नबुझेर वा जानी जानी यसो गरेका छन। यि सबैको विशेष महत्व छ। समय क्रममा अध्यन गरिने छ।
पशुपतिनाथले रक्षा गरुन।

Karmakanda aba harek school ko syllabus ma rakhna jaruri xa
ReplyDelete