6/6/25

Sherpa Trails Connect Himalayas Globally:

A friend once jokingly said that if Nepal's hills were ironed flat, the country would be larger than Asia, and people would not have to spend hours navigating steep ascents and descents. While flattening the hills is impossible, Nepali traditional stone stairway-building knowledge, which is illustrated by Sherpa craftsmanship, has made travel easier between the base and the summit of these rugged terrains. These stairways blend seamlessly with the natural landscape and are a testament to Nepal's unique architectural tradition and have become integral to trekking routes frequented by thousands of domestic and international hikers. read more..

4/20/23

खेचरी मुद्रा - विकल्प अधिकारी

प्रसङ्ग १-
खेचरी मुद्रा योग साधनाको एक मुद्रा हो। यस मुद्रामा मन र जिब्रो दुवै आकाशतिर केन्द्रित हुने भएकाले यसलाई ‘खेचरी’ (ख भनेको आकाश, चार=चल्नु, सर्नु) नाम दिइएको हो। यस मुद्राको अभ्यासका लागि पद्मासनमा बसेर दुई भौंको बीचमा दृष्टि मिलाएर जिब्रोलाई उल्टाएर तालुलाई छोएर पछाडिको प्वालमा हाल्ने प्रयास गर्नुपर्छ । हठयोग अन्तरगतको खेचरी मुद्रा एक शक्तिशाली मुद्रा हो। मुख्यतः जिब्रोले तालुमा छोएर यो साधना गरिन्छ। यो मुद्रा गर्न सकेमा आकास मार्गबाट जान सकिने शक्ति पैदा हुन्छ। खेचरी मुद्रा अभ्यासको लागि जिब्रो केही लामो हुनुपर्दछ। साधनामा पोख्त भएका र लामो अभ्यास गरेका सिद्धि प्राप्त साधकले यो गर्न क्षमता राख्दछन् र गगन मार्गमा विचरण गर्ने सक्ने क्षमता राख्दछन्। 

4/26/22

नेपाल कति पुरानो हो ?

 

प्राचिन हिमवत् खण्ड र नेपालका ऋषिमूनिहरु

----------------------------------------------------

हिमवतखण्डको प्राचीन भूभाग भएकोले नेपालले नेपाल नाउँ पाएको थियो , किनभने स्कन्दपुराणको हिमवत्खण्ड भन्दछ  -

कृते सत्यपुरी ज्ञेया त्रेतायाम्  च तपोवनी

द्वापरे मुक्तिकानामा कलौनेपालीकापुरी

नेनाम्ना मुनिनायस्मात् पालितम् पुण्यकर्मणा

क्षेत्रं हिमवत: कुक्षौ ततो नेपाल संज्ञकम् ( -स्कन्द पुराण, हिमवत् खण्ड )

यस वचनअनुसार , नेपाल सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र वर्तमान कलियुगमा नेपाल नामले प्रसिद्ध हुनपुगेको हो |  नेपाल , यस  काश्यपि शृष्टिको उषाकालदेखिनै यस विश्वमा विख्यात रहेको मुलुक हो  | यो मुलुकको जग ने मुनिले कोरे , उनैले वस्ती बसालेको  कारण नेपाल कहलिन पुगेको भनाई छ र  " नयेन पाल्यते इति नयपाल : " अर्थात न्याय पूर्वक धर्मको रक्षा गर्दै जहाँ राज्य संचालन हुने गर्दथ्यो त्यो मुलुक  नेपाल भनिएको हो | ( अहिलेका तिघ्रे ढटार ,आतंकि ,हत्यारा ,भ्रष्टाचारी ,धर्ममारा कमनिष्ट्ले शासन गरेर निरपेक्ष भनि चिह्नाएको मुलुक नेपाल होईन |) त्यै नयपाल अपभ्रंश भएर नेपाल हुनपुग्यो  |  यस शृष्टिको उषाकालमा नेपाल  शिव र पार्वतीको वासस्थल रहेको थियो | स्कन्दपुराणको  हिमवत् खण्ड अध्याय १०६ अनुसार (भारतीय पुराणमा छैन )  प्राचीन मर्कटाचल पर्वत ,अहिलेको फर्पिंगको गोपालेश्वर  मन्दिर  ने मुनि र विरुपाक्षको संवाद पश्चात निर्माण गरिएको थियो र त्यो मन्दिर पछि गोपालवंशी शासकहरुको कुलदेवको रुपमा रहनपुग्यो  जहाँ भगवान विष्णु समुन्द्र मन्थनबाट प्राप्त भएको अमृत पिलाउन गरिएको छलकपटको दोष शान्तगर्न  गोपाल तीर्थमाआई तपस्यारत रहेका थिए  | सोहि पुराण अनुसार त्यतिखेर  भगवान विष्णुले तपस्या गरेकोस्थल मर्कटाचल पर्वत हो, जुन  काठमाण्डौ ,फर्पिंगको शिर्षभागमा रहेको छ |


अब भुझौँ ! यस हिमवत खण्डको महत्व किन छ ?

1/27/22

लक्ष्मी नारायणको मन्दिर:- A case study of History of Laximi Narayan Temple

मेरो घर सुन्दरबजार स्थित एक प्राचीन नारायणको मन्दिर छ। यसलाई लक्ष्मी नारायणको नामले पनि चिनिन्छ। हामी नारायण थान पनि भन्छौ। मैले यो मन्दिर कसले र कहिले बनाएको होला भनेर केही ऐतिहासिक सामाग्री खोजबिन गरे। इतिहासको बारेमा अध्ययन गर्ने विभिन्न विधिहरू हुन्छन। यस मन्दिरमा प्रयोग भएका इट्टा एक अध्ययन गर्ने विषय हुन सक्छ जस्तो लाग्यो। यस मन्दिरका बारेमा आज सम्म उल्लेख भएका वा जानकारी भएका सामग्रीहरु पनि हेरे। मैले गरेको प्रारम्भिक चरणको अध्ययनबाट यस्तो थाहा लाग्यो ।
पहिलो भागमा मैले मन्दिरमा प्रयोग भएका इँट्टाको बारेमा केही खोज पनि गरे। अध्ययनका क्रममा हाल सम्म पाएको जानकारी अनुसार

1/20/22

हजुरआमालाई भेटेपछि

विकल्प अधिकारी:- कोरोनाको कारण पृथ्वीवासीलाई सारै अफ्ट्यारो पर्यो। विशेष गरि हिडडुलमा। म पनि नेपाल जानबाट रोकिए। जसोतसो डिसेम्बर २० का दिन नेपाल जाने साईत जुर्यो। यो पटक म ६ वर्ष पछि म घर गएको थिएँ। दिउसो ३ बजेको होला बुबा र म सुन्दबजार घरमा पुग्यौ। बुबा मलाई लिन काठमान्डु जानु भएको थियो। यसैले हामी सगै फर्किएका थियौ। पिडिमा झोला राख्ने वित्तिकै हजुरआमालाई गएर हात छामेर सोधे। चिन्नु भयो? चिनिन भनेर मुन्टो हल्लाउनु भयो। पिडिमा सुतिरहनु भएको रहेछ। पुषका धाम न्यनो गरि लागेका थिए। मैले म विकु भनेपछि अब त चिने भन्नु भयो।


आखाँ देख्दिन र कान सुन्दिन भन्नुभयो। सरीर नियालेर हेँरे। मलाई लाग्यो हजुरआमाको काया बुढो भयो। जीउ सुकेर सानो भएछ। हाड छाला मात्रै। छाला भित्रका नशा निला र प्रष्ट देखिएका। बोली भने अझै उस्तै टाठो थियो। लामो कुराकानी गर्न छाड्नु भएछ। छोटो कुरा गर्ने अनि रोकिने। केहि कुरा विर्सन पनि थाल्नु भएछ। भर्खरै भनेको कुरा फेरि दोहोराएर भन्नु पर्ने। तर पनि धेरै कुरा भने सम्झनु हुन्छ। मानिस जीवनमा यस्ता दुईवटा क्षण यस्तो आउने रहेछ जहा ईच्छा छैन। लोभ छैन। केहि गर्न न मन छ न शरीर। अलिकति खायो पुग्ने। एक जोर लगायो, भयो। हिडडुल गर्न सकिदैन। नया केहि गर्न सकिदैन। हजुरआमाकै भाषामा मात्र काल पर्खने वस्ने। बाटोमा के खायौ भनेर २ ३ पटक सोध्नु भयो। खाना खाईएन भने पछि। खाएर हिडेका कि नखाई भन्नु भयो।

8/21/21

कर्मकाण्डको वैज्ञानिक व्याख्या

पढ्ने समय ४ मिनेट। विकल्प अधिकारी:- हामी सनातन धर्मको कुरा गर्छौ त्यसमा पहिलो कुरा वेदको आउँछ। वेद मान्नेहरू सनातनी हुन्। यही वेदको ज्ञान कसरी प्राप्त हुन्छ भन्ने हामी मनुष्यको जीवनको खोज हो। त्यही वेदको दुई भाग वा काण्ड छन् । एक हो ज्ञान-काण्ड। अर्को हो कर्म-काण्ड । वेदमा सबै भन्दा बढि हिस्सा कर्म-काण्डको छ। कर्म कसरी गर्ने भन्ने बारे विस्तृतमा यस कर्मकाण्ड भागमा बताइएको छ। प्रकृतिमा भएका सबै कुराहरू अक्सर प्रकृति आफैले गरेको हुन्छ। जस्तै पानी पर्छ। खोला बग्छ। बादल लाग्छ। फेरी पानी पर्छ। ऋतु बलिन्छिन्। फलफूल उम्रन्छन्। रूख बिरुवा बन्छन्। हुर्कन्छन्, ठूला हुन्छन फेरी फल लाग्छ । मानिसहरू बच्चा हुदै वयस्क हुन्छन। सन्तान जन्माउँछन्। सूर्य उदाउँछन् । अस्ताउँछन्। यि यावत कुराहरू आफै भइराखेका हुन्छन। घटिराखेको हुन्छन। 

8/4/21

फण्डितहरु देशद्रोह गरिराखेका छन

विकल्प अधिकारी:- फण्डित शब्द हिजोआज ट्वइटर र अन्य सामाजिक स्नजालमा बारम्बार प्रयोग हुन्छ। यो फण्डित शब्दलाई लिएर हिजोआज लेख पनि लेखिन थालेको छ। शब्दलाई मात्र हेर्ने हो भने पण्डित शब्दको ‘प’लाई ‘फ’ले विस्थापित गरेर पण्डितको सट्टा फण्डित बनाईएको हो भनेर बुझ्न सकिन्छ। फण्डितको अर्थ जान्नु अगाडी पण्डितको अर्थ जान्न जरुरी छ। पण्डित भन्नाले  हिन्दु सनातनी शास्त्रको अर्थ राम्रोसँग जानेको बुझेको विद्वान व्यक्ति वा शास्त्रज्ञलाई भनिन्छ। अर्को अर्थ भने कर्मकाण्ड गर्ने वा पुराण भन्ने व्यक्तिलाई पनि पण्डित वा पुरोहित भन्दछन। संस्कृत शब्द पण्डित अंग्रेजीमा प्रयोग हुन थालेको धेरै भईसक्यो।

7/22/21

किन हुन्छ बलात्कार ?

किन हुन्छ बलात्कार ?

उषा किरण रेग्मी, विकल्प अधिकारी दोलखाका एक ७५ बर्षे हजुरबुबा जो नातिनी बलात्कार पछि हाल सजायँ भुक्तान गर्न जेलमा बसिरहेका छन। यो घृणित घटनाले बलात्कार हुने कारण खोतल्न झक्झकायो र यसबारे दर्जनौ खोजमुलक अनुसन्धान, किताब र आलेख पढियो। अध्ययन मार्फत केर्हि निश्कर्ष निस्कियो र यो लेख तयार भयो। यस लेखलाई पाँच भागमा छुट्याएको छ। पहिलो, के पहिरनले बलात्कार बढाउँछ? जस्लाई समाजले मुख्य कारण नै जस्तो मान्दै आएको छ। दोस्रो, के सबै पुरुष सम्भावित बलात्कारी हुन? यसमा बलत्कार हुनुको पछाडिको पुरुष मनोबिज्ञान र नेपालका केहि उदाहरणको चर्चा छ। तेस्रो, के पुरुष भन्दा महिला शारीरिक रुपमा बलिया भएको खण्डमा बलात्कार हुन्थ्यो? यसमा बल र यसको अपराधसँगको चर्चा छ। चौथो के जनावरले पनि बलात्कार गर्छन? यसमा मान्छे विवेकशिल भएर किन बलात्कार गर्छ भन्ने चर्चा छ। र पाचौं, के बलात्कार र अनिच्छित यौन सम्पर्क एउटै हो? यसमा हिजो आजको मिटु अभियान देखि महराको बलात्कार काण्डको चर्चा गरिएको छ। 

के पहिरनले बलात्कार बढाउँछ?

विपरित लिङगीलाई आकर्षण गर्न हरेक प्रजातिमा कुनै न कुनै विशेष गुण रहेको हुन्छ। मनुस्य जातिमा प्राकृतिक सौन्दर्यको अलवा शारीरिक शोभा बढाउन अनेक प्रकारका श्रृङ्गार र पहिरन थप्ने गरेको पाईन्छ। उनिहरुले यसलाई ब्यक्तित्व विकास, अरुलाई आकर्षित पार्न र छालाको हेरचाहाको रुपमा लिने गरेका छन। तर विपरित लिङ्गको आकर्षणका सन्दर्भमा महिलाको कामुक पहिरन, भड्किलो श्रृङ्गार, कामुक हाउबाहु र सुन्दर रुपले पुरुषलाई आकर्षित गर्छ भन्ने तर्क गरेको पाईन्छ। यदि यसो हो भने पुरुषको कामवासनालाई उद्दीप्त पार्ने, रतिराग जगाउने, सहवासका इच्छाको उत्तेजना बढाउने, कामातुर कार्य गर्न यि पहिरन लगाएतका कुराले उत्प्रेरको भुमिका खेल्छन भन्ने देखाँउछ। पाखुरा देखिने लुगा, स्तनका विच भाग, नितम्बका आकार,

5/19/21

नेपाली राष्टियताको लागि कोबाट खतरा छ? डा. जगमान गुरुङ

 नेपाली राष्टियताको लागि कोबाट खतरा छ?


Theory of Evolution: डार्विन कि दश-अवतार ?

भनिन्छ, Theory of Evolution मा डार्विनले हिन्दु धर्मको जीव विकास
( दश-अवतार) लाई साभार गरिदिए। उनि विचामा आएर अड्किए। Evolution कसरी अगाडी बढ्छ भन्ने बारे मौन बसे। ९ ओं अवतार सम्म जे हिन्दु शास्त्रमा थियो त्यो सारिदिए। १० औं अवतारमा भन्न सकेनन।

पूर्विय दर्शनमा समय के हो ?

विकल्प अधिकारी:- पुर्विय दर्शनमा समयको व्याख्या वैदिक ज्योतिष शास्त्रमा लिखित छ। यसै अनुसार हाम्रो वर्ष, ऋतु, महिना, दिन, घडि, पला आदि सम्पुर्ण निर्मित छन र प्रयोगमा पनि आईरहेका छन। पृथ्वी र चन्द्रमा सुर्यको अधिनमा रहेर घुम्ने चक्र र चरणलाई विभिन्न समयमा ढालिएको हो। पृथ्वीले आफ्नो कक्ष एक पटक घुम्नुलाई दिन/रात भनिन्छ। पृथ्वीले सुर्यलाई एक फन्को लागाउने समयलाई एक वर्ष भनिन्छ। यस क्रममा विभिन्न ऋतु परिवर्तन हुँदै जान्छन।
त्यसै गरि चन्द्रमाले पृथ्वीलाई एक फन्को गाउने समयलाई महिना भनिन्छ। २७ दिनमा एक फन्को लगाए पनि यसलाई अधिकमास र मलमासले मिलाउने उत्कृष्ट विधि छ। यसमा ‌ पक्ष १५ दिनको र शुक्लपक्ष १५ दिनको हुन्छ। यसै गरि हाम्रो वैदिक शास्त्रमा वर्ष, महिना, हप्ता, दिन, अहोरात्र, प्रहर, मुहुर्त, घडि, पला, काष्टा, निमेष, तत्पर र त्रुटि गरि समयलाई शुक्ष्म भन्दा शुक्ष्म भागमा विभाजन गरिएको छ।
साधारण मानिसले दिन रात र विभिन्न ऋतुहरु प्रत्यक्ष अनुभव गर्दछन। तिक्ष्णता र गहन क्षमताले दिन र रात बाहेक अरु समयको अनुभव गर्न सकिन्छ भन्ने कुरा हाम्रो पुर्विय मान्यतामा छ। Year, Month, Day, Night, Hour and Second बुझेपनि यि वाहेकका समयको खण्ड ज्योतिष शास्त्रमा वैज्ञानिक ढंगले गरिएको पाइन्छ। हाम्रो पात्रो धेरै वैज्ञानिक छ पश्चिमी पात्रोको तुलनामा।

कुन कुरा बलात्कार होईन ?

SEX के हो?

Sex हुन वा गर्न दुवै महिला र पुरुष शारीरिक र मानसिक रुपमा तयार हुनु पर्छ। कुनै एक जना तयार भएन भने त्यो sex हुदैन। यदि एक जना partner तयार नभएपनि sex हुन खोज्यो भने त्यो sex नभई rape हुन जान्छ। 

यौन हिंसा के हो?

यौन हिंसा वा आक्रमणमा यौनिकताका आधारमा हुने हिंसाजन्य गतिविधि जस्तै चुम्मन गर्न खोज्नु, सरीरका अंग छुनु, अँचेट्नु, टाँसिनु र सरीर सुम्सुम्याउनु जस्ता कृयाकलाप पर्दछन।

यौन उत्पीडनमा के हो?

यौन उत्पीडनमा देखिने गरेर वा स्पस्ट रुपमा यौनका कुरालाई लिएर सताउने, बोल्ने, हैरानी दिने, कर गर्ने पर्दछन। उदाहरणका लागि महिलाको रुपको, सरीरको नचाँईदो तारिफ गर्ने, लाक्षणिक श्रङ्गारिक शब्द प्रयोग गरेर जिस्काउने, सरीरको अङ्गमा फरक तरिकाले हेर्ने, मौखिक दवाव दिने आदि पर्छन।

यौन दुरुपयोग के हो?

बच्चा, बालबालिका, बुढाबुढी, मानसिक र शारीरिक रुपमा असक्तसँग गर्न खोजिएको वा गरिएको यौन सम्पर्क तथा यौनजन्य ब्यवहार यौन दुरुपयोग भित्र पर्दछ।

अनिच्छित यौन सम्पर्क के हो?

श्रीमतीको टाउको दुखेको वा ज्वरो आएको बेला श्रीमान कामवासनाले युक्त भएको हुन सक्छ। श्रीमतीले नचाहिरहेको यस्तो अवस्थामा गरिएको यौन सम्पर्क अनिच्छित यौन सम्पर्क हुन जान्छ। त्यस्तै कुनै महिलाले जबरजस्ती यौन सम्पर्क गर्न पुरुषलाई आग्रह गरिन र पुरुष बाध्य भएर गर्ने यौन सम्पर्कलाई अनिच्छित यौन सम्पर्क भन्ने गरिन्छ। ईच्छा बिनाको सम्पर्कमा मानसिक क्षति बढि हुन्छ भने सारीरिक क्षति कम हुन्छ। अनिच्छित यौन सम्पर्क कार्यालयको सहकर्मी, बैवाहिक वा अविवाहित जोडी, साथी र आफन्तजनबाट बढि हुने गर्दछ। डर धम्कि देखाएर, फकाईफुलाई गरेर, परिवन्धमा पारेर गरिने यौन सम्पर्क अनिच्छित यौन संपर्क हो।

यौन शोषण के हो?

ईष्टमित्र साथीभाई वा परिवारका सदस्यले गर्ने लगातारको यौन सम्पर्क यसको उदाहरण हो। पिडितलाई यौन सम्पर्क गर्ने ईच्छा हुदैन तर वाध्य भएर सहिदिनु पर्छ। पीडितलाई परिबन्धमा परेर यौन सम्पर्क गर्न बाध्य हुने अवस्था पुरुषहरुले तयार पार्छन। यो यौन शोषण लागतार वा नियमित हुने गर्दछ।

बलात्कार (Rape) के हो?

बलजफती योनिमा लिंग घुसाउने कार्यलाई बलात्कार भनिन्छ। परिभाषाको कुरा गर्ने हो भने “अनिच्छित यौन सम्पर्कलाई” बलात्कार भन्ने गरिएको छ वा “ईच्छा विपरितको यौन सम्पर्क”लाई बलात्कार भन्ने गरिन्छ। सारीरिक क्षति जस्तै कोपार्ने, चिथोर्ने, घाउ हुने, कराउने, दुख्ने बलात्कार भित्र पर्दछ। यसमा पिडकले बलको अत्याधिक प्रयोग गर्छ। अधिकांस अवस्थामा बलात्कृत हुने महिलाले भौतिक प्रतिकार गरिरहेकि हुन्छिन। तर अनिच्छित सम्पर्कमा पिडितले बलात्कृत भईरहदाको जस्तो प्रतिकार गर्दिनन । बलात्कारमा सारीरिक र मानसिक क्षति धेरै हुन्छ। अनिच्छित यौन सम्पर्कमा सारीरिक कम मानसिक क्षति बढि हुन्छ।

May be an image of text that says 'ST "P RAPE'

के कार्ल मार्क्स बलात्कारी हुन ?

 Today 5h may, Is the Carl Marx Anniversary. आज मे ५ कार्ल मार्क्स जन्मेको दिन हो। उनको बौद्धिकतालाई सम्मान छ। १- हेलेना दिमुच (Helene Demuth) नामकी केटी कार्ल मार्क्सको घरमा दासी/नोकर्नि भएर काम गर्दथिन्। नोकर्नी सुरु गर्दा उनी २० वर्ष जति उमेरकी थिइन। यिनी हेलेनाले सुरुमा जेनी भन्ने महिलाको (Jenny von Westphalen) घरमा काम गरेकी थिइन। जेनीले पछि गएर कार्ल मार्क्ससँग बिहे गरिन र कार्ल मार्क्सको श्रीमती बनिन। हेलेना पनि सँगसगै काम गर्न कार्ल मार्क्सको घर गइन। कार्ल मार्क्स कै घरमा दासी भएर काम गर्दा ३० वर्षको उमेरमा एउटा हेनरी डिमुच (Henry Demuth) भन्ने छोरा पाइन्।

अचम्म के भने यि दासीबाट जन्मेका हेनरीको जन्म दर्ता प्रमाण पत्रमा बाउको नाम खाली राखियो। कतिपयले कार्ल मार्क्सले यि दासीलाई यौन शोषण गरेर बच्चा जन्माएको आरोप लगाएका छन्। अझ हिजोआज उनले बलात्कार गरेका हुन पनि भन्ने गरिन्छ। पछि कार्ल मार्क्सले आफ्नो घरबार बिग्रने डरले साथी ऐंगल्सलाई (Friedrich Engels') यो नयाँ बच्चाको बाउ बनिदिन आग्रह गरे र ऐंगेल्स त्यो स्वीकार पनि गरे। त्यस पछि नयाँ बच्चाले एङ्गेल्सको थर पाए र Henry Frederick Demuth नाम रहन गयो।

२- आज सम्म विश्वमा सबैभन्दा बढि मान्छे मार्ने वाद वा दर्शन कुन हो भनेर हेर्ने हो भने मार्क्सवादी दर्शन पहिलो नम्बरमा आउँछ। विश्व भरि भएका मार्क्सवादी कम्युनिष्ट आन्दोलनले सबै भन्दा धेरै मान्छे मारेको भनिन्छ। आज सम्म अरु कुनै पनि राजनीतिक अभियानले यति मान्छे मारेको थिएन।

३ - नेपालमा पनि १७ हजार मानिस मारिए। यो मारिनुका पछाडि यही मार्क्सवाद लेनिनवादको आन्दोलन थियो। जुन आन्दोलन माओवादिले सुरु गरेको थियो।

May be a cartoon of text that says 'CAPITAL KARL MARX 1818 2018 P'

कम्युनिष्ट चरित्र : मेवाको कथा।

 

एक फलफूल व्यापारी निक्कै चलाख थियो। उसका पसलमा आँप, मेवा, केरा, स्याउ, अनार लगायत धेरै फलफूल पाईन्थो। एक ग्राहक उसको पसलमा फलफूल किन्न गयो र आँखा डुलाउदै छाम्दै यता उति हेर्दै थियो। ग्राहकले मेवा भएतिर हेरेको देखेर मेवा किन्न लागेको होला भनेर व्यापारीले अनुमान गर्यो। व्यापारीले हजुर तपाई साइनो लगाउँदै मेवा भएरतिर गयो। मेवा उचाल्यो, छाम्यो र भन्न थाल्यो। हेर्नुस् मेवा पाकेको छ। मिठो पनि छ। गुलियो छ। राम्रो छ। लैजानुस् फरक पर्दैन। ग्राहकले तुरुन्तै उत्तर दियो। मैले पाकेको होइन काँचो मेवा किन्न खोजेको हो। व्यापारीले त्यही मेवा अर्को हातमा राखेर भन्न थाल्यो । हेर्नुस् यो काँचै मेवा हो। बोक्रो पनि हरियो छ। यो राम्रो छ। सद्दे पनि छ। लैजानुस् भनेछ।

Steve Jobs को मन परेको किताव: योगीको आत्मबृतान्त

 Steve Jobs बित्नु अगाडि परिवार र आफन्तलाई बोलाएर भने। म जानु अगाडि एक मूल्यवान Gift दिन जाँदै छु। उनले सबैका अगाडि त्यो उपहार खोले। सबै मानिस के Gift होला भनेर अचम्म मान्दै उत्सुकतासाथ हेरिरहेका थिए।

उक्त चिज थियो, परमहंस योगानन्दको पुस्तक योगीको आत्मबृतान्त (Autobiography of Yogi by Paramahansa Yogananda ). यो पुस्तक नेपाली र अग्रेजीमा पनि उपलब्ध छ। यो पुस्तक विश्वमा आजसम्म सबैभन्दा धेरै विक्रि भएको पुस्तक हो।

विश्वका लागि नेपाल अध्यात्मिक केन्द्र हो। Ahmet Davutoglu

अध्यात्ममा नेपाल विश्वमा चर्चित छ। विश्वका लागि नेपाल अध्यात्मिक केन्द्र हो। G20 मिटिङका तत्कालिन अध्यक्ष Ahmet Davutoglu ले अष्टेलियाको G20 Submit का अवसरमा Griffith University लाई गरेको सम्बोधनमा नेपालको अध्यात्मिक महत्व बुझाएका छन।

Americans, Europeans & Australians are gradually embracing spirituality and following Eastern philosophy. But we are trying to do the exact opposite.
We are ashamed to adopt spirituality and Eastern philosophy !


\\speech by: Ahmet Davutoglu

4/29/21

योगि नरहरिनाथको संक्षिप्त जीवन: एक भिडियो भ्लग। Video Vlog About Yogi Narahari Nath.

Yogi Naraharinath (born: Balbir Singh Hriksen Thapa, 1915–2003 CE) was a Nepalese historian, writer and saint of Nath tradition of Gorakhnath.[1] He has written over 600 books in 28 different languages and has performed 129 Koti Homs throughout Nepal.

3/28/21

म वास्तु मान्छु

 म वास्तु किन मान्छु?

    यो लेख पढ्नु भन्दा पहिले केदार शर्माको लेख पढ्न जरुरी हुन्छ। http://nepalihimal.com/article/3314

 म वास्तुमा प्रयोग भएको हिसाब
 /Mathematics का कारण यो विज्ञान सम्वत् छ भन्ने मान्छु। विज्ञान हिसाबकिताब विना अपुरो हुन्छ। पृथ्वीचन्द्रमासूर्य र अन्य ताराग्रहनक्षत्रको अवस्थिति र यिनले पृथ्वीमा पार्ने प्रभावको बारेमा अङ्क र गणितको जोडघटाउले बनाइएको हुन्छ। यो विशुद्ध विज्ञान सम्वत् छ। वास्तुको आधार भनेको सूर्य हो। सूर्य नै शक्तिको एक र अन्तिम स्रोत हो। यही सूर्यको विस्तारित शक्ति कसरी मनुष्यले ग्रहण गर्न सक्छन् भन्ने प्रश्नको विधिसम्मत समाधान हो वास्तु।

कम्युनिष्ट र पश्चिमाका मानिसहरु कसरी प्रभावित छन ?
    नेपालका केही मानिसहरु अलिअलि जान्नेसुन्ने भएपछि सनातन परम्परा र हिन्दु धर्मसँग जोडिएर आउने सबै कुरा हावादारी भन्छन। यि कुरा रुढिवादि हुन। पण्डित पुरोहितले कमाउने भाँडो बनाएका छन भन्छन। केही शास्त्रका कुरा राम्रा होलान तर यि केही पण्डितले भने धर्मका नाममा यो खानेबाटो बनाएका हुन भन्छन। पुजापाठ होस वा यज्ञ
, मन्त्र होस वा वास्तु यसमा केही तर्क पनि छैन भन्दछन। बैदिक र सनातन धर्म मान्नेलाई गालि गलौज गरेर हेँला गर्छन। वैदिक र सनातनिहरु प्रमाण हैन विश्वासलाई मान्छन भनेर आरोप लगाउँछन। यो त बैज्ञानिक हैन नि भनेर तर्क गरिदिन्छन र अन्त्यमा सबैकुरा ईन्कार गर्ने तर्फ लाग्छन। यस लेखमा उनका सबै प्रश्नको वा कुराको तथ्य र प्रमाण सहित विज्ञानसंवत विश्लेषण गरिएको छ।
  तपाईंको लेखमा भएका मुख्य आरोप

    तपाईंको लेखमा वास्तुको धेरै सकारात्मक पक्षको चर्चा गर्नु भएको छ। मुख्य विमती दक्षिण दिशा र हिन्दु धर्मको कर्मकाण्डमा निर्भर रहेर जीविकोपार्जन गर्ने प्रति विमती र क्रोध छ। तर वास्तु एकदम राम्रो छ पनि भन्नु भएको छ। तर मुख्य उद्देश्य वास्तुको राम्रो पक्षको चर्चा गर्दागर्दै समग्र सनातन परम्परा र हिन्दु धर्मप्रति घृणा फैलाउने यो रूढिवादी छ भन्ने निष्कर्ष निकाल्नु भएको छ। यस्तो किन गर्नु भयो भने हजुर हिन्दु धर्मलाई प्रहार गर्न चाहनुहुन्छ। अचम्म के भने लेखको ९० प्रतिशत भागले वास्तु सकारात्मक भनेको छ र बाँकी १० प्रतिशत नकारात्मक भनेको छ। तर निष्कर्ष लेखको भाव अनुसार सकारात्मक हुनु पर्नेमा नकरात्मक छ।

ज्योतिषलाई नमान्ने वैज्ञानिकलाई किन मान्ने?

    किन तपाई वैज्ञानिकलाई मान्नुहुन्छ ? वा किन आध्यात्मिक गुरु वा ज्योतिष गुरुलाई मान्नु हुन्नतपाई भ्रममा हुनुहुन्छ। तपाईंले कहिले पृथ्वीले सूर्यलाई घुमेको देख्नु भएको छछैन। तर तपाई यो ‘साइन्टिफिक’ हो भनेर सूर्यको वरिपरि पृथ्वी घुम्छ भनेर विश्वस्त हुनुहुन्छ। पृथ्वी घुम्ने कुरा तपाईंले नदेखेको र प्रत्यक्ष अनुभव नगरेको कुरा हो। पृथ्वी घुम्छ भनेर तपाईंले प्रमाणित गर्न सक्नु हुन्छतपाईंले बताउन नसक्ने भएपनि तपाई वैज्ञानिकको भर परेर ढुक्क हुनुहुन्छ कि पृथ्वीले सूर्यलाई घुम्छ। तर त्यस्तै वास्तु शास्त्र पनि पढेकागहन अध्ययन गरेकाहाम्रा ऋषिमुनिलेतपस्वीलेसन्तहरूले पत्ता लगाएका कुरा हुन। यि पूर्व क्षेत्रका वैज्ञानिक हुन। हाम्रा ऋषिमुनि आधुनिक विज्ञानको वा आधुनिक वैज्ञानिककै तुलनामा धेरै माथिका देखिन्छन।

    किनकि आधुनिक वैज्ञानिकले कुनै पनि उपकरणको (क्याल्कुलेटर, कम्प्युटरल्याबमेसीन) प्रयोग नगरी एक पाइलो पनि अगाडि बढ्न सक्दैनन्। हाम्रा वास्तुविद्ले यस्ता आधुनिक उपकरण बिनै धेरै कुरा भन्न सक्छन्। किन हाम्रा पुर्खाले बनाएका वस्तुमा यत्रो अनास्थाकिनकि हजुरको दिमाग नै पश्चिमाहरूले प्रदुषित बनाएका छन्। हिन्दु धर्म मास्ने मार्क्सवादी राजनीति र हाम्रो संस्कृति मास्ने पश्चिमाको षड्यन्त्रको ‘ककटेलले' तपाईँलाई यस्तो बनाएका छन्। आफ्नोलाई घृणा गर्ने अर्कोलाई माया गर्ने बनाएका छन्। तपाईंले आफूले नजानेको कुरा आधुनिक वैज्ञानिकले भनेको भए मान्ने तर तपाईंले नजानेको कुरा पूर्वीया वैज्ञानिकले भनेको किन नमान्नेत्यसैले तपाइएको कुरा मिलेन।

2/2/21

मेरी हजुराँ उर्फ- कुन्तिका भन्ने कुन्ति देवि अधिकारी

 

भाग १- मेरी हजुराँ उर्फ- कुन्तिका भन्ने कुन्ति देवि अधिकारी

मेरी हजुरआमाको नाम कुन्तिका हो। अच्म्म के भने पुरा नाम भने “कुन्तिका भन्ने कुन्ति देवि अधिकारी” छ। प्रशासनिक गल्तिले यसो भएको होला। मलाई यस्तै लाग्छ। हाल नागरिकताको आधारमा १०२ वर्ष हुनुभो। बिहे गरेर लमजुङ आउँदा अहिलेको सुन्दरबजार पहिले यस्लाई तार्कु भन्थे। यहि तार्कुको गाउँवेसी गरेर मेरी हजुराँको ९२ बषन्त विते। यहि चण्डिथानको पहाडमा हजुआमा आए पछि जन्मेका धेरै छोरा नाति अस्ताईसके। परम्धाम पुगिसके। तर हजुरआमा भने सन्चै र टाठै हुनुहुन्छ।


 उहाँ तनहुँको चुँदिमा पौडेल परिवारमा जन्मिनु भएको हो। अहिले सबै माईति खलक-दरसन्तान चितवन तिर बसोवास गर्छन। सम्झदै भन्नहुन्छ १० वर्ष हुँदा विहे भएको हो। ५ वटा दिदि बहिनि मध्यकि जेठी। म हिजोआज फेसबुक म्यासेनजरमा कुरा गर्छु। कुरा गर्दा कान धेरै सुन्दिन भन्नु हुन्छ। फोटो देख्नु भो भनेर सोध्धा आँखा धमिला छन बावु। अलिअलि त देखेँ है। थप्नुहुन्छ। कहिले आउँछन भनेर सोधिरहुनु हुन्छ। म छिटै आउँछु भनिदिन्छु। यसो भन्दा मलाई भित्र भित्रै नरमाईलो लाग्छ। सन्चै हुनुहुन्छ भनेर सोध्यो भने उमेर अनुसारको सन्चै छु, खाना खान्छु, निद्रा पनि लाग्छ भन्नु हुन्छ। “नारयण हरि श्री कृष्ण परमात्मा” “हरि हरि” यि भगवानलाई वारम्बार सम्झनुहुन्छ। “मलाई काल लिन आएन” भन्ने हजुरआमाको थेगो नै हो। ८० वर्ष हुँदा देखि यहि भन्न थाल्नु भाको आज सम्म नि भनिराख्नु हुन्छ। हजुरबुवा क्यान्सरले ३३ वर्ष अगाडी वित्नु भयो।